विधा

गण्डक नहरमा पानी प्रवाह भए पछि स्थानिय किसानलाई राहत
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

गण्डक नहरमा पानी प्रवाह भए पछि स्थानिय किसानलाई राहत

नवलपरासी,३ असारनेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीले बेलामै पानी प्रवाह गरे पछि गण्डक क्षेत्रका किसानलाई विउँ राख्न र रोपाई गर्न सहज भएको छ । गत साता देखी नै नहरमा पानी प्रवाह भए देखी गण्डक सिचिंत क्षेत्रका किसानलाई राहत पुगेको हो ।पानी नपर्दा अन्य क्षेत्रका किसानहरु अहिले पनि अकासे पानी पर्खेर बसेको वा बोरिगँमा लगानी गरि ब्याडमा विँउ जोगाउने कार्य गरिरहदा गण्डक क्षेत्रमा नहरको पानीले रोपाई सहज बनेको किसानहरुले बताएका छन् । नहरको पानीले रोपाई गर्न ठूलो राहत भएको छ, पाल्हीनन्दन ३ कुश्माका किसान तारेन्द्र बर्माले भने, नहरले यसरी नै किसानलाई आवश्क भएको बेला पानी पालो मिलाई प्रवाह गरिदिनु पर्छ । किसानको उत्पादन लागत घट्छ,उत्पादनमा समेत वृद्धि हुने उनले बताए । नहरको पानीले वरिपरिका पोखरी, तालतलैयामा पनि पानी भरिएका छन्,अभावको बेला ति पानी पनि प्रयोगमा ल्याउन सकिन्छ । नभएको माटो रिचार्जलाई सहज...
पाल्हीनन्दनमा चलेको विद्यालयसँग उपाध्यक्ष अभियानले अभिप्रेरित विद्यार्थी गाउपालिका पुगेर उपाध्यक्ष भेटे
पाल्हिनन्दन गाउँपालिका, राजनीति, समाचार

पाल्हीनन्दनमा चलेको विद्यालयसँग उपाध्यक्ष अभियानले अभिप्रेरित विद्यार्थी गाउपालिका पुगेर उपाध्यक्ष भेटे

नवलपरासी,२ असारजिल्लाको पाल्हीनन्दन गाउपालिकाकी उपाध्यक्षले सामुदायिक विद्यालयका बालबालिकालाई भविष्यमा समाजको नेतृत्व गर्न सकुन भनेर सञ्चालन गरेको कार्यक्रमको प्रभाव पर्न थालेको छ । गत फागुन महिना भरि सामुदायिक विद्यालयहरुमा पुगेर विद्यार्थीबाट भविष्यका नेता भन्दै अवार्ड प्रदान गर्दै उपाध्यक्ष फातिमा खातुन अंसारी(सकिना) ले नेतृत्व लिन अगाडी बढन आग्रह गरेको दुई महिना नवित्दै विभिन्न विद्यालयका विद्यार्थीहरु अहिले गाउपालिकामा उपाध्क्ष भेट्न आउन थाल्दा अभियानको असर देखिन थालेको हो ।गाउपालिकाको वार्ड नं.१ सुनरी स्थित बालशिक्षा निकेतन माविमा पुगेर उपाध्यक्ष सकिनाले उपाध्यक्षको काम कर्तब्य अधिकारबारे जानकारी गराउदै आफु विद्यार्थी देखी नै नेतृत्व गर्ने इच्छा रहेको र काम गर्दै अहिले उपाध्यक्ष भएको सुनाएकी थिईन् । सामुदायिक तथा धार्मिक विद्यालयका बालबालिकासँग भेटघाट कार्यक्रम गर्दै उत्कृष्ट १० जना ...
जुनसुकै मेडिकल अधिकृतबाट निरोगिता प्रमाणपत्र जारी मान्य हुने ः यातायात कार्यालय
नवलपरासी (ब.सु.प.), समाचार, समाज

जुनसुकै मेडिकल अधिकृतबाट निरोगिता प्रमाणपत्र जारी मान्य हुने ः यातायात कार्यालय

नवलपरासी,२ असारविगतमा चालक अनुमति पत्र लिन वा नविकरण गराउदा मेडिकल जाँचमा एकाधिकार समस्याको अन्त भएको यातायात ब्यवस्था कार्यालय नवलपरासीले जनाएको छ । यातायात कार्यालयबाट चालक अनुमति पत्र लिदा वा नविकरण गराउदा स्वास्थ्य परिक्षण गर्न सरकारले नै खुल्ला गरेको हुदा जुन सुकै नेपाल मेडिकल काउन्सिलबाट एनएमसि नम्बर प्राप्त गरेका मेडिकल अधिकृतले जाँचेको प्रमाण पेश गर्दा मान्य हुने निर्णय गरेको यातायात ब्यवस्था कार्यालय परासीले जानकारी गराएको हो ।यातायात कार्यालय नजिकै कुनै सिमित मेडिकल जाँचका लागि चिकित्सक बस्ने र मनलागी रकम असुल गर्ने जस्ता सिण्डिकेट अहिले खारेजको अवस्था रहेको यातायात कार्यालयका प्रमुख मुतिm पाण्डेले बताए । विगतमा मेडिकल जाँचमा सिण्डिकेट थियो,तर अहिले हटेको छ, उनले भने, यसमा भ्रममा नपर्न सेवाग्राहीलाई आग्रह गरेका छन् । यातायात कार्यालय नजिकै मेडिकल जाँच गर्ने चिकित्सक छन्,तर उनले ग...
सडक खन्दा कोलनगर नजिकै थप पुरातात्विक बस्तु फेला
पर्यटन, रामग्राम नगरपालिका, समाचार

सडक खन्दा कोलनगर नजिकै थप पुरातात्विक बस्तु फेला

नवलपरासी,१ असारप्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर(पण्डितपुर) नजिकै जिल्लाको रामग्राम नगरपालिका १५ ननईमा सडक खन्ने क्रममा पुरातात्विक बस्तुहरु फेला परेका छन् । राजधानी कोलनगरमा पाईने खैरो भाडा(ग्रेवेयर) जस्तै उक्त स्थानमा प्राचिन बस्तु फेला परेको हो ।राजधानीसँग समकालिन कुनै नगर भएको र उक्त स्थानमा राजधानी कोलनगर (पण्डितपुर) कै समकालिन बस्तु पनि भएको पुरातत्व क्षेत्रका जानकार स्थानिय नारद यादवले बताए । स्थानिय कोटही माई स्थानमा सडक पुर्याउने उदेश्यले जेसिबिले खन्दा पुरै भाडै भाडाका टुक्राहरु फेला परेको उनले देखाए । यसबारे आफुले पुरातत्व विभागलाई जानकारी समेत गराएको जानकारी गराए । तर पुरातत्व विभागबाट अहिलेसम्म कोही आएका छैनन्,उनले भने,त्यहाँ भेटिएका पुरातात्विक भाडाका टुक्राहरु केही ल्याएर घरमै संरक्षित गरि राखेको छ,बाकी त्यही यत्रतत्र छरिएका छन् । ति बस्तुको संरक्षण गर्ने स्थानिय तह वा ...
रामग्राम स्तुप परिसर नजिकै रहेको उनवछ स्वास्थ्यचौकीमा वृक्षारोपण गरि मनाईयो विश्व वातावरण दिवस
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम स्तुप परिसर नजिकै रहेको उनवछ स्वास्थ्यचौकीमा वृक्षारोपण गरि मनाईयो विश्व वातावरण दिवस

नवलपरासी,२५ जेठविश्व वातावरण दिवसको अवसरमा रामग्राम स्तुप परिसर स्थित उनवद्ध स्वास्थ्य चौकीको कम्पाउण्डमा वृक्षारोपण गरिएको छ । कोलिय फाउण्डेसन नवलपरासीको सहयोग र स्वास्थ्य चौकीको आयोजना सो कार्यक्रम गरिएको हो ।नवनिर्मित भवनको कम्पाउण्डमा विभिन्न प्रजातीका वृक्षारोपण गरि विश्व वातावरण दिवस मनाइएको स्वास्थ्य चौकी इन्चार्ज बलिराम कोईरीले बताए । पर्यटकिय स्थल रामग्राम स्तुप नजिकै रहेको उतm स्वास्थ्य चौकी भवनबाट छिट्टै सेवा प्रदान गरिने जनाकारी गराउदै उनले मानिसकै कारण पृथ्वीमा भई रहेको जलवायु परिवर्तनले सबै प्राणीजगतलाई प्रभावित बनाएको बताए । जलवायु परिवर्तनको अनुकुलनमा पुनः सबै मानव समुदाय लाग्नु पर्ने उनले औल्याएका थिए । प्राणी र बनस्तपतिको अन्तरसम्बन्ध छ, उनले भने,पृथ्वीमा जिवन सुरक्षित राखि राख्नका लागि प्राणी र बनस्पतिको सन्तुलन पनि आवश्यक छ । यसका लागि खाली कुनै पनि स्थानमा वृक्षारोपण ग...
विद्युत कर्मचारीका कारण कृषि विद्युतीकरणको रकम फ्रिज हुदा स्थानिय आक्रोसित
कृषि, प्रतापपुर गाँउपालिका, समाचार

विद्युत कर्मचारीका कारण कृषि विद्युतीकरणको रकम फ्रिज हुदा स्थानिय आक्रोसित

नवलपरासी,१७ जेठनेपाल विद्युत प्राधिकरण परासी वितरण केन्द्रका कर्मचारीले बेलामा काम नगरिदिदा प्रतापपुर गाउपालिकामा आएको एक करोड अनुदान फ्रिज हुने भए पछि स्थानिय आक्रोसित बनेका छन् । पटक पटक ताकेता गर्दा पनि काम नगरेका कारण अहिले सो रकम फ्रिज हुने अवस्थामा पुगे पछि कृषि विद्युतीकरणका कार्यक्रम नहुने भए पछि स्थानियको आक्रोस बढेको गाउपालिकाका अध्यक्ष उमेश चन्द्र यादवले जानकारी गराएका हुन् ।विद्युत कर्मचारीले काम नगर्दा रकम फ्रिज भएको भनि जानकारीका लागि अध्यक्ष यादवले पत्रकार सम्मेलन गरि जानकारी गराउदै भने,त्यसबारे जवाफ माग्दा उल्टै कर्मचारीहरुले आफुहरु माथि दुब्र्यवहार भएको भनेर विज्ञप्ती निकालेर विरोध जनाएका छन् । अब केही दिनमै आन्दोलनको तयारी गरि कर्मचारीहरुको भण्डाफोर गरिने छ । सम्बन्धित कर्मचारीको जवाफ पनि जनताले नै दिइने बताए । उनले आक्रोस पोख्दै भने,कर्मचारीको लाभ नभए जनताको काम नगरिदिईन...
इभरग्रिन अस्पतालले गर्यो जिल्ला कारागारका कैदीबन्दीलाई मुटु तथा मधुमेह रोगको परिक्षण
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

इभरग्रिन अस्पतालले गर्यो जिल्ला कारागारका कैदीबन्दीलाई मुटु तथा मधुमेह रोगको परिक्षण

नवलपरासी,१५ जेठजिल्ला स्थित इभरग्रिन अस्पतालले जिल्ला कारागारका कैदीबन्दीलाई निशुल्क मुटु सम्बन्धि स्वास्थ्य समस्या,मधुमेह सम्बन्धि समस्या लगायतका रोगबारे परिक्षण गरेको छ । गणतन्त्र दिवस तथा महिला स्वाँस्थ्य दिवसको अवसर पारेर कारागारका १०६ जना कैदी बन्दीको स्वास्थ्य परिक्षण गरेको हो । जिल्ला प्रशासन तथा कारागार प्रशासनको सहकार्यमा अस्पतालले कैदीबन्दीलाई विशेषज्ञ चिकित्सक कारागार भित्रै लगेर परिक्षण गरिएको अस्पतालका सञ्चालक बलिराम कोईरीले जानकारी गराए । सदरमुकाम परासी मै मुटु तथा मधुमेह रोग लगायतका विभिन्न स्वास्थ्य सम्बन्धि विशेषज्ञ चिकित्सा सेवा दिदै आएको इभरग्रिन अस्पतालले समाजिक उत्तरदायित्व अन्तरगत कैदीबन्दीलाई सेवा प्रवाह गरेको हो, सञ्चालक कोईरीले भने,यस्ता समाजिक उत्तरदायित्वका कार्यक्रम अन्य क्षेत्रमा पनि गर्दै आएको छ । कारागारका कैदीबन्दीलाई समान्य मानिस जस्तो स्वास्थ्य सेवा...
नेपालमा सुचिकृत नभएका धाँनको वीउँ जपत गरि नष्ट गरियो
कृषि

नेपालमा सुचिकृत नभएका धाँनको वीउँ जपत गरि नष्ट गरियो

नवलपरासी,१ जेठजिल्ला स्थित विभिन्न कृषि समाग्रि बेचविखन गर्दै आएकाका एग्रोभेटहरुमा नेपालमा सुचिकृत नभएको विक्रि वितरण हुदै आएका धानका विउँ अनुगमन टोलीले बरामद गरि नष्ट गरेको छ । विउ बिजन प्रयोगशाला भैरहवा र कृषि ज्ञान केन्द्रका कृषि प्राविधिकहरु सहितको अनुगमन टोलीले ति एग्रोभेट तथा हाटबजारमा विक्रि हुदै आएका विँउहरु जपत गरि नष्ट गरेको हो ।नेपालमा सुचिकृत नभएका धानका विउँ भारतको विभिन्न बजारबाट ल्याएर आफ्नो एग्रोभेटमा राखेर विक्रि वितरण गर्दै आएको अवस्थामा फेला पारियो,ज्ञान केन्द्रका प्रमुख डा.रविन्द्रनाथ चौबेले भने,अनुगमनका क्रममा भेटिने सुचिकृत विनाको धान विउँ जपत गरियो र कार्यालयमा ल्याएर नष्ट गरिएको छ । पहिलो चरण नेपालमा सुचिकृत जातका धानको विउँ मात्र विक्रि वितरण गर्न सचेत समेत गराईएको उनले बताएका थिए ।सदरमुकाम परासी,पटखौली,जमुनिया,गोपिगँज,वर्दघाट र सुनवलका विभिन्न स्थानमा अनुगमन टोलील...
ओल्मा काउन्सिलद्धारा हाजीहरुको विदाई
नवलपरासी (ब.सु.प.), समाचार, संस्कृति

ओल्मा काउन्सिलद्धारा हाजीहरुको विदाई

नवलपरासी,३० बैशाखजिल्लाबाट हजका लागि जाने यात्रीलाई ओल्मा काउन्सिल नेपालले विदाई गरेको छ । इस्लाम धर्मावलम्बीहरु साउदीको मक्का मदिनामा धार्मिक तिर्थयात्रामा लागि जाने हजयात्रीलाई काउन्सिलले औपचारिक रुपमा विदाई कार्यक्रमको आयोजना गरि विदाई गरेको हो ।अ आफ्नै तरिकाले हज गर्न मक्का जाने इस्लामधर्मावलम्बीहरु विगत बर्ष देखी नै जाने गरेका थिइ । तर अहिले जिल्लाबाट हजका लागि जाने ब्यतिmलाई एक औपचारिक कार्यक्रम मार्फत विदाई गर्ने र हजयात्राबाट फर्केका हाजीहरुबाट हजयात्रामा आउने समस्या,कठिनाई बारे जानकारी समेत गराउने उदेश्य राखी विदाई गर्ने संस्कृतिको शुरुवात गरिएको काउन्सिलका अध्यक्ष मौलाना सैयद गुलामले जानकारी गराए । यो एउटा संस्कृतिको विकास गर्ने छ,उनले भने,सबैमा भावनात्मक एकता श्रद्धाको विकास पनि हुनेछ । धार्मिक विश्वासले जाने यात्रा सुखद रहोस भन्ने पनि शुभकामना दिदै विदाई गरिएको उनको भनाई थियो ।...
पृथ्वीचन्द्र अस्पतालमा चार बर्ष पछि पुनः सञ्चालनमा आयो बालरोग बिशेषज्ञ सेवा
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

पृथ्वीचन्द्र अस्पतालमा चार बर्ष पछि पुनः सञ्चालनमा आयो बालरोग बिशेषज्ञ सेवा

नवलपरासी,२४ बैशाखजिल्ला स्थित पृथ्वचन्द्र अस्पतालले अस्पतालको सेवा प्रभावकारी बनाउदै सेवा थप गर्ने क्रममा अहिले विगत चार बर्ष देखी बन्द रहेको बालरोग विशेषज्ञ सेवा पुन? सुचारु गरेको छ । बालरोग विशेषज्ञ चिकित्सक अस्पतालमा हाजिर भए पछि रोकिएको बालरोग विशेषज्ञ सेवा पुन? सञ्चालनमा आएको हो ।बालरोग विशेषज्ञ चिकित्सक डा.रोशन पौडेल अस्पतालमा हाजिर भए पछि सो सेवा सुचारु भएको अस्पतालमा निमित्त मेडिकल सुपरिटेण्डेन्ट(निमेसु) सर्जन चिकित्सक डा.किरण पाण्डेले जानकारी गराए । केही महिला देखी सिए सहितको महिला तथा प्रसुती सेवा दिदै आए पनि प्रसुति पछिको शिशु(बालक) लाई आवश्यक विशेषज्ञ सेवा दिनमा समस्या थियो,उनले भने, समान्य रुपमा शिशु तथा बालकलाई उपचार तथा सेवा दिदै आएको भए पनि विशेषज्ञ चिकित्सक भन्ने थिएनन्,तर अहिले बालरोग विशेषज्ञ चिकित्सक आई पुगेका छन् । सो सेवा सुचारु भई रहेको छ । उनी यो अस्पतालमा आउनुसँगै ...