कोलियहरुको प्राचीन कोलनगर नजिकै फेला परेको पुरातात्विक स्थलमा ‘यशोधरा उद्धान क्षेत्र’
नवलपरासी,१६ साउनप्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर(पण्डितपुर) नजिकै फेला परेको प्राचिन पुरातात्विक स्थल नजिकै यशोधरा उद्धानको रुपमा विकास गर्न सरोकारवालाले जनाएका छन् । केही महिना पहिला जिल्लाको रामग्राम नगरपालिका १५ ननईमा सडक खन्ने क्रममा पुरातात्विक क्षेत्र पहिचानमा आए पछि ति स्थानबारे पुर्वानुमान गर्दै यशोधरा उद्धान क्षेत्रको रुपमा विकास गर्नु पर्ने सरोकारवालाले जानकारी गराएका हुन् ।प्राचिन राजधानी नजिकै रहेको उतm स्थानमा बस्ति खासै नरहे पनि राजधानीकै समकालिन प्राचीन बस्तु फेला पर्नाले राजधानीकै राजपरिवारसँग कुनै स्थान भएको अनुमान गर्दै सो क्षेत्र यशोधरा उद्धान क्षेत्रको रुपमा विकास गरिनु पर्ने स्थानिय नारद यादवले बताए । रामग्राम नगरपालिकाका पुर्व इन्जिनियर सतिस गुप्ता,नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवार,अधिकारकर्मी बिजय जैसवाल सहितको टोली स्थानिय स्तरमा स्थलगत गर्दै पुरातात...










