सुनवल नगरपालिकाको बेरुजु घटाउन भुक्तानीमा प्रिअटिड गर्दै
नवलपरासी,६ भदौजिल्लामै सर्वाधिक बेरुजु देखिने सुनवल नगरपालिकाले बेरुजु बढन नदिइने र भएको बेरुजु रकम फस्यौट गर्ने कार्यलाई गम्भिरका साथ लिएको छ । नगरपालिकाको आर्थिक शुसासन र पार्दर्शिताका लागि सुनवल नगरपालिकाले विशेष पहल थालेको हो ।सुनवल नगरपालिकाको आर्थिक शुसासन र पारदर्शिताका लागि अब उप्रान्त नगर कार्यपालिकाले गरेका निर्णयहरु वेवसाईट मार्फत नगरबासी र रसरोकारवालाहरुलाई जानकारी गराउने जनाएको छ । यसको सुरुवात बुधविार देखी नै गरिएको छ । सुनवल नगरपालिकाको विगतको वेरुजु २४ करोड बढि भएकोले अब उप्रान्त बेरुजु घटाउने र थप आर्थिक पारदिशिएताका लागि ५० हजार भन्दा माथिकको भुतmानी गर्दा प्रि अडित गर्ने र ५० हजार भन्दा माथिको भ्याट बिल सरोकारवालाहरुको जानकारीका लागि वेवसाईटमा राख्ने समेत निर्णय गरेको छ ।विगत बर्षमा मनोमानी तरिकाले विधि प्रकृया नपुर्याई काम गर्दा २४ करोड भन्दा बढि बेरुजु रकम देखिएर जिल्ल...










