विकास पुर्वाधार

भोगाधिकार बिना नै बुद्धशान्ति साझेदारी बनमा विद्युतको संरचना
विकास पुर्वाधार, समाचार, सुनवल नगरपालिका

भोगाधिकार बिना नै बुद्धशान्ति साझेदारी बनमा विद्युतको संरचना

नवलपरासी,२३ माघजिल्लाको सुनवल ७ ज्यामिरे चारपाला स्थित बुद्धशान्ति साझेदारी बन क्षेत्रका नेपाल विद्युत प्राधिकरणले भोगाधिकार नपाउदै काम थालेको प्रति स्थानियले विरोध जनाएका छन् । अन्य संघसस्थाले बन क्षेत्र भित्र कुनै स सानो कार्य गर्दा भोगाधिकार खोज्ने डिभिजन बन कार्यालयले भोगाधिकार नल्याउदै काम थालेको तर बन कर्मचारी मौन रहेको प्रति स्थानियले आक्रोस समेत पोखेका हुन् ।नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय लुम्बिनी प्रादेशिक कार्यालयले साझेदारी बन क्षेत्र भित्र १३२÷३३÷११ के.भी. सब स्टेसन बनाउने र बन क्षेत्र भित्रै विद्युत प्रशारण लाईन विस्तार कार्य अगाडी बढाएको स्थानिय रामभवन यादवले बताए । विद्युत कर्मचारी र बनका कर्मचारीको मिलोमतोमा काम भई रहेको उनले आरोप समेत लगाए । गाँउका सर्वसाधारणले अ आफ्नो नम्बरी अवादीको रुख र हाँगा काट्दा पनि मुद्दा लगाउने बन कर्मचारी किन यसमा आँखा ...
धनेवा खोलाको कारण हुने डुबान नियन्त्रण कार्यमा सरावल गाउपालिकाले अग्रसरता लिदै
विकास पुर्वाधार, समाचार, सरावल गाउँपालिका

धनेवा खोलाको कारण हुने डुबान नियन्त्रण कार्यमा सरावल गाउपालिकाले अग्रसरता लिदै

नवलपरासी,१६ माघजिल्ला स्थित धनेवा खोलाको साईफन भत्किएर भए पनि मर्मत सम्भारका लागि तत्कालिन सरकारले काम नगरे पछि अहिले गाउपालिका आफै मर्मतमा अग्रसरता देखाएको छ । साईफल मर्मतका लागि सरकारले चाँसो देखाउदा विगत तिन दशक देखी जिल्लाको सरावल गाउपलिका स्थित डुबानको जोखिममा रहेका स्थानिय बासिन्दाको समस्या हल गर्नका लागि गाउपालिकाले अग्रसरता लिएको हो ।गण्डक सम्झौता पश्चात धनेवा खोलाको दुई किनारमा भारतिय पक्षले बाँध निर्माण गरेको थियो । बाँध अन्तरगत विभिन्न स्थानमा बाहिरबाट बगेर जाने कुलोका पानीको निकासका लागि साईफन पनि निर्माण भएको थियो । साईफन दुई तिन बर्षमै भत्कियो,गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीले भने,त्यही बेला देखी तत्कालिन भुजहवा,रामपुर खडौना,बडहरादुबौलिया,रमपुरवा गाविसको शंकरपुर गाँउ डुबान पर्दै आएको छ । हाल शंकरपुर गाउ पाल्हिनन्दन गाउपालिका अन्तरगत पर्छ । बाकी भुजहवा,रामपुरखडौना...
सडक पुर्वाधार विकास कार्यालयद्धारा ठेकेदारलाई ७ दिने अल्टिमेटम
विकास पुर्वाधार, समाचार, सरावल गाउँपालिका

सडक पुर्वाधार विकास कार्यालयद्धारा ठेकेदारलाई ७ दिने अल्टिमेटम

नवलपरासी,१३ माघसडक पुर्वाधार विकास कार्यालय रुपन्देहीले विभिन्न ठेकेदार तथा निर्माण कम्पनीलाई चेतावनी सहित काम शुरु गर्न सार्वजनिक सुचना जारी गरेको छ । जिल्ला स्थित विभिन्न स्थानका पुर्वाधान निर्माण कार्यको ठेक्का लिएका निर्माण कम्पनीले काम नगरिदिदा अलपत्र परेको आयोजनाहरुको काम तत्काल काम सम्पन्न गर्नका लागि सार्वजनिक सुचना प्रकाशित गरि चेतावनी दिइएको हो ।लुम्बिनी प्रदेश सरकार भौतिक पुर्वाधार विकास मन्त्रालय यातायात पुर्वाधार निर्देशनालय अन्तरगतको सडक पुर्वाधार विकास कार्यालयबाट नवलपरासी र रुपन्देहीमा ठेक्का लिएको तर बर्षाैसम्म काम नगर्दा आयोजना निर्माण हुन सकेको छैन । बेलामा अयोजना निर्माण सम्पन्न नहुदा स्थानिय जनताले सास्ती ब्यहोर्न परेको हुदा कार्यालयले ठेकेदारलाई काम गर्नका लागि कडाई गर्न थालेको छ । आयोजना सम्पन्न नभए पछि स्थानिय जनताले दैनिक जसो कार्यालयका प्राविधिक तथा कार्यालयमा फोन...
परासीमा निर्माणाधिन बसपार्क छिट्टै सञ्चालनमा आउने
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

परासीमा निर्माणाधिन बसपार्क छिट्टै सञ्चालनमा आउने

नवलपरासी,२ माघजिल्लाको सदरमुकाम परासी स्थित निर्माणधिन बसपार्क छिट्टै सञ्चालनमा आउने सरोकारवाला निकायले जनाएका छन् । विगत चार बर्ष देखि निर्माणाधिन अवस्थामा रहेको बसपार्क निर्माण कार्य अन्तिम चरणको काम सकिना साथ सञ्चालनमा आउने भएको हो ।रामग्राम नगरपालिका वार्ड नं.४ केरवानी स्थित झरहीखोला किनारमा निर्माण भई रहेको बसपार्कको निर्माण कार्य अन्तिम चरणमा पुगेको निर्माण कम्पनीका प्रतिनिधि उमेश जैसवाल (गुप्ता)ले जानकारी गराए । बसपार्कको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ,उनले भने, एक महिना भित्रै बसपार्कको सबै काम सम्पन्न गरि हस्तानान्तरण गरिने छ । उनका अनुसार सपार्कमा बस राख्ने स्थान,कार्यालय भवन,सौचालय,कम्पाउण्ड,उद्धान,प्रवेशद्धार,शुरक्षा गार्ड कक्ष लगायतका पुर्वाधार बनिसकेको छ । सबै पुर्वाधारहरुको रंगरोदन समेत भई सकेको हुदा केही दिनमै बसपार्कका सबै काम पुरा हुने उनको भनाई थियो । निर्माण कम्पनी...
तत्कालिन जिविसले बनाएको आधा दर्जन सडक जिर्ण
विकास पुर्वाधार, समाचार, सरावल गाउँपालिका

तत्कालिन जिविसले बनाएको आधा दर्जन सडक जिर्ण

नवलपरासी,२७ पुसजिल्लाको भन्सारनाका देखी पुर्वपश्चिम राजमार्ग जोड्ने महेशपुर—भुतहा सडकको विगत विगत ७ बर्ष देखी मर्मत सम्भार नहुदा जिर्ण भएर समस्या देखिन थालेका छ । संघिय ब्यवस्था पुर्व नै तत्कालिन जिविस मार्फत सो सडक ओटासिल बनाइएको तर पछिल्लो समय सो सडकको मर्मत सम्भार गर्ने दायित्व कुन तहको सरकारसँग हुने अन्यौलताले सडक जिर्ण हुदै गएको हो ।संघियताले जनता नजिक सरकारलाई पुर्यायो,दोश्रो पटक निर्वाचन समेत भई संघियता अभ्यासमा पनि छ । संघियतामा जादा विगतका संरचना मार्फत काम हुदै गरेका निकाय खारेज भए । तर ति निकायले गर्दै आएका कार्यको कार्यभार कुन निकायमा सरेर जाने अन्यौलताले यस्तो समस्या निम्त्याएको तत्कालिन जिविस महासंघका केन्द्रिय सदस्य राजेन्द्र अग्रहरीले बताए । केन्द्रिय शासन प्रणाली अन्तरगत केन्द्र पनि ७५ वटा जिल्लामा जिल्ला विकास समिति(जिविस)मातहतमा रहने गरि नगरपालिका र गाउ विकास समिति(गाविस...
सुस्ता बचाउ अभियानका सहादत प्राप्त सुस्ताबासीको सम्झनामा सुस्तामा बन्दै ‘सुस्ता सहिद पार्क
विकास पुर्वाधार, समाचार, सुस्ता गाउँपालिका

सुस्ता बचाउ अभियानका सहादत प्राप्त सुस्ताबासीको सम्झनामा सुस्तामा बन्दै ‘सुस्ता सहिद पार्क

नवलपरासी,२५ पुसपटक पटक भारतिय पक्षको अतिक्रमणको चपेटामा पर्ने गरेको नेपाली सुस्ता भुमिमा सुस्ता शहिद पार्क बन्ने भएको छ । सुस्ता गाउपालिका वार्ड नं.५ स्थित नारायणी नदी पारी रहेको सुस्ता भुमिमा केन्द्रिय कार्यक्रम अनुसार नै शहरी तथा भवन कार्यालय मार्फत सो शहिद पार्क बन्न लागेको हो ।करिब पाँच करोडको लागतमा सुस्तामा शहिद पार्क बन्न लागेको सुस्ता गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले जानकारी गराए । त्यसका लागि सुस्ता स्थित प्रहरी कार्यालय परिसर भित्रकै जग्गा प्रयोग गरिने छ,उनले भने,त्यसको लगानी केन्द्रिय स्तरकै हो । गाउपालिकाले सहजीकरण मात्र गर्दै आएको छ । सुस्ता भुमि बचाउनका लागि बेला बेलामा स्थानियले आन्दोलन गर्दा दर्जन ब्यतिmले ज्यान गुमाई सकेका छन् । एक जनाको काठमाडौँमै आन्दोलन गर्दा ज्यान गएको थियो, सोही क्षेत्रका लुम्बिनी प्रदेश साँसद तथा संविधानसभा सदस्य समेत रहेका दे...
सुनवलको सडक नाला निर्माणमा अनियमितता भईरहेको स्थानियबासीको आरोप
विकास पुर्वाधार, समाचार, सुनवल नगरपालिका

सुनवलको सडक नाला निर्माणमा अनियमितता भईरहेको स्थानियबासीको आरोप

नवलपरासी,२३ पुसजिल्लाको सुनवल नगरपालिका वार्ड नं.९ काशीपुर स्थित सडकको नाला निर्माणमा कम गुणस्तरको इट प्रयोग गरि अनियमितता भई रहेको स्थानियले आरोप लगाएका छन् । नाला निर्माण गर्दा दोयम इटको प्रयोग गरि अनियमितता भईरहेको स्थानियले आरोप लगाएका हुन् ।सम्बन्धित प्राविधिकहरुले बेला बेलामा निर्माण कार्य नहेरिदिदा अनियमितता भएको स्थानिय अमर बहादुर थारुले बताए । बेला बेला प्राविधिकहरुले हेरिदिएको भए ठेकेदारले बदमासी गर्दैन्थ्यो,उनले भने,तर ठेक्का दिए पछि सबै काम ठेकेदारलाई नै सुम्पिए पछि ठेकेदारले कमसल समाग्रिको प्रयोग गरि धेरै नाफा कमाउने सोच बनाउछन् नै,तर सरकारी निकायमा बसेका ठेकेदारले नियमित अनुगमन गर्नु पर्ने हो,त्यो काम नहुदा यस्तो अनियमितता बढको बताए । उनले शुरुको नालामा दोयम इट प्रयोग भएको देखाउदै भने,गाँउलेले हल्ला गरे पछि अहिले इटामा केही सुधार गरेको छ । ढुगाँले पर्खाल नालाको पर्खाल बनाउन थ...
गण्डक नहरको मुहानमा ३५ करोड लागतको बालुवा छान्ने पोखरी बन्दै
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

गण्डक नहरको मुहानमा ३५ करोड लागतको बालुवा छान्ने पोखरी बन्दै

नवलपरासी,२० पुसनेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीमा निरन्तर बालुवा जम्ने(सिल्टेसन)को समस्या समाधान गर्ने गरि बालुवा छान्ने पोखरी (डि—सेल्टिगँ बेसिन) बन्ने कार्य शुरु भएको छ । सिचाई ब्यवस्थापन कार्यालयले सो कार्यका लागि ठेक्का गर्नका लागि टेण्डर गरेको र टेण्डर स्वीकृत भई ठेकेदारले काम समेत शुरु गरे पछि नहरमा बालुवा जम्ने समस्या हल हुने भएको हो ।सिचाई ब्यवस्थापन कार्यालयका प्रमुख रनधिर शाहको निरन्तरको पहलले बालुवा जम्ने समस्या हल गर्नका लागि सिचाई विभाग तयार भए पछि अहिले सो कार्य सम्भव भएको ब्यवस्थापन कार्यालयले जनाएको हो । नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली ब्यवस्थापन कार्यालयको प्रमुखमा शाह हाजिर भए देखी केही न केही नौलो कार्य गर्दै आएका छन् । आउने बर्ष नै विगत ४० बर्षको परम्परा तोड्दै भारतिय नहर भन्दा नेपाली नहरमा एक महिना पहिला पानी प्रवाह गर्न लगाएका थिए ।दोश्रो बर्ष गण्डक परियोजन...