कृषि

लुम्बिनी प्रदेश सरकारका बन मन्त्रीले संघिय सरकारका कृषि मन्त्रीको गराए ध्यानाकर्षण
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

लुम्बिनी प्रदेश सरकारका बन मन्त्रीले संघिय सरकारका कृषि मन्त्रीको गराए ध्यानाकर्षण

नवलपरासी,२९ असोजलुम्बिनी प्रदेश सरकारका बन तथा वातावरण मन्त्री देवकरण कलवारले संघिय सरकारका कृषि तथा पशुपँक्षि विकास मन्त्री डा.मदन प्रसाद परियारलाई उखुको मुुल्य निर्धारणसँगै उखुमा उखु किसानले पाउने अदुदान रकम उपलब्ध गराउन माग गरेका छन् । संघिय राजधानी काठमाडौ नै जिल्लाका किसान सहित पुगेका बन मन्त्री कलवारलाई कृषि तथा पशुपंक्षि विकास मन्त्री डा.परियारलाई लिखित रुपमै माग गरेका हुनु । जिल्लाका किसानसँग गए पनि उखु किसानको समस्या देश भरिकै किसानको भएको हुदा त्यसबारे ध्यानाकर्षण गराएको बन मन्त्री कलवारले बताएका थिए । उनले कृषि क्षेत्रको प्रमुख नगदेबाली उखुसँगै केरा किसानका समस्या र धानको मुल्य निर्धारणबारे पनि ध्यानाकर्षण गराएका थिए । कृषिमा आत्मनिर्भर बनाउने सरकारी नारालाई सकार बनाउन ब्यवहारमा लागु नगरेसम्म ति नारा नारामै सिमित हुने हुदा कृषि र कृषक प्रति गम्भिर भएर समस्या समाधानका लागि...
काठ विक्रिमा जटिलताले हरियो बन नेपालको धन बन्दै ‘हरियो बन धमिराको धन’
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

काठ विक्रिमा जटिलताले हरियो बन नेपालको धन बन्दै ‘हरियो बन धमिराको धन’

नवलपरासी,२८ असोजहरियो बन नेपालको धन भन्ने विगतका नारालाई अहिले समय सापेक्ष हुन नसक्दा बन क्षेत्रबाट गरिने हुने आयमा चुनौती थपिदै गएको छ । स्वार्थले प्रेरित नेपालको काठ र काष्टजन्य बस्तुको आयात बढाउने र नेपालको बनमा उत्पादन हुने बन पैदावार नीतिगत समस्याको उल्झनमा पारेर समस्याग्रस्त बनाउदा हरियो बन धमिराको धन बन्न थालेको हो ।बन पैदावार आपुर्तिको सहज ब्यवस्थाप नभएको र अहिले बनपैदावारको वैकल्पिक ब्यवस्था बन्दै जानुका साथै नेपालका बनपैदावार आपुर्ति ब्यवस्थालाई जटिल बनाउने र विदेशबाट काठ आयात गरेर कमिसन खाने पद्यतीले जिल्लामा उत्पादित काठ विक्रि हुन नसकेको गुनासो बन कर्मचारी,सामुदायिक बन समुहका पदाधिारी तथा साझेदारी बन समुहका सदस्यहरुले स्वीकारेका छन् । काठ दाउरा विक्रि हुन नसक्दा कहिने अवस्थामा छन्,जिल्ला स्थित बुद्ध शान्ति साझेदारी समुहका अध्यक्ष विरेन्द्र चौधरीले भने,बन भित्र कार्ययोजना अनुसा...
भुमिमा बढ्दो अम्लिय र क्षारिय अवस्थाले कृषिमा चुनौती थपिदै
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

भुमिमा बढ्दो अम्लिय र क्षारिय अवस्थाले कृषिमा चुनौती थपिदै

नवलपरासी,२७ असोजनवलपरासीमा कृषि र कृषकका विभिन्न समस्यामा अहिले कृषिको प्रमुख आधार माटोमै समस्या विकराल बन्दै गएको जिल्ला स्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । माटोमा बढदो अमलिय र छारिय समस्याले कृषिमा थप चुनौती देखिन थालेको केन्द्रले जनाएको हो ।जिल्लामा कृषिका लागि छुट्टिने बजेट बर्षेनी घट्दै जाने र समस्या थपिदै गएको अवस्था ज्ञान केन्द्रका कृषि अधिकृत नवराज घिमिरेले जानकारी गराए । उनका अनुसार गत आ.ब.२०८१।०८२ मा विभिन्न स्थानमा माटो परिक्षण शिविर आयोजना गरि माटोको परिक्षण गर्दा कृषि उब्जाउ गर्न सकिने २ प्रतिसत मात्र माटो समान्य अवस्थाको भेटियो । बाकी ५७ प्रतिसत नमुनामा क्षारिय अवस्था बढदै गएको देखिएको छ, उनले भने, बाकी ४०.३३ प्रतिसतमा अम्लिय समस्या छ ।उनका अनुसार कुल ३ सय वटा नमुना संकलन गरि माटोको परिक्षण गर्दा १ सय ७३ वटा (५७.६६) प्रतिसत नमुनामा क्षारिय अवस्था भेटिएको थियो । त्यसै गरि १ ...
कृषि ज्ञान केन्द्रको पहलले थपियो नवलरासीमा युरिया मलको कोटा
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

कृषि ज्ञान केन्द्रको पहलले थपियो नवलरासीमा युरिया मलको कोटा

नवलपरासी,२४ असोजजिल्लामा मलखाद्यको कोटा वृद्धिका लागि निरन्तर पहल गर्दै आएको कृषि ज्ञान केन्द्र नवलपरासीले जिल्लाका लागि मलखाद्यको कोटा थपिएको बताएको छ । ज्ञान केन्द्रले विभिन्न आधारहरु तयार गरि तर्कसँगत रुपमा आफ्नो प्रस्तुति गरे पश्चात लुम्बिनी प्रदेशबाट मलखाद्यको कोटा वृद्धि गरिएको ज्ञान केन्द्रले जनाएको हो ।विगतमा तोकिएको युरिया मलको कोटामा थप हुने गरि नवलपरासीका लागि ८३ मेट्रिक टन युरिया मल थपिएको ज्ञान केन्द्रका प्रमुख डा.रविन्द्रनाथ चौबेले जानकारी गराए । बर्षेबाली धान खेतीमा युरिया मलको अभाव देखिएको थियो,उनले भने,त्यही बेला ज्ञान केन्द्रले पनि जिल्लाका लागि युरिया मलको कोटा वृद्धिका लागि निरन्तर पहल गरिरहेको थियो । अहिले ८३ मे.ट.मल थपिएर आएको छ । ति मललाई जिल्लाका ७ पालिकामा कोटा वितरण गरिएको छ । उनका अनुसार थपिएका ८३ मे.ट.मध्ये वर्दघाट नपालाई १२.२ मे.ट.,रामग्राम नपालाई १६.६ मे.ट,सुन...
कुखुरा तस्करी नियन्त्रणमा सक्रिय जेनजी युवा समुह
अर्थ, कृषि, नवलपरासी (ब.सु.प.), समाचार

कुखुरा तस्करी नियन्त्रणमा सक्रिय जेनजी युवा समुह

नवलपरासी,२२ असोजजिल्लामा चोरी तस्करी बढदै गए पछि अहिले गाँउ गाँउमा जेन जि समुहका युवाहरु चोरी तस्करी नियन्त्रणमा लागेका छन् । पटक पटक चेतावनी दिदा पनि तस्करी गर्नेहरु नमाने पछि बुधवार रामग्राम १ सण्डाका जेनजी युवाहरु समुहले कुखुरा नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका हुन् ।सिमावर्ती भारतिय बजारबाट चोरी तस्करी गरि ल्याउदै गरेको अवस्थामा रामग्राम १ सहुवाटिकर र सण्डा गाँउको विचमा कुखुरा तस्करहरुलाई नियन्त्रणमा लिएका थिए । मोटरसाईकलमा लोड गरि सिमावर्ति भारतिय बजारबाट खुलेयाम कुखुराको चोरी पैठारी भई रहेको छ,तर प्रहरी मुक दर्शक भएर हेर्ने हुदा प्रहरीको समेत संलग्नता हुने आरोप स्थानियले लगाउदै आएका छन् । तिन वटा मोटरसाईकलमा सदरमुकाम परासीको सहुवाटिकर गाँउ हुदै कुखुरा लिएर जादै गरेको अवस्थामा स्थानिय युवाहरुले रोक्न खोजे पछि मोटरसाईकलमा राखिएका केही कुखुरा फालेर र केही लिएरै भागेको स्थानिय युवाहरुले ...
मिटरब्याजसँग सम्बन्धित जग्गाको घरगोठ सिफारिस गर्दा पिडितसँग छलफल गराउनु पर्ने माग
अर्थ, कृषि, समाचार, सरावल गाउँपालिका

मिटरब्याजसँग सम्बन्धित जग्गाको घरगोठ सिफारिस गर्दा पिडितसँग छलफल गराउनु पर्ने माग

नवलपरासी,२१ असोजचर्को ब्याज असुली गर्ने(मिटरब्याजी) साँहुको विरुद्धमा संघर्ष गर्दै आएका पिडितहरुले आफ्ना विभिन्न माग राखेर स्थानिय सरकारका प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपाल नवलपरासीले स्थानिय सरकारका प्रमुखलाई किसानको जग्गाको लिलामी प्रकृयाका लागि घरगोठ सिफारिस गर्दा एक पटक सम्बन्धित किसानसँग छलफल गराएर मात्र गर्नु पर्ने माग राखेका हुन् ।ऋण दिदा दिएको रकम भन्दा बढिको रकम उल्लेख गरि कागजातमा सहि छाप गराएका मिटरब्याजी साँहुले अहिले उतm जग्गा लिलाम विक्रि गर्दा किसान भुमिहिन बन्ने अवस्थामा पुगेका छन् । न्यायका लागि एक पटक स्थानिय तहबाट घरगोठ सफिारिस गर्दा मिटरब्याजसँग जोडिएका जग्गाको धनिसँग छलफल गराई मात्र दिनु हुन उनीहरुले अनुरोध गरेका थिए । मिटरब्याज विरुद्धको किसान मजुदर आन्दोलन नेपाल नवलपरासीका अध्यक्ष कुल बहादुर थापा सहितको टोलीले साँहुह...
भारतीय केरा भित्रिदा नवलपरासीका केरा किसानले १ अर्ब ३५ करोड नोक्सानी ब्यहोर्दै
अर्थ, कृषि, नवलपरासी (ब.सु.प.), समाचार

भारतीय केरा भित्रिदा नवलपरासीका केरा किसानले १ अर्ब ३५ करोड नोक्सानी ब्यहोर्दै

नवलपरासी,९ असोजजिल्लाका केरा किसानले एक माथी एक क्षति ब्यहोर्नु पर्ने समस्या देखिएका छन् । विगतमा केराको बेर्ना तयार गर्नका लागि टिस्यु कल्चर गर्ने सस्थाहरु नहुदा समस्या झेल्दै आएका केरा किसानलाई अहिले केरा विक्रिको समस्या देखिएका समस्याले एक अर्ब बढिको क्षति ब्यहोर्नु पर्ने अवस्था आएको केरा किसानले बताएका हुन् ।नेपालले भारतबाट केरा आयातमा लगाएको भन्सार कर घटाउदा भारतबाट सस्तोमा केरा नेपाल भित्रिन थाले पछि नेपाली किसानले केराको मुल्य नपाउने समस्या देखिन थालेको किसानहरुले गुनासो गरेका हुन् । गत आर्थिक बर्ष २०८१।०८२ मा भारतबाट केरा आयात गर्दा २४ प्रतिसत शुल्क लाग्ने गरेको थियो,यो आर्थिक बर्षमा तत्कालिन सरकारले नै सो भन्सार शुल्क १३ दशमलव ५ प्रतिसतमा झारे पछि केराको आयातमा वृद्धि भएको केरा उत्पादक संघका अध्यक्ष लख्खु यादवले बताए । बेलामा बेर्नामा अवरोध भयो,अहिले भन्सार छुट दिइएर नेपाल सरकारले...
मालपोत कार्यालयले वेवास्ता गर्दा किसानले जग्गाधनी पुर्जा पाएनन
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

मालपोत कार्यालयले वेवास्ता गर्दा किसानले जग्गाधनी पुर्जा पाएनन

नवलपरासी,२४ भदौजिल्ला स्थित मालपोत कार्यालयले अब्यवस्थित रुपमा रहेको छुट जग्गा तथा उखडा जग्गा दर्ताका लागि आवेदन माग गरेको बष भन्र्दा वितिसक्दा पनि जग्गा प्रमाणपत्र पुर्जा पाउन सकेका छैनन् । मालपोत कार्यालयका प्रमुख सहित कर्मचारीले वेवास्ता गर्दा गत बर्ष देखी आवेदन दिएको भए पनि एक जनाले अहिलेसम्म पुर्जा पाउन नसकेका हुन् ।मालपोत कार्यालयले नै मन्त्रालयले छुटकित्ता जग्गा दर्ताका लागि आवेदन माग गर्न २०८१ फागुन ८ गते देखी आवेदन दिन सुचना जारी गरेको थियो । सोही सुचनाका आधारमा किसानले जोतभोग गर्दै आएको तर जग्गाधनी प्रमाणपुर्जा नपाएकाले जग्गाधनी प्रमाणपुजाका लागि २०८१ भदौ ११ गतेसम्म आवेदन दिएको तथ्याँकले देखाएको छ । आवेदन दिईने म्याद २०८२ साल बैशाखसम्म म्याद थियो,तर तर भदौ देखी नै त्यसका लागि आवेदन लिने कार्य नै मालपोतले रोकेको किसानले बताएका छन् । अवेदन दिएका किसानको पनि आवेदनबारे आवश्यक कार्याव...
नेपालको कृषि ः नीतिमा वृद्धि ,बजेटमा कटौती
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

नेपालको कृषि ः नीतिमा वृद्धि ,बजेटमा कटौती

नवलपरासी,१७ भदौजिल्ला कृषि ज्ञान केन्द्र नवलपरासीको बजेट नै बर्षेनी घट्दै आउदा कृषकलाई आवश्यक सेवा प्रवाह गर्नमा समस्या हुदै गएको छ । जिल्लाको बर्षेनी कृषि बजेट कटौतीले सेवालाई प्रभावकारी बनाउन नसकिएको ज्ञान केन्द्रका प्राविधिकहरुले बताएका हुन् ।राष्ट्रिय बजेटमा वृद्धि हुदै बजेट भाषण भए पनि जिल्ला स्थित कृषि ज्ञान केन्द्रको बजेट ओरालो लाग्दै आएको तथ्याँकले देखाएको छ । कृषि ज्ञान केन्द्रबाट बजेट बनाएर पठाउन माग गर्ने तर ज्ञान केन्द्रले बर्र्षेनी बजेट कार्यक्रम थप गरेर माग गर्दै आएका पनि स्थापनाकाल देखी बर्षेनी बजेट कटौती हुदै आएको ज्ञान केन्द्रका प्रमुख डा.राविन्द्र नाथ चौबेले बताए । बजेटभाषणमा कृषिको बजेट बढाइएको भाषण सुनेर उत्साही भएर ज्ञान केन्द्रमा आउछन्, उनले बजेट तथ्याँक नै देखाउदै भने, तर ज्ञान केन्द्रमा आउने बजेट सुनेर निरास भएर फर्कने गरेका छन् । प्रदेश सरकार अन्तरगत रहेको कृषि बजे...
गडयौला मलमा सम्भावना खोज्दै सुनवलका हरि भण्डारी
अर्थ, कृषि, समाचार, सुनवल नगरपालिका

गडयौला मलमा सम्भावना खोज्दै सुनवलका हरि भण्डारी

नवलपरासी,१२ भदौजिल्लाको सुनवल १२ बडेरा स्थित हरि भण्डारी जैविक मल(गडयौला मल) बनाउने कार्यमा जमेका छन् ।गडयौला मलमा सम्भावना छ, सोही मलमै भविष्य देख्दै उनि अहिले गडयौला मल बनाउने कार्यमा जुटेको जनाएका हुन् ।शुरुमा थलिएको कृषि फर्म अहिले गडयौला मलको फर्ममा परिणत गर्दै भण्डारी अहिले गडयौला मलको क्षेत्र विस्तार गर्ने सोच बनाएको सुनाए । थोरै मल बनाउदा बाहिरसम्म निर्यात गर्न सकिएन,उनले भने,केही पनि पलको अर्डर गर्दा एक गाडी चाहियो भन्ने भन्छन्, जुन तत्कालै बनाएर आपुर्ति गर्ने अवस्था हुदैन् । यदि तुरन्तै आपुर्ति गरियो भन्ने पक्कै त्यो गडयौला मल हुदैन ् । गडयौला मल बन्नका लागि कम्तीमा तिन देखी चार महिना लाग्छ नै,उनले आफ्नो अनुभव सुनाउदै भने, थोरै मात्रामा उत्पादन गर्दा विक्री गर्ने समस्या देखियो । त्यो भएर अहिले यसको क्षेत्रफल बढाउन तर्फ लागेको सुनाए । गाँउबाट गोबर संकलन गरिन्छ,त्यसमा गडयौला...