सुस्ताले कित्ता नम्बर उल्लेख गरि तयार गर्यो भुउपयोग बर्गिकरण गरिएको प्रतिवेदन
नवलपरासी,२१ साउनजिल्लाको सुस्ता गाउपालिकाले गाउपालिका भरिका जग्गाहरुको कित्ता नम्बर नै तोकेर भु बर्गिाकरण गर्ने कार्य सम्पन्न गरि नापी कार्यालयलाई बुझाएको छ । भु बर्गिकरण नभएका कारण जग्गाको खरिद विक्रि गर्दा कित्ताकाट गर्नु पर्ने अवस्थामा कित्ताकाट रोकिने समस्या अन्य पालिकाको भए पनि सुस्ता गाउपालिकाले सो बर्गिकरण कार्य सम्पन्न गरि बुझाए पछि अहिले सुस्ता गाउपालिकाका नागरिकलाई सहज भएको हो ।
अन्य केही नगरपालिका र गाँउपालिकाहरुले भु बर्गिकरण गर्दा सडक किनारमा आवास र बाकी खेतीयोग्य जग्गा भन्दै झारो टार्ने गरि बर्गिकरण पठाए छन् । जस्ले गर्दा बेला बेला ति जग्गाका अवस्था वार्डबाट प्रमाणित गराई ल्याउनु पर्ने बाध्यता अहिले पनि कायम नै रहेको छ । तर सुस्ताले गाउपालिका भरि रहेका जग्गाको कित्ता नं. उल्लेख गरि कुन कित्ता नंं.को जग्गा के हो ? समेत उल्लेख गरि भु बगिकरण पठाएको गाउपालिकाका प्रमुख प्रशासकि...










