विकास पुर्वाधार

लुम्बिनी प्रदेश साँसद बैजनाथ जैसवालले गरे पुलको उद्घाटन
पाल्हिनन्दन गाउँपालिका, विकास पुर्वाधार, समाचार

लुम्बिनी प्रदेश साँसद बैजनाथ जैसवालले गरे पुलको उद्घाटन

नवलपरासी, ७ पुसलुम्बिनी प्रदेश सभा सदस्य (प्रदेश साँसद).वैजनाथ जैसवालको “क्षेत्र विकास योजना अन्तरगत “आ.व २०७९÷८०मा निर्माणाधिन पुलको काम सम्पन्न भए पश्चात उदघाटन गरेका छन् । उनले एक समारोह विच पाल्हिनंदन गाउपालिका वडा नं.५ सिसवा कृषि पूलको उदघाटन गरेका हुन् । पुल निर्माणको लागि ७० लाख विनियोजित भएको निर्माण कार्य सम्पन्न पश्चात सिसवाका समाज सेवी वेचन मौर्याको अध्यक्षतामा लुम्बिनी प्रदेश सभा सदस्य जैसवालले उदघाटन गरेका थिए । साँसद जैसवालको प्रमुख अतिथ्यतामा सोही वार्डका पुर्व वडा अध्यक्ष ओम प्रकाश गुप्ता विशिष्ट अतिथ्यतामा पुर्व वडा सदस्य एकबाल देवान सहितको सहभागितामा पूल समुदउद्घाटन कार्यक्रम भएको थियो । कार्यक्रमको सञ्चालन ।शिव कुमार रौनियारले गरेका थिए । बषौ देखी भत्किएको अवस्थामा रहेको सिसवा कृषि सडक पुलको पुर्ननिर्माण भए पछि स्थानिय खुशि भएका छन् । लुम्बिनी प्रदेश सभा सदस्य(प्र...
प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर(पण्डितपुर) क्षेत्रको विकासमा जर्मन दुताबासको चाँसो
रामग्राम नगरपालिका, विकास पुर्वाधार, समाचार

प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर(पण्डितपुर) क्षेत्रको विकासमा जर्मन दुताबासको चाँसो

नवलपरासी, ६ पुसप्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर(पण्डितपुर) क्षेत्रको विकास र प्रवद्र्धनमा जर्मनी दुताबासले चाँसो देखाएको छ । उतm क्षेत्रको भ्रमण गर्न पुगेका जर्मन राजदुताबासका बिकास सहयोग प्रमुख डा.स्टेफान रुसेक सहितको टोलीले सो स्थानको गरिमा महत्व तथा साँंस्कृति सम्पदाको संरक्षण र प्रवद्र्धन गर्दै विश्व सामु यसको पहिचान गराउनमा जर्मनी सरकारको तर्फबाट सहयोगका लागि पहल गर्न समेत आश्वस्त पारेका हुन ।विश्वमा शान्तिका अग्रदुत भगवान गौतमको जन्म दिईने उनकी आमा महामाया,सानी आमा प्रजावती र उनीकी पत्नि यशोधरा जन्मेको स्थान संसारकै लागि दुर्लभ स्थल हो । अहिले चक्रिय ढाँचामा सो प्राचिन शहर भएको समेत केही गत महिना भुभौतिक सर्वेक्षण(जिओफिजिक्स सर्वे)ले देखाएको विज्ञहरुले जानकारी गराएका थिए । रामग्राम मात्रै नभई नेपाल तथा विश्वकै लागि ठूलो उपलब्धी भएको छ । सर्वे गर्ने क्रममा ठूला ठूला पर्खालका भग्...
बर्दघाट नगरपालिकाले अगाडी सारेको संसारकोट वैकल्पिक मार्गले सांसद चौधरीको पहलमा मुर्त रुप पाउदै
बर्दघाट नगरपालिका, विकास पुर्वाधार, समाचार

बर्दघाट नगरपालिकाले अगाडी सारेको संसारकोट वैकल्पिक मार्गले सांसद चौधरीको पहलमा मुर्त रुप पाउदै

नवलपरासी,२९ आश्विनजिल्लाको वर्दघाट नगरपालिकाले अगाडी सारेको पुर्व पश्चिम राजमार्गको दाउन्नेदेवी पहाडी खण्डको बैकल्पिक मार्ग निर्माणमा संघिय सरकार प्रतिनिधिसभा सदस्य (साँसद ) विनोद कुमार चौधरीको साथ दिइने भएका छन् । साँसद चौधरीले पहल गरेर यसै बर्ष देखी सो मार्गमा काम गर्नका लागि पाँच करोड बजेट विनियोजन गराउदै साथ दिइने संकेत देखाएका हुन् । साँसद चौधरीले बर्षाै देखी स्थानिय तहबाट सो मार्गबारे उठदै आएको सो आयोजनाको मुर्त रुप पाउने देखिएको चौधरीको सचिवालयले जनाएको हो । सचिवालयका अनुसार भुमही,आमबास,संसारकोट दुम्बिबास लिँक रोड भनेर सो मन्त्रालयको रुपन्देही कार्यालयले कार्यान्वयन गर्ने गरि योजना समावेश भएका छन् । पहिलो पटक संघिय सरकारबाट पाँच लाख बजेट परे पछि स्थानिय उत्साही भएको सचिवालमा कार्यरत पत्रकार पुरुषोत्तम सुवेदीले बताए । उनका अनुसार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको वैकल्पि...
हुलाकी राजमार्गको सेमरी—त्रिवेणी खण्डका डेढ दर्जन पुल निर्माणका लागि भारतिय पक्षसँग पहल
प्रतापपुर गाँउपालिका, विकास पुर्वाधार, समाचार

हुलाकी राजमार्गको सेमरी—त्रिवेणी खण्डका डेढ दर्जन पुल निर्माणका लागि भारतिय पक्षसँग पहल

नवलपरासी,२४ आश्विनजिल्ला स्थित हुलाकी राजमार्ग अन्तरगतको सेमरी वित्रेणी सडक खण्ड अन्तरगतका झण्डै डेढ दर्जन पुलहरु भारतिय पक्षले निर्माण गर्नु पर्ने भएको हुदा ति पुलको निर्माणका लागि पहल थालिएको छ । सो सडक खण्डको अधिकाँस भाग प्रतापपुर गाउपालिकामा पर्ने भएको र अहिले हुलाकी राजमार्गको सो खण्डको स्तरोन्नती गर्ने कार्य पनि भई रहेको बेला ति पुलको निर्माण भारतिय पक्षले गरिदिनु पर्ने भनेर भारतिय पक्षसँग पहल स्थानियले गर्न थालेका हुन् ।सेमरी देखी वित्रेणीसम्म स साना १६ वटा पुल रहेको प्रतापपुर गाउपालिकाका अध्यक्ष उमेश चन्द यादवले बताए । अन्य पुल र कलभर्टहरु हुलाकी आयोजना कार्यालयले निर्माण गर्दै आएको भए पनि गण्डक संरचनासँग सम्बन्धित पुल पुलेसाहरु भारतिय पक्षले नै निर्माण गरिदिनु पर्ने भन्दै आयोजनाले त्यसै छाडिदिएको उनले बताए । नेपाल भारतसँग भएको गण्डक सम्झौता अनुसार नेपाल भित्रका सबै बाँध,साईफल,नहर,...
लुम्बिनी प्रदेश साँसद जैसवालको पहलमा जमुनियामा ढल निर्माण
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

लुम्बिनी प्रदेश साँसद जैसवालको पहलमा जमुनियामा ढल निर्माण

नवलपरासी,२१ आश्विनबर्षाै देखी ओझेरमा रहेको रामग्राम नगरपालिका १६ जमुनिया गाँउको अब्यवस्थित ढल ब्यवस्थित हुने भएको छ । लुम्बिनी प्रदेश सभा सदस्य(प्रदेश साँसद) बैजनाथ कलवारको पहलमा सो स्थानको अब्यवस्थित ढललाई ब्यवस्थित गर्न बजेट बिनियोजन गराई ढल निर्माणका लागि पहल गरे पछि ब्यवस्थित ढल बन्ने भएको हो । रामग्राम नगरपालिका भित्रै पर्ने भए पनि उतm स्थानमा कसैको ध्यान नजादा अहिलेसम्म अब्यवस्थित रुपमा ढलको पानी बग्दै आएको थियो । अहिले २५ लाख बजेट विनियोजन भएको छ,साँसद कलवारले भने,यसलाई निरन्तरता दिदै लगिने छ । पहिलो गाँउको पानीको निकास गाँउ बाहिरसम्म पुर्याउनु पर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ । परासी सदरमुकामको हुलाकी मार्ग अन्तरगत मन्झरिया चोकबाट नन्दन ताल जोड्दै सिमावर्ति पडरीसम्म जाने सडक हो । सोही सडक वरिपरि रहेको जमुनिया गाँउ अहिले बजार उन्मुख भई रहेको छ ।तर ढल पुर्वाधार समस्याले स...
विद्युत आपुर्तिको बहु विकल्प बन्दै जादा नवलपरासीमा उद्योग थपिदै
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

विद्युत आपुर्तिको बहु विकल्प बन्दै जादा नवलपरासीमा उद्योग थपिदै

नवलपरासी,२५ भदौनेपाल विद्युत प्राधिकरण परासी विद्युत वितरण केन्द्रले आफ्ना ग्राहकहरुलाई विद्युत आपुर्ति ब्यवस्था चुष्तदुरुष्त बनाउदै बैकल्पिक विद्युत आपुर्तिको ब्यवस्थानमा लागेको छ । विभिन्न प्रसारणलाईन अन्रतगतका पाँच वटा सब स्टेसनबाट वितरण केन्द्रले विस्तार गरेको विद्युत आपुर्ति सञ्जाल मार्फत बहु विकल्पको ब्यवस्थानमा लागेको विद्युत केन्द्रले जनाएको हो ।परासी क्षेत्रमा विभिन्न विकल्प भएको विद्युत सञ्जाल बन्दै जादा उद्योग खुल्ने क्रम पनि बढदै गएको छ । परासी विद्युत वितरण केन्द्रले ग्राहकलाई सधै भरि पुर्ण भोल्टेज क्षमताको विद्युत आपुर्ति गर्न सकियोस भनेर विभिन्न पाँच वटा विद्युत सब स्टेसनबाट विद्युत आपुर्तिको ब्यवस्थाका लागि प्रसारणलाईन सञ्जाल विस्तार भई रहेको केन्द्र प्रमुख इन्जिनियर राम प्रमोद शाहले जनाए । यो परासी क्षेत्रको लागि स्वर्णिम अवसर बन्दै गएको छ, उनले भने, ग्राहकलाई विद्युत आपुर...
प्रदेश साँसद जैसवालको पहलमा विसुनपुरा भन्सार नाका सडक उजैनी— चिमनटोला सडक स्तरोन्नतीका लागि नापी हुदै
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

प्रदेश साँसद जैसवालको पहलमा विसुनपुरा भन्सार नाका सडक उजैनी— चिमनटोला सडक स्तरोन्नतीका लागि नापी हुदै

नवलपरासी,१३ भदौतत्कालिन जिल्ला विकास समिति(जिविस)ले मर्मत सम्भार गर्ने जिल्ला स्तरिय उजैनी—चिमनटोलवा सडकको मर्मत सम्भार गराउन लुम्बिनी प्रदेश सरकारले मर्मत गर्न नापी गर्ने कार्य प्रारम्भ गरेको छ । लुम्बिनी प्रदेश साँसद बैजनाथ जैसवालको पहलमा सो सडकको नापा जाँच शुरु भएको हो ।जिविस खारेजीमा परे देखी अलपत्र अवस्थामा रहेको उतm सडक झण्डै एक दशक पछि मर्मत सम्भार नहुदा जिर्ण सडकबारे ब्यापक विरोध भई रहेको थियो । जिविस खारेजी पछि सो सडक मर्मत सम्भारको जिम्मेवारी कस्को भन्दै गाउपालिका,नगरपालिकाका जनप्रतिनिधि तथा प्रदेश तथा संघिय सँसदलाई पनि स्थानिले प्रश्न गर्न थालेका थिए । यो बर्ष लुम्बिनी प्रदेश सरकारसँग पहल गरेर डेढ करोड बजेट पार्न सफल भएको प्रदेश साँसद जैसवालले बताए । जिविस अन्तरगतका प्रायःदुई वा दुई पालिका जोड्ने सबै सडक प्रदेश सरकारले नै जिम्मेवारी लिनु पर्छ,उनले भने,यसबारे आफुले पटक पटक कुरा उ...
परासी स्थित ६ लैनको बन्दरगाह मार्गको सडक विस्तारले बजार चिटिक्क
रामग्राम नगरपालिका, विकास पुर्वाधार, समाचार

परासी स्थित ६ लैनको बन्दरगाह मार्गको सडक विस्तारले बजार चिटिक्क

नवलपरासी,८ भदौजिल्लाको सदरमुकाम परासीको रामग्राम (बाईपास) चोक देखी मन्झरियासम्मको सडक स्तरोन्नती गरि ६ लैनको बनाउने कार्य सम्पन्न हुदा बजार चिटिक्क बनेको छ । सडक स्तरोन्नीका लागि टेण्डर लिएको समिर कन्ट्रक्सनले सम्झौता भएको एक बर्ष भित्रै आधा सडकको काम सम्पन्न गरेसँगै बजार चिटिक्क देखिएको हो ।अन्य स्थानमा सबै सडकको भाग खन्ने,खोतर्ने तर काम पुरा नगरि अलपत्र बनाउनु भन्दा ठेक्का भएको पुरै लम्बाईको सडकको स्तरोन्नतीका कार्यको आधा भाग पुरै सम्पन्न गरि सडक चलायमान बनाइएको छ । अहिलेको ठेकेदारले गरेको काम गराई ठिक लाग्यो, स्थानिय शिवनारायण यादवले भने, स्तरोन्नतीको नाममा पुरै सडक विगार्नु भन्दा थोरै थोरै भाग एक तिरबाट पुरा गर्दै जानु उदाहरणिय काम भएको देखिएको छ । उनका अनुसार योजना बाईपास चोक देखी मन्झरियासम्मको भए पनि अहिले बाईपास देखी रावणखण्डा पुलसम्मको सडक बनाई सम्पन्न गरिएको छ । बाकी आधा रावणखण्ड...
‘गण्डक पिडितहरुको संघर्षको उपलब्धी अहिले देखिन थालेको छ’
विकास पुर्वाधार, समाचार, सुस्ता गाउँपालिका

‘गण्डक पिडितहरुको संघर्षको उपलब्धी अहिले देखिन थालेको छ’

नवलपरासी,१ भदौगण्डक पिडितद्धारा विगत बर्षमा गरिएको संघर्ष र भारतिय पक्षसँग भएको सहमति अनुसारको काम भारतिय पक्षले गर्न थाले पछि अहिले गण्डक क्षेत्रमा उपलब्धीहरु देखिन थालेको छ । गण्डक पिडितसँग भएका सहमति भारतिय पक्षले एक प्रति आर्को कार्य गर्न थाले पछि अहिले गण्डक क्षेत्रका बासिन्दा त्यसलाई उपलब्धीको रुपमा हेर्न थालेका हुन् ।२०६५ सालमा गण्डक संघर्ष समिति गठन गरि गण्डक नदी(नारायणी)बाट हुने गरेको क्षति ब्यवस्थापन गर्न भारतिय पक्षले काम नगरेको भन्दै ३१ दिनसम्म भारतिय नहरमा पानी रोकेर आन्दोलन गरेका थिए । भारतिय मुख्य पश्चिमी नहर भित्र नै टेण्ट टागेर आन्दोलनमा उत्रिए पछि भारतिय पक्षले स्थानिय प्रशासनको समन्वयमा संघर्ष समितिसँग छलफल गर्न बाध्य भएको थियो । छलफल पछि संघर्ष समिति र गण्डक परियोजना कार्यालय बाल्मिकी नगरका अधिकारी तथा भारतिय प्रशासनका अधिकारीहरुले २१ बुदे काम गर्न लिखित सम्झौता गरेका थ...
सात बर्षमा पनि सम्पन्न हुन सकेन् हुलाकी राजमार्गकोपरासी — नारायणचोक खण्ड
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

सात बर्षमा पनि सम्पन्न हुन सकेन् हुलाकी राजमार्गकोपरासी — नारायणचोक खण्ड

नवलपरासी, २७ साउनजिल्लाको हुलाकी राजमार्ग अन्तरगत परासी — नारायणचोक— गोपिगंज खण्डमा ठेक्काको म्याद सकिएको चार बर्ष वित्दा पनि काम सम्पन्न हुन नसके पछि जिल्ला समन्वय समिति(जिसस) ले स्थलगत अनुगमन गरेको छन् । सरकारले निर्माण कम्पनीलाई पटक पटक म्याद थप गर्दा पनि सडक निर्माण हुन नसकेको गुनासो स्थानियबासीले गर्न थाले पछि जिसस प्रमुख भगौती प्रसाद यादवले सडकमा स्थलगत अवलोकनसँगै हुलाकी परियोजना कार्यालयका प्राविधिकसँग निकासका लागि सम्बाद गरेका हुन् ।सडकको बिच बिचमा हस्तानन्तरण नहुदै सडक भत्किनु,पुल नजिक कामै नहुनु,स साना कल्भर्टको मर्मत सम्भार नहुनु र ठेकेदारले सडक छेउमा जथाभावि फालेको ग्राभेलले सडक दुर्घटना निम्तयाउने जस्ता समस्या हुलाकी परियोजना कार्यालयका प्राविधिकहरुलाई उनले देखाएका थिए । सडकको यथार्थता सबै सामु पनि छ,प्राविधिक टोलीले भन्यो,ठेक्का तोडियो भन्ने मुद्दा मामिला गर्दै दुई तिन बर्ष व...