विधा

रामग्राम स्तुप परिसरमा बौद्धधम्म सम्मेलन
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम स्तुप परिसरमा बौद्धधम्म सम्मेलन

नवलपरासी,२० बैशाखजिल्लाको रामग्राम स्तुप परिसरमा विश्व धम्म परिषद नेपालले लुम्बिनी स्तररिय बौद्ध धम्म सम्मेलन गरेको छ । आम जनमानसमा बुद्धको शिक्षाको पहुँच पुर्याउन र बौद्ध भुमिको प्रचार प्रसार गर्दै बुद्ध शासनको विस्तार गर्ने उदेश्यले सम्मेलन गरिएको आयोजक सस्थाले जनाएको हो । उतm सम्मेलनमा लुम्बिनी प्रदेश सरकारका प्रदेश साँसद बैजनाथ जैसवालले विश्व शान्तिका लागि विश्व भरि नै बुद्ध शिक्षाको प्रसार हुन आवश्यक रहेको र त्यसको केन्द्र रामग्राम स्तुप लगायत लुम्बिनी प्रदेश भरिका बौद्ध भुमिलाई आधारशिला बनाउनु पर्ने औल्याएका थिए । विश्वको एक मात्र भगवान गौतम बुद्धको मौलिक अवस्थाको अष्टधातु रहेको रामग्राम स्तुप क्षेत्र अध्यात्मिक केन्द्र बनाउन आवश्यक रहेको र त्यसका लागि लुम्बिनी प्रदेश सरकारसँग आफु काम गर्न निरन्तर लागि रहेको बताएका थिए । रामग्राम स्तुपासँगै नवलपरासी जिल्लामा रहेको बुद्धको मावल...
सामुदायिक मेलमिलापकर्ताको न्यायीक क्षेत्रमा ठूलो योगदान छ ः कामु प्रधानन्यायधिश सपना प्रधान मल्ल
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

सामुदायिक मेलमिलापकर्ताको न्यायीक क्षेत्रमा ठूलो योगदान छ ः कामु प्रधानन्यायधिश सपना प्रधान मल्ल

नवलपरासी,२० बैशाखसर्वोच्च अदालतकी कामु प्रधानन्याधिश सपना प्रधान मल्लले न्यायिक क्षेत्रमा सामुदायिक मेलमिलापकर्ताहरुको ठूलो योगदान रहेको बताएकी छिन् । नवलपरासीमा शनिवार न्यायीक समिति प्रथम जिल्ला सम्मेलनको उदघाटन गर्दै सो कुरा बताएकी हुन् ।जिल्लाका सातवटै न्यायिक समितिको संयतm आयोजनामा भएको न्यायीक समिति जिल्ला सम्मेलन नेपाल मै पहिलो अभ्यास भएको चर्चा गर्दै उनले यस्तो सम्मेलनले न्यायीक क्षेत्रको साझा समस्या र सामुहिक समाधानलाई सहयोग पुर्याउने बताईन् । सामुदायिक मेलमिलाप कर्ताहरुको योगदानको प्रशंसा गर्दै भनिन्, न्याय सेवाका प्रमुख सहयात्रीहरु मेलमिलापकर्ता पनि हुन् । तर मेलमिलाप कर्ता र न्यायीक समिति एउटै होईन् । न्यायीक समितिले विधि कानुन र प्रकृयागत चल्छ, तर मेलमिलापकर्ता पिडित र पिडिक विच समान्जस्ता ल्याउदै आफ्ना शिप र कौशल प्रयोग गरि प्रत्यक्ष न्यायको अनुभुति गराउने सामुदायिक कार्यकर्ता...
नेपाल रेडकस सोसाईटी नवलपरासी शाखाद्धारा रतmदानबारे जागरण अभियानको शुभारम्भ
पाल्हिनन्दन गाउँपालिका, समाचार, स्वास्थ्य

नेपाल रेडकस सोसाईटी नवलपरासी शाखाद्धारा रतmदानबारे जागरण अभियानको शुभारम्भ

नवलपरासी,१९ बैशाखनेपाल रेडक्रस सोसाईटीद्धारा सञ्चालित रतm सञ्चार सेवा केन्द्र(ब्लड बैंक) मा रगतको आपुर्ति सहज बनाउन रतmदान बारे जागरण अभियान सञ्चालन गरिएको छ । ब्लड बैंकका दैनिक जसो रगतको माग बढदै गएको तर माग अनुसारको आपुर्ति गर्न कठिनाई भइ रहेको हुदा रेडक्रस नवलपरासी शाखाले यस्तो अभियान सञ्चालन गर्न परेको जानकारी गराएको हो ।अभियानको शुभारम्भ पाल्हीनन्दन गाउपालिका वार्ड नं.३ बाट शुरु गरिएको छ । वार्ड अध्यक्ष गोधन हरिजनको प्रमुख आथित्यतामा भएको कार्यक्रमको शुभारम्भ भएको घोषणा गरिएको थियो । सो अभियान वार्ड नं.१ र ५ मा पनि गर्ने योजना सुनाएका थिए । खास गरि दक्षिणी भेगमा स्थानियबासीलाई रगत बढि माग हुने तर रगत जम्मा गर्नका लागि रतmदान कार्यक्रममा न्युन सहभागिता भई रहेकोले दक्षिणी भेगमा जागरण अभियान सञ्चालन गर्न परेको रेडक्रस नवलपरासी सभापति राजेन्द्र अग्रहरीले बताए । रगत अन्य कुनै बस्तुबाट निर्...
पृथ्वीचन्द्र अस्पताल अध्यक्ष विहिन हुदा तिन महत्वपुर्ण सेवा सुचारु गर्न समस्या
नवलपरासी (ब.सु.प.), स्वास्थ्य

पृथ्वीचन्द्र अस्पताल अध्यक्ष विहिन हुदा तिन महत्वपुर्ण सेवा सुचारु गर्न समस्या

नवलपरासी, १९ बैशाखजिल्ला स्थित पृथ्वीचन्द्रमा आन्तरिक ब्यवस्थापनमा समस्या र प्रदेश सरकारको गैरजिम्मेवारीनले थपिने भनिएको थप दुई सेव विस्तार हुन सकिरहेको छैन् । विगत ६ महिना पहिला नै अस्पतालमा आँखा उपचार विभागको स्थापना गरि आँखाको अप्रेसन र मृगौला रोगीलाई गरि डायलसिस सेवा तथा आईसियु सेवा सुचारु हुन नसकेको स्थानियले बताएका हुन् ।यता चैत्र २२ गते नै अस्पतालमा अध्यक्षको म्याद सकिएर अध्यक्ष विहिन बनेको अस्पतालमा नयाँ अध्यक्ष नआउदा आन्तरिक ब्यवस्थापनका लागि समस्या भई रहेको अस्पताल ब्यवस्थापनले जनाएको छ । अस्पतालका यि दुबै सेवा सञ्चालन गर्नु पर्ने आवश्यकता पनि छ, तयारी पनि भई रहेको र निकट डायलसिस सेवा सञ्चालनका लागि तयारी भई रहेको दाबी अस्पतालका सुचना अधिकारी गोविन्द बहादुर ज्ञवालीले डायलसिसका लागि नयाँ मेसिन आएको हुदा सो मेसिन सञ्चालन गर्नका लागि दुई जना कर्मचारी बुटवलमा तालिम लिन पठाइएको जानकार...
डिएफओले स्थानिय सरकारका प्रमुखहरुलाई डिभिजन बन कार्यालय नै खारेज गराईदिन दिए चुनौती
नवलपरासी (ब.सु.प.), समाचार, समाज

डिएफओले स्थानिय सरकारका प्रमुखहरुलाई डिभिजन बन कार्यालय नै खारेज गराईदिन दिए चुनौती

नवलपरासी,१५ बैशाखजिल्ला समन्वय समिति सहित सात पालिकाले आफुलाई कारवाही गर्ने सिफारिस प्रति प्रतिकृया दिदै डिभिजनल बन अधिकृत (डिएफओ) जिवन पँगेनीले डिभिजन बन कार्यालय नै खारेजी गराईदिन चुनौती दिइएका छन् । स्थित बन डिभिजन कार्यालयका प्रमुख डिभिजन बन अधिकृत(डिएफओ)लाई आवश्यक कारवाहीका लागि जिल्लाका सातवटै पालिकाले माग गरेको समाचार सार्वजनिक भए पछि उनले फोन सम्पर्क गरेर उतm चुनौती दिइएका हुन् ।डिएफओलाई के कारवाही गर्न सिफारिस गरेका हुन,डिभिजन बन कार्यालय नै खारेज गरे पछि डिएफओ त्यसै गईहाल्छन् भनि आक्रोस पनि पोखेका थिए । लोकसेवा पास गरेर आएका राष्ट्रसेवक कर्मचारी कानुनको अधिनमा बसेर काम गर्ने हुन, उनले भने, कुनै नेता,जनप्रतिनिधिको कानुनले नमिल्ने अवस्थामा दवाव र प्रभावमा परि हस्ताक्षर गर्दै जानु कानुनको खिल्ली उठाउनु हो, त्यो कर्मचारीले गर्न मिल्दैन् । अझ बन क्षेत्र राष्ट्रिय कानुनले मात्रै नभई के...
प्राचिन कोलिय गणरज्यको कोलनगरका कोलवृक्षको संरक्षण गर्न आवश्यक ः पुर्व क्याम्पस प्रमुख ठाकुर
पर्यटन, रामग्राम नगरपालिका, समाचार

प्राचिन कोलिय गणरज्यको कोलनगरका कोलवृक्षको संरक्षण गर्न आवश्यक ः पुर्व क्याम्पस प्रमुख ठाकुर

नवलपरासी, १४ बैशाखनेपालकै लोपोन्मुख कोलवृक्षको संरक्षणमा सरोकारवालाले ध्यान दिइनु पर्ने रामग्राम विकास कोषका सदस्य समेत रहेका पाल्ह्ी बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख कैलाश ठाकुरले बताएका छन् । औषधिय गुण मात्र नभई यस कोलिय गणराज्यको इतिहास समेत जोडिने भएको हुदा सो रुखको संरक्षण प्रवद्र्धन र विस्तारमा बन तथा बनस्पति विभाग र रामग्राम नगरपालिकाले काम गर्न आवश्यक रहेको औल्याएका हुन् ।प्राचिन कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर) मा समेत लोपोन्मुख कोलवृक्ष पुरातात्विक क्षेत्रमा फेला परे पछि सो संरक्षण र विस्तारमा ध्यान पुर्याउन सरोकारवालाले चाँसो लिन थालेका छन् । स्थानिय कुलोमा रहेका बुट्यान र झाडीमा कोलवृक्षको एउटा रुख भेटिएको थियो । कोलिय गणराज्यको राजधानी क्षेत्रमै सो वृक्ष फेला पर्नु सुनमा सुगन्ध भएको बताउदै सदस्य ठाकुरले यसलाई कार्ययोजना नै बनाएर काम गर्न आवश्यक रहेको औ...
सरावल गाउपालिकाद्धारा डुबान नियन्त्रणका लागि धनेवा खोला बाँध उचाई वृद्धि
कृषि, समाचार, सरावल गाउँपालिका

सरावल गाउपालिकाद्धारा डुबान नियन्त्रणका लागि धनेवा खोला बाँध उचाई वृद्धि

नवलपरासी,१५ बैशाखजिल्लाको सरावल गाउपालिकाले डुबान नियन्त्रण गर्न बनाएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार डुबान क्षेत्रको कारक धनेवा खोलाको तटबन्ध निर्माणमा काम थालेका छ । डुबान रोक्न आफै अग्रसरता देखाउदै पालिका स्तरबाटै लगानी गरेर भए पनि धनेवा बाँधको उचाई थप्ने कार्य थालनी गरेर हो ।नेपाल गण्डक पश्चिमनी नहर सिचाई ब्यवस्थापन कार्यालय सेमरीलाई धनेवा खोला बाढी नियन्त्रणका लागि समन्वय गरिदिन भन्दै बैशाख ७ गते पत्राचार गरि अहिले बाँध अग्लो बनाउने कार्य शुरु गरिएको गाउपालिकाले जनाएको छ । धनेवा खोलाको डुबान नियन्त्रणका लागि कुल ११ दशमलव ७७ किलोमिटर लामो उतm धनेवा खोला ब्यवस्थापन तथा करिडोरको डिपिआर गर्दा पहिलो खोलाको गाईड बण्ड वर्क र दोश्रो निर्माण गरि दुई भागमा निर्माण गर्ने गरि कुल (भ्याट सहित) ४९ करोड,६६ लाख ७६ हजार ७ सय १२ रुपिया लागत पर्ने उल्लेख छ । गाउपालिकाका अनुसार डिपिआर अनुसार...
सरावल ७ का बालसंजालका बालबालिकालाई नेतृत्व विकास सम्बन्धित तालिम
शिक्षा, समाचार, सरावल गाउँपालिका

सरावल ७ का बालसंजालका बालबालिकालाई नेतृत्व विकास सम्बन्धित तालिम

नवलपरासी,१३ बैशाखजिल्लाको सरावल गाउपालिका वार्ड नं.७ ले स्थानिय बाल समुह संजाललाई नेतृत्व विकास तालिम प्रदान गरेको छ । बाल समुह संजालको माग अनुसार नै वार्ड कार्यालयले बालसँजालका बालबालिकालाई दुई दिइने नेतृत्व विकास सम्बन्धि तालिम प्रदान गरेको हो ।स्थानिय नन्दन मिडिया हाउस प्रालिको सहजीकरणमा उतm तालिम प्रदान गरिएको वार्ड अध्यक्ष ह्यात खाँनले जानकारी गराए । बालबालिका देखी नै नेतृत्व गर्न सक्ने क्षमताको विकास गराउनमा यो तालिम महत्वपुर्ण हुने विश्वास लिइएका छौ, उनले भने, आवश्यकता अनुसार मागको आधारमा पुनःअन्य भाषणकला,उद्यघोषण र शसतिmकरण क्षमता विकासका लागि पनि गराउदै जाने सोचमा छौ । आजका बालबालिका भोलीका कर्णधार हुन्,यसले गर्दा बालबालिकामा गरिएको लगानी दिर्घकालिन प्रभाव पार्ने उनले बताएका थिए । उतm तालिममा सायदा खातुनले सहजीकरण गरेकी थिईन् ।...
नारायणी(गण्डक) नदीबाट नदीजन्य पदार्थको निकासी अनुगमनमा विवाद
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

नारायणी(गण्डक) नदीबाट नदीजन्य पदार्थको निकासी अनुगमनमा विवाद

नवलपरासी,१३ बैशाखजिल्लाको नारायणी (गण्डकी) नदीबाट अनियन्त्रित रुपमा नदिजन्य पदार्थ दोहन भएको आरोप स्थानियले लगाए पछि अहिले अनुगमनमा विवाद सृजना भएको छ । जिल्ला अनुगमन समितिको अनुगमन पछि गाउपालिकाले आफै अनुगमन गरेको र अहिले स्थानियले गाउपालिकाको अनुगमनमा पनि आँशका गरे पछि आउदो सोमवार पुनः जिल्ला,गाउपालिका सहितको टोलीले अनुगमन गर्ने भएको हो ।सुस्ता गाउपालिकाले नदीजन्य पदार्थ झिक्नका लागि निकास ठेक्का लगाएको भन्दा बढि नदीजन्य पदार्थको दोहन गरिए पछि अनुगमनकारी निकाय प्रति नै आशँका जन्माउदा एक अर्का नियामक निकाय मै विवाद हुने देखिएको स्थानियले जनाएका छन् । नदीबाट अध्याधिक नदीजन्य पदार्थ दोहन भए पछि गाउपालिका बचाउमा लागेको स्थानियले आरोप लगाएका छन् । ठेकेदारको प्रलोभनमा परेर अहिले ठेकेदारलाई बचाउन गाउपालिकाले शुक्रवार अनुगमन गरेको थियो । गाउपालिकाको अनुगमन टोलीले ठेकेदारलाई तोकिएको परिमाणको ९० प...
किसोरी गर्भवती सँख्या बढदै, परिवार नियोजन साधनको प्रयोगकर्ता घट्दै
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

किसोरी गर्भवती सँख्या बढदै, परिवार नियोजन साधनको प्रयोगकर्ता घट्दै

नवलपरासी,१२ बैशाखजिल्लामा किसोरी मैत्री स्वास्थ्य कार्यक्रम प्रभावकारी हुन नसक्दा जिल्लामा किसोरी गर्भवतिको संख्या बढने र परिवार नियोजन सेवा घट्ने क्रम देखिएको छ । परिवार नियोजनका साधन प्रयोगकर्ता घट्दै जानु र किसोरी गर्भवति संख्या बढदै जानुले सुरक्षित मातृत्व कार्यक्रमलाई नै चुनौती थपिएको हो ।कार्यालयको तत्याँक अनुसार अस्थाई परिवार नियोजन सेवा लिइनेमा पुरुषले प्रयोग गर्ने परिवार नियोजनका साधन कण्डमको प्रयोग बढेको देखिए पनि महिलाले प्रयोग गर्ने परिवार नियोजनका साधन प्रयोग गर्ने संख्या घट्दो क्रममा छ । तथ्याँक अनुसार कण्डमको प्रयोग आर्थिक बर्ष २०७८/०७९,२०७९/०८० र २०८०/०८१ मा नयाँ प्रयोगदर क्रमशः ५.४,५.३ हुदै घटेर ४.९ मा पुगेको छ । क्रमश :२ हजार ७ सय १९,२ हजार ९ सय ९१ र ३ हजार ८ सय १४ देखिन्छ । तर महिलाले प्रयोग गर्ने अस्थाई परिवार नियोजन साधनहरु क्रमशः पिल्स,डिपो,इम्प्लान्ट आईयुसिडि र स्थाई...