विधा

सरावल र रामग्रामले भुउपयोग बर्गिकरण प्रतिवेदन बुझाए पछि खुल्ला भयो कित्ताकाट
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

सरावल र रामग्रामले भुउपयोग बर्गिकरण प्रतिवेदन बुझाए पछि खुल्ला भयो कित्ताकाट

नवलपरासी, ११ भदौजिल्लाका जिल्लाका तिन वटा पालिका मध्ये रामग्राम नगरपालिका र सरावल गाउपालिकाले जग्गा (भु) उपयोग क्षेत्र बर्गिकरण प्रतिवेदन बुझाए पछि रोकिएको कित्ताकाट खुल्ला भएको छ । बनाएर राखिए पनि भुउपयोग बर्गिाकरण नापी कार्यालयमा नबुझाउदा नापाी कार्यालयले कित्ताकाट रोक्का गरेको र त्यसमा नागरिक समाजको ध्यानाकर्षण गराए पछि तिन मध्ये दुई पालिकाले बर्गिकरण प्रतिवदेन तत्काल बुझाए पछि कित्ताकाट खुल्ला भएको हो ।सरावल र रामग्रामले प्रतिवेदन बुझाए पनि सुनवल नगरपालिकाले बर्गिकरण नै नगरेको हुदा बुझाउन सकेको छैन् । तर त्यो नगरपालिकाको पनि अंशबण्डाका लिखतमा नगरपालिकाकै सिफारिस अनुसार कित्ताकाट गर्न सकिने नापाी कार्यालयले जनाएको छ । खरिद विक्रि गर्दा कित्ताकाट भने बर्गिाकरण भएर आए पछि मात्र हुने नापी कार्यालयका प्रमुख कैलाश नाथ पाण्डेले जानकारी गराए । कित्ताकाट भएर लिखत पारित हुदा राजश्व सम्बन्धित पाल...
सुस्ता नमुना ताल’लाई नयाँ स्वरुप
पर्यटन, समाचार, सुस्ता गाउँपालिका

सुस्ता नमुना ताल’लाई नयाँ स्वरुप

नवलपरासी,११ भदौजिल्लाको सुस्ता गाउपालिकाले ‘सुस्ता नमुना ताल’ को सफाई कार्य अगाडी बढाए पछि अहिले जलासयमा तालको स्वरुप देखिन थालेको छ । गाउपालिकाले करिब ३० लाख खर्चेर गण्डकी नदीले बहाव परिवर्तन गरि बनेको जलासय(छाडन) सफाई गरेर तालको स्वरुप दिन थालेको हो ।लुम्बिनी प्रदेश सरकारसँग पनि सो जलायस ब्यवस्थित गरि ताल बनाउने योजना अगाडी सारेको थियो । त्यसै प्रयोग विहिन रहेको जलासयलाई ब्यवस्थित गरि तालको स्वरुप बनाउने र पर्यायर्टन,जलविहार लगायतका पर्यटन गतिविधि गर्ने गरि गाउपालिकाले काम गर्न शुरु गरेको छ । ताल नयाँ स्वरुप पाउदै गर्दा स्थानियमा पनि उत्साह थपिएको स्थानिय लख्खु यादवले बताए । सुस्तालाई तालले नयाँ पहिचान गराउने छ, उनले भने, त्यसै खेर गई रहेको जलासयलाई तालमा परिवर्तन गरि पर्यापर्यटन बढाउनमा हामी विश्वस्त छौ । गाउपालिका भित्र रहेको करिब डेढ सय विघाको जलासयलाई तालको रुपमा संरक्षण गर्नका लागि ...
सुनवल नगरपालिकाले गैरकानुनी ढंगले खोलामा गरेको उत्खननबारे डिभिजन बनले थाल्यो अनुसंधान
समाचार, समाज, सुनवल नगरपालिका

सुनवल नगरपालिकाले गैरकानुनी ढंगले खोलामा गरेको उत्खननबारे डिभिजन बनले थाल्यो अनुसंधान

नवलपरासी,११ भदौसुनवल नगरपालिकाद्धारा खोलामा गैर कानुनी ढंगले गरेको उत्खननबारे डिभिजन बन कार्यालयले अनुसंधान थालेको छ । सरकारी एक्साभेटर प्रयोग गरि उत्खनन गर्दै गरेको अवस्थामा सुनवलका जेसिबी र दुई टिपरलाई स्थानियले डिभिजन बन कार्यालयमा बुझाए पछि अनुसंधान अधिकृत तोकरे डिभिजन बनले अनुसंधान थालेको हो ।आफ्नै टास्क फोर्स बनाई खोलाको चोरी निकासी नियन्त्रण गर्दै अवैध खोलाजन्य पदार्थ(ढुगाँ,गिट्टि,बालुवा,मिस्कट) बरामद अभियान चलाएको सुनवल नगरपालिकका कर्मचारी आफै अवैध उत्खनन गर्दै गरेको भेटिएको हुन । प्रकृया नै नपुर्यार्इै खोलामा मेसिन प्रयोग गरेर बन क्षेत्रमा पर्ने तुरिया खोला उत्खनन गरिरहेको अवस्थामा देखिए पछि स्थानियले डिभिजन बन कार्यालयका कर्मचारीलाई सुचना गरेका थिए । बन कर्मचारी सहित स्थानियले नगरपालिकाको जेसिबी र मिस्कट सहित दुई वटा टिपर बरामद गरिएको थियो । बरामद टिपर अहिले डिभिजन बन कार्यालयको ...
पृथ्वीचन्द्र अस्पतालको विमा रकम रोकिदा सेवा सञ्चालनमा समस्या
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

पृथ्वीचन्द्र अस्पतालको विमा रकम रोकिदा सेवा सञ्चालनमा समस्या

नवलपरासी,१० भदौजिल्ला स्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालले विमा वापत सेवा दिदै आएको र विमा रकम आउन ढिलाई हुदा अस्पताल सञ्चालनमा समस्या देखिएको छ । मोटो रकम विमाबाट लिइनु पर्ने तर बेलामा विमाले रकम नपठाई दिदा समस्या देखिन थालेको हो ।विमा रकमका लागि पटक पटक बिमा कार्यालयलाई जानकारी गराउदै आएको भए पनि रकम आउन नसक्दा समस्या देखिएको अस्पतालका सुचना अधिकारी गोबिन्द बहादुर ज्ञवालीले बताए । विगत देखी पनि विमाको रकम आउन बाकी थियो, उनले भने, अहिले पनि विमा सेवामा खर्च हुने रकम बढदै गएको छ । विगतकै रकम तिर्न नसक्ने विमा बोर्डले अहिले झन शल्य क्रियाको सिमा १६ हजारबाट वृद्धि गरि २५ हजार पु्रयाएको उनको भनाई थियो । सरकारी अस्पतालमा थोरै रकमले शल्य क्रिया हुने गरेको थियो । तर अहिले सिमा वृद्धि गरे पछि रकमको भार थप बढदै जान्छ । अनावश्यक खर्च तर्फ पनि धकेल्ने उनको भनाई थियो । यसको लाभ सरकारी अस्पताल भन्दा बढ...
नवलपरासी पश्चिमका तिनवटा पालिकाको गैर जिम्मेवारीपनले रोकियो कित्ताकाट
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

नवलपरासी पश्चिमका तिनवटा पालिकाको गैर जिम्मेवारीपनले रोकियो कित्ताकाट

नवलपरासी, १० भदौजिल्लाका एमालेबाट निर्वाचित तिन वटा पालिकाले जग्गा (भु) उपयोग क्षेत्र बर्गिकरण नगर्दा सास्ती भोग्न परेको हुदा नागरिक समाजको ध्यानाकर्षण भएको छ । एमालेबाट निर्वाचित सुनवल र रामग्राम नगरपालिका तथा सरावल गाउपालिकाका नगरप्रमुखहरुले भुउपयोग बर्गिकरण नगरेर जनतालाई दुःख दिईने नीयती नै बनेको दाबी नागरिक समाजले लगाएको हो ।भु उपयोग बर्गिकरण नभएका कारण ति पालिकाका बासिन्दाहरु कित्ता काट गराउन जादा कित्ता काट रोकिएर हैरानी झेल्न परेको नागगरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले जनाएका छन् । जिल्लाका अन्य सुस्ता,प्रतापपुर,पाल्हीनन्दन गाउपालिका र वर्दघाट नगरपालिकाले जग्गा बर्गिकरण गरि पठाई सकेका छन् । भु उपयोग नियमावली (पहिलो संसोधन २०८०) अनुसार एक बर्ष भित्र भु उपयोग क्षेत्र बर्गिकरण गर्न स्थानिय तहलाई सरकारले निर्देशन गरेको थियो । साउन ३२ गते सो नियमावली जारी भएको हुदा साउन ३२ गतेसम...
गण्डक बाँधको बि ग्याप बाँध अग्लो बनाई पिच हुन थाले पछि स्थानिय उत्साही
विकास पुर्वाधार, समाचार, सुस्ता गाउँपालिका

गण्डक बाँधको बि ग्याप बाँध अग्लो बनाई पिच हुन थाले पछि स्थानिय उत्साही

नवलपरासी,१० भदौगण्डक पिडितद्धारा विगत बर्षमा गरिएको संघर्ष र भारतिय पक्षसँग भएको सहमति अनुसारको काम अगाडी बढाउदै वि ग्याप बाँधको उचाई बढाएर पिच गर्न थालेको छ । गण्डक पिडितहरुको पटक पटक ताकेता पश्चात अहिले भारतिय पक्षले सो सडक विच गर्न थाले पछि स्थानियलाई उत्साही समेत बनाएका हो ।नेपाल सरकारले कुटनीतिक तरिकाले काम गर्न नसके पनि नेपाली जनताले गण्डक क्षेत्रमा संघर्ष समिति गठन गरि भारतको पानी रोकेर आन्दोलनमा उत्रेर गण्डक क्षेत्रमा आवश्यक काम गर्न सम्झौता गराएका थिए । जुन काम क्रमशः भारतयि पक्षले अहिले गरिरहेको स्थानियबासीले बताए । यो गण्डक पिडितका लािग भारतिय पक्षले गर्न थाले पछि अहिले गण्डक क्षेत्रमा उपलब्धीहरुको रुपमा समेत लिन थालेको छन । गण्डक पिडितसँग भएका सहमति भारतिय पक्षले एक प्रति आर्को कार्य गर्न थाले छ, गण्डक नदी नियन्त्रण संघर्ष समितिका पुर्व प्रवतmा प्रेम चन्द्र गुप्ताले भने, अहिले ...
भारतको दिल्ली सरकारले ‘हैप्पीनेस करिकुलम’ जस्तै नेपालको मध्यविन्दु न.पा.ले लागु गर्यो ‘हाम्रो खुशी पाठ्क्रम’
नवलपुर, शिक्षा, समाचार

भारतको दिल्ली सरकारले ‘हैप्पीनेस करिकुलम’ जस्तै नेपालको मध्यविन्दु न.पा.ले लागु गर्यो ‘हाम्रो खुशी पाठ्क्रम’

चोरमारा,८ भदौपुर्वि नवलपरासी जिल्ला स्थित मध्यविन्दु नगरपालिकाले हाम्रो खुशी (हैप्पपीनेस) पाठ्क्रम लागु गर्ने औपचारिक शुभारम्भ गरेको छ । भारत दिल्ली प्रदेशका मुख्यमन्त्री अरबन्दि केजरीवालको सरकारले दिल्लीमा हैपीनेस कलिकुलम लागु गरे जस्तै नेपालको मध्यविन्दु नगरपालिकाले हाम्रो खुशी पाठ्यक्रम लागु गरि औपचारिक शुभारम्भ गरेको हो ।मानिस सबै सुविधासम्पन्न भए पनि मन भित्र खुशी किन आउन सकेको छैन्,त्यसलाई नै मध्यनजर गरि दिल्लीकै शिक्षा विदहरुसँग मिलेर नेपालीपनको हाम्रो खुशी पाठ्याक्रम सञ्चालनमा ल्याइएको मध्यविन्दु नगरपालिकाले जानकारी गराएको हो । जस्को शनिवार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शुभारम्भ भएको उदघोष गरेकी थिईन् । उनले सो पाठ्क्रमको शुभारम्भ गर्दै उनले नीतिगत नेतृत्व राजनितिले गरे पनि सामाजिक नेतृत्व शिक्षाले नै गर्र्नुपर्ने बताईन् । नवलपुरको मध्यविन्दु नगरपालिकामा हाम्र...
सामुदायिक विद्यालयलाई पुर्ण निःशुल्क बनाउन दवाव समुहले बुझायो ध्यानाकर्षपत्र
प्रतापपुर गाँउपालिका, शिक्षा, समाचार

सामुदायिक विद्यालयलाई पुर्ण निःशुल्क बनाउन दवाव समुहले बुझायो ध्यानाकर्षपत्र

नवलपरासी,८ भदौसामुदायिक विद्यालयलाई पुर्ण निःशुल्क बनाउनु पर्ने मागगर्दै प्रतापपुरमा विद्यालय शिक्षा पुर्ण बनाउन गठिन दवाव समुहले ९ बुदे माग राख्दै ध्यानाकर्षणपत्र बुझाएका छन् । संविधान र ऐनको पुर्ण पालना गर्न गराउन कानुनद्धारा अधिकार प्रदत्त गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई सो ध्यानाकर्षपत्र बुझाएका हुन् ।दवाव समुहका अध्यक्ष निवास यादवको नेतृत्वमा गएको टोलीले प्रमुख प्रशासकिय अधिकृतलाई ध्यानाकर्षण पत्र बुझाएर त्यसको प्रतिलिपि गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवलाई समेत बुझाएका थिए । बुझाईएको ध्यानाकर्ष पत्रमा नेपालको संविधान भाग ३ को धारा ३१ र अनिवार्य तथा निशुल्क शिक्षा ऐन २०७५ एवम् प्रतापपुर गाउँपालिकाको शिक्षा ऐन २०७९ (प्रथम संसोधन) समेतले प्राथमिक तह देखि माध्यमिक तह शिक्षा सम्म निशुल्क शिक्षाको ब्यवस्था गरेको छ । सोही अनुसार सामुदायिक विद्यालयहरुमा भर्ना र पठनपाठन गर्न गराउन र अ...
रामग्राम ३ ले सञ्चालन गरायो विशेषज्ञ चिकित्सा सेवा सहितको स्वास्थ्य शिविर
रामग्राम नगरपालिका, समाचार, स्वास्थ्य

रामग्राम ३ ले सञ्चालन गरायो विशेषज्ञ चिकित्सा सेवा सहितको स्वास्थ्य शिविर

नवलपरासी,८ भदौजिल्लाको रामग्राम नगरपालिका वार्ड नं.३ ले आफ्ना वार्डका नागरिकलाई निशुल्क विशेषज्ञ चिकित्सा सेवा सहितको स्वास्थ्य शिविर सञ्चालन गरेको छ । इभरग्रिन अस्पताल परासीको सहकार्यमा सो स्वास्थ्य सेवा गरेको हो ।वार्ड अध्यक्ष उज्जवल न्यौपानेको पहलमा आयोजना गरिएको उतm स्वास्थ्य शिविरमा ८७ जना महिला र ५४ जना पुरुषले सेवा लिइएको वार्ड कार्यालयले जनाएको छ । जस्मा ५० जनालाई इसिजी गरिएको थियो । मधुमेह परिक्षणका लागि १ सय २० जनाको रगत परिक्षण गरिएको थियो भने हाडजोर्नी सम्बन्धि समस्या ३६ जना जनरल सर्जरीका २५ जना र मुटुको जाँच गर्नेमा ८० जना रहेका थिए । अस्पतालका चिकित्सक मुटुरोग विशेषज्ञ डा महेश्वर कुमार ह्याजु,जनरलसर्जन डा.अब्दुल हकिम खाँन र हाडजोनी तथा नसारोग विशेषज्ञ डा.विशाल श्रेष्ठ सहितको स्वास्थ्य टोलीले स्वास्थ्य परिक्षणमा खटेको अस्पतालका सञ्चालक बलिराम कोईरीले जानकारी गराएक थिए । उतm स्...
गण्डकी प्रदेशका विनयीत्रिवेणी गा.पा.को वार्ड ६ र ७ लुम्बिनी प्रदेशको सुस्ता गा.पा.मा राख्न जिल्लासभाको माग
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

गण्डकी प्रदेशका विनयीत्रिवेणी गा.पा.को वार्ड ६ र ७ लुम्बिनी प्रदेशको सुस्ता गा.पा.मा राख्न जिल्लासभाको माग

नवलपरासी,७ भदौसंविधान सँसोधनको कुरा चलिरहेकै बेला जिल्ला समन्वय समिति नवलपरासीको सम्पन्न सातौँ जिल्ला सभाले साविक वित्रेणी गाविसका केही भुमि गण्डकी प्रदेशमा गएको हुदा संसोधन मार्फत लुम्बिनी प्रदेशमै फिर्ता गर्न माग गरेको छ । सभाले ति क्षेत्रका बासिन्दालाई आफ्नै गाउपालिका,जिल्ला सदरमुकाम पुग्न सास्ती ब्यहोर्न परेको हुदा सो भुमिलाई संसोधन मार्फत लुम्बिनी प्रदेशको सुस्ता गाउपालिकामा गाभ्न संभिय सरकारसँग माग गर्ने निर्णय समेत गरेको हो ।राज्य पुर्नसंरचना हुदा नवलपरासी जिल्लालाई दुई भागमा विभाजिन गरेको थियो । विभाजन उचित भए पनि भारतसँग नाका खोल्ने भन्दै त्रिवेणीसुस्ताको भुमिलाई भौगोलिक विकटता उत्पन्न हुदा जनतालाई सास्ती भई रहेको सभाले ठहर गर्दै संविधान सँसोधन हुदा यि विषय पनि समेटर हालको विनयी त्रिवेणीमा पर्ने ६ र ७ गरि दुई वटा वार्डलाई लुम्बिनी प्रदेशमै राख्ने माग सभाले गरेको जिसस प्रमुख भगौती ...