शिक्षा

ओल्मा काउन्सिल नेपालले उर्दु अरबी भाषा कक्षा सञ्चालन गर्ने
नवलपरासी (ब.सु.प.), शिक्षा, समाचार

ओल्मा काउन्सिल नेपालले उर्दु अरबी भाषा कक्षा सञ्चालन गर्ने

नवलपरासी,२५ आश्विनस्थानिय युवाहरुलाई उर्दु तथा अरबी भाषाको आधारभुत जानकारी गराउने उदेश्यले जिल्लाका सात वटै पालिकामा भाषा कक्षा सञ्चालन हुने भएको छ । मदरसामा अध्यापन गर्ने उर्दु अरबी भाषा शिक्षक तथा इस्लामिक धर्म गुरुहरुको साझा सस्था ओल्मा काउन्सिल नेपालले सो पालिकामा उर्दु अरबी भाषा कक्षा सञ्चालन गर्ने जानकारी गराएको हो ।विगत बर्ष देखी विभिन्न धार्मिक सम्मेलन तथा अभियान सञ्चालन गर्दै आएको काउन्सिलले स्थानिय युवाहरु उर्दु तथा अरबी भाषा बोलिने मुलुकमा रोजगारीका लागि जाने गरेका युवा लक्षित उतm कक्षा सञ्चालन गर्ने काउन्सिलका अध्यक्ष सैयद गुलाम हुसेन मजहरीले बताए । उनका अनुसार अधिकाँसमा भाषागत समस्याले पनि हैरानी ब्यहोर्न परिहेकोले ति देशमा जाने युवाहरुलाई भाषाको ज्ञान होस,आफ्ना समस्या समाधान गर्न तर्फ आफै सक्षम बनुन भन्ने उदेश्यले यस्तो कक्षा सञ्चालन गर्न लागिएको हो । वैदेशिक रोजगारीमा जादा भ...
पवन मावि परासीमा दुर्गन्ध हटाउनेबारे रामग्राम नगरपालिकाले चाँसो नलिएको गुनासो
रामग्राम नगरपालिका, शिक्षा, समाचार

पवन मावि परासीमा दुर्गन्ध हटाउनेबारे रामग्राम नगरपालिकाले चाँसो नलिएको गुनासो

नवलपरासी,२४ आश्विनजिल्लाको रामग्राम नगरपालिकाकै विग स्कुल भनेर चिनिएको जिल्ला सदरमुकाम परासीको पवन मावि परिसर अहिले ब्यतिmको सौचालयका पानीले दुर्गन्धित भए पनि नगरपालिकाले रोक्न चाँसो देखाएको छैन् । विद्यालयको जग्गा अतिक्रमण गरि बनाईएको सौचालयको पानी विद्यालय परिसरमै बगाउने गरेको र त्यसलाई रोक्नका लागि वार्ड कार्यालय मार्फत नगरपालिकालाई जानकारी गराइएको भए पनि नगरपालिकाबाट खासै चाँसो नदेखाइएको विद्यालय ब्यवस्थापनको गुनासो गरेको हो ।सौचालयको पानी विद्यालय परिसरमै आउने गरेको देखाउदै विद्यालय ब्यवस्थान समितिका सदस्य जयराम गुप्ताले यसबारे वार्ड कार्यालयलाई जानकारी गराइएको तर सुनुवाई नभएको बताए । स्थानिय दिनेश उपाध्यायले विद्यालयको जग्गा अतिक्रमण गरि त्यही सौचालय बनाएका छन्, उनले उतm सौचालय देखाउदै भने,यसको प्रदुषित पानी पनि विद्यालय परिसरमै बग्ने गरेको छ । यसले गर्दा विद्यालयको वातावरण नै प्रदुष...
नगरक्षेत्रका सबै विद्यालयमा सुचना अधिकारी तोक्न रामग्राम नगरपालिकाद्धारा पत्राचार
रामग्राम नगरपालिका, शिक्षा, समाचार

नगरक्षेत्रका सबै विद्यालयमा सुचना अधिकारी तोक्न रामग्राम नगरपालिकाद्धारा पत्राचार

नवलपरासी,१२ आश्विनजिल्लाको रामग्राम नगरपालिकाले नागरिकलाई सार्वजनिक सुचनाको हल प्रत्याभुती गराउनका लागि नगरक्षेत्रका सबै विद्यालयमा सुचना अधिकारी तोक्न लगाएको छ । बुधवार नगरक्षेत्रमा रहेका सामुदायिक तथा सस्थागत सबै विद्यालयलाई अभिभावक तथा आम नागरिकले सुचना माग गर्दा कुन ब्यतिसँग माग गर्ने गरि विद्यालयमा सुचना अधिकारी तोक्न पत्राचार गरेको हो ।नगरपालिकाको सुचनाका लागि नगरमा सुचना अधिकारी पहिला देखी नै रहेको नगरपालिकाले जनाएको छ । तर नगरक्षेत्र भित्रका अन्य निकायमा अहिले सुचना पाउन सहज होस भनेर विद्यालयहरुमा सुचना अधिकारी तोक्नका लागि विद्यालयलाई निर्देशन गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन अर्यालले बताए । विद्यालयका सुचना माग गर्न नगरपालिकाको शिक्षा शाखामा आउन परेको समस्या हटाउनका लागि सम्बन्धित विद्यालयमै सुचना अधिकारीको ब्यवस्था मिलाउन लागिएको हो । नगरपालिका र वार्ड कार्यालयको ...
सुनवलमा वैदेशिक रोजगारीमा गएका परिवारलाई वित्तिय साक्षरता
शिक्षा, समाचार, सुनवल नगरपालिका

सुनवलमा वैदेशिक रोजगारीमा गएका परिवारलाई वित्तिय साक्षरता

नवलपरासी,८ आश्विनवैदेशिक रोजगारमा गएका ब्यतिmका परिवारलाई सुनवल नगरपालिकाले वित्तिय साक्षरता र मनोसामाजिक परामर्श कक्षाको सुभारम्भ गरेको छ । विदेशमा कमाएर पठाइएको पैसा कसरी बचत गर्ने र वैदेशिक रोजगारीले घरमा उब्जिने विभिन्न समाजिक तथा मनोवैज्ञानिक समस्यालाई कसरी ब्यवस्थापन गर्ने भनि २१ दिइने साक्षरता शिक्षाको सुभारम्भ नगरपालिकाकी मेयर विमला अर्यालले गरेकी हुन् ।सुनवल वार्ड नं.१ सुनवल सामुदायिक अध्ययन केन्द्रको सभाहलमा प्रत्येक साताको सोमवार सञ्चालन हुने गरि उतm कक्षाको सुभारम्भ गर्दै मेयर अर्यालले घरका पुरुषले परिश्राम गरि कमाएको रकम घर पठाउदा त्यसको उचित ब्यवस्थान गर्न समेत उनले सहभागिहरुलाई आग्रह गरेकी थिईन् । स्वदेशमा रोजगारी सृजना हुन नसक्दा विदेश जान परेको कुरालाई स्मरण गर्दै उनले विदेशमा दुःख गरि कमाईएको रकमको फजुल खर्चमा नलगाई सुक्षित र उत्पादन मुलक काम लगाउनु पर्ने आग्रह गरेकी थिईन...
दिउँसो औपचारिक शिक्षा र रातीमा धार्मिक शिक्षा दिलाउनमा सक्रिय मौलाना सैयद गुलाम हुसेन
रामग्राम नगरपालिका, शिक्षा, समाचार

दिउँसो औपचारिक शिक्षा र रातीमा धार्मिक शिक्षा दिलाउनमा सक्रिय मौलाना सैयद गुलाम हुसेन

नवलपरासी,१५ भदौयहाँका एक सस्थाले गरिब बिपन्न मुस्लिम समुदायका बालबालिकालाई दिनमा औपचारिक शिक्षा र रातीमा धार्मिक शिक्षा पढाउदै आएका छन् । जिल्लाको रामग्राम नगरपालिका २ स्थित फैजाने अलहत वेत नामक सस्थाका अध्यक्ष समेत रहेका ओल्मा काउन्सिल नेपालका केन्द्रिय अध्यक्ष मौलाना सैयद गुलाम हुसेनले स्थानिय गरिब विपन्न परिकारका बालबालिकालाई आफ्नै लगानीमा धर्मिक शिक्षा प्रदान गर्दै आएका हुन् ।विभिन्न ब्यतिmहरुसँग चन्दा सहयोग लिई उनले ४० भन्दा बढि बालिबालिकालाई आवासिय सुविधा उपलब्ध गराएर दिनमा साधारण सामुदायिक विद्यालयमा औपचारिक शिक्षा पढ्न पठाउने र रातीको बेला आफैले बालबालिकालाई र्धािर्मक शिक्षा पढाउने कार्य गर्दै आएको बताए । गरिब विपन्न परिवारका बालबालिका यस्मा सहभागि छन्,मौलाना गुलामले भने, सबै खर्च सस्थाले बालबालिकाको ब्यहोर्ने गर्छ । बालबालिकाहरुको शिक्षा पाउने अधिकार हो,तर गरिब बिपन्न मुस्लिम समुद...
शैक्षिक गुणस्तर सुधार्न पवन माविले शुरु गर्यो शिक्षक अभिभावक अन्तरक्रिया
रामग्राम नगरपालिका, शिक्षा, समाचार

शैक्षिक गुणस्तर सुधार्न पवन माविले शुरु गर्यो शिक्षक अभिभावक अन्तरक्रिया

नवलपरासी,६ भदौनगरपालिका भित्रको विग स्कुल भनेर चिनिने रामग्राम २ स्थित पवन माविले अब विद्यालय शिक्षालाई गुणस्तरिय बनाउन अभिभावक,शिक्षक र विद्यार्थीसँगै राखेर छलफल तथा अन्तरक्रिया गरेको छ । विद्यालयमा विद्यार्थीको आकर्षण बढदै विग स्कुल बन्दै जादा सोही अनुसार गुणस्तरिय शिक्षा कसरी प्रदान गर्ने भनि विद्यालय सरोकारवालासँग छलफल थालेको हो ।दुई हजार भन्दा बढि विद्यार्थी संख्या भएको पवन मावि नगरपालिकाकै सबै भन्दा बढि विद्यार्थी भएको विद्यालय हो । सदरमुकाममा रहेका आदर्श नमुना विद्यालय भन्दा पनि बढि विद्यार्थी यो पवन माविमा अध्ययन गर्ने गरेका छन्,विद्यालयका प्रधानाध्यापक अरबन्दि कुमार पाठकले भने,विद्यार्थीको अझै पनि पवन माविमा अध्ययन गर्ने आकर्षण बढेको छ । तर साधनस्रोत र पुर्वाधारको समस्या देखिएको छ । त्यसले गर्दा थप विद्यार्थी भर्ना गर्न केही जटिलता देखिन थालेको छ । तर पनि विद्यालयले दिईने गुणस्तरि...
विद्यालयमा कक्षा थप्न जुट्दै महेन्द्र जनता मावि गडौरीका अभिभावक
शिक्षा, समाचार, सरावल गाउँपालिका

विद्यालयमा कक्षा थप्न जुट्दै महेन्द्र जनता मावि गडौरीका अभिभावक

नवलपरासी,२ भदौजिल्लाको सरावल ५ गडौरी स्थित स्थानिय गाँउकै विद्यालयमा कक्षा १२ सम्मको पढाई गर्नु पर्ने भन्दै स्थानिय अभिभावकहरु जुटेका छन् । स्थानिय महेन्द्र जनता माविका अभिभावकहरु भेला भई यसै बर्ष देखी कक्षा ११ को पठन पाठन शुभारम्भ गर्नु पर्ने भन्दै लागि परेका हुन् ।पालिका भित्रकै पुरानो विद्यालय भए पनि स्थानिय स्तरबाट विभिन्न कारणबस पहल हुन नसक्दा कक्षा १२ सम्मको पढाई शुरु हुन नसकिरहेको जनाउदै स्थानिय अभिभावकहरुले गाँउकै विद्यालयमा अब सो पढाई गर्नु पर्ने भन्दै छलफलमा जुटेका हुन् । विगत एक दशक देखी कक्षा १० सम्म पठन पाठन हुदै आएको र कक्षा १० पुरा गरि माथिल्लो कक्षाको पढाई पुरा गर्नका लागि टाढा जानु पर्ने बाध्यता हटाउनका लागि अभिभावकहरु जुटेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष आलम खाँले बताए । धेरै बर्ष देखी यहाँका तत्कालिन प्रधानाध्यापक र समितिका अध्यक्षहरुले कक्षा थप प्रति चाँसो नदेखाएक...
सरावल गाउपालिकाले गर्यो एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान
शिक्षा, समाचार, सरावल गाउँपालिका

सरावल गाउपालिकाले गर्यो एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान

नवलपरासी, ३ साउनजिल्लाको सरावल गाउँपालिकाले माध्यमिक शिक्षा परिक्षा एसईई २०७९ मा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गरेको छ । बुधवार एक समारोह विच उत्कृष्ट नतिजा हासिल गर्न सफल भएका विद्यार्थीलाई सम्मान गरेको छ ।पालिका भित्रका सामुदायिक विद्यालय तथा संस्थागत विद्यालयका एसइइमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप सम्मान पत्र प्रदान गरिएको गाउपालिकाले जनाएको छ । जिल्लामा उत्कृष्ट ४ जिपिए ल्याउने छात्रा प्रतापपुरको लिटिल बुद्ध स्कुल फाउन्डेसनकी कृष्णा कुमारी गौड, सरावल गाउँपालिकामा उत्कृष्ट ३.७६ जिपिए ल्याउने आर्दश माध्यमिक विद्यालय सरावल २ खोखरपुराका छात्रा निलमकुमारी गुप्ता तथा एसइइ उत्कृष्ट भएका पालिका भित्रका ४२ जना विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप नगद सहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।सरावल गाउँपालिकाका अध्यक्ष सुखाडि प्रसाद चौधरीले विद्यार्थिहरुलाइ शिक्षा...
जिल्लाकै जेठो पाल्ही क्याम्पस परासीमा पुर्वविद्यार्थी संघ गठन
रामग्राम नगरपालिका, शिक्षा, समाचार

जिल्लाकै जेठो पाल्ही क्याम्पस परासीमा पुर्वविद्यार्थी संघ गठन

नवलपरासी,२० जेठजिल्लाकै जेठो क्याम्पस पाल्ही बहुमुखी क्याम्पसको विकासका लागि पुर्व विद्यार्थी सगठित हुन थालेका छन् । क्याम्पसको शैक्षिक,पुर्वाधार लगायतका क्षेत्रमा पुर्वविद्यार्थीको पनि योगदान बढाउने उदेश्यले शनिवार पुर्वविद्यार्थीहरु भेला भई पुर्वविद्यार्थी संघको गठन समेत गरेका हुन् ।क्याम्पसका संस्थापक विद्यार्थी नै रहेका रामचन्द्र भण्डारीको नेतृत्वमा पुर्व विद्यार्थी संघ गठन भएको क्याम्पसका क्याम्पस प्रमुख कैलाश ठाकुरले बताए । विश्वविद्यालयको नीति अनुसार नै पुर्व विद्यार्थी संघ गठन भएको बताउदै उनले क्याम्पसले जुन विद्यार्थीलाई अध्ययन गर्ने अवसर प्रदान गरि अध्यापन गराएर योग्य नागरिक बनायो,ति योग्य नागरिकहरु पुर्व विद्यार्थी पनि हुन् । सक्रिय भएर यहिँ क्याम्पसको विकासमा सहयोग पुर्याउनु र क्याम्पससँग सधै जोडिराख्नका लागि पनि यो पुर्व विद्यार्थी संघको ठूलो योगदान रहने विश्वास उनले ब्यतm गरे...
वर्दघाटमा छात्रवृति दिवसको घोषणा
बर्दघाट नगरपालिका, शिक्षा, समाचार

वर्दघाटमा छात्रवृति दिवसको घोषणा

नवलपरासी,१९ जेठजिल्लाको वर्दघाट नगरपालिकाले प्रत्येक बर्ष विश्व बालश्रम विरुद्धको दिवस जेठ २९ गते जुन महिनाको १२ तारेखलाई नगरपालिकाको छात्रवृति दिवसको रुपमा मनाउने घोषणा गरेको छ । नगरक्षेत्र भित्रका बालबालिकालाई छात्रवृति पनि वितरण गर्ने र दिवस पनि मनाउन सक्ने भएको हुदा सो घोषणा गरिएको हो ।छात्रवृति वितरण कार्यविधिले समेटने विद्यार्थीको छनौट गर्ने र छावृति वितरण गरिने गरि दिवसको घोषणा गरिएको प्रमुख प्रशासकिय अधिकृत कृृष्ण प्रसाद सापकोटाले जानकारी गराए । शिक्षा,युवा तथा खेलकुद शाखासँग समन्वय गरि सम्बन्धित सबै विद्यालयले विवरण उपलब्ध गराउने छन् । सो कार्यकाका लागि जनप्रतिनिधि,कर्मचारी र शिक्षासँग सम्बन्धित विभिन्न समितिहरुले छात्रवृति वितरण गर्नेको अनुगमन समेत गर्ने छन् । जिल्लामा सम्भवतः पहिलो नगरपालिका हो,जस्ले एकै दिन दिवस पनि मनाउने र छात्रवृति वितरण गर्नेछ । यसले अन्य नगरपालिका र गाउपाल...