विकास पुर्वाधार

फोहोरमैला ब्यवस्थापनमा अनुकरणिय कार्य गर्दै गरेको वर्दघाट नगरपालिकामा अध्ययन र अवलोकन टोली आउन थाल्यो
विकास पुर्वाधार, समाचार, सुस्ता गाउँपालिका

फोहोरमैला ब्यवस्थापनमा अनुकरणिय कार्य गर्दै गरेको वर्दघाट नगरपालिकामा अध्ययन र अवलोकन टोली आउन थाल्यो

नवलपरासी,३ चैत्रफोहोर ब्यवस्थापनमा अभियान नै सञ्चालन गरि उदाहरणिय कार्यको अध्ययन गर्नका लागि अन्य जिल्ला र प्रदेशबाट अध्ययन अवलोकन भ्रमण गर्न आउने थालेका छन् । नगरपालिकाले फोहोर ब्यवस्थापनका लागि विभिन्न आयामहरु अपनाउदै अभिायन सञ्चालन गरेर अहिले पहिचान बनाउन थाले पछि त्यसबारे अध्ययनका लागि अन्य प्रदेश र जिल्ला तथा पालिकाबाट विभिन्न समुहहरु आउन थालेका हुन् ।फोहोर ब्यवस्थापनका लागि नगरपालिका मत्रै नभई बालबालिकासम्म अभियानको रुपमा सञ्चालन गरिए पछि नगर सभा स्वच्छ र फोहोर मोहरमा परिणत हुन थालेको वर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी गराए । उनका अनुसार शुक्रवार गण्डकी प्रदेशको कास्की जिल्ला वालिगँबाट फोहरमैला ब्यवस्थापन —असल अभ्यास अध्ययन अवलोकन टोली वर्दघाट नगरपालिकामा आएको थियो । वर्दघाट नगरपालिकाले फोहरमैलाको ब्यवस्थापनमा के कस्तो अभ्यास गर्दै गरेको जानकार...
प्रतापपुरको चोरनिया खोला पुल निर्माण शुरु
प्रतापपुर गाँउपालिका, विकास पुर्वाधार, समाचार

प्रतापपुरको चोरनिया खोला पुल निर्माण शुरु

नवलपरासी,३० फागुनविगत बर्ष देखी सानो पुल भत्किएर सास्तै झेल्दै आएका स्थानियबासीलाई जिल्लाको प्रतापपुर गाउपालिका ८ स्थित चोरनिया खोला पुल बन्ने भए पछि राहत पाउने भएका छन् । लुम्बिनी प्रदेश सरकार भौतिक पुर्वाधार विकास मन्त्रालय यातायात पुर्वाधार निर्देशनालयको सडक पुर्वाधार विकास कार्यालयले सो पुलको निर्माण गराउन थाले पछि स्थानियलाई राहत हुने भएको हो ।विगत चार बर्ष देखी सानो पुल रहेको उतm खोलाले बाढीमा बगाए पछि अहिले सडक पुर्वाधार विकास कार्यालयले पुल निर्माण गराउने कार्य थालेको सम्बन्धित वार्डका पुर्व वार्ड अध्यक्ष कादिर अलिले बताए । पुल बगाउदा स्थानियलाई बर्षायाममा सास्ती झेल्न परेको थियो,उनले भने,विद्यालय जाने बालबालिकालाई पनि समस्या भइ रहेको थियो । प्रतापपुर—सुस्ता गाउपालिका जोड्ने रेता सडकको मुख्य पुल भासिएर बर्षायाममा सो सडकमा आवत जावत नै अवरुद्ध हुने गरेको थियो । प्रतापपुर गाउपालिका ८ ...
जिल्ला समन्वय समिति नवलपरासीको प्रशासनिक भवनको शिलान्यास
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

जिल्ला समन्वय समिति नवलपरासीको प्रशासनिक भवनको शिलान्यास

नवलपरासी,२२ फागुनझण्डै आठ करोड लागतमा बन्ने जिल्ला समन्वय समिति(जिसस)को प्रशासनिकय कार्यालय भवनको शिलान्यास भएको छ । जिसस प्रमुख भगौती प्रसाद यादवले एक समारोह विच सो भवनको शिलान्यास गरेका हुन् ।कुल ७ करोड ९० लाख ६५ हजार ३ सय ८ रुपिया भ्याट बाहेकको रकममा आकृति पशुपति एभरेष्ट जे.भि. बुटवलले भवन निर्माणका लागि ठेक्का सम्झौता गरेको जिल्ला समन्वय अधिकार मान बहादुर खड्काले जानकारी गराएका थिए । रामग्राम नगरपालिका वार्ड नं.४ स्थित आफ्नै करिब ढाई विघा जग्गामा सो भवन निर्माण हुने छ । विगत जिल्ला प्रशासन कार्यालय परिसरमा रहदै आएको साविक जिविसको कार्यालयमा जिसस कार्यालय सञ्चालन हुदै आएको र अहिले जिल्ला प्रशासन कार्यालय समेत नयाँ भवन बन्ने भएको हुदा सो भवन भत्काउने कार्य भई रहेको छ । नयाँ बन्ने भवन पुरै जिल्ला प्रशासन कार्यालयको भवन हुने हुदा जिससले आफ्नो छुट्टै भवन बनाउन लागेको हो । ९ करोड ४२ लाख ५६ ह...
झण्डै १५ करोड लागतमा बन्ने प्रतापपुर गाउपालिका प्रशासनिक भवनको शिलान्यास
प्रतापपुर गाँउपालिका, विकास पुर्वाधार, समाचार

झण्डै १५ करोड लागतमा बन्ने प्रतापपुर गाउपालिका प्रशासनिक भवनको शिलान्यास

नवलपरासी,२१ फागुनलामो संघर्ष र प्रयत्न गर्दै जिल्लाको प्रतापपुर गाउपालिकाले आफ्नो प्रशासनियक भवन निर्माणका लागि शिलान्यास गरेको छ । भवन निर्माणमा स्थानिय केही पुर्व जनप्रतिनिधिहरुद्धारा अवरोध सृजना भए पनि त्यसलाई पन्छाउदै गाउपालिकाले आइतवार झण्डै १६ करोड लागतमा बन्ने उतm प्रशासनियक भवनका शिलान्यास गर्न सफल भएको हो ।एक औपचारिक कार्यक्रम बिच गाउपालिकाका अध्यक्ष उमेशचन्द यादवले भवनको शिलान्यास गरेको गाउपालिकाले जानकारी गराएको थियो । अघिल्लो कार्यकाल देखी नै प्रशासनिक भवन बनाउन नसक्दा दुई वटा भवन भाडामा लिई सञ्चालन हुदै आएकोले जति सक्दो चाडो आफ्नो प्रशासनिक भवन निर्माण गराउनमा लागि परेको र अहिले भवनको शिलान्यास गरि भवन निर्माण कार्यको शुभारम्भ गरेको गाउपालिका अध्यक्ष यादवले बताए । गाउपालिकाको भवन बनाउन पनि केही विरोधी तत्वका कारण संघर्ष गर्न परेको हो,उनले भने,जबकी यो प्रशासनिक भवन सबैको लागि ह...
रामग्राम नगरपालिकाले शुरु गर्यो झरही खोला कोेरिडोरको निर्माण
रामग्राम नगरपालिका, विकास पुर्वाधार, समाचार

रामग्राम नगरपालिकाले शुरु गर्यो झरही खोला कोेरिडोरको निर्माण

नवलपरासी,१३ फागुनजिल्लाको रामग्राम नगरपालिकाले नगरक्षेत्रबाट बग्ने झरही खोला किनारलाई ब्यवस्थित गर्न झरही करिडोर बनाउने लिएको लक्ष्य अनुसार कामको थालनी गरेको छ । झरही खोलाको सरसफाई,पानी बग्ने धारलाई च्यानालाईज र किनारमा सडक सहितको तटबन्धन निर्माण गर्दै कोरिडोर बनाउने कार्य शुरु भएको छ । झरही खोलासँगै जोडिएका महत्वपुर्ण ऐतिहासिक तथा पुरातात्विक धार्मिक स्थलहरु रहेको र खोला किनारमै धेरै आवश्यक पुर्वाधारहरु बनेको हुदा झरही कोरिडोरले ति सबै क्षेत्रलाई जोड्ने कार्य गर्नेछ । खोलाको पानी नियन्त्रण र ब्यवस्थापन गरि उपयोग गर्ने र खोला भित्र जम्मा भएका फोहोर,बालुवा,माटो,ढिस्को जस्ता पानी अवरोधक बस्तु निकाल्ने र सफा गर्ने कार्य यसै कोरिडोरसँगै हुने नगरपालिकाका इन्जिनियर सतिस गुप्ताले बताए । नदी सफा नहुदा चुरे पहाडबाट बगेर आउने पानी बस्ती तर्फ जाने खत्तरा पनि छ,उनले भने,जल प्रकोप नियन्त्रणमा पनि यह...
म्याद सकिएको चार बर्ष वित्न लाग्दा पनि पुरा भएन हुलाकी राजमार्गको स्तरोन्नती कार्य
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

म्याद सकिएको चार बर्ष वित्न लाग्दा पनि पुरा भएन हुलाकी राजमार्गको स्तरोन्नती कार्य

नवलपरासी, ९ फागुनजिल्लाको हुलाकी राजमार्ग अन्तरगत परासी — नारायणचोक— गोपिगंज खण्डमा ठेक्काको म्याद सकिएको चार बर्ष वित्दा पनि काम सम्पन्न हुन सकेको छैन् । सरकारले निर्माण कम्पनीलाई पटक पटक म्याद थप गर्दा पनि सडक निर्माण हुन नसकेको गुनासो स्थानियबासीले गरेका हुन् ।कुल १४ किलोमिटर सडक बनाउन सात बर्ष वित्न लाग्यो तर सडकको निर्माण कार्य अझै पुरा हुन नसकेको प्रति स्थानियले आक्रोस र निरासा ब्यतm गर्न थालेका छन् । हुलाकी राजमार्गको सो खण्डको मर्मतका लागि २०७३ फागुन १५ गते कन्चनजंघा,विरुवा शिवशतिm जेभिले सम्झौता गरेको थियो । २०७५ फागुन १४ गते भित्र सडक स्तरोन्नतीको कार्य सम्पन्न गर्ने पहिलो म्याद थियो । तर सो म्याद भित्र राजमार्गको कार्य सम्पन्न हुन नसके पछि सरकारले पटक पटक म्याद थप गर्दै आएको छ । कुल २५ करोड १९ लाख ५ सय ५० रुपिया भ्याट सहितको कबोल अंकमा निर्माण कम्पनीले सडक स्तरोन्तीको ठेक्का लिए...
नौ करोड पन्द्र लाखको लागतमा बन्दै वर्दघाटको खजुरा खोला पुल
बर्दघाट नगरपालिका, विकास पुर्वाधार, समाचार

नौ करोड पन्द्र लाखको लागतमा बन्दै वर्दघाटको खजुरा खोला पुल

नवलपरासी, ८ फागुनलामो समय देखी स्थानियले माग गर्दै आएको जिल्लाको खजुरा खोला पुल निर्माण हुने भएको छ । चुरेबाट बग्ने खजुरा खोलामा पुल नहुदा वर्दघाट सुस्ता जोड्ने वर्दघाट—बरुवा सडकमा पर्ने उतm खजुरा खोला पुल बन्ने जानकारी वर्दघाट नगरपालिकाका नगरप्रमुख (मेयर) सम्भुलाल श्रेष्ठले गराएका हुन् ।वर्दघाट नगरपालिकाको मासिक पत्रकार भेटघाट तथा अर्धबार्षिक समिक्षा कार्यक्रममा सम्बोधन गर्दै मेयर श्रेष्ठले पुल बन्ने कुराको जानकारी गराएका थिए । उनका अनुसार खजुरा खोला पुल निर्माणका लागि ९ करोड १५ लाख बजेट समेट विनियोजन भई सकेको छ । पुल निर्माणका लागि टेण्डर प्रकृया पनि पुरा भई सकेको छ । टेण्डर पार्ने ठेकेदारले पुल निर्माणको कार्ययोजना लिई सकेको समेत उनले जानकारी गराए । केही दिनमा टेण्डर परेको निर्माण कम्पनीका प्रतिनिधि नगरपालिकाको सम्पर्कमा आउने बताउदै मेयर श्रेष्ठले फागुन महिना भित्रै पुलको शिलान्यास हने ...
प्रतापपुर गाउपालिकामा ३१ करोड लागतको ३२ किलोमिटर चक्रपथ बन्ने
प्रतापपुर गाँउपालिका, विकास पुर्वाधार, समाचार

प्रतापपुर गाउपालिकामा ३१ करोड लागतको ३२ किलोमिटर चक्रपथ बन्ने

नवलपरासी,४ फागुनजिल्लाको प्रतापपुर गाउपालिकाले गाउपालिकाको सबै वार्ड जोड्ने गरि चक्रपथ(रिगँरोड)को विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनाउने कार्य शुरु गरेको छ । यत्रतत्र झरिएर रहेका गाउपालिकाका सबै वार्डमा सहज र सुलभ तरिकाले पुग्न सक्ने र सजिलो गरि यातायात र सञ्चारको पहुँच पुर्याउने उदेश्यले चक्रपथको निर्माण कार्यलाई निरन्तरता दिनका लागि गाउपालिकाले सो चक्रपथको डिपिआर बनाउन लागेको हो ।राज्यको पुर्नसंरचना अनुसार मुलुक संघिय लोकतान्त्रिक गणतन्त्रात्मक ब्यवस्थामा जाने क्रममा साविक प्रतापपुर,गुठीसुर्यपुरा,गुठिप्रसौनी,बैदौली,सोमनी,जमुनिया र ठूलो खैरेटवा गाविसलाई मिलाएर ९ वटा वार्ड कार्यगरि प्रतापपुर गाउपालिका बनेको छ । साविक ७ वटा गाविसका कार्यालयहरु वार्ड कार्यालय रहेको र थप दुई वटा वार्ड केही थपिएका छन् । ति सबै वार्डमा सहज ढंगले पुग्नका लागि चक्रपथको आवश्यकता महशुस गर्दै चक्रपथ निर्माण कार्य...
सुनवलको ज्यामिरे सडक चाडै मर्मत हुन्छ: नगरप्रमुख अर्याल
विकास पुर्वाधार, समाचार, सुनवल नगरपालिका

सुनवलको ज्यामिरे सडक चाडै मर्मत हुन्छ: नगरप्रमुख अर्याल

नवलपरासी, ३ फागुनस्थानिय स्तरमा रहेका उद्योगका कारण भत्किएको जिल्लाको सुनवल नगरपालिकाका वार्ड नं.७ र ८ जोड्ने ज्यामिरे—अस्नैया सडक सुनवल नगरपालिकाले निर्माण गर्ने भएको छ । सडक भत्किएर जिर्ण हुदा स्थानियले सास्ती ब्यहोर्न परेको जनाउदै उतm सडक चाडै मर्मत हुने नगरपालिकाकी नगरप्रमुख(मेयर) विमला अर्यालले बताईन् । उतm सडकमा स्थानिय स्तरमा स्थापना भएका लक्ष्मि स्टिल र सिमेन्ट उद्योगमा आउने कच्चा पदार्थ तथा समाग्रि अध्याधिक भार बोकेर आउने सवारीसाधनका कारण सो सडक जिर्ण अवस्थामा पुगेको जनगुनासो बढेको हुदा चाडै ति सडक बन्ने मेयर अर्यालले जानकारी गराएकी थिईन् । स्थानियको गुनासो जायज नै रहेको सुनवल नगरपालिकाकी मेयर अर्यालले बताउदै सो क्षेत्रमा उद्योगको मनपरी रहेको छ । त्यसबारे आफुले उद्योगका सञ्चालकसँग कुरा अगाडी बढाएको बताईन् । उद्योगले कि सडक बनाउनमा लगानी साझेदारी गर्न पर्छ,उनले भनिन,होईन...
प्रतापपुर गाउपालिकाद्धारा प्रशासनिक भवन निर्माण कार्यमा तिब्रता
प्रतापपुर गाँउपालिका, विकास पुर्वाधार, समाचार

प्रतापपुर गाउपालिकाद्धारा प्रशासनिक भवन निर्माण कार्यमा तिब्रता

नवलपरासी,२६ माघजिल्लाको प्रतापपुर गाउपालिकाले आफ्नो प्रशासनियक भवन बनाउने कार्यलाई तिब्रता दिएको छ । अघिल्लो कार्यकाल देखी नै प्रशासनिक भवन बनाउन नसक्दा दुई वटा भवन भाडामा लिई सञ्चालन हुदै आएकोले जति सक्दो चाडो आफ्नो प्रशासनिक भवन निर्माण गराउनमा लागिएको गाउपालिकाले जनाएको हो ।साविक प्रतापपुर गाविसलाई गाउपालिकाको सदरमुकाम तोकिएको र सो स्थान नजिकै भवन निर्माण गर्नु पर्ने नीतिगत बाध्यताका कारण विगत बर्षमा भवनको निर्माण हुन नसकेको थिएन् । जनप्रतिनिधिको दोश्रो कार्यकालमा नयाँ जनप्रतिनिधि आए पछि प्रशासनिक भवन जसरी पनि बनाउने लक्ष्य लिई काम गर्न थालेको हो । अहिले सरकारको तोकेको मापदण्ड र नीति अनुसार नै नजिकै रहेको प्रतापपुर स्वास्थ्य चौकी भवन क्षेत्रको जग्गामा भवनको निर्माण गर्ने गरि कार्य अगाडी बढाइएको गाउपालिका अध्यक्ष उमेश चन्द यादवले बताए । स्वास्थ्य चौकीको भवन जिर्ण भई सकेको थियो,उनले भने,अ...