वर्दघाट नगरपालिकामा गर्भवती महिलालाई गर्भसस्कार शिक्षा
नवलपरासी,१४ माघनयाँ नयाँ कार्यको थालनी शुरु गर्दै आएको जिल्लाको वर्दघाट नगरपालिकाले नगरक्षेत्रमा रहेका गर्भवती महिला तथा नव विवाहित दम्पतीलाई गर्भ शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । कुनै पनि ब्यतिmको सिकाई गर्भबाटै शुरु हुने मान्यताका साथ गर्भदेखी नै सक्षम र सबल बालबालिकाको जन्म होस भनि गर्भवति महिलालाई गर्भ संस्कार शिक्षा कार्यक्रम शुभारम्भ गरेको हो ।वर्दघाट नगरपालिका वार्ड नं.८ र ९ मा रहेकी ४५ जना गर्भवती महिलालाई सो शिक्षा प्रदान गर्दै गर्भसंस्कार शिक्षा कार्यक्रम शुभारम्भ गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जनाए । यस्तो शिक्षाको आवश्यकता बजेट बन्ने अवस्थामा नै नगरउपप्रमुख रुद्र प्रसाद उपाध्यायले बजेट बिनियोजन गर्न लागएका थिए । सो कार्यक्रम कार्यान्वनका लागि गर्भ सँस्कार शिक्षाको अभियान चलाउदै आएका अभियन्ता तथा प्रशिक्षक रामप्रसाद पाण्डेले प्रशिक्षण दिदै गर...




