सुस्ताबासीका लागि बनाइएको सौर्य उर्जाले गाउपालिकालाई फाईदा
नवलपरासी,१० चैत्रपटक पटक भारतिय अतिक्रम्णको चपेटामा पर्दै आएको सुस्ता भुमिको सौर्य उर्जाले सुूस्ता गाउपालिकालाई फाईदा पुगेको छ । सौय उर्जा वापतको रकम सुस्ता गाउपालिनले पाउने गरि बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले गाउपालिकालाई उतm आयोजना हस्तानान्तरण परे पछि सुस्तालाई आर्थिक राहत पुगेको हो ।पहिला केन्द्रले सुस्ताबासीलाई विद्युत सेवा पुर्याउन उज्यालो सुस्ता अभिायन अन्तरगत सौर्य उर्जा प्लान्ट जडान गरिदिएको थियो । सुस्ताबासीले सोही विद्युतले घरमा विजुली बत्ति बाल्ने गरेका थिए । अहिले सुस्तामा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रशारण लाईन कै विद्युत पुगि सकेकोले सो विद्युत प्रयोग गर्न थाले पछि सौर्य उर्जाको प्लान्ट केन्द्रले गाउपालिकालाई नै सञ्चालन ब्यवस्थापन र सोबाट हुने आय स्रोत लिने गरि हस्तानान्तरण गरिएको गाउपालिका अध्यक्ष टेकनाराययण उपाध्यायले बताए । उनका अनुसार सो उर्जा केन्द्रको विजु...










