विकास पुर्वाधार

न्युन बजेटले दर्जनौ खानेपानी आयोजना सम्पन्न गर्न चुनौती
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

न्युन बजेटले दर्जनौ खानेपानी आयोजना सम्पन्न गर्न चुनौती

नवलपरासी,२५ माघजिल्ला स्थित निर्माणाधिन पाँच दर्जन बढि खानेपानी आयोजना बजेट अभावले लक्ष्य अनुसारको काम गर्न सकिरहेका छैनन् । खानेपानी आयोजना स्वीकृत गर्ने तर आवश्यक बजेटको ब्यवस्थापन सरकारले नगर्दा लक्ष्य अनुसारको काम गर्न कठिनाई हुन थालेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले जनाएको हो ।डिभिजन कार्यालयका अनुसार न्युन बजेटले दर्जनौ खानेपार्ने आयोजनाका काम गर्न चुनौती रहेको छ । लुम्बिनी प्रदेश सरकार अन्तरगत रहेको उतm कार्यालयले प्रदेश सरकार बाहेक संघिय ससर्त अनुदान तथा अन्य परियोजना अन्तरगतका खानेपानी आयोजनाहरु हेर्दै आएको भए पनि आवश्य बजेट बिनियोजन नहुदा अयोजनाका कामहरु प्रभावित भई रहेको डिभिजन कार्यालय प्रमुख प्रकाश न्यौपानले जानकारी गराए । आयोजनाहरु धेरै छन्,उनले भने,तर बजेट न्युन छ,आवश्यकता पहिचान र प्राथमिकता निर्धारण गरि काम भई रहेको छ ।नेपालको संविधान २०७२ पछि सो खानेपानी डिभिजन कार...
लिटिल गण्डक घोलमा अतिक्रमण बढदा जलनिकास बन्द भएर दर्जन गाँउ डुबानको खतरामा
विकास पुर्वाधार, समाचार, सरावल गाउँपालिका

लिटिल गण्डक घोलमा अतिक्रमण बढदा जलनिकास बन्द भएर दर्जन गाँउ डुबानको खतरामा

नवलपरासी,५ माघजिल्लामा जलनिकास ब्यवस्थापनमा योगदान पुर्याउने लिटिल गण्डक नामक घोल अतिक्रमण हुदै र पुरिदै जादा सो क्षेत्रमा डुबान हुने कारक बनेको छ । विगत पाँच दशक पहिला २०२८ सालमा गण्डक(नारायणी नदी) को बाँध भत्किएर धार परिवर्तन भई बनेको घोल (लिटिल गण्डक) अहिले पुरिदै जादा सो क्षेत्रमा डुबानको कारण बन्दै गएको स्थानियले बताएका हुन् ।भारतिय सिमावर्ती क्षेत्रमा रहेको प्रतापपुर गाउपालिका हुदै सरावल गाउपालिका भएर सो लिटिल गण्डक घोलले बर्षाै देखी जलनिकासमा योगदान गर्दै आएको छ । झण्डै ६ किलोमिटर लामो र सरदर ३० मिटर चौडाई भएको लिटिल गण्डक घोल हो । तर अहिले कहिँ कहिँ दुई मिटरमा खुम्चिएको अवस्था छ । यस्ले प्रतापपुर र सरावलका एक दर्जन बढि गाँउ बस्तिको जलनिकास थुनिएर डुबानको खत्तरा बढाएको छ । स्थानिय बस्ती तथा खेतबारीका पानी बगाउदै झरही नदीमा पुर्याउने एक महत्वपुर्ण जलनिकास गर्ने प्राकृतिक घोल स्थानियब...
गण्डक नहरको सिल्टबेसिन निर्माण कार्य २ बर्षमा ५० प्रतिसत मात्र, ७ महिनामा सम्पन्न होला बाकी ५० प्रतिसत कार्य ?
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

गण्डक नहरको सिल्टबेसिन निर्माण कार्य २ बर्षमा ५० प्रतिसत मात्र, ७ महिनामा सम्पन्न होला बाकी ५० प्रतिसत कार्य ?

नवलपरासी, १३ पुसनिर्माणाधिन नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीको सिल्टबेसिन(बालुवा थिग्राउने संरचना) को म्याद सकिदै जादा आधा काम मात्र सकिएको छ । संरचना निर्माणमा ढिलाई हुदा त्यसको मार स्थानिय किसानले अझै धेरै दिनसम्म ब्यहोर्ने अवस्था देखिएको हो ।सिल्टले सधै नहर पुरिने अवस्थाको अन्त्य गर्न सिचाई बिभागले नहरको मुहानमा सिल्ट बेसिन बनाउन झण्डै ३५ करोडको डिपिआर गरेको थियो । डिपिआर अनुसार सिचाई प्रणालीले ठेक्का आह्वान गरेको थियो । सो ठेक्का भैरव नारायण जेभि नेपालले ३० करोड ४० लाख ४६ हजार ५ सय ६२ रुपियामा ठेक्का हाथ परेको थियो । २०७९ पुस ८ गते सम्झौता भई २०८२ असार ४ गते भित्र सम्पन्न गर्ने कुरा उल्लेख छ । आयोजनाको समय अवधि ७ महिना मात्र छ,काम भन्ने ५० प्रतिसत मात्र भएको सिचाई ब्यवस्थापन कार्यालयले जनाएको छ । २ बर्षमा ५० प्रतिसत काम मात्र हुदा बाकी ५० प्रतिसत काम गर्न पनि दुई बर्ष लाग्ने हो,भन...
करोडको सिचाई आयोजनाका पर्खाल सञ्चालनमा नआउदै चर्कियो
कृषि, नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

करोडको सिचाई आयोजनाका पर्खाल सञ्चालनमा नआउदै चर्कियो

नवलपरासी,२५ मंसिरजिल्लाको रामग्राम ८ स्थित झरहीखोला लिफ्ट सिचाई आयोजना सञ्चालनमा नआउदै भास्सिएर जग चर्किएको छ । सञ्चालनमा नआउदै जग चक्रिनु सिचाई डिभिजन कार्यालयले तयार गरेको उतm आयोजनाका कामको गुणस्तर माथि प्रश्न उठेको र यसको अनुसंधान गरि समाधान खोज्न समेत लुम्बिनी प्रदेश सभा सदस्य(प्रदेश साँसद) बैजनाथ जैसवालले माग गरेका हुन् ।उतm आयोजनामा प्राविधिक कमजोरी हो,कि निर्माण कम्पनीको लापर्वाही हो ? त्यसको अनुसंधान हुनु पर्छ,उतm आयोजनाको अवलोकन गर्दै प्रदेश साँसद जैसवालले भने, दोषीलाई कारवाही र आयोजनाको मर्मत सम्भार गराउन आफु सरकारसँग माग गर्छु । सो आयोजनाका लागि यो बर्ष पनि बजेट बिनियोजन गरिएको समेत उनले जानकारी गराएका थिए । स्थानिय किसानलाई सिचाई गर्न सहज होस,सिचाई समस्या समाधान होस भनेर आफुले लिफ्ट सिचाईको पहल गरेको थिए,प्रदेश साँसद जैसवालले भने,तर यसमा इन्जिनियर,प्राविधिक र सिचाई डिभिजन कार्...
पाल्पा सिमेन्टले गरेको बन अतिक्रमण प्रति सरोकारवाला मौन
विकास पुर्वाधार, समाचार, सुनवल नगरपालिका

पाल्पा सिमेन्टले गरेको बन अतिक्रमण प्रति सरोकारवाला मौन

नवलपरासी, १८ मंसिरजिल्ला स्थित सरकारी बन क्षेत्र अतिक्रम्ण गरि उद्योगले सडक बनाए पनि सरोकारवाला कार्यालयले अतिक्रमण नियन्त्रणमा चाँसो नदेखाएको आरोप स्थानियले लगाएका छन् । जिल्लाको सुनवल नगरपालिका ७ स्थित लोकेश्वर सामुदायिक बन क्षेत्र भित्र पाल्पा सिमेन्ट मिलले बनको जग्गा अतिक्रमण गरि सडक बनाएको भए पनि अतिक्रमण खाली गराउनमा डिभिजन बन कार्यालयले चाँसो नलिएको आरोप सामुदायिक बनले लगाएको हो ।पाल्पा सिमेन्ट उद्योगले गरेको अतिक्रम्ण प्रति सरोकारवाला मौन देखिएको आरोप स्थानियबासीको रहेको छ । उद्योगले पुर्व पश्चिम राजमार्गको कजरार खोला पुल नजिकैबाट बन क्षेत्र अतिक्रम्ण गरि खोला मिचेर एकतर्फि उद्योगका समाग्रि ढुवानी गर्न सडक बनाएको छ । कुल ३ किलोमिटर सडकमा झण्डै एक किलोमिटर सडक बन क्षेत्र रहेको छ । बाकी खोलाको किनारै किनार उद्योग परिसरसम्म सडक पुर्याएको छ । उतm सडकमा चुनढुगाँ ढुवानी गर्नका लागि ग्राभ...
सडक सिक्स लैन,पुल सिँगल लैनले रामखण्डा पुलमा समस्या
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

सडक सिक्स लैन,पुल सिँगल लैनले रामखण्डा पुलमा समस्या

नवलपरासी,१२ मंसिरभैरहवा —भुमही सडकलाई स्तरोन्नी गर्दै ६(सिक्स) लैनको सडक बनाउने कार्य भए पनि जिल्ला सदरमुकाम परासी स्थित रामखण्डा खोला पुल १ (सिँगल) लैनको मात्र हुदा समस्या देखिएको छ । भारतिय नाकासँग जोडिने बन्दरगाह मार्गको रुपमा रहेको उतm सडक ६ लैन र रामखण्डा खोला पुल एक लैनको मात्र हुदा यातायातमा समस्या देखिन थालेको हो ।एक लैनको पुल हुदा पटक पटक गाडीले ठोक्किएर पुलको र्यालिगँ भाच्चिने गरेको छ । सडक चौडा हुने तर पुल जस्ताको तस्तै राख्ने हुदा पुलमा ज्यान जाने जोखिम यथावत रहेको नागरिक समाज नवलपरासीका अध्यक्ष राधेश्याम सिँह सैथवारले बताए । यस प्रति सम्बन्धित कार्यालय,आयोजना परियोजनाका प्राविधिकहरुले विचार गर्नु पर्ने हो । हुलाकी राजमार्गको बाईपासको रुपमा बनेको उतm सडकमा तत्कालिन जिविसले आवश्यकता अनुसारको पुलको निर्माण गरिदिएको थियो । पछिल्लो समयमा सो सडक स्तरोन्नती हुदै चार लैनको बन्यो, उनले...
लुम्बिनी प्रदेश सरकारले सडक गुरुयोजना बनाई काम गर्नेछ ः मन्त्री ढकाल
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

लुम्बिनी प्रदेश सरकारले सडक गुरुयोजना बनाई काम गर्नेछ ः मन्त्री ढकाल

नवलपरासी,२६ कार्तिकलुम्बिनी प्रदेशका जनताको सहज आगमनका लागि लुम्बिनी प्रदेश सरकारले प्रदेश सडक गुरुयोजना बनाई काम गर्ने लक्ष्य अनुसार काम गरिरहेको लुम्बिनी प्रदेश सरकारका कार्यवाहक मुख्यमन्त्री तथा भौतिक पुर्वाधार बिकास मन्त्री भुमिश्वर ढकालले बताएका छन् । उनले भौतिक पुर्वाधार विकास मन्त्रालय अन्तरगतको नवलपरासीमा सडक पुर्वाधार कार्यालयको शुभारम्भ कार्यकमलाई सम्बोधन गर्दै उतm कुरा बताएका हुन् ।विगत बर्षमा नवलपरासी जिल्लाका सडक पुर्वाधारका कार्यक्रम सडक पुर्वाधार कार्यालय रुपन्देहीले हेर्दै आएको र अहिले आफुले सो मन् त्रालय सम्माले पछि सोही जिल्लाबाट सडक पुर्वाधार विकासका सेवा प्रवाह हुने गरि कार्यालयको शुभारम्भ गरिएको उनले जानकारी गराएका थिए । लुम्बिनी प्रदेश सरकारकाले काम गर्दै आएको ७ बर्ष पछि मात्र जिल्लामा सडक पुर्वाधार विकास कार्यालय सञ्चालनमा ल्याइए पछि यहाँका सडक पुर्वाधारसँग सम्बन्धित...
भौतिक पुर्वाधार विकास कार्यालय जिल्ला सदरमुकाम परासीमा स्थापना हुदै
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

भौतिक पुर्वाधार विकास कार्यालय जिल्ला सदरमुकाम परासीमा स्थापना हुदै

नवलपरासी,२५ कार्तिकलुम्बिनी प्रदेश सरकारको भौतिक पुर्वाधार विकास कार्यालय नवलपरासी जिल्लाको सदरमुकाम परासीमा स्थापना हुने भएको छ । जिल्ला समन्वय समितिले आफ्नै नवनिर्मित भवनको भुई तल्ला कार्यालयका लागि उपलब्ध गराए पछि उतm परासीमा स्थापना हुन लागेको हो ।उतm कार्यालयको औपचारिक उदघाटन भौतिक पुर्वाधार विकास मन्त्री भुमिश्वर ढकालले कार्तिक २६ गते सोमवार उदघाटन गर्ने कार्यक्रम रहेको छ । प्रदेश सरकारले नवलपरासीमा समेत भौतिक पुर्वाधार विकास कर्याालय स्थापनाका लागि निर्णय गरे पछि सो कार्यालय सदरमुकाम बाहिर राख्नका लागि जिल्लाका केही नेता लागेको भन्दै नागरिक समाज नवलपरासीले उतm कार्यालय सदरमुकाममा नै राख्नका लागि जिल्ला समन्वय समितिको ध्यानाकर्षण समेत गराएको थियो । स्थापना हुन लागेको भौतिक पुर्वाधार विकास कार्यालय जिल्लाकै केही नेताहरु सदरमुकाम परासीबाट अन्यत्र लैजान खोजेको प्रति नागरिक समाजले ध्याना...
महेशपुर—परासी—सुनवल सडक स्तरोन्नती कार्यको म्याद सकियो, सडक बनेन
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

महेशपुर—परासी—सुनवल सडक स्तरोन्नती कार्यको म्याद सकियो, सडक बनेन

नवलपरासी,२२ कार्तिकजिल्लाको महेशपुर नाका जोड्ने महेशपुर—परासी—सुनवल सडक स्तरोन्नती गर्ने निर्माण कार्य म्याद सकिदासम्म २० प्रतिसत काम नभएको स्थानियले बताएका छन् । सरकारी वेवास्ता र ठेकेदारको लापर्वाहीले उतm सडक निर्माणले गति नलिदा सडक वरिपरिका बजार ब्यवसायलाई समेत असर पार्दा स्थानिय मर्कामा पर्ने गरेको गुनासो स्थानियबासीले गरेका हुन् ।महेशपुर मुल भन्सार नाकालाई सदरमुकाम परासी हुदै पुर्वपश्चिम राजमार्ग जोड्ने उतm सडकको पहिलो खण्ड निर्माणमा ढिलाई भई रहदा पुरै सडक बन्न दशक लाग्ने आकलन स्थानियको छ । सरकारले ठेक्का लगाउने तर बजेट बिनियोजन नगरिदिईने गरेको जनाउदै ठेकेदारले काममा ढिलाई गर्ने गरेका छन् । सरकारले वास्तविकता के हो ? त्यसको उत्तर दिन सकिरहेको छैन् । सडक स्तरोन्नतीको सपना देखाउने तर काम गर्न नसक्ने सरकारी क्षमता माथि नै अब प्रश्न उठ्न थालेको स्थानिय जितेन्द्र गुप्ताले भने, जति सकिन्छ त...
बर्ष दिन पहिलै सञ्चालनमा आउने परासी बसपार्क हालसम्म सञ्चालनमा आएन
रामग्राम नगरपालिका, विकास पुर्वाधार, समाचार

बर्ष दिन पहिलै सञ्चालनमा आउने परासी बसपार्क हालसम्म सञ्चालनमा आएन

नवलपरासी,९ कातिकजिल्लाको सदरमुकाम परासी स्थित निर्माणकार्य सम्पन्न भई सकेको बसपार्क एक बर्ष पहिला नै सञ्चालनमा ल्याउने तयारीमा रामग्राम नगरपालिकाले ल्याउन सकेको छैन् । बसपार्क हस्तानान्तरण नभएको जनाउदै नगरपालिकाले सो बसपार्क सञ्चालनमा नल्याईएको जानकारी गराएको हो ।लामो समय देखी सदरमुकाम परासीमा बसपार्क निर्माण हुनु पर्ने माग हुदै आएको र अहिले बसपार्क निर्माण भएर नगरपालिकासँग सञ्चालनबारे शहरी तथा भवन कार्यालयले परामर्श गर्दै सञ्चालनमा ल्याउनका लागि नगरपालिका गृहकार्यमा जुटेको थियो । बसपार्कको हस्तानान्तरण नहुनुका साथै बसपार्कमा अहिले पनि पहुँच मार्ग निर्माण भई नसकेको अवस्था,सुरक्षार्थ प्रहरी विट लगायत अन्य पुर्वाधार निर्माण अपुग रहेकोले सञ्चालन गर्न नसकिएको नगरपालिकाले दाबी गर्दै आएको छ । भवन कार्यालयका प्राविधिकहरुसँग एक चरणको बसपार्क सञ्चालनबारे छलफल भई सकेको जानकारी गराउदै पुरै पुर्वाधार ...