औद्योगिक क्षेत्रको डुबान समस्याले त्रसित
नवलपरासी,१२ बैशाखजिल्ला स्थित औद्योगिक क्षेत्रका उद्योगबाट हुने बायु प्रदुषण लगायतका समस्या समाधान गर्न तर्फ लागे पनि औद्योगिक क्षेत्रमा अहिले देखिएको डुबान समस्याले उद्योगहरु त्रसित बनेका छन् । सरोकारावाला निकायसँग उद्योग तथा उद्योग बाणिज्य संघका प्रतिनिधिहरुले समस्या समाधानका लागि आवश्यक पहल गर्न आग्रह गर्दै आए पनि सुनुवाई नहुदा बर्षायाममा डुबान हुने त्रास उद्योगीहरुमा देखिन थालेको हो ।
उद्योगबाट निस्कने धुवाँ र धुलोको आन्तरिक ब्यवस्थापन गरिए पनि उद्योग बाहिरबाट हुने डुबान समस्या समाधानको पहल नभएको औद्योगिक क्षेत्रमा लुम्बिनी पेपर मिल्स प्रालिका कर्मचारीले बताए । यसका लागि उद्योग बाणिज्य संघका प्रतिनिधिसँग पनि डुबान नियन्त्रणका लागि आवश्यक जलनिकास बनाउन आग्रह गरेका थिए । त्यसका लागि उद्योगबाट गर्न सकिने सहयोग गर्न तयार रहेको उनीहरुको भनाई रहेको थियो । केही महिना पहिला उद्योग र संघ...










