बौद्धकालिन प्राचीन ककरपत्त नगरमा २५६९ औ बुद्धजयन्तीको अवसरमा सप्ताहब्यापी कार्यक्रम गरिदै
नवलपरासी,२३ बैशाखलुम्बिनी प्रदेश सरकारको पर्यटकिय स्थलको सुचिमा सुचिकृत सरावलको प्राचिन ककरपत्त नगरमा स्थानियले २५६९ बुद्ध जयन्तीलाई साता ब्यापीरुपमा कार्यक्रम गरि मनाउने भएका छन् । मंगलवार गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरी सहित स्थानिय संघसंस्था सहितको बैठकले साता रुपमा मनाउने जनाएका हुन् ।बैशाख २३ गते सबेको सर्वपक्षिय बैठकले २९ गतेसम्म कार्यक्रम गरि मनाउने अध्यक्ष चौधरीले जानकारी गराएका थिए । उनका अनुसार २४ गते प्राचीन ककरपत्त नगर परिसरको सरसफाई गरि २५ गते बौद्ध भिच्छुलाई भोजनदान कार्यक्रम गरिने छ । उतm कार्यक्रममा भिच्छुले भगवान बुद्धले जसरी दिर्घजानु सहित स्थानियलाई गृहशुख सन्देश सुनाएका थिए । त्यसै गरि भिच्छुहरुले ति दिर्घजानु सत्तको देसना पनि गर्ने उनको भनाई थियो । २६ गते देखी विभिन्न अन्तरक्रिया,खेलकुद तथा साँस्कृतिक कार्यक्रम गरि २९ गते बुद्धजयन्तीको दिन भब्य रुपमा मनाउनुका साथ...









