सिमा क्षेत्रमा तस्करी मौलाउदै, महेशपुर भन्सारको राजस्व घटदै
नवलपरासी, २१ कातिक जिल्ला स्थित महेशपुर भन्सारमा राजस्व उठ्नमा कमि हुदा लक्ष्य भेटाउन पनि गा्रहो हुदै गएको देखिएको छ । गत बर्ष लक्ष्यसम्म भेटाउदै राजस्व उठाउदै आएको महेशपुर भन्सारलाई अहिले लक्ष्य अनुसारको राजस्व उठाउन मुस्किल हुदै आएको हो ।भन्सार भन्दा तस्करी मौलाउदै जादा भन्सार राजस्व घट्दै जाने गरेको स्थानियले बताएका छन् । माल समान भारतबाट प्रठारी हुने क्रम रोकिएको छैन्,एक स्थानियले भने, तर भन्सारले लक्ष्य अनुसारको राजस्व उठाउन नसक्दा स्थानिय प्रशासन राजस्व भन्दा खाजस्वलाई प्राथमिकतामा राखेर तस्करी गराई रहेको अनुमान गर्न सकिन्छ । चालु आर्थिक बर्ष २०८२।०८३ को साउनमा पनि भन्सारले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेन्,उनले तथ्याँक देखाउदै भने,भदौ महिनामा केही राजस्व उठ्ने क्रम बढ्यो,तर पनि लक्ष्य भेटाउन सकेन्,अहिले असोज महिनामा भदौ भन्दा पनि कम राजस्व संकलन भएको देखिन्छ । भन्सार कार्यालयको...










