वर्दघाटको बंगुर फर्मबाट बर्ष दिनमा ढाई करोडको बंगुर विक्रि
नवलपरासी,२३ कार्तिकसात करोड लगानीमा स्थापना भएको वर्दघाट ५ पालडाडा स्थित सप्तरँगी कृषि तथा पशु फर्मले एक बर्षमा ढाई करोडको सुगँुर÷बँगुर विक्रि गरेको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय नवलपरासीले समेत प्रवद्र्धन गर्दै आएको उतm फर्मले एक बर्षमा बंगुरका बच्चा(बुचाभानु)बेचेरै ढाई करोड आमदनी गरिएको फर्मले जनाएको हो ।ब्यवसायिक र सुरक्षित तरिकाले उतm फर्म सञ्चालन हुदै आएकोले धेरै भन्दा धेरै पाठापाठी तथा बुचाभानु उत्पादन गर्न सकिएको फर्मका सञ्चालक प्रकाश कुमार विकले जानकारी गराएका थिए । फर्म भित्र ९० वटा माउ बंगुरहरु रहेको जनाउदै उनले उचित चरिकाले बंगुरहरुलाई खानपान,स्याहार सुसार र पोषणयुतm दाना खुवाउन सकियो भन्ने लक्ष्य अनुसारको धेरै भन्दा धेरै पाठापाठी उत्पादन गर्न सकिने जनाए । आफु बैदेशिक रोजगारीमा रहदा त्यहाँको अनुभव लिई २०७८ सालमा फर्मको सुरुवात गरेको हुँ,उनले भने, विदेशमा कुनै प...









