सडक निर्माणका लागि स्थालगत अध्ययन गर्दै विश्वबैंकको टोली
नवलपरासी,८ जेठबर्षौ देखी ओझेलमा रहेको प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर (पण्डितपुर) र रामग्राम स्तुपा जोड्ने मार्ग प्रति विश्वबंैकको टोलीले स्थलगत अध्ययन शुरु गरेको छ । सो स्थान जोड्न पर्यटन मार्गको रुपमा निर्माण गर्ने गरि ६२ करोड को सडक पुर्वाधार प्रोजेक्ट बनाई समाजिक तथा वातावरणिय पक्षको स्थालनगत अध्ययन शुरु गरेको हो ।
सोमवार विश्व बैंकका प्रतिनिधि,कन्सल्टेन्सि,समाजिक,वातारणिय क्षेत्र लगायतका विभिन्न विज्ञहरुको संयुतm टोलीले नगरपालिकामा प्रोजेक्टबारे ब्रिफिगँ गरे पश्चात स्थलगत अध्यक्ष शुरु गरेको नगरपालिकाका मेयर धनपत यादवले जानकारी गराए । झण्डै एक बर्षको नगरपालिकाकै बजेट जतिको रकम एउटा सडकमा मात्रै प्रोजेक्टले लगान्ी गर्न खोजेको छ,उनले भने,यो नगरपालिकाका लागि खुशीको कुरा हो । नगरपालिका परिवार र नगरबासी समेत यो प्रोजेक्टले उत्साही भएका छन् । सो प्रोजेक्ट कुनै पनि हालतमा लागु ह...










