नवनिर्वाचित साँसद गुप्ताले मलखाद्यको समस्या बुझ्दै बोलाउन लगाए बैठक
नवलपरासी,२९ फागुनजिल्लाको संघिय संसद निर्वाचन क्षेत्र नं.२ का नवनिर्वाचित साँसद नरेन्द्र कुमार गुप्ताले मलखाद्यको समस्या बुझ्दै कृषि समाग्रि कम्पनीको अनुगमन गरे पश्चात तत्कालै कम्पनीले बैठक बसेको छ । साँसद गुप्ता सहितको उपस्थितीमा प्रमुख जिल्ला अधिकारीको शुक्रवार कार्यकक्षमा बैठक बस्दै कम्पनीको भण्डार कक्षमा मौज्दात मल यथाशिघ्र वितरण गर्ने निर्णय समेत गरिएको हो ।
स्थानिय तहका जनप्रतिनिधि र सरोकारवाला कार्यालय सहितको बैठकले भएका मल यथा शिघ्र वितरण गरि कृषकलाई सहज सुलभ तरिकाले उपलब्ध गराउनु पर्ने कुरा उठाइएको थियो । थोरै मल आउने त्यसमा पनि वितरणमा ढिलाई गरिदिदा कृषकले मलखाद्यको समस्या झल्ने गरेको जन गुनासो थियो । कृषकले गर्दै आएको गुनासोलाई प्राथमिकतामा राख्दै जिल्ला स्थित कृषि समाग्रि कम्पनीको कार्यालयको बुधवार अनुगमन र अवलोकन गरेका थिए । निर्वाचनका बेला र निर्वाचित भए पश्चात पनि मतद...










