विधा

नेपालमा सुचिकृत नभएका धाँनको वीउँ जपत गरि नष्ट गरियो
कृषि

नेपालमा सुचिकृत नभएका धाँनको वीउँ जपत गरि नष्ट गरियो

नवलपरासी,१ जेठजिल्ला स्थित विभिन्न कृषि समाग्रि बेचविखन गर्दै आएकाका एग्रोभेटहरुमा नेपालमा सुचिकृत नभएको विक्रि वितरण हुदै आएका धानका विउँ अनुगमन टोलीले बरामद गरि नष्ट गरेको छ । विउ बिजन प्रयोगशाला भैरहवा र कृषि ज्ञान केन्द्रका कृषि प्राविधिकहरु सहितको अनुगमन टोलीले ति एग्रोभेट तथा हाटबजारमा विक्रि हुदै आएका विँउहरु जपत गरि नष्ट गरेको हो ।नेपालमा सुचिकृत नभएका धानका विउँ भारतको विभिन्न बजारबाट ल्याएर आफ्नो एग्रोभेटमा राखेर विक्रि वितरण गर्दै आएको अवस्थामा फेला पारियो,ज्ञान केन्द्रका प्रमुख डा.रविन्द्रनाथ चौबेले भने,अनुगमनका क्रममा भेटिने सुचिकृत विनाको धान विउँ जपत गरियो र कार्यालयमा ल्याएर नष्ट गरिएको छ । पहिलो चरण नेपालमा सुचिकृत जातका धानको विउँ मात्र विक्रि वितरण गर्न सचेत समेत गराईएको उनले बताएका थिए ।सदरमुकाम परासी,पटखौली,जमुनिया,गोपिगँज,वर्दघाट र सुनवलका विभिन्न स्थानमा अनुगमन टोलील...
ओल्मा काउन्सिलद्धारा हाजीहरुको विदाई
नवलपरासी (ब.सु.प.), समाचार, संस्कृति

ओल्मा काउन्सिलद्धारा हाजीहरुको विदाई

नवलपरासी,३० बैशाखजिल्लाबाट हजका लागि जाने यात्रीलाई ओल्मा काउन्सिल नेपालले विदाई गरेको छ । इस्लाम धर्मावलम्बीहरु साउदीको मक्का मदिनामा धार्मिक तिर्थयात्रामा लागि जाने हजयात्रीलाई काउन्सिलले औपचारिक रुपमा विदाई कार्यक्रमको आयोजना गरि विदाई गरेको हो ।अ आफ्नै तरिकाले हज गर्न मक्का जाने इस्लामधर्मावलम्बीहरु विगत बर्ष देखी नै जाने गरेका थिइ । तर अहिले जिल्लाबाट हजका लागि जाने ब्यतिmलाई एक औपचारिक कार्यक्रम मार्फत विदाई गर्ने र हजयात्राबाट फर्केका हाजीहरुबाट हजयात्रामा आउने समस्या,कठिनाई बारे जानकारी समेत गराउने उदेश्य राखी विदाई गर्ने संस्कृतिको शुरुवात गरिएको काउन्सिलका अध्यक्ष मौलाना सैयद गुलामले जानकारी गराए । यो एउटा संस्कृतिको विकास गर्ने छ,उनले भने,सबैमा भावनात्मक एकता श्रद्धाको विकास पनि हुनेछ । धार्मिक विश्वासले जाने यात्रा सुखद रहोस भन्ने पनि शुभकामना दिदै विदाई गरिएको उनको भनाई थियो ।...
पृथ्वीचन्द्र अस्पतालमा चार बर्ष पछि पुनः सञ्चालनमा आयो बालरोग बिशेषज्ञ सेवा
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

पृथ्वीचन्द्र अस्पतालमा चार बर्ष पछि पुनः सञ्चालनमा आयो बालरोग बिशेषज्ञ सेवा

नवलपरासी,२४ बैशाखजिल्ला स्थित पृथ्वचन्द्र अस्पतालले अस्पतालको सेवा प्रभावकारी बनाउदै सेवा थप गर्ने क्रममा अहिले विगत चार बर्ष देखी बन्द रहेको बालरोग विशेषज्ञ सेवा पुन? सुचारु गरेको छ । बालरोग विशेषज्ञ चिकित्सक अस्पतालमा हाजिर भए पछि रोकिएको बालरोग विशेषज्ञ सेवा पुन? सञ्चालनमा आएको हो ।बालरोग विशेषज्ञ चिकित्सक डा.रोशन पौडेल अस्पतालमा हाजिर भए पछि सो सेवा सुचारु भएको अस्पतालमा निमित्त मेडिकल सुपरिटेण्डेन्ट(निमेसु) सर्जन चिकित्सक डा.किरण पाण्डेले जानकारी गराए । केही महिला देखी सिए सहितको महिला तथा प्रसुती सेवा दिदै आए पनि प्रसुति पछिको शिशु(बालक) लाई आवश्यक विशेषज्ञ सेवा दिनमा समस्या थियो,उनले भने, समान्य रुपमा शिशु तथा बालकलाई उपचार तथा सेवा दिदै आएको भए पनि विशेषज्ञ चिकित्सक भन्ने थिएनन्,तर अहिले बालरोग विशेषज्ञ चिकित्सक आई पुगेका छन् । सो सेवा सुचारु भई रहेको छ । उनी यो अस्पतालमा आउनुसँगै ...
पडरीका आगलागी पिडितलाई भेटेर लुम्बिनी प्रदेशका कानुन मन्त्री पंथीले दिए आवास ब्यवस्थानको आश्वासन
नवलपरासी (ब.सु.प.), समाचार, समाज

पडरीका आगलागी पिडितलाई भेटेर लुम्बिनी प्रदेशका कानुन मन्त्री पंथीले दिए आवास ब्यवस्थानको आश्वासन

नवलपरासी,१५ बैशाखजिल्लाको पाल्हीनन्दन गाउपालिका वार्ड नं.६ पडरीमा गत साता भएको आगलागि पिडितलाई भेट्न लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री दिनेश पंथी गाँउमा पुगेका छन् । आगलागी पिडितलाई भेटेर उनले घरबार जलेर नष्ट भई सकेका परिवारका लागि तत्कालि अस्थाई आवास र पछि स्थाई आवासको ब्यवस्थापन गरिने आश्वासन समेत दिईएका हुन् ।आवास ब्यवस्थापनका लागि सो वार्डका वार्ड अध्यक्ष कृष्णचन्द्र यादवलाई आवश्यक प्रकृया पुरयाउदै जिल्ला स्तरमा पुर्याउने र जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादवलाई आग्रह गर्दै भने,छिटै जिल्ला स्तरबाट निर्णय गराउदै प्रदेशमा पठाउनका लागि पहल गर्नुहोला । प्रदेश सरकारले पनि प्रतिवेदन र माग तथा आवश्यकताको आधारमा तत्कालै निर्णय गरेर सहायता पठाउने छ । प्रकोप ढोल बजाएर आउदैन्,उनले भने,तर प्रकोपमा परेका पिडितलाई हामी सबै मिलेर सहयोग गर्दै समान्व अवस्थामा पुर्याउनु पर्ने...
कुपोषण न्युनिकरणका लागि लुम्बिनी प्रदेशमा अनुसंधान हुदै
नवलपरासी (ब.सु.प.), शिक्षा, समाचार

कुपोषण न्युनिकरणका लागि लुम्बिनी प्रदेशमा अनुसंधान हुदै

नवलपरासी,१५ बैशाखलुम्बिनी प्रदेशमा पोषणयुतm खाद्य जन्य औषधी(एमएमएस) खुवाउनका लागि अनुसंधान गरिने भएको छ । महिला तथा बालबालिकामा सुक्ष्म पोषण तत्वको अभावले कुपोषण जस्ता समस्या देखिन थाले पछि नेपालको लुम्बिनी प्रदेशमा बहुमुखी शुक्ष्मपोषण पोषणयुतm औषधी खुवाउनका लागि अनुसंधान हुने भएको ।अनुसंधानका लागि राष्ट्रिय स्तरको सरोकारवाला र लुम्बिनी प्रदेश स्तरको सरोकारवालासँग अभिमुखीकरण भई सकेको छ । लुम्बिनी प्रदेशको विभिन्न १ सय २० वटा वार्डका स्वास्थ्य सँस्था छनौट गरि गर्भवती महिलालाई खुवाउदै दुई बर्षसम्म त्यसको अनुसंधान गरिने जानकारी नवलपरासीमा भएको एक कार्यक्रममा जानकारी गराइएको थियो । जिल्ला समन्वय प्रमुख भगौती प्रसाद यादवको अध्यक्षतामा जिल्ला स्थित सरोकारवालासँग भएको अभिमुखीकरणमा सो जानकारी गराइएको थियो । नवलपरासीमा पनि सुस्ता गाउपालिकाको पकलिहवा स्वास्थ्य चौकी र प्रतापपुर गाउपालिकाको जगर्नाथपुर...
पशु सेवा विज्ञ कार्यालयद्धारा अनुदान लिन पशुपालक कृषकलाई आह्वान
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

पशु सेवा विज्ञ कार्यालयद्धारा अनुदान लिन पशुपालक कृषकलाई आह्वान

नवलपरासी,१३ बैशाखभेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय नवलपरासीले पशुपालक किसानलाई प्रतिफलमा आधारित प्रोत्साहन अनुदानका लागि आह्वान गरेको छ । किसानले पशुपालन गरेर उत्पादन गरेका दुध,मासु र अण्डा जस्ता उत्पादनको प्रतिफलको आधारमा अनुदान सरकारले उपलब्ध गराउदै आएको हुदा सो अनुदान लिनका लागि आह्वान गरेको हो ।जिल्ला भित्र धेरै किसानहरुले अ आफ्नै तरिकाले उत्पादन गर्ने गरेका छन् । त्यसको विक्रि वितरण पनि गर्दै आएका छन् । तर उनीहरु समक्ष सरकारले त्यस वापत दिईने अनुदानबारे जानकारी नहुदा धेरै किसानले अनुदानका लागि माग नै नगरेको हुदा पटक पटक सुचना गरेर आह्वान गर्दै आएको कार्यालय प्रमुख श्रवणकुमार चौधरीले बताए । किसान समक्ष सुचना पुर्याउने प्रयास गरिएको छ,तर पनि धेरै किसानले सो अनुदान लिन सकिरहेका छैनन् । उनका अनुसार कृषि,खाद्य तथा पोषण सुरक्षा कार्यक्रम अन्तरगत प्रतिफलमा आधारित प्रोत्साहन अनुदान ...
पृथ्वीचन्द्र अस्पतालमा शैक्षणिक कार्यका लागि योजना बनाई पेश गर्न स्वास्थ्यमन्त्री पुनमगरको सुझाव
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

पृथ्वीचन्द्र अस्पतालमा शैक्षणिक कार्यका लागि योजना बनाई पेश गर्न स्वास्थ्यमन्त्री पुनमगरको सुझाव

नवलपरासी,१३ बैशाखजिल्ला स्थित पृथ्वीचन्द्र अस्पताललाई एक सय सैया विस्तार गरि शैक्षणिक कार्य पनि गर्ने गरि प्रस्ताव बनाई पठाउन लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री दिपेन्द्र कुमार पुन मगरले सुझाव दिइएका छन् । विहिवार अस्पतालको अनुगमन गर्ने क्रममा उनले सो सुझाव दिइएका हुन् ।अस्पतालमा विरामीको चाँप बढदै गएको र विशेषज्ञ चिकित्सकहरुको आकर्षण भएको अवस्था देखेर उनले यो अस्पतालमा अब शैक्षणिक कुरा आवश्यक देखिएको बताएका थिए । दैनिक साढे ४ सय भन्दा बढि विरामीहरु आउने गरेका छन्,उनले भने,यहाँ नयाँ भवन निर्माण भई सकेको छ,विशेषज्ञ चिकित्सक पनि छन्,तर त्यसको अनुपातमा यहाँ सहयोगी स्वास्थ्यकर्मी कम देखिएका छन् । यस क्षेत्रमा स्वास्थ्य सम्बन्धि कुनै अन्य शैक्षणिक कार्यका लागि संस्थानहरु पनि छैनन् । यसले गर्दा यो अस्पताल त्यसको लागि उपयुतm अस्पताल रहेको छ । शैक्षणिक कार्यले केही हदसम्म यहाँ स्वास्थ्य सेवा...
सरावलका युवायुवतीलाई कानुनी सचेतना
समाचार, समाज, सरावल गाउँपालिका

सरावलका युवायुवतीलाई कानुनी सचेतना

नवलपरासी,६ बैशाखजिल्लाको सरावल गाउपालिकाले स्थानिय युवाहरुलाई कानुन सम्बन्धि सचेतना दिने कार्यको शुभारम्भ गरेको छ । स्थानिय युवाहरुले विभिन्न विषयका जानकारी राख्ने गरे पनि कानुन सम्बन्धि ज्ञान पाउन भनेर कानुनी सचेतना कार्यक्रम शुरु गरेको हो । कार्यक्रमको शुभारम्भ गाउपालिकाको वार्ड नं.२ मनरीबाट पालिकाका न्यायिक समितिका संयोजक समेत रहेकी उपाध्यक्ष बासमति हरिजनले गरेकी थिईन् । अ आफ्नो विषयबस्तुको जानकारी भए पनि आम युवाहरुमा कानुन समबन्धि धेरै जानकारी नहुदा उनीहरुको दैनिक जिवनमा आउने कानुनी समस्या झेल्न परेको हुदा यो सचेतना कार्यक्रम गराउन लागिएको उपाध्यक्ष हरिजलले बताएकी थिईन् । घरपरिवारमा पनि कानुनबारे धेरै कुरा जानकारी छैन्,उनले भनिन्,यसमा युवा जमातमा पनि कानुनी जानकारीको अभाव देखिएको छ, उनले भनिन्,सबै नागरिकले कम से कम आधार भुत कानुनको जानकारी लिइन आवश्यक छ । समस्या परे मात्र कानुन ...
परिक्षा दिई घर बस्ने विद्यार्थीलाई स्वम्सेवा गर्न अवसर दिदै पृथ्वीचन्द्र अस्पताल
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

परिक्षा दिई घर बस्ने विद्यार्थीलाई स्वम्सेवा गर्न अवसर दिदै पृथ्वीचन्द्र अस्पताल

नवलपरासी,६ बैशाखजिल्ला स्थित पृथ्वीचन्द्र अस्पतालले एसईई परिक्षा दिई बसेका विद्यार्थीहरुलाई स्वम्सेवक स्वरुप अस्पतालमा सेवा गर्न सक्ने जनाएको छ । विद्यार्थीहरुलाई भविष्यमा मेडिकल फिल्डमा आफ्नो शैक्षिक क्यारियर बनाउन चाहना राख्ने विद्यार्थीहरु अस्पतालमा स्वम्सेवक भई अनुभव लिन सक्ने अस्पतालले आह्वान समेत गरेको हो ।परिक्षा दिएर कोही कम्प्युटर लगायत विभिन्न सिपमुलक तालिम,कोही भ्रमण आदी जस्तामा समय विताउने गर्ने गरेका हुन्छन्,त्यसै गरि अस्पतालमा पनि मेडिकल सम्बन्धि आधारभुत जानकारी र प्रयोगात्मक अनुभव समेत लिन सक्ने हुदा त्यस्ता विद्यार्थीहरु अस्पतालमा सम्पर्क गर्न सक्ने अस्पतालमा निमित्त मेडिकल सुपरिटेण्डेण्ट(निमेसु) सर्जन डा.किरण पाण्डेले बताए । धेरै विद्यार्थीहरुको भविष्यमा मेडिकल फिल्डमा जाने योजना बनाउदै अध्ययन गर्ने गरेका हुन्छन्,उनले भने,उनीहरुलाई अस्पतालको केही समय सेवाले नयाँ अनुभव प्रद...
पृथ्वीचन्द्र अस्पतालको सेवा स्तर लुम्बिनी प्रदेशिक अस्पताल भन्दा अगाडी
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

पृथ्वीचन्द्र अस्पतालको सेवा स्तर लुम्बिनी प्रदेशिक अस्पताल भन्दा अगाडी

नवलपरासी,२७ चैत्रजिल्ला स्थित पृथ्वीचन्द्र अस्पताल आफ्नो गुणस्तर सुधार गर्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवल भन्दा अगाडी देखिएको छ । अस्पताालको विभिन्न सुचकाँकको आधारमा मापन गर्दा अस्पताल सो स्थानमा पुगेको हो । लुम्बिनी प्रदेश भित्रका अस्पताल मध्ये छठौ स्थान हासिल गरेको अस्पतालको अवस्थाबारे जानकारी गराइएको थियो । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य निर्देशनालयले गरेको अस्पतालको सेवा मापन सुचकाँकबाट मुल्याँकन गर्दा सो स्थानको हासिल गरेको अस्पतालले जानकारी गराएको थियो । सुचकाँकहरुको गत बर्ष ८२ प्रतिसतबाट स्तरोन्नती गर्दै यो बर्ष ८९ प्रतिसत पुर्याएर लुम्बिनी प्रदेश अन्तरगत रहेका १४ वटा विभिन्न जिल्लाका अस्पताल मध्ये छठौ स्थानमा पुगेको मुल्याँकन टोलीले जानकारी गराएको थियो । लुम्बिनी प्रादेशिक अस्पताल भन्दा पनि बढि अंक प्राप्त गरेको छ,विगत भन्दा अहिलेको अस्पतालको सेवा गुणस्तर विस्तार गरि यो...