विकास पुर्वाधार

परासी स्थित ६ लैनको बन्दरगाह मार्गको सडक विस्तारले बजार चिटिक्क
रामग्राम नगरपालिका, विकास पुर्वाधार, समाचार

परासी स्थित ६ लैनको बन्दरगाह मार्गको सडक विस्तारले बजार चिटिक्क

नवलपरासी,८ भदौजिल्लाको सदरमुकाम परासीको रामग्राम (बाईपास) चोक देखी मन्झरियासम्मको सडक स्तरोन्नती गरि ६ लैनको बनाउने कार्य सम्पन्न हुदा बजार चिटिक्क बनेको छ । सडक स्तरोन्नीका लागि टेण्डर लिएको समिर कन्ट्रक्सनले सम्झौता भएको एक बर्ष भित्रै आधा सडकको काम सम्पन्न गरेसँगै बजार चिटिक्क देखिएको हो ।अन्य स्थानमा सबै सडकको भाग खन्ने,खोतर्ने तर काम पुरा नगरि अलपत्र बनाउनु भन्दा ठेक्का भएको पुरै लम्बाईको सडकको स्तरोन्नतीका कार्यको आधा भाग पुरै सम्पन्न गरि सडक चलायमान बनाइएको छ । अहिलेको ठेकेदारले गरेको काम गराई ठिक लाग्यो, स्थानिय शिवनारायण यादवले भने, स्तरोन्नतीको नाममा पुरै सडक विगार्नु भन्दा थोरै थोरै भाग एक तिरबाट पुरा गर्दै जानु उदाहरणिय काम भएको देखिएको छ । उनका अनुसार योजना बाईपास चोक देखी मन्झरियासम्मको भए पनि अहिले बाईपास देखी रावणखण्डा पुलसम्मको सडक बनाई सम्पन्न गरिएको छ । बाकी आधा रावणखण्ड...
‘गण्डक पिडितहरुको संघर्षको उपलब्धी अहिले देखिन थालेको छ’
विकास पुर्वाधार, समाचार, सुस्ता गाउँपालिका

‘गण्डक पिडितहरुको संघर्षको उपलब्धी अहिले देखिन थालेको छ’

नवलपरासी,१ भदौगण्डक पिडितद्धारा विगत बर्षमा गरिएको संघर्ष र भारतिय पक्षसँग भएको सहमति अनुसारको काम भारतिय पक्षले गर्न थाले पछि अहिले गण्डक क्षेत्रमा उपलब्धीहरु देखिन थालेको छ । गण्डक पिडितसँग भएका सहमति भारतिय पक्षले एक प्रति आर्को कार्य गर्न थाले पछि अहिले गण्डक क्षेत्रका बासिन्दा त्यसलाई उपलब्धीको रुपमा हेर्न थालेका हुन् ।२०६५ सालमा गण्डक संघर्ष समिति गठन गरि गण्डक नदी(नारायणी)बाट हुने गरेको क्षति ब्यवस्थापन गर्न भारतिय पक्षले काम नगरेको भन्दै ३१ दिनसम्म भारतिय नहरमा पानी रोकेर आन्दोलन गरेका थिए । भारतिय मुख्य पश्चिमी नहर भित्र नै टेण्ट टागेर आन्दोलनमा उत्रिए पछि भारतिय पक्षले स्थानिय प्रशासनको समन्वयमा संघर्ष समितिसँग छलफल गर्न बाध्य भएको थियो । छलफल पछि संघर्ष समिति र गण्डक परियोजना कार्यालय बाल्मिकी नगरका अधिकारी तथा भारतिय प्रशासनका अधिकारीहरुले २१ बुदे काम गर्न लिखित सम्झौता गरेका थ...
सात बर्षमा पनि सम्पन्न हुन सकेन् हुलाकी राजमार्गकोपरासी — नारायणचोक खण्ड
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

सात बर्षमा पनि सम्पन्न हुन सकेन् हुलाकी राजमार्गकोपरासी — नारायणचोक खण्ड

नवलपरासी, २७ साउनजिल्लाको हुलाकी राजमार्ग अन्तरगत परासी — नारायणचोक— गोपिगंज खण्डमा ठेक्काको म्याद सकिएको चार बर्ष वित्दा पनि काम सम्पन्न हुन नसके पछि जिल्ला समन्वय समिति(जिसस) ले स्थलगत अनुगमन गरेको छन् । सरकारले निर्माण कम्पनीलाई पटक पटक म्याद थप गर्दा पनि सडक निर्माण हुन नसकेको गुनासो स्थानियबासीले गर्न थाले पछि जिसस प्रमुख भगौती प्रसाद यादवले सडकमा स्थलगत अवलोकनसँगै हुलाकी परियोजना कार्यालयका प्राविधिकसँग निकासका लागि सम्बाद गरेका हुन् ।सडकको बिच बिचमा हस्तानन्तरण नहुदै सडक भत्किनु,पुल नजिक कामै नहुनु,स साना कल्भर्टको मर्मत सम्भार नहुनु र ठेकेदारले सडक छेउमा जथाभावि फालेको ग्राभेलले सडक दुर्घटना निम्तयाउने जस्ता समस्या हुलाकी परियोजना कार्यालयका प्राविधिकहरुलाई उनले देखाएका थिए । सडकको यथार्थता सबै सामु पनि छ,प्राविधिक टोलीले भन्यो,ठेक्का तोडियो भन्ने मुद्दा मामिला गर्दै दुई तिन बर्ष व...
अलपत्र जिल्ला स्तरिय सडकमा लुम्बिनी प्रदेश सरकारको बजेट
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

अलपत्र जिल्ला स्तरिय सडकमा लुम्बिनी प्रदेश सरकारको बजेट

नवलपरासी,२२ साउनलामो समय देखी अलपत्र अवस्थामा रहेको जिल्ला स्तरिय सडक निर्माण गर्ने गरि लुम्बिनी प्रदेश सरकारले स्वामित्व ग्रहण गरि बजेट बिनियोजन गरेको छ । संघियतामा मुलुक गए पश्चात तत्कालिन जिल्ला विकास समिति मार्फत जिल्ला स्तरिय सडक भनेर चिनिएका अपलत्र सडकहरु मर्मत गर्नका लागि अहिले लुम्बिनी प्रदेश सरकारले स्वामित्व लिई मर्मत सम्भार र स्तरोन्नतीका लागि बजेट विनियोजन गरेको हो ।लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जैसवालको पहलमा अलपत्र झण्डै आधा दर्जन अन्तरपालिका जोडिने सडकहरुमा बजेट बिनियोजन भएको उनका स्वकिय सचिव इमामुल खानले जानकारी गराए । उनका अनुसार पोखरापाली बैरागनाथ सडकमा ५० लाख,मञ्झरिया सनई सडकमा १ करोड,उजैनी लोहरौली चमनटोला सडकमा १ करोड ३० लाख,पोखरापाली ज्यामिरे सडकमा ५० लाख,बासा पिपरहिया सडकमा १ करोड ५० लाख र तुरिया घिनहा पुल निर्माणका लागि १ करोड बजेट विनियोजन भएको छ । तत्कालिन जिविस...
सुस्ता जोड्ने झोलुगेँपुल बाढीको बेलामा पनि काम गर्दै निर्माण कार्यमा तिब्रता
विकास पुर्वाधार, समाचार, सुस्ता गाउँपालिका

सुस्ता जोड्ने झोलुगेँपुल बाढीको बेलामा पनि काम गर्दै निर्माण कार्यमा तिब्रता

नवलपरासी,२० साउनविगत सात बर्ष देखी जिल्लाको सुस्ता भुमि जाड्ने झुलगेँपुल निर्माण कार्यलाई तिब्रता दिइएको छ । लामो समय देखी पटक पटक म्याद थप गर्दै पुल निर्माणमा ढिलाई भएकोले पनि अहिले बाढीको बेला भए पनि बाढीमा ढुगाँ लिएर पनि कामदारहरु पुल निर्माणमा जुटेका हुन् ।पछिल्लो पटक २०८० असार २४ भित्र पुल सकिने गरि सरकारले पुल निर्माणको म्याद थप गरेको थियो । तर विविध कारणले सो पुल निर्माणमा ढिलाई हुदै बेलामा काम सम्पन्न हुन नसके पछि स्थानियले सरकार प्रति आक्रोस समेत ब्यतm गर्दै आएका थिए । तर प्रत्येक बर्ष बर्षायाममा पुल निर्माण कार्य रोकिदै आए पनि अहिले बाढीको बेलामा पनि पुल निर्माणका कार्यले निरन्तरता पाएको स्थानिय रविन्द्र जैसवालले बताए । यसले स्थानियमा आस पनि जगाएको छ,उनले भने,यहिँ गतिमा निर्माण कम्पनीले काम गरिदिएमा हिउँद लाग्नु पहिला देखी पुल सञ्चालनमा आउन सक्छ । पुलको पोलहरु सबै नदीमा गाडिए सकि...
परासी बसपार्क छिट्टै सञ्चालन गर्न गृहकार्य गर्दै रामग्राम नगरपालिका
अर्थ, रामग्राम नगरपालिका, विकास पुर्वाधार, समाचार

परासी बसपार्क छिट्टै सञ्चालन गर्न गृहकार्य गर्दै रामग्राम नगरपालिका

नवलपरासी,१५ साउनजिल्लाको सदरमुकाम परासी स्थित निर्माणकार्य सम्पन्न भई सकेको बसपार्क सञ्चालनमा ल्याउने तयारीमा रामग्राम नगरपालिका जुटेको छ । लामो समय देखी सदरमुकाम परासीमा बसपार्क निर्माण हुनु पर्ने माग हुदै आएको र अहिले बसपार्क निर्माण भएर नगरपालिकासँग सञ्चालनबारे शहरी तथा भवन कार्यालयले परामर्श गर्दै सञ्चालनमा ल्याउनका लागि नगरपालिका गृहकार्यमा जुटेको हो ।भवन कार्यालयका प्राविधिकहरुसँग एक चरणको बसपार्क सञ्चालनबारे छलफल भई सकेको जानकारी रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले बताए । बसपार्कमा अझै पनि केही काम गर्न बाकी देखिएका छन्,उनले भने,ति पुरै काम सम्पन्न गरेर मात्र सञ्चालनमा ल्याइन्छ । बसपार्क नगरपालिकाले कसरी सञ्चालन गर्नेबारे पनि आन्तरिक तयारी भई रहेको बताउदै उनले निजी क्षेत्रसँग सहकार्यमा सञ्चालन गर्ने कि नगरपालिकाले अन्य प्रकृयाहरु पुरा गरेर आफै सञ्चालनमा ल्याउने निधो हुन बाकी ...
सरावल सरकारले बनायो धनेवाखोला करिडोरको डिपिआर
विकास पुर्वाधार, समाचार, सरावल गाउँपालिका

सरावल सरकारले बनायो धनेवाखोला करिडोरको डिपिआर

नवलपरासी,२३ असारजिल्लाको सरावल गाउपालिकाले बर्षेनी डुबान झेल्दै आएको धनेवा खोला ब्यवस्थापनसँगै खोलालाई उपयोग हुने गरि धनेवा करिडोरको (विस्तृत परियोजना प्रतिवेदन) डिपिआर गराएको छ । झण्डै पचास करोड लागत पर्ने उतm करिडोरको डिपिआर बनाई क्रमशः पालिका गौरवको आयोजनामा समावेश गरि काम गर्ने गरि डिपिआर तयार भएको हो ।विगत तिन दशक देखी धनेवा खोलाको उचित ब्यवस्थापनका लागि स्थानियले माग गर्दै आएका थिए । तर खोलाको ब्यवस्थापन हुन सकिरहेको थिएन्,गाउपालिका अध्यक्ष सुखाडी चौधरीले भने,आफु निर्वाचित भएर आए पछि पहिलो प्राथमिकतामा राखेर उतm डिपिआर बनाउन लगाएको हो । खोलाको दुबै किनारामा सडक करिडोर बन्ने र खोलाको ब्यवस्थान गरि जलनिकास र खोलामा अन्य आयआर्जनक माध्यम बनाउन सक्ने गरि डिपिआरमा समावेश गरिएको छ । यस्ले पालिकाको झण्डै आधा भाग ओक्टने कुल ७ वटा वार्ड मध्ये ४ वटा वार्डका बासिन्दालाई राहत पुर्याउने छ । डिपिआर...
रामग्राम स्तुपा – प्राचिन कोलनगर(पण्डितपुर) जोड्ने पर्यटन मार्गका लागि २० करोड बजेट बिनियोजन
पर्यटन, रामग्राम नगरपालिका, विकास पुर्वाधार, समाचार

रामग्राम स्तुपा – प्राचिन कोलनगर(पण्डितपुर) जोड्ने पर्यटन मार्गका लागि २० करोड बजेट बिनियोजन

नवलपरासी,२४ जेठकेही दिन पहिला विश्व बैंकले स्थलगत अध्ययन र अवलोकन गरेर गएको रामग्राम स्तुपा देखी प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर (पण्डितपुर) जोड्ने पर्यटन मार्गको निर्माणका लागि २० करोड बजेट बिनियोजन भएको रामग्राम नगरपालिकाले जनाएको छ । संघिय सरकारले जेठ १५ गते सार्वजनिक गरेको बजेट कार्यक्रममा नै समावेश गरि सो रकम विनियोजन भई अनुदान नगरपालिकामा आउने नगरपालिकाले जनाएको हो ।बर्षौ देखी ओझेलमा रहेको प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर (पण्डितपुर) र रामग्राम स्तुपा जोड्ने मार्ग प्रति विश्वबंैकको टोलीले स्थलगत अध्ययन शुरु गरेको थियो । सो स्थान जोड्न पर्यटन मार्गको रुपमा निर्माण गर्ने गरि ६२ करोड को सडक पुर्वाधार प्रोजेक्ट बनाई विगत बर्ष देखी नै समाजिक तथा वातावरणिय पक्षको स्थालनगत अध्ययन गरेको थियो । अहिले सो प्रोजेक्ट स्वीकृत भई सरकारले नगरपालिकालाई नै अनुदानमा राखेर रकम पठाउने नगरपाल...
ठेकेदारका कारण गण्डक नहरको पानी प्रवाहमा ढिलाई
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

ठेकेदारका कारण गण्डक नहरको पानी प्रवाहमा ढिलाई

नवलपरासी,२२ जेठठेकेदारको लार्वावाहीका कारण नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीमा पानी प्रवाहमा ढिलाई हुने देखिएको छ । नहर मर्मत सम्भारका लागि नहरका दुई वटा शाखा तथा मुल नहरका केही भागमा सफाई गर्नु पर्ने कार्य बेलामा सम्पन्न हुन नसक्दा नहरमा पानी प्रवाहका लागि ढिलाई हुने देखिएको हो ।गण्डक नहरमा पानी प्रवाहमा किन ढिलाई भई रहेको बारे प्रतिकृया दिदै गण्डक ब्यारेजबाट पानी प्रवाह हुने भए पनि नेपाल गण्डक नहरमा केही संरचना मर्मत सम्भारका काम नटुगिँएका कारण पानी प्रवाहमा ढिलाई हुन गएको ब्यवस्थान कार्यालय सेमरीका प्रमुख रनधिर शाहले जानकारी गराए । नहरको मर्मत सम्भार गर्दै गर्दा ठेकेदारले काम अधुरो रहन गएको छ,उनले भने,विचमै पानी प्रवाह यदि गरियो भन्ने सो संरचनामा असर पर्न सक्छ । त्यो भएर यो बर्ष एक साता पानी ढिलो हुन गएको छ । किसानलाई विँउ राख्नमा नहरको पानी प्रवाहमा ब्यवस्थापन कार्यालय असमर्थ देखिए...
गण्डक संघर्ष समितिले बुझायो, बि ग्याप बाँध मर्मतका लागि सहजीकरण गर्न जिससलाई अनुरोध पत्र
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

गण्डक संघर्ष समितिले बुझायो, बि ग्याप बाँध मर्मतका लागि सहजीकरण गर्न जिससलाई अनुरोध पत्र

नवलपरासी,९ जेठगण्डक नदी नियन्त्रण संघर्ष समितिले जिल्ला समन्वय समितिसँग बाँध मर्मत सम्भारलाई आवश्यक पर्ने निर्माण समाग्रिका लागि सहजीकरण गर्न माग गरेको छ । गण्डक बाँध अन्तरगतको वि ग्याप बाँध निर्माण कार्य गर्दा आवश्यक पर्ने निर्माण समाग्रि आपुर्तिमा अवरोध सृजना भएको भन्दै सहजीकरण गरिदिनका लागि जिल्ला समन्वय समिति (जिसस) अनुरोधपत्र बुझाउदै माग गरिएको हो ।गण्डक सम्झौता अनुसार गण्डक संरचना निर्माण गर्दा आवश्यक पर्ने ढुगाँ,गिट्टि,बालुवा तोकिएको राजश्व बुझाएर पाउने उल्लेख भए पनि स्थानियबासीबाट अवरोध सृजना भएको हुदा त्यसमा सहजीकरणका लागि पहल गर्न भनेर पत्र बुझाइएको संघर्ष समितिका अध्यक्ष दुधनाथ गुप्ताले बताए । विगत बर्षमा संघर्ष समितिले गरेको संघर्षको प्रतिफल स्वरुप अहिले भारतिय पक्षले काम गर्न लागि रहेको र त्यसमा स्थानिय केही ब्यतिmले अवरोध गरिरहेको जनाउदै निर्माण समाग्रि आपुर्तिका लागि सहजीकरण...