विमाका ३ करोड बढि रकम बक्यौता हुदा पृथ्वीचन्द्र अस्पताल सञ्चालनमा चुनौती
नवलपरासी,१५ भदौजिल्ला स्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालाई स्वास्थ्य विमा रकम उपलब्ध नहुदा अस्पतालको आन्तरिक वित्तिय ब्यवस्थापनमा चुनौती थपिएको छ । झण्डै तिन करोड रुपिया विमा बक्यौता हुदा अस्पतालको सेवा सञ्चालनमा चुनौती थपिदै गएको अस्पताल प्रशासनले जनाएको हो ।विमा वापत सेवा दिदै आएको र गत आर्थिक बर्ष (२०८१।०८२) को पुरै विमा रकम उपलब्ध नहुदा सेवा प्रवाहमा चुनौती थपिएको अस्पतालका लेखापाल लल्लन कुर्मीले बताए । उनका अनुसार गत आर्थिक बर्षमा कुल ३ करोड ६५ लाख ९४ हजार बराबरको विमा गरिएका विरामीको निशुल्क उपचार गरि नेपाल सरकारको स्वास्थ्य विमा बोर्डमा रकम मागका लागि लेखि पठाएको थियो । तर अहिलेसम्म गत बर्षको ६४ लाख १५ हजार ५ सय २६ रुपिया मात्र प्राप्त भएको छ । २ करोड ९८ लाख ७८ हजार विमा रकम बक्यौता नै रहेको उनले सुनाए । चालु आर्थिक बर्ष (२०८२।०८३ )को पनि साउन महिनाको ४३ लाख ८७ हजार ४ सय ६० र भदौको २...








