रेडक्रसद्धारा स्वास्थ्यकर्मीलाई प्राकृतिक प्रकोपको बेला आईपर्ने स्वास्थ्य समस्याबारे तालिम
नवलपरासी,२ कातिकनेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नवलपरासीले जिल्लाका तिन पालिकाका स्वास्थ्यकर्मीलाई प्राकृतिक प्रकोप तथा महामारीको अवस्थामा हुने स्वास्थ्य समस्या सम्बन्धि दुई दिइने तालिम चलाएको छ । जिल्लाको रामग्राम नगरपालिका,सरावल र सुस्ता गाउपालिकाका स्वास्थ्यकर्मीलाई सो तालिम सञ्चालन गरेको हो ।तालिममा जलवायु परिवर्तनका कारण बढदो प्राकृतिक प्रकोपको परिणाम स्वरुप स्वास्थ्यमा पर्ने असरबारे स्वास्थ्यकर्मीहरुलाई छिटो तथा रणनीतिगत रुपमा सेवा प्रवाहका योजना समेत बनाइ राख्ने बारे प्राविधिक ज्ञान प्रदान गरिएको थियो । अहिलेसम्मकै तालिम मध्ये महत्वपुर्ण तालिम रहेको सरावल गाउपालिका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी अशोक पाण्डेले बताएका थिए । यो तालिमले कुन काम कति बेला कति महत्वका साथ गर्नु पर्ने बोध गराएको छ, उनले भने,दुई दिनको तालिम अभिमुखीकरण जस्तै महशुस गरेका छौ । अगामी दिनमा थप तालिमको आवश्यकता...








