विधा

होलीमा डिजे बजाउन प्रशासनद्धारा प्रतिबन्ध लगाउदै सुचना जारी
नवलपरासी (ब.सु.प.), समाचार, संस्कृति

होलीमा डिजे बजाउन प्रशासनद्धारा प्रतिबन्ध लगाउदै सुचना जारी

नवलपरासी,२६ फागुनफागुपुर्णिमामा मनाई होलीलाई लक्षित गरि जिल्ला प्रशासनले डिजे नबजाउन प्रतिबन्ध लगाएको छ । होली मार्यादापुर्वक मनाउने सुचना जारी गर्दै सो सुचनामा डिजेलाई नबजाउन निर्देशनात्मक आग्रह गरेको हो । होली पर्व मनाउने क्रममा कसैको इच्छा विपरित जबरजस्ती रँग लगाउने,लोला वा पानी लगायत दुषित पदार्थ छ्याप्ने,नसालु पदार्थ सेवन गरि सवारी साधन चलाउने,सार्वजनिक स्थलहरुको रँग रुप बिगार्ने,चर्को आवाजका डिजे बजनाउने,हो हल्ला गर्ने,कुनै ब्यतिmको निजी जिवनमा असर पर्ने गरि साम्प्रदायिक वा धार्मिक सदभावमा असर पर्ने खालका गतिविधि नगर्न गराउन सार्वजनिक सुचना जारी गरिएको छ । सुचना विपरितका कार्य गर्ने जो कोही,ब्यतिm वा समुहलाई कानुन अनुसार कारवाही गरिने चेतावनी समेत दिइएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीद्धारा जारी सुचनामा उल्लेख गरिएको छ ।...
औद्योगिक क्षेत्रको समस्याबारे उबासंघले गरायो जिससको ध्यानाकर्षण
अर्थ, रामग्राम नगरपालिका, समाचार

औद्योगिक क्षेत्रको समस्याबारे उबासंघले गरायो जिससको ध्यानाकर्षण

नवलपरासी,२६ फागुनजिल्ला स्थित औद्योगिक क्षेत्रका समस्यालाई उद्योग बाणिज्य संघका प्रतिनिधिहरुले समस्या समाधानका लागि आवश्यक पहल गर्न जिल्ला समन्वय समिति(जिसस)को ध्यानाकर्षण गराएको छन् । औद्योगिक क्षेत्रको समस्याहरुबारे अध्ययन र जानकारी लिईने शुरक्षित औद्योगिक वातावरण बनाउन अभियान चलाउदै आएका संघका उद्योग उपाध्यक्ष गिरीराज पाण्डे र बाणिज्य उपाध्यक्ष राजेश कुमार गुप्तले जिसस प्रमुख भगौती प्रसाद यादवलाई जानकारी गराउदै ध्यानाकर्षण गराएका हुन् ।औद्योगिक क्षेत्रको विभिन्न समस्या मध्ये अहिले प्रमुख तिन वटा समस्या पहिलो प्राथमिकतामा राखेर समाधानका लागि पहल गर्न उपाध्यक्षद्धय पाण्डे र गुप्ताले गराएका थिए । प्रमुख तिन समस्यामा विद्युतको अनियमित कटौती,पर्यटन मार्ग अग्लो हुदा औद्योगिक क्षेत्र डुबानमा पर्ने हुदा जलनिकासको उचित ब्यवस्थापन र औद्योगिक क्षेत्रमा काम गर्ने स्थानिय महिला तथा मजदुरहरुको सुरक्ष...
रामग्राम स्तुपको संघराम रामग्राम १७ ‘देवगाव’ गाउको प्राचीन स्थल भएको भन्दै अनुसंधान
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम स्तुपको संघराम रामग्राम १७ ‘देवगाव’ गाउको प्राचीन स्थल भएको भन्दै अनुसंधान

नवलपरासी, २५ फागुनभगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप वरिपरि रहेको संघरामको खोजीमा रामग्राम विकास कोषले अध्ययन अनुसंंधान कार्यमा लागेको छ । रामग्राम स्तुप नजिक र बौद्धकालिन प्राचीन समाग्रिहरु समेत फेला गर्ने स्तुप देखी पुर्वमा रहेको देवगाव नै संंघराम भएको अनुमान गर्दै अनुसंधान थालिएको हो ।बुद्धसँग सम्बन्धित महत्वपुर्ण स्थानमा एक संघराम हुने बौद्ध परम्पराहरुमा भएको हुदा बुद्धको अस्ति नै रहेको कोलिय राजाद्धारा निर्मित रामग्राम स्तुप नजिकैको वरिपरीमा संघराम हुनु पर्ने हो । त्यसको खोजी कार्यलाई कोषले निरन्तरता दिइने क्रममा रामग्राम १७ देवगावको प्राचीन स्थल नै संघराम हुने अनुमान गरि अनुसंधान गर्न थालिएको कोषका सदस्य समेत रहेका पुरात्वका जानकार नारद यादवले बताए । संघराम नजिकै ठूलो पोखरी,स साना पोखरी तथा इनारहरु समेत सो क्षेत्रमा देखिएका छन्, उनले भने, बौद्ध भिच्छुहरुलाई विश्राम वा आ...
प्रतापपुर गाउपालिकाद्धारा सेवा प्रवाहबारे सार्वजनिक सुनुवाई
प्रतापपुर गाँउपालिका, राजनीति, समाचार

प्रतापपुर गाउपालिकाद्धारा सेवा प्रवाहबारे सार्वजनिक सुनुवाई

नवलपरासी,२५ फागुनजिल्लाको प्रतापपुर गाउपालिकाले आथिक बर्ष २०८१/०८२ मा गरिएका कार्य प्रगति तथा सेवा प्रवाहबारे सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । स्थानिय सरकारले आफ्‌ना गतिविधि तथा कार्यक्रम जनता माझ सार्वजनिक गर्ने र जनतामा रहेका गुनासाहरुको प्रत्यक्ष जवाफ दिने गरि आईतवार सार्वजनिक सुनुवाई गरिएको हो ।सार्वजनिक सुनुवाईमा सहभागिहरु मध्येबाट २० जनाले गाउपालिकाका सेवा प्रवाह तथा योजनाबारे गुनासो तथा प्रश्न राखेका थिए । कोलिय मिडिया एण्ड आईटी सोलुसन प्रालिको सहजीकरणमा भएको उतm सार्वजनिक सुनुवाईमा गाउपालिका शिक्षा अधिकारी दिल्लीराम ढुगाँना, ९ नं. वार्ड अध्यक्ष जयकिसुन चौधरी,प्रमुख प्रशासकिय अधिकृत अर्जुन चौधरी,उपाध्यक्ष मानकुमारी चौधरी र गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवले जवाफ दिइएका थिए । झण्डै एक सय प्रश्नहरु गरिएको थियो । सुनुवाईमा एमालेका गाउपालिका अध्यक्षले सहकारीसँग सम्बन्धित समस...
झापाको दमक र नवलपरासी उद्योग बाणिज्य संघ बिच अनुभव आदान प्रदान
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

झापाको दमक र नवलपरासी उद्योग बाणिज्य संघ बिच अनुभव आदान प्रदान

नवलपरासी,२४ फागुनउद्योग बाणिज्य संघ नवलपरासी र झापाको दमक उद्योग बाणिज्य संघको एक आर्काको अनुभव आदान प्रदान गर्न छलफल कार्यक्रम भएको छ । दमक उद्योण बाणिज्य संघका पदाधिकारीहरु पश्चिम नेपालका संघका गतिविधि तथा ब्यवसायिक अनुभव लिनका लागि भ्रमणमा आउदा नवलपरासी उबासँघले स्वागत तथा छलफलको आयोजना गरि अनुभव आदान प्रदान गरेका हुन् ।हाल आर्थिक मन्दीले उद्योग ब्यवसाय तहस नहस भई रहेको अवस्थामा उद्योग ब्यवसायलाई कसरी जोगाउने र प्रवद्र्धन गर्ने उदेश्यले बढि उद्योग धन्दा चल्ने क्षेत्र लुम्बिनी प्रदेशको नवलपरासी र रुपन्देहीमा भ्रमण,छलफल गरि अनुभव लिन आएको दमक उद्योग बाणिज्य संघ पदाधिकारीहरुले बताएका थिए । भारतसँगको खुल्ला सिमाले पनि नेपालका उद्योग ब्यवसायलाई असर पारिरहेको बताएका थिए । सरकारको कर प्रणाली,विद्युत आपुर्ति,सडक पुर्वाधार लगायतका चुनौती त रहेकै छन् । देश बारिहबाट र देश भित्रबाट पनि उद्योग ब्यवस...
प्रतापपुर गाउपालिका प्रशासनिक भवनको निर्माण अन्तिम चरणमा
प्रतापपुर गाँउपालिका, विकास पुर्वाधार, समाचार

प्रतापपुर गाउपालिका प्रशासनिक भवनको निर्माण अन्तिम चरणमा

नवलपरासी,२४ फागुनजिल्लाको प्रतापपुर गाउपालिकाको निर्माणाधिन प्रशासनियक भवन अन्तिम चरणमा पुगेको छ । देश भरि विभिन्न अयोजनाहरुको निर्माण कार्य ढिलाई भई रहेको भए पनि प्रतापपुरका प्रशासनिक भवन निर्माण कार्यलाई तिब्रता दिए पछि अहिले अन्तिम चरणमा पुगेको गाउपालिकाले जनाएको हो ।अघिल्लो कार्यकाल देखी नै प्रशासनिक भवन बनाउन नसक्दा दुई वटा भवन भाडामा लिई सञ्चालन हुदै आएकोले जति सक्दो चाडो आफ्नो प्रशासनिक भवन निर्माण गराउनमा लागेको थियो । अहिले भवनको निर्माण अन्तिम चरणमा पुगेको गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवले बताए । उनका अनुसार यसै आर्थिक बर्ष भित्र आफ्नो प्रशासनिक भवनमा सर्ने लक्ष्य रहेको छ । साविक प्रतापपुर गाविसलाई गाउपालिकाको सदरमुकाम तोकिएको र सो स्थान नजिकै भवन निर्माण गर्नु पर्ने नीतिगत बाध्यताका कारण विगत बर्षमा भवनको निर्माण हुन नसकेको थिएन् । जनप्रतिनिधिको दोश्रो कार्यकालमा नयाँ जनप्रति...
विद्युत प्राधिकरणले अनियमित विद्युत काट्दा उद्योगलाई समस्या
अर्थ, रामग्राम नगरपालिका, समाचार

विद्युत प्राधिकरणले अनियमित विद्युत काट्दा उद्योगलाई समस्या

नवलपरासी,२३ फागुननेपाल विद्युत प्राधिकरण परासी वितरण केन्द्रले अनियमित विद्युत काट्दा रामग्रामका औद्योगिक क्षेत्र प्रभावित बन्ने गरेको सो क्षेत्रका उद्योगले जनाएका छन् । विद्युतका लागि बहुविकल्प भन्दै आएको नवलपरासीको औद्योगिक क्षेत्रमा विद्युत आपुर्ति बेला बेलामा बन्द हुदा उद्योगहरुले क्षति ब्यहोर्न परेको जनाकारी गराएका हुन् ।उद्योग बाणिज्य संघले औद्योगिक क्षेत्रको समस्या र चुनौतीबारे शुरु गरेको सुझाव संकलन अभियान अन्तरगत सुझाव संकलन गर्दा सो समस्या उद्योगहरुले राखेका थिए । संघका उद्योग उपाध्यक्ष गिरीराज पाण्डे र बाणिज्य उपाध्यक्ष राजेश कुमार गुप्ता सुझाव संकलनमा जुटेका छन् । समस्या बुझ्ने क्रममा उद्योगहरुले विभिन्न समस्यासँगै अनियमित विद्युत कटौती पनि चुनौती रहेको समस्या दर्र्शाएको उद्योग उपाध्यक्ष पाण्डेले जानकारी गराए । संघले सम्बन्धित निकायमा सो समस्या समाधानका लागि पहल गर्छ, उनले भने,...
हुलाकी राजमार्ग आयोजना कार्यालयमा धर्ना बस्न जाने भन्दै प्रतापपुर गाउपालिकाद्धारा आम जनतालाई अपिल
प्रतापपुर गाँउपालिका, विकास पुर्वाधार, समाचार

हुलाकी राजमार्ग आयोजना कार्यालयमा धर्ना बस्न जाने भन्दै प्रतापपुर गाउपालिकाद्धारा आम जनतालाई अपिल

नवलपरासी,२१ फागुनजिल्लाको हुलाकी राजमार्ग सेमरी — त्रिवेणी खण्ड पाँच बर्ष वित्दा पनि सम्पन्न नभए पछि त्यसबाट प्रभावित प्रतापपुर गाउपालिकाले हुलाकी आयोजना कार्यालय कपिलबस्तु गोरुसिँगेमा धर्ना बस्न जाने पिडितहरुसँग अपिल गरेको छ । गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवले बुधवार एक प्रेस विज्ञप्ती प्रकासित गर्दै उतm अपिल गरेका हुन् ।स्थानिय स्तरबाट पटक पटक ध्यानाकर्षण,धर्ना लगायतका कार्य गरि सचेत गराउदै आएको भए पनि आयोजना कार्यालय र सम्बन्धित निर्माणा ब्यवसायीहरुले झुठ्ठा आश्वासन दिइने र पिडितलाई झुक्याउने कार्य गर्दै आएको बताउदै आयोजना कार्यालयमै पुगेर धर्ना बस्ने योजना बनाइएको अध्यक्ष यादवले बताएका छन् । यहिँ फागुन २६ गते धर्ना बस्न जाने भनेर विज्ञप्तीमा उल्लेख गरिएको छ । यो भन्दा पहिला पनि अध्यक्ष यादवले आसोज ३ गते नै दशै सकिने वित्तिकै काम शुरु गर्ने भन्दै अनसन कार्यक्रम स्थगित गराएको थियो । त...
रामग्रामका औद्योगिक क्षेत्रको समस्या बुझ्‌दै उबा संघ
अर्थ, रामग्राम नगरपालिका, समाचार

रामग्रामका औद्योगिक क्षेत्रको समस्या बुझ्‌दै उबा संघ

नवलपरासी,२० फागुनविश्व बैंकको सहयोगमा निर्माणाधिन रामग्रामका पर्यटन मार्गका कारण औद्योगिक क्षेत्रका दर्जनौ उद्योग डुबानमा पर्ने चुनौती बढदै गएको औद्योगिक क्षेत्रका उद्योगले जनाएका छन् । उद्योग बाणिज्य संघ नवलपरासीको नेतृत्वमा औद्योगिक क्षेत्रको समस्या,चुनौती र समाधानका उपायबारे सुझाव संकलन गर्ने अभियानमा औद्योगिक क्षेत्रका सञ्चालकहरुले गुनासो राखेका हुन् ।संघका उद्योग उपाध्यक्ष गिरीराज पाण्डे र बाणिज्य उपाध्यक्ष राजेश कुमार गुप्त तथा पत्रकार महासंघका सहसचिव सद्दा हुसेन अंसारी सहितको टोली औद्योगिक क्षेत्रमा सुझाव परामर्श गर्न पुगे पछि उद्योगीहरुले उतm समस्या पहिलो भएको बताएका थिए । पर्यटन मार्गको निर्माण गर्दा सडकको दुबै किनारमा बन्ने नाली जमिन सतह भन्दा माथि बनाईदा सडकले औद्योगिक क्षेत्रलाई मात्रै नभई स्थानिय बस्ति र बालीनाली हुने खेतलाई समेत डुबान हुने बताएका थिए । नालीलाई देखाउदै रोस्लान...
जलवायु परिवर्तन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शिक्षा, समाचार, सरावल गाउँपालिका

जलवायु परिवर्तन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुकरात गाैड परासी, फागुन २०,सरावल गाउँपालिका वडा नं ५, धनगडवामा जलवायु परिवर्तनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। ब्रिटिश काउन्सिल र दलित लाइभ्स म्याटरको सहयोग तथा लिगल एड एन्ड रिसर्च सेन्टरको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा २५ जना स्थानीय महिला तथा युवाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा जलवायु परिवर्तनका मुख्य कारणहरू, प्रभावहरू तथा समाधानका उपायहरूबारे गहन छलफल गरिएको थियो। वातावरणीय प्रदूषण, वन विनाश, औद्योगिक उत्सर्जन, प्लास्टिकजन्य फोहोरको बढ्दो प्रयोग, र अत्यधिक कार्बन उत्सर्जन जलवायु परिवर्तनका मुख्य कारण रहेको सहभागीहरूले औंल्याएका थिए। जलवायु परिवर्तनका कारण कृषि प्रणालीमा असर पर्ने, जमिनको उर्वराशक्ति कमजोर हुने, पानीका स्रोतहरू सुकेर खानेपानीको अभाव बढ्ने, अनियमित मौसमी चक्रले बाढी, खडेरी, चट्याङ, अत्यधिक गर्मी वा चिसो जस्ता चरम मौसमी घटनाहरू ...