सुनवलमा तेश्रो सुनवल महोत्सव २०८० मंसिर २१ बाट शुरु हुने
नवलपरासी,१ मंसिरजिल्लाको सुनवलमा यहिँ मङ्सिर २१ देखि पौष ४ गतेसम्म तेश्रो सुनवल महोत्सव २०८० उद्योग बाणिज्य संघले संचालन गर्ने भएको छ । सुनवलको सोमनाथ हाट बजारमा कृषि, उद्योग, व्यापार कला र संस्कृति समग्र सुनवलको उन्नति मुल नाराका साथ तेश्रो सुनवल महोत्सव मेला संघले सचांलन गर्न लागेको हो ।व्यापार मेलामा उत्पादक र उपभोक्ताबीच सुमधुर सम्बन्ध स्थापना गर्ने उदेश्यले आयोजना गर्न लागिएको मेलामा घरेलु तथा साना मझौला तथा ठूला उद्योग आतिरिक्त बिदेशका बस्तु र पहाडी कृषि जन्य र अन्यहरु समेत गरी २०० व्यावसायिक स्टलहरू रहने पत्रकार सम्मेलन गरि सङ्घका अध्यक्ष रमेश कर्माचार्यले जानकारी गराए । मेलामा एक लाख दर्शकले अवलोकन गर्ने तथा १०करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको उनले बताए । मेलाको मुख्य बिशेषता स्थानिय राष्ट्रिय र अन्तराष्ट्रिय लागानीकर्ता उत्पादक बितरण निर्यातकर्ताहरुलाई एउटै मञ्चमा भे...









