स्वास्थ्य

पृथ्वीचन्द्र अस्पतालको अध्यक्षमा गुप्ताको पर्नुवहाली पछि स्वागत
रामग्राम नगरपालिका, स्वास्थ्य

पृथ्वीचन्द्र अस्पतालको अध्यक्षमा गुप्ताको पर्नुवहाली पछि स्वागत

नवलपरासी,१२ पुसजिल्लाको पृथ्वी चन्द्र अस्पतालका निबर्तमान अध्यक्ष महेन्द्र प्रसाद गुप्तालाई सर्वोच्च अदालतले पुनर्बहाली गरेपछि अस्पतालमा उनको पुनः पदस्थापन भएको छ । महेन्द्र गुप्ता बुधवार एक कार्यक्रम बीच पृथ्वी चन्द्र अस्पताल बिकास समितिको अध्यक्ष पदमा पुनः पदभार ग्रहण गर्दै आफ्नो काज काममा फर्केका हुन ।अध्यक्ष गुप्ताको १ बर्ष बढि कार्यकाल रह्दै लुम्बिनीको मन्त्री परिषदले नवलपरासी सहित प्रदेशको १३ वटै प्रादेशिक अस्पतालका अध्यक्षहरुको नियुक्ति खारेज गर्दै अर्को अध्यक्ष नियुक्त गरेको थियो । मन्त्री परिषदको सो निर्णय विरुद्ध अध्यक्ष गुप्ताले सर्वोच्च अदालतमा रिट हालेका थिए । जुन रिटको सुनुवाइमा सर्वोच्च अदालतले पुस ५ गते गुप्तालाई अध्यक्ष पदमा पुनर्बहाली गर्न आन्तरिम आदेश जारी गरेको थियो । पृथ्वीचन्द्र अस्पतालको सभाहलमा अध्यक्षको पुनः पदस्थापन कार्यक्रममा अध्यक्षको पदमा गुप्ता पदभार ग्रहण गर...
पाल्हीनन्दन गाउपालिकाले गर्यो निशुल्क रगतका लागि ब्लड बैकसँग सम्झौता
पाल्हिनन्दन गाउँपालिका, समाचार, स्वास्थ्य

पाल्हीनन्दन गाउपालिकाले गर्यो निशुल्क रगतका लागि ब्लड बैकसँग सम्झौता

नवलपरासी,जिल्ला स्थित पाल्हीनन्दन गाउपालिकाले आफ्नो नागरिकलाई आवश्यक पर्ने रगतका लागि कुनै प्रकारको शुल्क नलाग्ने गरि नेपाल रेडक्रस सोसाईटी नवलपरासीसँग सम्झौता गरेको छ । रगत आवश्यक पर्ने बिरामीलाई सहज ढंगले रगतको उपलब्ध गराउने उदेश्यले कुनै प्रकारको शुल्क नलिईने र आवश्यक शुल्क गाउपालिकाले नै तिर्ने गरि सम्झौता भएको हो ।रगत निशुल्क नै हुने भए पनि ब्लड बैंक सञ्चालन गर्दै आएको नेपाल रेडक्रस सोसाईटीले ब्लड बंैक सञ्चालन गर्दा आवश्यक ब्यवस्थापकिय कार्यका लागि शुल्क लिदै आएको छ । तर अहिले गाउपालिकाका नागरिकलाई आवश्यक पर्ने रगत ब्लड बैकबाट लिदा लाग्ने सेवा शुल्क गाउपालिकाले नै तिरिदिइने गरी सम्झौता भएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । दुर्घटना तथा प्रसुती महिलालाई बढि आवश्यक पर्ने गरेको छ, उनले भने, पाल्हीनन्दनका विरामी भएको खण्डमा सिफारिस सहित रेडक्रससँग रगत माग गर...
अस्पतालमा गुणस्तरिय सेवा वृद्धिका लागि स्थानिय सरकार प्रमुखसँग शुक्रवार बैठक बस्दै पृथ्वीचन्द्र अस्पताल
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

अस्पतालमा गुणस्तरिय सेवा वृद्धिका लागि स्थानिय सरकार प्रमुखसँग शुक्रवार बैठक बस्दै पृथ्वीचन्द्र अस्पताल

नवलपरासी,२५ आश्विनअस्पतालको सेवालाई गुणस्तरिय बनाउनमा स्थानिय तहसँग सहकार्य गर्ने गरि पृथ्वीचन्द्र अस्पताल परासीले शुक्रवार पालिका प्रमुखसँग संयुतm बैठक बस्ने भएको छ । अस्पतालको सेवा सुविधाबारे पालिका प्रमुखहरुलाई जानकारी गराउने र अस्पतालको सेवालाई प्रभावकारी तथा गुणस्तरिय बनाउन पालिका प्रमुखहरुको प्रतिवद्धता लिइने गरि पालिका प्रमुखहरुसँग बैठक बस्न लागेको अस्पतालले जनाएको हो ।नागरिकको मौलिक हकमा स्वास्थ्यको हकलाई प्रत्याभुत गराउनका लागि नेपाल सरकारको संघ,प्रदेश र स्थानिय सरकार गरि तिनै सरकार मिलेर जानु पर्ने हुदा जिल्ला स्तरमा यो पृथ्वीचन्द्र अस्पतालमा तिनै तहका जनप्रतिनिधिहरुको सहभागितामा कार्यक्रम बनाई काम गर्ने उदेश्यले बैठक आयोजना गरिएको अस्पतालमा निमित्त प्रमुख डा.किरण पाण्डेले बताए । लुम्बिनी प्रदेश सरकार अन्तरगतको यो ५० सैयाको जिल्ला अस्पताल हो, उनले भने, तर जिल्लाका सबै जनतालाई विश...
पृथ्वीचन्द्र अस्पतालमा विरामीको चाँप बढदै जादा अतिरितm स्वास्थ्य सेवा(इएचएस) सञ्चालन गर्ने योजना
नवलपरासी (ब.सु.प.), स्वास्थ्य

पृथ्वीचन्द्र अस्पतालमा विरामीको चाँप बढदै जादा अतिरितm स्वास्थ्य सेवा(इएचएस) सञ्चालन गर्ने योजना

नवलपरासी,५असोजजिल्लाको पृथ्वीचन्द्र अस्पतालमा विरामीको चाँप बढदै गए पनि अतिरितm स्वास्थ्य सेवा(ईएचएस) सेवा थप गर्ने गर्ने भएको छ । दैनिक २ सय देखी ३ सय विरामी आउन थाले पछि सबैलाई सरकारी समय भित्रै सेवा दिन सकिने अवस्था नभए पछि इएचसी सेवा थप गरि सेवा प्रवाह गरिने निर्णय भएको अस्पतालले जनाएको हो ।विगत भन्दा अहिले अस्पतालमा विरामीको चाँप बढन थालेको छ,अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र प्रसाद गुप्ताले भने,तर विरामीको चाँप अनुसार चिकित्सक अभाव छ । सरकारले तोकिएको दरबन्दी अनुसार चिकित्सक दिन सकेको छैन् । सरकारी अस्पताल भएका कारण आउने विरामीलाई सेवा दिन सकिदैन भनेर फर्काउने अवस्था पनि हुदैन् । सबैलाई सेवा दिइनु पर्छ,अध्यक्ष गुप्ताले भने,सोही अनुसार अस्पतालले नियमित सेवाका लागि १ बजेसम्म ओपिडी सेवामा सेवा दिनका लागि टिकट काटिने छ । त्यस पश्चात आउने विरामीलाई इएचएस बाट सेवा लिइने कि पुनः आर्को ...
पृथ्वीचन्द अस्पतालको समस्यामा चाँसो लिदै संघिय साँसद तथा पुर्व कानुनमन्त्री प्रधान
नवलपरासी (ब.सु.प.), राजनीति, स्वास्थ्य

पृथ्वीचन्द अस्पतालको समस्यामा चाँसो लिदै संघिय साँसद तथा पुर्व कानुनमन्त्री प्रधान

नवलपरासी,२७ भदौजिल्ला अस्पताललाई सुदृढ बनाइ जनतालाई प्रभावकारी स्वास्थ्य सेवा दिने कार्यमा पुर्व कानुन मन्त्री तथा प्रतिनिधि सभा सदस्य (साँसद) धु्रव बहादुर प्रधानले चाँसो देखाएका छन् । अस्पतालमा चिकित्सक नहुदा प्रभावित बनेको स्वास्थ्य सेवा प्रवाहका लागि चिकित्सकको ब्यवस्थापनका लागि उनी संघिय स्वास्थ्य मन्त्रालय पुगेरका हुन् ।जिल्ला पृथ्वी चन्द्र अस्पताल लुम्बिनी प्रदेश अन्तरगत भए पनि अस्पतालको समस्या समाधानमा संघिय सरकारले पनि सहयोग गर्न चाँसो लिइनु पर्यो भन्दै साँसद प्रधानले कृयाशिलता देखाएको अस्पतालले जनाएको थियो । साँसद प्रधानलाई अस्पतालले अस्पतालको चिकित्सक समस्यासँग खानेपानी लगायतका ब्यवस्थापकिय सुविधाका लागि पहल गरिदिन भनि पत्रचार गरेको थियो । सो पत्र प्राप्ती पछि साँसद प्रधान सरोकारवाला मन्त्रालय धाउन थालेका छन् । साँसद प्रधानको अस्पतालको विकास प्रति लगाव रहेको छ,अस्पताल विकास समिति...
जिल्लामै स्वास्थ्य क्षेत्रमा उत्कृष्ट स्थान ल्याएपछि सबै स्वास्थ्यकर्मीलाई सम्मान गर्ने तयारी गर्दै मर्चवारी गाउपालिका
मार्चवारी गाउँपालिका, समाचार, स्वास्थ्य

जिल्लामै स्वास्थ्य क्षेत्रमा उत्कृष्ट स्थान ल्याएपछि सबै स्वास्थ्यकर्मीलाई सम्मान गर्ने तयारी गर्दै मर्चवारी गाउपालिका

मर्चवारी (रुपन्देही),२७ भदौरुपन्देही जिल्लाको मर्चवारी गाउपालिका गुणस्तरिय स्वास्थ्य सेवा प्रवाह गर्नमा जिल्लामै उत्कृष्ट भए पछि गाउपालिकाले सबै स्वास्थ्यकर्मीलाई सम्मान गर्ने भएको छ । मर्चवार जिल्लाको दुर्गम क्षेत्रको गाउपालिका भए पनि स्वास्थ्य सेवाका अधिकाँश मापदण्ड पुरा गर्दै स्वास्थ्य सेवालाई प्रभावकारी बनाएका कारण जिल्ला भित्र समिक्षा हुदा उत्कृष्ट भएकोले सबै स्वास्थ्यकर्मीको हौसला बढाउने उदेश्यले सम्मान गर्न लागिएको गाउपालिकाले जनाएको हो ।स्वास्थ्य सेवाका विभिन्न सुचकाँकहरु पुरा गर्नमा गाउपालिकाको स्वास्थ्य शाखाका कर्मचारी तथा स्वास्थ्य चौकीहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुको मिहेनत र परिश्रमले गाउपालिकाले उतm स्थान प्राप्त गरेको हुदा गाउ कार्यपालिकाले सबै स्वास्थ्यकर्मीलाई सम्मान गर्ने कार्यक्रम तय गरेको गाउपालिकाका अध्यक्ष गया प्रसाद बरईले बताए । स्वास्थ्यकर्मीहरुको हौसला गाउ कार्यपा...
पृथ्वीचन्द अस्पतालमा प्रभावकारी सर्जिकल सेवाले विरामी आकर्षित
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

पृथ्वीचन्द अस्पतालमा प्रभावकारी सर्जिकल सेवाले विरामी आकर्षित

नवलपरासी,२४ भदौजिल्ला स्थित पृथ्वीचन्द्र अस्पतालमा शुरु भएको प्रभावकारी सर्जिकल (शल्यक्रिया) ले अस्पतालमा विरामीको आकर्षण बढेको छ । केही महिना पहिला विर अस्पतालबाट सरुवा भई पृथ्वीचन्द्र अस्पतालमा आएका सर्जन चिकित्सक डा.किरण पाण्डेले सर्जिकल सेवा प्रभावकारी बनाए पछि अहिले विरामीको चाँप बढनुका साथै शल्यक्रियाद्धारा उपचार गराउन चाहने विरामी अस्पतालमा आउन थालेका हुन् ।विगत बर्षमा सर्जिकल सेवाका लागि रिफरल सेन्टरले चिन्ने यो अस्पतालमा सर्जन चिकित्सकको उपस्थिती र विश्वासले विरामीको चापा बढेको अस्पतालका अध्यक्ष महेन्द्र प्रसाद गुप्ताले बताए । अहिले विरामीको चाँप दिनहुँ बढदै गएको छ,उनले भने, विरामीको चाँप बढदा अस्पतालमा विरामी ब्यवस्थापन गर्न चुनौती समेत थपिदै गएको छ । यसबारे आफुले लुम्बिनी प्रदेश सरकार तथा संघिय सरकारका प्रतिनिधिलाई समेत जानकारी गराई सकिएको बताए । निमित्तको भरमा चल्दै गरेको यो अस...
पृथ्वीचन्द्र अस्पतालमा नवजात शिशुलाई विशेष न्युनेटर केयर युनिट(एसएनसियु) सेवा सुचारु
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

पृथ्वीचन्द्र अस्पतालमा नवजात शिशुलाई विशेष न्युनेटर केयर युनिट(एसएनसियु) सेवा सुचारु

नवलपरासी,१६ भदौजिल्लाको पृथ्वीचन्द्र अस्पतालमा दिन नपुगि शिशु जन्मिने,श्वास प्रश्वासमा समस्या तथा अन्य केही जटिलता देखिए शिशुलाई राख्नका लागि छुट्टै केयर युनिटको ब्यवस्थापन गरिएको अस्पतालले जनाएको छ । विशेष न्युनेटर केयर युनिट अर्थात एसएनसियु) को ब्यवस्थापन गरि त्यस्ता शिशुको जटिल अवस्थामा उपचार गर्ने कार्य भई रहेको जानकारी अस्पतालले जनाएको हो ।पाँच वटा छुट्टै बेड राखेर सो केयर युनिट तयार गरिएको अस्पतालका ब्यवस्थापक शुरेन्द्र अधिकारीले जानकारी गराए । विगत भन्दा अहिले अस्पतालमा सेवा सुविधा विस्तार हुदै गएको बताउदै उनले अस्पताल पुर्वाधार ब्यवस्थापनमा सुधार हुदै गएको र पुर्वाधार अनुसारको जनशतिm आपुर्ति लुम्बिनी प्रदेश सरकारले गर्दै गएमा विशेषज्ञ सेवा दिइनमा समस्या नहुने जानकारी गराए । एनआईसिय र आईसियुका उपकरणहरु पनि जडान छन्,उनले भने,तर त्यसका लागि आवश्यक जनशतिm बालरोग विशेषज्ञ अहिले अस्पतालम...
पृथ्वीचन्द्र अस्पताल परासीमा ब्यवस्थित बन्दै सर्जिकल सेवा
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

पृथ्वीचन्द्र अस्पताल परासीमा ब्यवस्थित बन्दै सर्जिकल सेवा

नवलपरासी,४ भदौजिल्ला पृथ्वी चन्द्र अस्पतालमा अप्रेसनलाई ब्यवस्थित बनाईने योजना अनुसारको काम भई रहेको अस्पतालका अध्यक्ष महेन्द्र प्रसाद गुप्ताले बताएका छन् । विशेषज्ञ सहितको सेवा दिदै आएको पृथ्वीचन्द्र अस्पतालमा केही महिना पहिला विर अस्पताल काठमाडौँबाट आएका सर्जन चिकित्सक डा.किरण पाण्डे हाजिर भए पश्चात अस्पतालमा अप्रेसन सेवा ब्यवस्थित हुदै गएको दाबी अध्यक्ष गुप्ताले गरेका हुन् ।विरामी जाँच,औषधी उपचार र परामर्श सेवा प्रभावकारी रुपमा विगत देखी नै चल्दै आएको भए पनि अप्रेसन(सर्जरी) सेवा प्रभावकारी हुन सकिरहेको थिएन्,उनले भने,तर डा.पाण्डे सर्जरी नै अध्ययन गरि लामो समय विर अस्पतालमा अनुभव लिएका कारण अहिले सर्जरी सेवा सहज सुलभ बन्दै गएको छ । उनकै परामर्शमा सर्जिकल शाखामा ३० लाख भन्दा बढि लगानी गरि सर्जरी उपकरणहरु ब्यवस्थित गरिएका छन् । धेरै जसो विरामीलाई अब सर्जरीका लागि बुटवल भैरहवा जान परिरहेको ...
रामग्राम नगरपालिकाले दुई स्वास्थ्य चौकी मार्फत सञ्चालन गर्दैछ, किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा
रामग्राम नगरपालिका, समाचार, स्वास्थ्य

रामग्राम नगरपालिकाले दुई स्वास्थ्य चौकी मार्फत सञ्चालन गर्दैछ, किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा

नवलपरासी,२२ साउनजिल्लाको रामग्राम नगरपालिकाले किशोरकिशोरी मैत्री सेवा प्रवाह गर्नका लागि नगरक्षेत्र भित्रका दुई स्वास्थ्य चौकीलाई जिम्मेवारी तोकेको छ । किशोरकिशोरी मैत्री सेवाका लागि आवश्यक पुर्वाँधार तयार गरि सेवा प्रवाह गर्नका लागि नगरपालिकाको वार्ड नं.१५ सुक्रौली स्वास्थ्य चौकी र वार्ड नं.१४ को अमरौट स्वास्थ्य चौकीलाई जिम्मेवारी तोकेको हो ।संघिय सरकारले नै किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०७९ जारी गर्दै सो सेवा प्रवाह गर्नका लागि तिन तहकै सरकारलाई निर्देशन गरेको थियो । सो निर्देशिका अनुसार काम गर्न रामग्राम नगरपालिकाले तत्काल दुई वटा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी तथा ब्यवस्थापन समितिलाई अभिमुखीकरण गरिएको नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्य निरिक्षक सुरज गौतमले जानकारी गराए । निर्देशिका अनुसारको स्वास्थ्य संस्थामा पुर्वाधार तयार गर्नका लागि अभिमुखीकरण भई रहेको छ,उ...