विधा

स्थानिय केरा कृषकको दवावमा प्रहरीद्धारा भारतिय केरा बरामद
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

स्थानिय केरा कृषकको दवावमा प्रहरीद्धारा भारतिय केरा बरामद

नवलपरासी,२२ मंसिरनेपालमा भारतिय केराको खुलेयाम तस्करी हुन थाले पछि प्रहरीले तिन टेक्टरमा लोड गरि नेपाल भित्रयाउदै गरेको अवस्थामा बरामद गरेको छ । केरा उत्पादक किसान संघले पटक पटक प्रहरीकै मिलोमतोमा केरा तस्करी हुने गरेको आरोप लगाउदै आएको भन्दै पक्राउ गर्न दवाव बढाउन थाले पछि प्रहरीले केरा बरामद गरि महेशपुर भन्सार पठाएको जानकारी संघका जिल्ला अध्यक्ष लख्खु यादवले गराएका हुन् ।प्रहरीले नियन्त्रणमा लिइएको तिनवटा टेक्टर र ट्रली मध्ये एउटा टेक्टर र बाकी दुई वटाको ट्रली मात्र भन्सारलाई बुझाएको छ । बरामद गरिएको केरा अहिले भन्सारले लिलामी प्रकृया अगाडी बढाएको छ । बरामद टेक्टर र टालीमा नम्बर प्लेट समेत उल्लेख छैन् । भन्सार कार्यालयका अनुसार एक टेक्टरको मुल्य १ लाख ४४ हजार न्युनतम मुल्य कायम गरि लिलामी प्रकृयाको सुचना टास भन्सार कार्यालयले गरेको देखिएको छ । बरामद उतm केरा भारत महाराष्ट्रबाट आएको दाबी ...
पाल्ही बहुमुखी क्याम्पसको छैठौ साधारणसभा सम्पन्न
नवलपरासी (ब.सु.प.), शिक्षा, समाचार

पाल्ही बहुमुखी क्याम्पसको छैठौ साधारणसभा सम्पन्न

नवलपरासी,२१ मंसिरजिल्लाकै पुरानो पाल्ही बहुमुखी क्याम्पस परासीले आफ्नो छैठौ क्याम्पससभा सम्पन्न गर्दै नयाँ योजना अगाडी सारेको छ । मुलुक भरि धेरै जसो क्याम्पसहरु बन्द हुने अवस्थामा पुगेको तर विगत बर्षको तुलनामा सो क्याम्पसमा विद्यार्थीको आकर्षण बढदै गई रहेको जानकारी गराउदै क्याम्पसका अध्यक्ष राधेश्याम पाठकले ९ सुत्रिय अगामी कार्य गर्नु पर्ने आवश्यकता औल्याएका हुन् ।उनले प्रस्तुत गरेका प्रतिवेदन अनसार क्याम्पसले उपभोग गर्दै आएको ७ विघा ६ कट्ठा जग्गा क्याम्पसकै नाममा दर्ता गर्नका लागि आवश्यक प्रकृया पुरा गर्ने,गुणस्तरिय शिक्षाका लागि आवश्यक पुर्वौधार थप गरिनु पर्ने,गुस्तरिय शिक्षाका लागि योग्य शिक्षक,सक्षम,दक्ष जनशतिmको दिगो ब्यवस्थापन गर्नु पर्ने भएकोले आवश्यक ब्यवस्थापकिय कार्य गर्नु पर्ने,गुणस्तर सुनिश्चिता तथा प्रत्यायन (क्युएए) प्रकृयामा रहेको अवस्थामा आवश्यक मापदण्ड तत्कालै पुरा गरि क्य...
परासीमा डा.भिमराव अम्बेडकरको परिनिर्वाण दिवस मनाइयो
नवलपरासी (ब.सु.प.), समाचार, समाज

परासीमा डा.भिमराव अम्बेडकरको परिनिर्वाण दिवस मनाइयो

नवलपरासी,२० मंसिरजिल्लाको सदरमुकाम परासीमा भारतका सविधान निर्माता तथा बोधिसत्वको रुपमा उपमा पाउदै आएका डा.भिमराव अम्बेडकरको परिनिर्वाण दिवस मनाइएको छ । समाजिक जागरण अभियान मञ्च लुम्बिनी प्रदेश नेपालको आयोजना तथा बहुजन समाज नवलपरासीको सहआयोजनामा उतm दिवस मनाइएको हो । भारतको संविधान निर्माण गरि पहिलो कानुन मन्त्री हुदै पछि मन्त्री पद परित्याग गरि एक लाख अनुयायी सहित बौद्ध भिच्छु बनेका डा.अम्बेडकर बुद्ध धर्मको प्रसार तथा प्रवद्र्धनमा लागेको थिए । डा.अम्बेडकर दिएका सन्देश तथा मागदर्शन अहिले पनि बहुजन समाज,पिछडिएको बर्गका लागि उत्प्रेररक रहेको संविधान सभा सदस्य चिनक कुर्मीले बताएका थिए । प्रमुख अथितीको मन्तब्य राख्दै उनले भारतको संविधान पश्चात सँसारका धेरै जसो मुलुकले संविधान निर्माण गर्दा डा.अम्बेडकरको शिक्षाले प्रेरित भएर सविधान बनाउदै आएका छन्,उनले भने,नेपालको संविधान बनाउदा पनि धेरै ...
रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्धभिच्छुको चाँसो
पर्यटन, रामग्राम नगरपालिका, समाचार, संस्कृति

रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्धभिच्छुको चाँसो

नवलपरासी,२० मंसिरभगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुपकै अभिन्न अंग मानिने संघराम क्षेत्रको प्राचीन पोखरी संरक्षणमा बौद्ध भिच्छुले पनि चाँसो देखाएका छन् । बौद्धकालिन उतm पोखरीमा तत्कालिन बौद्ध भिच्छुले स्नान गर्ने,साधना गर्दै आएको अध्यात्मिक पोखरी रहेको भन्दै बौद्ध भिच्छुको पनि चाँसो बढेको हो ।रामग्राम स्तुपमा आएको भिच्छु निपुन सहितका भिच्छुले नजिकै बौद्धभिच्छुहरु बास बस्ने र उतm पोखरीमा स्थान र नजिकै ध्यान साधान गरेको कुरा सुनेर रामग्राम १७ मा रहेको उतm पोखरीको स्थलगत अवलोकनमा पुगेका थिए । बुद्धसँगै यस पोखरी तथा संघारामको महत्व जोडिएको छ,बुद्ध भिच्छुलाई अहिले पनि यो उत्तिकै अध्यात्मिक साधानका लागि उपयुतm देखिएको बताएका थिए । बौद्धसंघमा पनि यसबारे चर्चा गरिने बताउदै उनले यसको संरक्षण र प्रवद्र्धनमा सरकार र स्थानियबासीको सहभागिता हुन आवश्यक रहेको औल्याएका थिए ।बौद्धकालिन उतm पोखर...
मालपोत कार्यालयको सर्भर डाउन हुदा सेवाग्राहीलाई समस्या
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

मालपोत कार्यालयको सर्भर डाउन हुदा सेवाग्राहीलाई समस्या

नवलपरासी,१९ मंसिरजिल्ला स्थित भुमिसुधार तथा मालपोत कार्यालयमा सर्वर डाउन भन्दै सेवाग्राहीको काम गर्नमा ढिलाई हुदा सेवाग्राही मर्कामा पर्ने गरेका छन् । फाटवालाहरुले सर्वर डाउन भएको बहाना बनाउदै सेवाग्राहीको काम छाडेर बाहिर घुम्न जाने,आलटाल गर्दै काम ढिलो गराउने र केही दलाल मार्फत अनुचित लाभभको प्रस्ताव गर्ने गरेको आरोप समेत सेवाग्राहीले लगाउने गरेका हुन् ।टाढा टाढाबाट मालपोतमा सेवा लिनका लागि आउने सेवाग्राहीलाई कसरी हैरान पर्न सकिन्छ,भन्ने नियती राख्ने गरेको गुनासो मालपोतमा आउने सेवाग्राहीको रहेको थियो । काम ढिलो भयो भने टाढाका सेवाग्राही बाध्य भएर दलालको शरणमा जानु पर्ने बाध्यता छ, एक सेवाग्राहीले भने, दलालले काम गराउदा सर्वर चल्ने र सिधै सेवाग्राहीले फाईल लिएर जादा सर्वर नचल्ने हुन्छ ? कार्यालय प्रमुख र अधिकारीहरुसँग सोधपुछ गर्दा सर्वर चलेको भन्ने तर फाटमा सर्वर नचल्ने के हो ? बुझनै गाह्र...
उखु क्रसिगँको बेला इन्दिरा सुगर मिलका सञ्चालक सम्पर्क विहिन ः उखु किसानलाई समस्यै समस्या
कृषि, प्रतापपुर गाँउपालिका, समाचार

उखु क्रसिगँको बेला इन्दिरा सुगर मिलका सञ्चालक सम्पर्क विहिन ः उखु किसानलाई समस्यै समस्या

नवलपरासी,१९ मंसिरउखु कृषकलाई अहिले समस्यै समस्या देखिन थालेको छ । उखु क्रसिगँ सिजन शुरु भई सक्दा पनि उखुको समर्थन मुल्य निर्धारण सरकारले नगरेको,सस्तोमा क्रसरले उखु खरिद गर्न बाध्य पारेको र चिनी उद्योगहरुले विगतका भुतmानी नदिई उद्योग नै सञ्चालन नगर्ने गरि सम्पर्क विहिन भएको हुदा उखु किसानलाई समस्या नै समस्या देखिन थालेको हो ।विगतमा उधारोमा उखु किसानसँग उखु खरिद गरि भुतmानी नदिएर अहिले प्रतापपुर ८ गंगापुर स्थित इन्द्रा सुगर एण्ड एग्रो इन्ड्रिटिज प्रालिका सञ्चालक राकेश अग्रवाल सम्पर्क विहिन हुदा किसानको भुतmानीसँगै कर्मचारीको तलब बक्यौता रहेको छ । ७ करोड भन्दा बढि उखु किसानको भुतmानी नै बाकी रहेको उखु उत्पादक किसान महासंघका प्रवतmा समेत रहेका प्रतापपुर गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवले बताए । कर्मचारीको तलब र कृषकको उधारो बाकी छ,नै ,उनले भने, केही लगानीकर्ताको लगानी समेत डुब्ने अवस्था देखि...
संस्कृति र सम्पदा संरक्षणका लागि नवलपरासीमा महाअभियान
रामग्राम नगरपालिका, समाचार, संस्कृति

संस्कृति र सम्पदा संरक्षणका लागि नवलपरासीमा महाअभियान

नवलपरासी,१८ मंसिरसंस्कृति तथा प्राचीन सम्पदाहरुको संरक्षणमा स्थानिय सरकारले चाँसो नलिएको जनाउदै जिल्लामा संस्कृति र सम्पदामा संरक्षणका लागि महाअभियान शुरु गरेका छन् । संस्कृति र सम्पदा जोगाउनका लागि स्थानिय स्तरमा जागरण मुखी कार्यक्रम तथा विज्ञहरुद्धारा स्थानियलाई सन्देश दिलाउनका लागि समन्वयात्मक कार्य गर्दै विभिन्न अभियान चलाउनका लागि महाअभियान शुरु गरिएको हो ।प्राचीन सम्पदाको संरक्षण तथा लोपोन्मुख संस्कृतिको जगेर्ना गर्ने उदेश्यले यस्तो महाअभियान शुरु गरिएको महाअभियानका संयोजक अनिल शर्माले जानकारी गराए । जिल्ला भित्र रहेका प्राचीन सम्पदाहरु माथि अहिले अज्ञानता र स्वार्थीपनले नष्ट गरिने कृयाकलाप भई रहेका छन्,उनले भने, प्राचीन सम्पदा स्थलमा पुरातत्व विभागले औपचारिक कानुनी प्रावधान उल्लेख गरि बोर्ड राख्ने सिवाय अरु केही गर्न सकेको छैन् । सम्पदा संरक्षण गर्नु पर्ने जिम्मेवारी समेत स्थानिय सर...
नवलपरासीमा बढदै एचआईभी संक्रमण
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

नवलपरासीमा बढदै एचआईभी संक्रमण

नवलपरासी,१७ मंसिरजिल्लामा अहिले एचआई संक्रमितको संख्या बढदै गएको पृथ्वीचन्द्र अस्पतालमा रहेको एन्ट्रोभाईरल थेरापी(एआरटी) सेन्टरले जानकारी गराएको छ । विगतको तुलनामा अहिले एचआईभि संक्रमितको संख्या थपिदै गएको जानकारी गराएको हो ।समाजमा अहिले पनि संक्रमितको थप संख्या हुन सक्ने अनुमान समेत सेन्टरले गरेको छ । केही जागरुक समाजका ब्यतिmहरुले एआरटी सेवा लिन आएको भए पनि यो भन्दा बढि अझ समाजमा खुल्न नखोज्ने समुदायका ब्यतिmमा एचआईभी संक्रमितको संख्याले आउने दिनमा यसलाई थप बढाउन सक्ने आशका अस्पतालले गरेको छ । यसका लागि पालिका स्तरबाट पनि सचेतना गरि परिक्षण गराउन उन्मुख गराउने र परिक्षणमा एचआईभि पोजेटिभ देखिए उनीहरुलाई निदानका लागि एआरटी सेन्टरमा पुर्याउने कार्य गर्न सकेमा मात्र एचआईभी निर्मुल पार्न सक्ने सेन्टरका काउन्सेलर दिपेन्द्र ठाकुरले बताए । परिक्षण पश्चात सेन्टरमा सेवा लिन आउने सेवाग्राहीको सुचना...
नारायणी नदीको कटानले सुस्ता सकिने खत्तरा बढदै
विकास पुर्वाधार, समाचार, सुस्ता गाउँपालिका

नारायणी नदीको कटानले सुस्ता सकिने खत्तरा बढदै

नवलपरासी,१५ मंसिरभारतिय सिमा सुरक्षा बल(एसएसबी)को त्रासमा बाच्ने नेपालका सुस्ताबासीलाई अहिले आर्को त्रास नारायणी नदी कटान बनेको बताएका छन् । नेपाली सुस्त भुमि पटक पटक भारतिय एसएसबीको आडमा अतिक्रमणको चपेटामा पर्ने गरेको सुस्ता तर्फ नारायणी नदीको धार फर्कदै कटान थाले पछि थप त्रासदी बनेको हो ।गत बर्ष सुस्ता गाउपालिकाले नदीबाट नदीजन्य पदार्थको निकासीको ठेक्का लगाए पछि निकासी गर्ने ठेकेदारले नदीको धार नै परिवर्तन हुने गरि खनन गरेका कारण धार परिवर्तन भएको आरोप समेत सुस्ताबासीले लगाएका छन् । गाउपालिकाले क्षतिक लाभको लागि हजारौ हेक्टर भुमि नै गुमाउनु पर्ने अवस्था निम्त्याएको छ, स्थानिय रविन्द्र जैसवालले भने,नदीबाट निकासी गर्दा धार परिवर्तन भएर नदीको पुर्वि क्षेत्र तर्फ बढि पानीको प्रवाहले कटान गर्दा सुस्ता नै जोखिममा परेको सुनाए । नदीको प्रवाह रोक्नका लागि बलौटे माटोले बनाइएको बाँध खति समय रोक्छ ।...
संस्कृति सम्पदा संरक्षण महाअभियान नवलपरासीद्धारा पण्डितपुरमा उत्खननकर्तालाई सम्मान
पर्यटन, रामग्राम नगरपालिका, समाचार, संस्कृति

संस्कृति सम्पदा संरक्षण महाअभियान नवलपरासीद्धारा पण्डितपुरमा उत्खननकर्तालाई सम्मान

नवलपरासी, १४ मंसिरपुरातत्व विभागको टोलीसँगै उत्खनन कार्यमा सहभागि त्रिभुवन विश्व विद्यालय तथा लुम्बिनी बौद्ध विश्व विद्यालयका पुरातत्व अध्ययन गर्ने विद्यार्थी अन्तरक्रिया तथा सम्मान गरिएको छ । सम्भावित प्राचिन कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर)मा भई रहेको उत्खनन कार्यमा सहभागि रहेका दुबै विद्यालय विद्यालयका ४० जना पुरातत्व विषय अध्ययन गर्ने स्नातकोत्तर तह(एमए)का विद्यार्थीलाई संस्कृति सम्पदा संरक्षण महाभियान नवलपरासीले सम्मान गरेको हो । उत्खनन कार्यले प्राचीन संस्कृति र सम्पदाको संरक्षण कार्यमा योगदान पुर्याएको भन्दै सहभागि विद्यार्थी तथा विद्यार्थीसँगै रहेको अध्यापन गर्ने प्राध्यापकलाई समेत सम्मान गरिएको महाअभियानका संयोजक अनिल शर्माले बताएका थिए । आफु नेपालको संस्कृति र सम्पदाको संरक्षण कार्यमा निरन्तर लागि रहेको र अहिले पहिचानमा आएको यो प्राचीन स्थलको खोजी कार्यमा ...