शिक्षा

सरावल गाउपालिकाले गर्यो एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान
शिक्षा, समाचार, सरावल गाउँपालिका

सरावल गाउपालिकाले गर्यो एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान

नवलपरासी, ३ साउनजिल्लाको सरावल गाउँपालिकाले माध्यमिक शिक्षा परिक्षा एसईई २०७९ मा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गरेको छ । बुधवार एक समारोह विच उत्कृष्ट नतिजा हासिल गर्न सफल भएका विद्यार्थीलाई सम्मान गरेको छ ।पालिका भित्रका सामुदायिक विद्यालय तथा संस्थागत विद्यालयका एसइइमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप सम्मान पत्र प्रदान गरिएको गाउपालिकाले जनाएको छ । जिल्लामा उत्कृष्ट ४ जिपिए ल्याउने छात्रा प्रतापपुरको लिटिल बुद्ध स्कुल फाउन्डेसनकी कृष्णा कुमारी गौड, सरावल गाउँपालिकामा उत्कृष्ट ३.७६ जिपिए ल्याउने आर्दश माध्यमिक विद्यालय सरावल २ खोखरपुराका छात्रा निलमकुमारी गुप्ता तथा एसइइ उत्कृष्ट भएका पालिका भित्रका ४२ जना विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप नगद सहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।सरावल गाउँपालिकाका अध्यक्ष सुखाडि प्रसाद चौधरीले विद्यार्थिहरुलाइ शिक्षा...
जिल्लाकै जेठो पाल्ही क्याम्पस परासीमा पुर्वविद्यार्थी संघ गठन
रामग्राम नगरपालिका, शिक्षा, समाचार

जिल्लाकै जेठो पाल्ही क्याम्पस परासीमा पुर्वविद्यार्थी संघ गठन

नवलपरासी,२० जेठजिल्लाकै जेठो क्याम्पस पाल्ही बहुमुखी क्याम्पसको विकासका लागि पुर्व विद्यार्थी सगठित हुन थालेका छन् । क्याम्पसको शैक्षिक,पुर्वाधार लगायतका क्षेत्रमा पुर्वविद्यार्थीको पनि योगदान बढाउने उदेश्यले शनिवार पुर्वविद्यार्थीहरु भेला भई पुर्वविद्यार्थी संघको गठन समेत गरेका हुन् ।क्याम्पसका संस्थापक विद्यार्थी नै रहेका रामचन्द्र भण्डारीको नेतृत्वमा पुर्व विद्यार्थी संघ गठन भएको क्याम्पसका क्याम्पस प्रमुख कैलाश ठाकुरले बताए । विश्वविद्यालयको नीति अनुसार नै पुर्व विद्यार्थी संघ गठन भएको बताउदै उनले क्याम्पसले जुन विद्यार्थीलाई अध्ययन गर्ने अवसर प्रदान गरि अध्यापन गराएर योग्य नागरिक बनायो,ति योग्य नागरिकहरु पुर्व विद्यार्थी पनि हुन् । सक्रिय भएर यहिँ क्याम्पसको विकासमा सहयोग पुर्याउनु र क्याम्पससँग सधै जोडिराख्नका लागि पनि यो पुर्व विद्यार्थी संघको ठूलो योगदान रहने विश्वास उनले ब्यतm गरे...
वर्दघाटमा छात्रवृति दिवसको घोषणा
बर्दघाट नगरपालिका, शिक्षा, समाचार

वर्दघाटमा छात्रवृति दिवसको घोषणा

नवलपरासी,१९ जेठजिल्लाको वर्दघाट नगरपालिकाले प्रत्येक बर्ष विश्व बालश्रम विरुद्धको दिवस जेठ २९ गते जुन महिनाको १२ तारेखलाई नगरपालिकाको छात्रवृति दिवसको रुपमा मनाउने घोषणा गरेको छ । नगरक्षेत्र भित्रका बालबालिकालाई छात्रवृति पनि वितरण गर्ने र दिवस पनि मनाउन सक्ने भएको हुदा सो घोषणा गरिएको हो ।छात्रवृति वितरण कार्यविधिले समेटने विद्यार्थीको छनौट गर्ने र छावृति वितरण गरिने गरि दिवसको घोषणा गरिएको प्रमुख प्रशासकिय अधिकृत कृृष्ण प्रसाद सापकोटाले जानकारी गराए । शिक्षा,युवा तथा खेलकुद शाखासँग समन्वय गरि सम्बन्धित सबै विद्यालयले विवरण उपलब्ध गराउने छन् । सो कार्यकाका लागि जनप्रतिनिधि,कर्मचारी र शिक्षासँग सम्बन्धित विभिन्न समितिहरुले छात्रवृति वितरण गर्नेको अनुगमन समेत गर्ने छन् । जिल्लामा सम्भवतः पहिलो नगरपालिका हो,जस्ले एकै दिन दिवस पनि मनाउने र छात्रवृति वितरण गर्नेछ । यसले अन्य नगरपालिका र गाउपाल...
शैक्षिक सुधार गर्दै सुस्ता सरकार
शिक्षा, समाचार, सुस्ता गाउँपालिका

शैक्षिक सुधार गर्दै सुस्ता सरकार

नवलपरासी,१ जेठशैक्षिक सुधारका विभिन्न आयामलाई अवलम्बन गरि शिक्षा क्षेत्रको विकासका लागि सुस्ता गाउपालिकाले अग्रसरता लिएको छ । शिक्षामा सबैको पहुँचसँगै गुणस्तरिय शिक्षाको विकासका लागि विभिन्न कार्यक्रम गरि शैक्षिक सुधारका काम गर्नमा गाउपालिकाले अग्रसरता देखाएको हो ।आजको शैक्षिक लगानीले भोलीको नागरिकको जिवनस्तर तथा असल नागरिकको परिकल्पना गर्न सक्ने हुदा शिक्षालाई केन्द्रमा राखी काम भई रहेको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । स्थानिय सरकारको रुपमा रहेको नगरपालिका र गाउपालिकालाई नै नेपालको संविधान २०७२ को अनुसुचिमा माध्यमिक तहको शिक्षालाई गाउपालिकाको एकल सुचिमा राखिएको हुदा पनि शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम भई रहेको उनले जनाए । माध्यमिक तहको शिक्षा स्थानिय तहको एकल सुचिमा छ,उनले भने,संविधानको कार्यान्वयन र नागरिकको शिक्षा पाउने मौलिक अधिकारलाई अनुभुति गराउ...
सरावलले सञ्चालन गर्यो विद्यार्थी भर्नासँगै आमा अभिभावकलाई अभिभावक शिक्षा कार्यक्रम
शिक्षा, समाज

सरावलले सञ्चालन गर्यो विद्यार्थी भर्नासँगै आमा अभिभावकलाई अभिभावक शिक्षा कार्यक्रम

नवलपरासी,२७ बैशाख,जिल्लाको सरावल गाउपालिकाले विद्यालयमा भर्ना अभियानसँगै आमा अभिभावक शिक्षा कार्यक्रम समेत सञ्चालन गरेको छ । बालबालिकासँग सबै भन्दा नजिक रहने आमा अभिभावकलाई नै जागरुक बनाउदै शैक्षिक सुधारका अभियान चलाउन सकिने निष्कर्ष निकाल्दै गाउपालिकाले सो अभियान सञ्चालन गरेको हो । विद्यालयमा बालबालिका भर्ना गरे पनि सामुदायिक विद्यालयका अभिभावकहरु आफ्नै बालबालिकाको आवश्यकता पठन पाठन प्रति निगरानी लगायतका कुरामा ध्यान नदिईने हुदा यस्तो आमा अभिभावक शिक्षा सञ्चालन गरिएको गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीले बताए । पहिलो चरणमा अभिभावक मध्ये आमा अभिभावकहरुको छनौट गरि एक दिने कक्षा सञ्चालन गरिएको हो,अध्यक्ष चौधरीले भने,यसले आमाहरु आफ्नो बालबालिका प्रति पठन पाठन तथा शैक्षिक गतिविधिमा निरन्तर सहयोग गर्ने गरि प्रतिवद्धता समेत जनाएका छन् । आमा अभिभावक शिक्षा कक्षा कार्यक्रममा सहभा...
पहिलो धातुयात्रा निकालेर बुद्ध पुर्णिमा मनाईन स्वम्सेवक परिचालनका लागि विद्यालयमा परिचयात्मक शिक्षा
रामग्राम नगरपालिका, शिक्षा, समाचार, संस्कृति

पहिलो धातुयात्रा निकालेर बुद्ध पुर्णिमा मनाईन स्वम्सेवक परिचालनका लागि विद्यालयमा परिचयात्मक शिक्षा

नवलपरासी २१ बैशाखपहिलो कोलिय अस्तुधातु यात्रालाई ब्यवस्थितका लागि विद्यार्थीलाई स्वम्सेवक बनाउन रामग्रामका विद्यालयमा परिचयात्मक शिक्षा चलाइएको छ । बैशाख पुर्णिमा प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर पण्डितपुर देखी रामग्राम स्तुपासम्म कोलिय अस्तिधातु जात्रा’ निकालेर मनाउन लागेको बुद्धपुर्णिमालाई भब्य बनाउन र ब्यवस्थित गर्न विद्यालयका विद्यार्थीहरुलाई स्वम्सेवक परिचालनका लागि परिचयात्मक शिक्षा दिइएको छ । अस्तिधातु जात्रा र बुद्धपुर्णिमाबारे जागरण तथा बुद्धस्थल को जानकारी समेत गरिएको हो ।यात्रामा सहभागिहरुलाई गाईडको रुपमा पनि काम गर्न र यात्रा ब्यवस्थित गर्नमा विद्यार्थीको पनि सहभागिता होस भनेर जागरण तथा परिचयात्मक शिक्षा चलाइएको रामग्राम नगरपालिकाका नगर प्रमुख धतपत यादवले जानकारी गराएका थिए । उनका अनुसार रामग्राम स्तुपा क्षेत्रमा उत्तम बालहित माविका कक्षा ९ र १० का विद्यार्थी र प्राचिन को...
सुस्ताले शैक्षिक सुधार अभियान अन्तरगत दिलायो सबै शिक्षकलाई आधारभुत कम्प्युटर तालिम
शिक्षा, समाचार, सुस्ता गाउँपालिका

सुस्ताले शैक्षिक सुधार अभियान अन्तरगत दिलायो सबै शिक्षकलाई आधारभुत कम्प्युटर तालिम

नवलपरासी,१९ बैशाख,जिल्लाको सुस्ता गाउपालिकाले शैक्षिक सुधारका अभियान अन्तरगत सबै शिक्षकलाई आधारभुत कम्प्युटर तालिम सञ्चालन गरेको छ । मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत नै गाउपालिका भित्रका सामुदायिक तथा मदरसाका शिक्षकहरुलाई ४० दिने आधारभुत तालिम सञ्चालन गरेको हो ।शैक्षिक क्षेत्रको गुणस्तर सुधारका कार्यक्रम गर्दै आएको सुस्ता गाउपालिकाले सुचना प्रविधिको उपयोग गर्नका लागि पनि आधारभुत कम्प्युटर सम्बन्धी ज्ञान हुनु पर्ने आवश्यकता महशुस गरि सो तालिम सञ्चालन गरिएको प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले जानकारी गराए । अहिलेको युग सुचना प्रविधिको युग हो,उनले भने,युग अनुसार नै आफुलाई अपडेट हुनु पर्ने मान्यता अनुसार सबै शिक्षकले पनि आफ्नो कम्प्युटर सम्बन्धि सिप तथा क्षमता विकास गर्न आवश्यक छ । शिक्षकहरुको माग पनि विगत देखी नै रहेको हुदा अहिले सबै शिक्षकलाई आधारभुत कम्प्युटर तालिम सञ्...
निजी विद्यालयबाट झिकेर सामुदायिक विद्यालयमा भर्ना
रामग्राम नगरपालिका, शिक्षा

निजी विद्यालयबाट झिकेर सामुदायिक विद्यालयमा भर्ना

नवलपरासी,१२ बैशाखजिल्लाको रामग्राम नगरपालिका ७ स्थित उत्तम बालहित माविको अध्यक्षमा छनौट भए पछि अध्यक्ष डाक्टर यादवले आफ्ना बालबालिकालाई निजी विद्यालयबाट झिकेर सामुदायिक बिद्यालयमा भर्ना गराएका छन् । स्थानिय निजी विद्यालयमा अध्ययन गर्दै आएका यादवका एक छोरा र छोरी आफु अध्यक्ष भएको विद्यालयमा भर्ना गराएका हुन् ।आफ्नो सन्तानका लागि लगानी गरि निजी विद्यालयमा पढाउने तर गाँउकै सामुदायिक विद्यालयमा सुधार आउन नसकेको हुदा विद्यालय ब्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी नगरपालिकाले लगायो । आफ्नो सन्तानका लागि मात्रै नभई समुदायकै हितका लागि विद्यालयमा शैक्षिक सुधारका लागि विद्यालय ब्यवस्थापनमा आएको उनले बताए । त्यसका लागि आफ्ना छोराछोरीको समेत यसै विद्यालयमा भर्ना गराएको उनले जनाए । विभिन्न पद र ओहदामा बस्ने ब्यतिmले सामुदायिक विद्यालयमा आफ्ना छोरा छोरीको भर्ना नगराउन,नपढाउने आरोप पनि लाग्ने गरेको छ ...
प्रदेश साँसद जैसवालले बाँडे छात्रालाई निः शुल्क साईकल
रामग्राम नगरपालिका, शिक्षा, समाचार

प्रदेश साँसद जैसवालले बाँडे छात्रालाई निः शुल्क साईकल

नवलपरासी, ४ बैशाखलुम्बिनी प्रदेश सभा सदस्य(प्रदेश साँसद बैजनाथ जैसवाल) रामग्राम १५ मा ११ र १२ कक्षामा अध्ययन गर्ने छात्राहरुलाई साईकल वितरण गरेका छन् । बेटी बचाऔ,बेटी पढाऔ अभियान अन्रतगत सो वार्डका २० जना छात्रालाई निशुल्क साईकल वितरण गरेका हुन् ।लुम्बिनी प्रदेश सरकार समाजिक विकास मन्त्रालय,शिक्षा तथा समाजिक विकास निर्देशनालय अन्तरगत समाजिक विकास डिभिजन कार्यालय भैरहवा मार्फत सो साईकल वितरण गरिएको प्रदेश साँसद जैसवालले बताए । वार्डबाट छात्राको छनौट गर्न लगाई वार्ड अध्यक्षले छनौट गरेका छात्राहरुलाई सो साईकल वितरण गरियो,उनले भने,यो लुम्बिनी प्रदेश सरकारकै अभियान हो,यो कार्यक्रम निरन्तर चल्ने हुदा अगामी बर्षमा अन्य वार्डमा पनि छात्राहरु छनौट गरि वितरण हुने छ । यसले छात्राहरुलाई माध्यमिक तथा उच्चा शिक्षा अध्ययनका लागि राहत मात्रै नभई शिक्षा प्रति प्रोत्साहित पनि पर्ने उनको भनाई थियो ।साईकल पाए...
विद्यालय शैक्षिक सुधारका लागि वर्दघाटमा थपियो‘आत्मसम्मानका लागि शिक्षण सिकाई अभियान’
बर्दघाट नगरपालिका, शिक्षा, समाचार

विद्यालय शैक्षिक सुधारका लागि वर्दघाटमा थपियो‘आत्मसम्मानका लागि शिक्षण सिकाई अभियान’

नवलपरासी,३० चैत्रनगरपालिका भित्र नयाँ नया अभियान सञ्चालन गर्दै आएको जिल्लाको वर्दघाट नगरपालिकाले दुई वटा अभियान थप गरेको छ । विगत केही महिन देखी नगरक्षेत्रमा चल्दै आएको मुख्य १० अभियानमा वृद्धि गरि दुई वटा अभियान थपिएको हो ।कुनै पनि कार्यक्रम अभियान मुखी रुपमा सञ्चालन गर्दा कार्यक्रम प्रभावकारी हुदै गरेकोले अभियानको रुपमा सञ्चालन गर्दै आएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी गराए । अभियानको रुपमा घोषणा गरिए पछि सम्बन्धित सरोकारवाला शाखा,जनप्रतिनिधि तथा नागरिकहरुले पनि आफ्नो दायित्वबोध गर्ने गरेको उनले आफ्नो अनुभव सुनाए । बजेट खर्चने र डकुमेण्टटेसन गर्ने उदेश्य राखेर कार्यक्रम गर्ने हुदा त्यस प्रति सहभागिहरुलाई मात्र जानकारी हुन्छ,उनले भने,तर त्यही कार्यक्रमलाई निरन्तताका लागि अभियानको रुपमा घोषणा गर्ने,निरन्तर फ्लो गर्ने कार्य गरियो भन्ने ति कार्य दिर्घाकालि...