प्रतापपुरका सामुदायिक विद्यालयलाई पुर्ण निशुल्क बनाउन दवाव समुहको कार्ययोजना
नवलपरासी,१३ असोजसामुदायिक विद्यालयलाई पुर्ण निःशुल्क र गुणसतरिय शिक्षाका लागि विद्यालयमा शुशासन अभियान सञ्चालन गर्न दवाव समुहले कार्ययोजना बनाएको छ । गाउपालिका स्थित दवाव समुह,दलित तथा महिला जनप्रतिनिधिहरुकै सहभागितामा आयोजित सरोकारवाला विच सामुहिक कार्यशालाले सो कार्ययोजना निर्माण गरेको हो ।विभिन्न कार्यक्रम गरि अभियान सञ्चालन गर्दै आएका दवाव समुह र प्रतापपुर गाउपालिकाका कार्यपालिका सदस्य,दलित महिला वार्ड सदस्य विच दुई दिने कार्यशाला सञ्चालन गरि कार्ययोजना नै बनाएर वार्ड वार्ड र टोलमा भेला माइकिगँ गरि सम्मेलन गर्ने जानकारी गराएको हो । गाउपालिकालाई विभिन्न कार्यक्रम मार्फत विद्यालयमा विभिन्न बहानामा उठाइदै आएको शुल्कबारे औपचारिक ज्ञापनपत्र बुझाउदा पनि अनुगमन गर्ने र नियमन गर्ने कार्य नभएको कारण अब गाँउ टोलका चोकहरु भेला गर्ने,पर्चाहरु वितरण गर्ने र कानुनमा भएको ब्यवस्था र कार्यान्वन नगरेको...










