कृषि

भारतिय केरा भित्रिदा नेपाली केरा किसानलाई मर्का
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

भारतिय केरा भित्रिदा नेपाली केरा किसानलाई मर्का

नवलपरासी,८ भदौजिल्लामा केराको बेर्ना तयार गर्नका लागि टिस्यु कल्चर गर्ने सस्थाहरु नहुदा समस्या झेल्दै आएका केरा किसानलाई अहिले केरा विक्रिको समस्या देखिन थालेको छ । भारतबाट सस्तोमा केरा नेपाल भित्रिन थाले पछि नेपाली किसानले केराको मुल्य नपाउने समस्या आइ परेको केरा किसानले जनाएका हुन् ।सरकारले नेपाली केरा किसानलाई पहिला तँ आवश्यक मलखाद्य,उन्नत विउँबिजन दिन सक्न्दैन्,त्यसमा पनि विभिन्न प्रकारको संघर्ष गर्दै नेपाली केरा किसानले केरा उत्पादन गर्छन् । विक्रिको बेला भारतिय केरा भित्रयाउन छुट दिदा नेपाली किसान मर्कामा पर्ने केरा उत्पादक संघ नवलपरासीका अध्यक्ष लख्खु यादवले बताए । विना क्वारेन्टाइन जाँच भारतिय केरा वित्रिने गरेका छन्,उनले भने, ठूलो मात्रामा अनुदान पाएर उत्पादन गरेका भारतिय किसानसँग नेपाली किसानले प्रतिस्पार्धा गर्नु फलामको चिउरा हो । त्यो भएर पहिला नेपाली किसानको केरा विक्रि गर्न प...
नवलपरासीमा २ हजार हेक्टर खेतीयोग्य जग्गा बाँझो
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

नवलपरासीमा २ हजार हेक्टर खेतीयोग्य जग्गा बाँझो

नवलपरासी,७ भदौपहाडमा बसाई सरेर खेतबारी बाझो हुन थालेको चर्चा चलिरहदा नवलपरासी जिल्लामा पनि अहिले दुई हजार भन्दा बढि खेती बाँझो देखिएको तथ्याँकले देखाएको छ । पहाडमा मात्रै खेतीयोग्य जग्गा बाँझो पर्ने गरिएको मात्रै नभई तराईका जिल्लामा पनि बाँझो जग्गा देखिनु कृषि प्रति स्थायिन युवालाई प्रोत्साहन नगरिएको अवस्था तथ्याँकले देखाएको हो ।जिल्ला समन्वय समितिले मलखाँदको कोटा वृद्धि गर्नका लागि लुम्बिनी प्रदेश सरकारमा पेश गरेको खेती तथा जग्गाको तथ्याँक विवरण अनुसार जिल्ला भित्र अहिले ३९ हजार ४ सय ७ हेक्टर खेतीयोग्य जमिन रहेको छ । तर खेती गरिएको जमिन ३७ हजार १ सय २२ हेक्टर देखाइएको छ । यसरी कुल खेती नभएर बाँझो अवस्थामा २ हजार २ सय ८५ हेक्टर जमिनमा खेती नगरिएको अवस्थाले बाँझो नै हुने कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि पेशा प्रति स्थानिय युवाको नैराश्यता,खेतीमा सरकारको कम लगानी,सिचाई,मलखाद्य,उन्नत विउँ...
जैविक मलखाद्यमा भ्रमित किसान ठगिदै ःमोटो रकम कमाउदै जैविक मल उद्योग र विक्रेता
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

जैविक मलखाद्यमा भ्रमित किसान ठगिदै ःमोटो रकम कमाउदै जैविक मल उद्योग र विक्रेता

नवलपरासी,६भदौमलखाद्यको अभाव सृजना भईरहेको मौका छोप्दै केही कम्पनीहरुले किसानलाई भ्रमित गर्दै जैविक मलको नाँउमा कमसल बस्तु विक्रि गर्न थालेको आरोप लाग्न थालेको छ । एका तिर जैविक मल भन्ने आर्को तिर भ्रमित गर्दै (डिएपी) नाम दिएर कमसल मल खुलेयाम विक्रि भई रहेको आरोप सरोकारवालाले गरेका हुन् ।जिल्लामा अहिले जैविक डिएपी बोरामा उल्लेख गरि विक्रि वितरण भई रहेका छन,भने केही डबल एक्सन पावर को सर्टनेम(संक्षिप्त) नाम डिएपी भनेर बोराहरुमा उल्लेख भएको कृषि ज्ञान केन्द्र नवलपरासीले जनाएको छ । यस्तो उल्लेख गर्नु किसानलाई भ्रममा पार्नु हो,ज्ञान केन्द्रका प्रमुख डा.रविन्द्रनाथ चौबेले भने,सम्बन्धित मल बिक्रेता,सप्लायर्स र कृषि मन्त्रालय तथा निर्देशनालय मार्फत सम्बन्धित उद्योगलाई पनि जानकारी गराइ सकिएको छ । उनका अनुसार पहिला देखी किसानले कण्ठस्थ गरेको डिएपी मल अर्थात डार्ई एमोनियम फस्फेट नै बुझेर ति मलहरु लगेर...
नयाँ कार्यविधि अनुसार मल वितरण गर्न गराउन प्रदेश साँसदले गराए ध्यानाकर्षण
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

नयाँ कार्यविधि अनुसार मल वितरण गर्न गराउन प्रदेश साँसदले गराए ध्यानाकर्षण

नवलपरासी,३०साउनलुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य(प्रदेश साँसद) बैजनाथ कलवारले जिल्ला समन्वय समिति(जिसस) प्रमुख र जिल्ला स्थित कृषि समाग्रि कम्पनीको प्रमुखलाई भेटेर नयाँ कार्यविधि अनुसार काम गर्न गराउन ध्यानाकर्षण गराएका छन् । किसानले पाउने मल विभिन्न बहाना र जटिल प्रकृया देखाउदै भएको मल वितरण गर्न नसकेको र अहिले मल वितरण सम्बन्धि कार्यविधि २०८२ आएकोले सोही अनुसार वितरण प्रकृया गर्न गराउन माग समेत गरेका हुन् । विहिवार प्रदेश साँसद कलवार वितरणका लागि स्थानिय तहलाई सक्रिय बनाउन जिससलाई आग्रह गरेका थिए,भने कम्पनीको कार्यालयलाई मल वितरण कार्यविधि२०८२ अनुसार वितरण गर्न समेत निर्देशन दिएका थिए । त्यसका लागि आफुले सातवटै पालिकासँग बैठक बसेर वितरण प्रकृयामा सहजीकरण गरिनुका साथै जिल्लाको मलको कोटा वृद्धिका लागि प्रदेशका मुख्यमन्त्रीलाई पत्राचार गरिएको पत्र देखाएका थिए । यता कम्पनीका कार्यलय ...
मत्स्य उत्पादक संघ नवलपरासीद्धारा मत्यस्य निर्देशक चौधरीको विदाई
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

मत्स्य उत्पादक संघ नवलपरासीद्धारा मत्यस्य निर्देशक चौधरीको विदाई

नवलपरासी,३०साउनमत्स्य उत्पादक संघले भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासीका प्रमुख समेत रहेका मत्यस्य निर्देशक श्रवण कुमार चौधरीलाई विदाई गरेको छ । मत्स्य निर्देशक चौधरीलाई लुम्बिनी प्रदेश सरकारले पशु पंक्षि तथा मत्यस्य विकास निर्देशनालय बुटवल सरुवा गरे पछि शुक्रवार उनी नवलपरासीबाट विदाईको क्रममा संघले पनि मायाको चिनो सहित विदाई गरेको हो ।चौधरी विज्ञ केन्द्रको प्रमुख हुदा देखी नै जिल्लामा माछा किसानलाई आवश्यक सेवा प्रवाह,परामर्श र उत्पे्रेरित गर्दै आएको विदाई कार्यक्रममा संघका अध्यक्ष भवनाीशंकर यादवले बताएका थिए । अहिले निर्देशक चौधरीको जिल्लाबाट विदाई भई निर्देशनालय जादा पनि आफुहरु खुशी नै भएको र अझै नवलपरासीका मत्स्य कृषक प्रति उनले सकारात्मक सोचका साथ सहयोग गर्ने आपेक्षा पनि राखेका थिए । जिल्लामा मत्स्य कृषकको संख्या बढदै गएको आधुनकि प्रविधि सहितको माछापालनमा कृषकहरु उत्सा...
किसानलाई अभाव भए पछि मल माग्न सरोकारवाला कार्यालय धाउदै जनप्रतिनिधि
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

किसानलाई अभाव भए पछि मल माग्न सरोकारवाला कार्यालय धाउदै जनप्रतिनिधि

नवलपरासी,२७ साउनजिल्लामा मलखाद्यको थप कोटा अनुसारको माल माग्दै जनप्रतिनिधि सरोकारवाला कार्यालय धाउन थालेका छन् । मंगलवार थप माग गर्दै लुम्बिनी प्रदेश सरकारका प्रदेश सभा सदस्य(प्रदेश साँसद) बैजनाथ कलवार सहित रामग्रँमका ४ जना वार्डअध्यक्षहरु भैरहवा स्थित कृषि समाग्रि कम्पनी र साल्ट टेडिगँको कार्यालय धाउन थालेका हुन् ।थोरै मलले पुर्याउन समस्या भएको भन्दै गत साता उनीहरु लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण अचार्य,कृषि मन्त्री,सिचाई मन्त्री सहितलाई भेटेर नवलपरासीमा मल कोटा बढाउन ज्ञापनपत्र बुझाएका थिए । सो बेला मल थपेर पठाउन लगाउने आश्वासन पाएको ति जनप्रतिनिधिहरु अहिले मल आपुर्ति गर्ने कृषि समाग्रि कम्पनीको कार्यालय र साल्ट टेगिँडको कार्यालय गएको सुनाएका थिए । मुख्यमन्त्रीले दिएको आश्वासन अनुसार मल थप भएर आएको प्रदेश साँसद कलवारले बताए । ति मल छिट्टै परासी स्थित गोदाममा पुग्ने समेत उन...
गोदाममा मलको भण्डार छ,किसानको हात खाली
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

गोदाममा मलको भण्डार छ,किसानको हात खाली

नवलपरासी,२५ साउनजिल्ला भित्रै कृषि समाग्रि कम्पनीको गोदाममा युरिया मलले गोदाम भरि भराउ भए पनि किसानले मल पाउन नसकेको गुनासो गरिरहेका छन् । जनप्रतिनिधिको जालोमा मल वितरण प्रकृया परे पछि अहिले ‘गोदाममा मल हुने, किसानको हात खाली पर्ने’ गरेको किसानले आरोप लगाउन थालेका हुन् ।निर्णय प्रकृयामा समस्याले मल भए पनि वितरण प्रणाली कमजोर देखिएको कृषि समाग्रि कम्पनीको परासी कार्यालय प्रमुख तारा प्रसाद खनालले जानकारी गराए । उनका अनुसार मल वितरण भई सके पछि सम्बन्धित प्रदेश,जिल्ला,पालिका र वितरण गर्ने संस्थाको कोटामा परेका मल पुर्न वितरणका लागि ४ महिना कुर्नु पर्ने बाध्यता छ । कोटा छुट्टयाइएका मल सम्बन्धित सस्थाले नलगे पनि उतm मल अन्य सस्था,पालिका वा जिल्लाको कोटा सच्याउन वा अन्यलाई पुर्नवितरणका लागि लामो अवधीसम्म भण्डारण गरेर राख्नु पर्ने अवस्था छ । यो अवस्था नसच्चिएसम्म समस्या रहिरहने छ, कार्यालय ...
पानी परेर जिल्लाका किसानले खडेरीबाट राहत पाए,तर सरकारबाट युरिया मल पाएनन
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

पानी परेर जिल्लाका किसानले खडेरीबाट राहत पाए,तर सरकारबाट युरिया मल पाएनन

नवलपरासी, २२ साउनपानी नपरेर खडेरीको मार झेल्दै आएका जिल्लाका पानी परे पश्चात राहत महशुस गरे पनि युरिया मलको अभाव झेल्न परेको बताएका छन् । प्रकृतिले पानी पारेर किसानलाई राहत पुर्याए पनि युरिया सरकारले पुर्याउन नसकेर किसान मारमा परेको सुनाएका हुन् ।पानी परेसँगै युरिया मलको ब्यवस्थापन सरकारले गरिदिए राम्ररै धान उत्पादन हुने रामग्राम ५ का कृषक नरेश जैसवालले बताए । प्रकृतिले किसानलाई पानी परेर राहत दियो, उनले भने,पानी परे पछि टफ ड्रेसिगँ(युरिया छर्ने) गर्ने बेला हो,तर युरिया मल पाउनै मुस्किल भएको छ । आरोही सिड्स कम्पनी मार्फत उन्नत धानको विउँ उत्पादन गर्दै आएका जैसवालले साधारण खाद्य प्रयोजनको धान भन्दा संतुलित मलखाद्यको आपुर्ति विउँ बिजनमा हुनु पर्ने भए पनि युरिया अभावले संन्तुलित मलखाँद पुर्याउन समस्या देखिएको बताए । यसका लागि सरकारले पहल गर्नु पर्छ, समान्य खाद्यका धानबाली भन्दा विउँका लागि भए...
नवलपरासीका पशुमा लम्पी स्किन रोगको संक्रमण बढदै,किसान चिन्तित
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

नवलपरासीका पशुमा लम्पी स्किन रोगको संक्रमण बढदै,किसान चिन्तित

नवलपरासी,२२साउनविगत दुई बर्ष पहिला लुम्बिनी प्रदेशमा लम्पी स्किन रोग महामारीको रुपमा देखिदा कम प्रभावित रहेको नवलपरासीमा अहिले पुनःलम्पी स्किन रोग देखा परेका छन् । सरोकारवाला निकायले बेलामै पशु स्याहार,खोप उपचारको काममा लापर्वाही गर्दा अहिले जिल्लामा लम्पी स्किनको रोग पशुमा वृद्धि हुदै गएको हो ।हरेक दिन लम्पी स्किनका विरामी पशु भेटेनरी अस्पतालमा आउने गरेको र गाँउ गाँउबाट पनि सुचना आई रहेको हुदा लम्पी स्किन लागेका पशुको संख्या दिन प्रति दिन बढदै गएको देखिएको हो । जिल्लामा लम्पी स्किन रोग बेलामै अभियानमुखी उपचार र खोप कार्यक्रम सञ्चालन नगरिए महामारीको रुपमा लिन सक्ने पशु चिकित्सकले बताए । जिल्लामै अवस्थित पशु रोग अन्वेषण प्रयोगशाला परासीले पशुको नुमना संकलन गरि परिक्षण गर्दा सुनवल,वर्दघाट र रामग्रामका १४ वटा पशुमा लम्पी स्किन रोग पोजेटिभ देखिएको भनि भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र...
पशु सेवा केन्द्र एक जना नाप्रासको भरमा सञ्चालन हुदा सेवा प्रवाहमा समस्या
कृषि, समाचार, सुनवल नगरपालिका

पशु सेवा केन्द्र एक जना नाप्रासको भरमा सञ्चालन हुदा सेवा प्रवाहमा समस्या

नवलपरासी, १५ साउननिर्माण सम्पन्न भएको दुई बर्ष पछि सञ्चालनमा आएको जिल्लाको सुनवल नगरपालिका २ रजहवा स्थित पशु सेवाका लागि पशु सेवा केन्द्रमा जनशतिm अभावले समस्या भएको छ । नगरपालिकाले उचित जनशतिmको ब्यवस्थापन नगरिदिदा सञ्चालनमा आए पनि जनशतिm अभावका कारण समस्या भई रहेको केन्द्रले जनाएको हो ।केन्द्रको भवन निर्माण कार्य सम्पन्न भएको दुई बर्ष पछि केन्द्र सञ्चालनमा आएको थियो । नगरपालिकाले कर्मचारी तथा पशु चिकित्सालाई आर्वश्यक सर्जिकल र औषधीको ब्यवस्थापन गरि केन्द्रको औपचारिक उदघाटन गरी सञ्चालनमा ल्याएको भए पनि एक जना नाप्रास चौथो तहको कर्मचारीको भरमा केन्द्र सञ्चालनमा समस्या भई रहेको स्थानियले बताएका थिए । यसका लागि वार्ड कार्यालय मार्फत जानकार िगराउदै आएको भए पनि अहिलेसम्म जनशतिm ब्यवस्थापनमा समस्या देखिएको स्थानियबासीको भनाई रहेको थियो ।सो केन्द्रमा अहिले ना.प्रा.स. चौथो तहका कर्मचारी धनराज मगर...