च्याउको माग बढेसँगै क्षमता वृद्धि गर्दै उद्योग,रोजगारी बढ्ने आस
नवलपरासी, १७ चैत्रजिल्लाको रामग्राम नगरपालिका १२ कुनवारमा सञ्चालित ठूलो लगानीको गोब्रे च्याउ(बटन मसरुम)को बजारमा माग बढदै गए पछि उद्योग ब्यवस्थापनले क्षमता बढाउने योजना बनाएको छ । स्थानिय बजारमा गुणस्तरिय गोब्रे च्याउको माग बढेसँगै उत्पादन क्षमता बढाउन आवश्यक देखिएको हुदा क्षमता वृद्धिको योजना अगाडी ल्याएका हुन् ।गत बर्ष उद्योग सञ्चालनमा आउदा ५० जनाले रोजगारी पाएका छन् । झण्डै ७ करोड लगानीमा माँ पाल्ही भगवती कृषि फार्म प्रा.लि.ले सो उद्योग सञ्चालनमा ल्याए पछि स्थानिय ५० जना महिलाहरु प्रत्यक्ष रोजगारी पाएको उद्योगले क्षमता वृद्धि पछि रोजगारीमा पनि वृद्धि हुने हुदा स्थानिय मजदुर पनि उत्साही देखिएका हुन् । च्याउ उद्योगले गाँउमै रोजगारी ल्याएको हो,च्याउ टिप्दै गरेकी एक मजुदरले भनिन्, यस्तो उद्योग थपिदै जानु र क्षमता वृद्धि हुदा घरमै बसेकी अन्य महिलाहरुले पनि काम पाउने अवस्था हुन्छ । हाम्रो पनि...










