विधा

नवलपरासीमा बाह्रौ पोल्ट्र दिवस मनाईयो
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

नवलपरासीमा बाह्रौ पोल्ट्र दिवस मनाईयो

नवलपरासी,१७ पुसजिल्ला स्थित भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासीले बाह्रौ राष्टिय पोल्ट्री दिवस मनाएको छ । कुखुरा पालनकर्ताहरुको सहभागितामा कार्यालयले कुखुरापालनको महत्वबारे विविध कार्यक्रम गरि दिवस मनाएको हो ।अस्पतालमा कुखुराका (फुल) अण्डाहरुको समेत वितरण गरेको थियो । पोषणमा अण्डाको प्रयोग वृद्धि आवश्यक छ,सो आवश्यकता पुरा गर्नका लागि कुखुरापालन आवश्यक छ र कुखुरापालनका लागि आवश्यक ज्ञानसिपको पनि आवश्यकता रहेको कुरा दिवसमा दर्शाइएको थियो । कार्यक्रममा अस्पतालका सुचना अधिकारी शुरेश मिश्राले दिवसको महत्वबारे प्रकाश पारेका थिए ।...
सरावलमा ग्रामिण रोजगार सृजना गर्न रोजगार संवाद
अर्थ, समाचार, सरावल गाउँपालिका

सरावलमा ग्रामिण रोजगार सृजना गर्न रोजगार संवाद

नवलपरासी,१७ पुसजिल्लाको सरावल गाउपालिकाले रोजगारीको अवसर खोज्न रोजगार मञ्चको आयोजना गरेको छ । सरावल गाउपालिकामा रोजगार संवाद मञ्च नै गठन गरेर रोजगारीको अवसरबारे सुचना संकलन गरेको हो ।ग्रामिण क्षेत्रमा बढदो बेरोजगारीलाई कसरी समाधान गर्ने ? स्थानिय स्तरबाट रोजगारलाई सम्बोधन गर्नका लागि कुन कुन क्षेत्रमा के कस्ता प्रकारका योजना बनाई रोजगारी सृजना गर्न सक्ने र स्थानिय सरकारको भुमिका के कस्तो हुनु पर्ने जस्ता विषयमा सरोकारवालासँग सम्वाद गरिएको रोजगार संयोजक नेत्र भण्डारीले जानकारी गराएका थिए । गाउपालिकाको योजना परियोजना सञ्चालन गर्दा पनि रोजगारलाई जोडेर आयोजना,योजना र परियोजना बन्नु पर्नेमा धेरै सरोकारवालाले जोड दिएका थिए । योजनामा अहिले धेरै जसो मेसिनरीको प्रयोग बढदा रोजगारी दर घट्ने गरेको बताएका थिए । अतिआवश्यक र जोखिमपुर्ण काम बाहेकका कामहरुमा जनशतिmको प्रयोगलाई बढावा दिइनु पर्ने र योजना सञ्...
पृथ्वी चन्द्र अस्पतालबाट भ्रष्टाचार विरुद्धको सस्था(सिटिजन जुरी)ले माग्यो सुचना
रामग्राम नगरपालिका, समाचार, स्वास्थ्य

पृथ्वी चन्द्र अस्पतालबाट भ्रष्टाचार विरुद्धको सस्था(सिटिजन जुरी)ले माग्यो सुचना

नवलपरासी, १७ पुसजिल्ला स्थित पृथ्वीचन्द्र अस्पतालबाट भ्रष्टाचार विरुद्धको सस्था(सिटिजन जुरी)ले सुचना माग गरेको छ । जिल्ला अस्पतालको सेवाको गुणस्तर तथा भ्रष्टाचार हुने गरेको आरोप लाग्न्े गरेको प्रति आफ्नो ध्यानाकर्षण भएको जनाउदै सो सुचना माग गरेको हो ।सस्थाका अध्यक्ष रामजी ज्ञवालीले अस्पतालको नाँउमा पत्राचार नै गरेर उतm सुचना माग गरिएको जानकारी गराएका थिए । उनले माग गरिएको सुचना अनुसार अस्पतालका चिकित्सकहरुले नयाँ नियुतिm गरि आउने र बस्ने वातावरण नहुदा बिचमै राजीनामा गरेर जाने गरेको अवस्था,विमा सेवा,ल्याब सेवा लगायतका विभिन्न विषयसँग सम्बन्धित रहेर सुचना माग गरेको पत्रमा उल्लेख गरिएको छ । अस्पतालमा नेपाल सरकार र विकास समितिबाट के कति जनशतिm स्वीकृत छ ? सो मध्ये कति पदपुर्ति र कति रितm छ ?,निशुल्क औषधीमा के कति प्रकारका औषधीहरु निशुल्क उपलब्ध गराउदै आएको छ? ल्याब सेवामा दैनिक २० जनालाई मात्र...
लक्ष्य अनुसारको राजस्व संकलन गर्न महेशपुर भन्सारका नयाँ प्रमुख तस्करी रोक्न सक्रिय
अर्थ, पाल्हिनन्दन गाउँपालिका, समाचार

लक्ष्य अनुसारको राजस्व संकलन गर्न महेशपुर भन्सारका नयाँ प्रमुख तस्करी रोक्न सक्रिय

नवलपरासी,१४ पुसजिल्ला स्थित महेशपुर भन्सारमा नयाँ भन्सार प्रमुख हाजिर भए पछि सिमा क्षेत्रमा कडाई भएको छ । सिमा क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण गर्न दुई साता पहिला नयाँ भन्सार प्रमुख विकास उपाध्याय सक्रिय भएर लागि परे पछि अहिले सिमा क्षेत्रबाट चोरी तस्करीमा नियन्त्रण भएको स्थानियले जनाएका हुन् ।लक्ष्य घटाउदै जादा पनि लक्ष्य अनुसारको राजस्व संकलन हुन नसक्दा अहिले सिमा क्षेत्रमा हुने तस्करी रोक्न नयाँ राजस्व प्रमुख लागि परेको छन् । नयाँ नयाँ आएको भन्सार प्रमुख उपाध्याय अहिले आफै राती राती सिमा क्षेत्रमा निगरानी बढाए पछि सिमा क्षेत्रमा हुने गरेको चोरी तस्करी रोकिएको एक स्थानियले बताए । चोरी तस्करी नियन्त्रणमा भन्सार प्रमुख उपाध्याय सक्रिय भए पश्चात सिमावर्ती प्रहरीहरु पनि चोरी तस्करी नियन्त्रणमा लागेका छन्, उनले भने, जिल्ला प्रशासन कार्यालयले पनि चोरी तस्करी नियन्त्रणका लागि सिमावर्ती सब...
खिचडी महोत्सव नजिकदै जादा थारु साँस्कृतिक पार्कको ब्यवस्थापनमा सकृय स्थानिय
पर्यटन, समाचार, सरावल गाउँपालिका, संस्कृति

खिचडी महोत्सव नजिकदै जादा थारु साँस्कृतिक पार्कको ब्यवस्थापनमा सकृय स्थानिय

नवलपरासी,१४ पुसजिल्लाको सरावल २ मनरी स्थित थारु साँस्कृतक पार्कको ब्यवस्थानमा स्थानिय सक्रिय भएका छन् । थारुहरुको महान चाँड माघी अर्थात (खिचडी महोत्सव) लाई लक्षित गरि पार्क ब्यवस्थापनमा स्थानिय जुटेका हुन् ।विगत डेढ दशक देखी स्थायिन श्रीराम युवा प्रष्ठिानको सक्रियतामाहुदै आएको खिचडी महोत्सव यो बर्ष अझै विस्तारित बनाउने लक्ष्य सहित महोत्सवको तयारी भई रहेको प्रतिष्ठानका अध्यक्ष चक्रपाणी चौधरीले जानकारी गराए । स्थायिन स्तरबाट शुरु भएको खिचडाी महोत्सव अहिले जिल्लामै पहिचान बनाएको छ, उनले भने, अझ यसलाई विस्तारित बनाउने लक्ष्य लिएका छौ । विद्यालय स्तरमा पनि खिचडी महोत्सवबारे निबन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिता समेत गरिने छ । यसले बालबालिकामा यसको अध्ययन र ब्याख्यात्मक कलाको विकास हुने उनको भनाई थियो ।विगतमा वृक्षारोपण गर्दै अगाडी सरेका मनरीका थारु महिलाहरु अहिले सो वृक्षारोपण भित्र रुख विरुव...
रामग्राम स्तुपमा ध्यान गर्ने स्थान नतोकिदा भिच्छु र ध्यानसाधना गर्नेलाई समस्या
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम स्तुपमा ध्यान गर्ने स्थान नतोकिदा भिच्छु र ध्यानसाधना गर्नेलाई समस्या

नवलपरासी,१३ पुसभगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुपमा ध्यान गर्न आउने भिच्छु तथा ध्यानसाधना गर्ने साधकलाई समस्या देखिएको छ । स्तुपको पुजा पाठलाई असर नपर्ने भए पनि ध्यानीसाधन तथा भिच्छुलाई ध्यान साधनाका लागि उचित ब्यवस्थापन नहुदा समस्या देखिन थालेको हो ।विगत बर्ष देखी लुम्बिनी विकास कोषले काम नगर्दा विकल्पको रुपमा रामग्राम नगरपालिकाले बनाएको रामग्राम विकास कोषले पनि हालसम्म यस प्रति गम्भिर भई काम नगरेको गुनासो नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले बताए । विभिन्न देशबाट श्रद्धापुर्वक आउने बौद्धधर्मावलम्बीहरुलाई ध्यान साधनाका लागि सचित स्थानको ब्यवस्थापन रामग्राम विकसा कोषले तत्काल गर्नु पर्ने उनको भनाई थियो । एकै स्थानमा ध्यानसाधनामा बस्ने भिच्छु तथा ध्यानी साधकलाई अवरोध हुने गरि होहल्ला गरिने खालका अन्य पर्यटकद्धारा हुने गरेको छ, उनले भने,स्तुप क्षेत्रको उचित ब्यवस्थापन ...
प्राचीन कोलिय गणराज्यको राजधानी पण्डितपुरको सुरक्षा (सेन्ट्रि) स्थल फेला !
पर्यटन, रामग्राम नगरपालिका, समाचार

प्राचीन कोलिय गणराज्यको राजधानी पण्डितपुरको सुरक्षा (सेन्ट्रि) स्थल फेला !

नवलपरासी,१३ पुसकोलिय गणराज्यका राजधानी प्राचिन कोलनगर(पण्डितपुर) मा चार साताको उत्खननले महत्वपुर्ण समाग्रिहरु फेला परेका छन् । जस्ले राजधानीको आधार र प्रमाणलाई मजबुत बताएको लुम्बिन्ी प्रदेश सभा सदस्य(प्रदेश साँसद) बैजनाथ जैसवालले बताएका हुन् ।उनका अनुसार नगरमा बस्ने सुरक्षाकर्मीको सेन्ट्रि स्थल रहेको अनुमान गरिएको छ । पुरातत्वविदहरुले राजधानीबारे कुरा नगरे पनि सो सेन्ट्रिले राजधानीलाई प्रष्ट्याउने उनको भनाई थियो । शनिवार पुरातत्वविद भाष्कर ज्ञवालीको नेतृत्वमा उत्खनन गरेको टोलीसँग जानकारी लिए पश्चात सो कुराको जानकारी प्रदेश साँसद जैसावलले गराएका थिए । उनका अनुसार उत्खननले फेला पर्ने बस्तुहरुले यस क्षेत्रमै पहिलो चक्रिय आधारको ब्यवस्थित नगर प्राचिन कालमा बसेको आधार देखाउछ । विगतका उत्खनन भन्दा केही फरक बस्तु पनि फेला गरेको बताए । उत्खनन टोलीले देखाएको प्राचिन नगरको सुरक्षार्थ बस्ने सुरक्षा(स...
गण्डक नहरको सिल्टबेसिन निर्माण कार्य २ बर्षमा ५० प्रतिसत मात्र, ७ महिनामा सम्पन्न होला बाकी ५० प्रतिसत कार्य ?
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

गण्डक नहरको सिल्टबेसिन निर्माण कार्य २ बर्षमा ५० प्रतिसत मात्र, ७ महिनामा सम्पन्न होला बाकी ५० प्रतिसत कार्य ?

नवलपरासी, १३ पुसनिर्माणाधिन नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीको सिल्टबेसिन(बालुवा थिग्राउने संरचना) को म्याद सकिदै जादा आधा काम मात्र सकिएको छ । संरचना निर्माणमा ढिलाई हुदा त्यसको मार स्थानिय किसानले अझै धेरै दिनसम्म ब्यहोर्ने अवस्था देखिएको हो ।सिल्टले सधै नहर पुरिने अवस्थाको अन्त्य गर्न सिचाई बिभागले नहरको मुहानमा सिल्ट बेसिन बनाउन झण्डै ३५ करोडको डिपिआर गरेको थियो । डिपिआर अनुसार सिचाई प्रणालीले ठेक्का आह्वान गरेको थियो । सो ठेक्का भैरव नारायण जेभि नेपालले ३० करोड ४० लाख ४६ हजार ५ सय ६२ रुपियामा ठेक्का हाथ परेको थियो । २०७९ पुस ८ गते सम्झौता भई २०८२ असार ४ गते भित्र सम्पन्न गर्ने कुरा उल्लेख छ । आयोजनाको समय अवधि ७ महिना मात्र छ,काम भन्ने ५० प्रतिसत मात्र भएको सिचाई ब्यवस्थापन कार्यालयले जनाएको छ । २ बर्षमा ५० प्रतिसत काम मात्र हुदा बाकी ५० प्रतिसत काम गर्न पनि दुई बर्ष लाग्ने हो,भन...
सरावल गाउपालिकाले विस्तृत शिक्षा नीति बनाउन छलफल गराउदै
शिक्षा, समाचार, सरावल गाउँपालिका

सरावल गाउपालिकाले विस्तृत शिक्षा नीति बनाउन छलफल गराउदै

नवलपरासी,१० पुसजिल्लाको सरावल गाउपालिकामा विस्तृत शिक्षा नीति बनाउनका लागि अनुसंधान तथा छलफल कार्य थालिएको छ । शिक्षा नीति मार्फत सबैmलाई शिक्षाको मुल प्रवाहमा ल्याउने उदेश्य सहित स्थानिय सरोकारवालासँग छलफल गर्ने कार्य थालिएको हो ।विगत बर्षमा गाउपालिकाको शिक्षा ऐन बनाइएको छ । तर ऐनको कार्यान्वयका लागि आवश्यक कार्यविधिहरुको अभाव तथा प्रभावकारी शिक्षा नीति नहुदा शिक्षा क्षेत्रमा केही समस्याहरु देखिएको हुदा त्यसबारे छलफल र अनुसंधान गर्ने कार्य भईरहेको गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीले बताए । जुरी नेपाल नामक सस्थाले उतm शिक्षा नीति बनाउनका लागि सहजीकरण गरिरहेको उनले जानकारी गराए । शिक्षक,अभिभावक,शिक्षा शाखा तथा अन्य संघसस्थासँग छलफल तथा राय संकलन गर्ने काम उतm सस्थाले गरिरहेको छ, उनले भने, सबैको राय सुझाव संकलन गरि एक दुई महिना भित्रै शिक्षा नीति तयार गरि त्यसको मस्यौता माथि विस्तृत छलफल...
प्रतापपुर वार्ड नं ४ का सामुदायिक विद्यालय पुर्ण निशुल्क घोषणा
प्रतापपुर गाँउपालिका, शिक्षा, समाचार

प्रतापपुर वार्ड नं ४ का सामुदायिक विद्यालय पुर्ण निशुल्क घोषणा

नवलपरासी,४ पुुसजिल्लाको प्रतापपुर गाउपालिका वार्ड नं.४ ले वार्ड भित्रका सबै सामुदायिक विद्यालयलाई पुर्ण निशुल्क बनाउने घोषणा गरिएको छ । आउने शैक्षिक सत्र देखी सामुदायिक विद्यालयका आधारभुत तहलाई पुर्ण निशुल्क बनाउने गरि गाउपालिकाले गर्दै आएको कार्यलाई सार्थक बनाउन विहिवार सो वार्डले औपचारिक कार्यक्रमको आयोजना गरि उतm वार्डका एक मदरसा सहित चार वटा सामुदायिक विद्यालयमा चन्दा,सहयोग लगायत कुनै पनि प्रकारका रकम नउठाउने घोषणा गरिएको हो ।उतm घोषणा गर्ने कार्य संधिानसभा सदस्य समेत रहेका लुम्बिनी प्रदेशका बन तथा वातावरण मन्त्री देवकरण कलवारले गरेका थिए । उनले घोषणासभामा बोल्दै वार्ड कार्यालयले यस्तो घोषणा कार्यले मुलुक भरिकै स्थानिय तहलाई नेपालको संविधान २०७२ र आधारभुत तह अनिवार्य र निशुल्क माध्यमिक तह शिक्षा सम्बन्धि ऐन २०७५ लाई कार्यान्वनमा ल्याएको उदाहरण प्रस्तुत भएका बताएका थिए । सोही क्षेत्रबाट...