कृषि

पशु स्वास्थ्य शिविर संचालनले १ सय ६३ किसान लाभाविन्त
कृषि, समाचार, सरावल गाउँपालिका

पशु स्वास्थ्य शिविर संचालनले १ सय ६३ किसान लाभाविन्त

नवलपरासी, १३ कार्तिकजिल्लाको सरावल गाउँपालिकामा एक दिवसिय निशुल्क पशु स्वास्थ्य शिविर संचालन भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र परासीको आयोजना तथा सरावल गाउँपालिकाको सहकार्यमा सरावलको वडा ४ हात्तिबनमा उक्त पशु स्वास्थ्य शिविर संचालन गरिएको हो ।पशु विज्ञ, पशु चिकिस्तक र पशु स्वास्थ्यकर्मीहरुको टोलीले संचालित पशु स्वास्थ्य शिविरमा आएका रोगी गाईभंैसी, बाख्रा लगायत पशुपंक्षीहरुको उपचार सेवा प्रदान गरि निशुल्क औषधी समेत वितरण गरेको हो । उक्त पशु शिविरबाट गाई ५६, भंैसी १६१, र ७०४ बाख्रालाई उपचार सेवा प्रदान गरिएको छ । गाउपालिकाकी उपाध्यक्ष बासमती हरिजनले बताईन् । गाँउका पशुपालक किसानले पनि यो शिविर मार्फत विज्ञ सेवा पाउनु गाउपालिकाका लागि अवसर भएको बताईन् । यस शिविरबाट कुल १ सय ६३ घरधुरी लाभाविन्त भएको छ । गाउँघरका किसानहरुको पशुहरुमा कुन खालको रोग लाग्न सक्छ र सोको पहिचान र उप...
नवलपरासी जिल्ला खाद्यान र फलफूलमा आत्मनिर्भर र तरकारी, दलहनमा परनिर्भरता
कृषि

नवलपरासी जिल्ला खाद्यान र फलफूलमा आत्मनिर्भर र तरकारी, दलहनमा परनिर्भरता

नवलपरासी,९ कातिकनवलपरासी जिल्ला खाद्यान र फलफूलमा आत्मनिर्भरण भएको तथ्याँक कृषि ज्ञान केन्द्रले सार्वजनिक गरेको छ । विश्व खाद्य दिवस मनाउने क्रममा कुल खाद्यानको अन्न रफलफूलमा आत्म निर्भर बन्न सकेको भए पनि तरकारी,दलहन र तेलहनबालीमा आत्मनिर्भर नरहेको समेत जानकारी गराइएको हो ।कृषि ज्ञान केन्द्रले शुक्रवार ४४ औ विश्व खाद्य दिवस २०८१ मनाउदै सरोकारवाला विच अन्तरक्रियाको आयोजना गरेको थियो । सो अन्तरक्रियामा जिल्लाको कृषि उत्पादन तथा खाद्य अवस्थाको जानकारी गराइएको थियो । ज्ञान केन्द्रका प्रमुख डा रवीन्द्र नाथ चौबेले खाद्य तथा फलफूलमा जिल्ला आत्मनिर्भरसँगै उत्पादन बाहिर पठाउदै आएको जानकारी गराएका थिए । उनका अनुसार जिल्लामा अन्न खेती(धान,गहुँ मकै) को कुल उत्पादन क्षेत्रफल ३३ हजार ७ सय ४२ हेक्टर(हे.)रहेको छ । जस्मा धान२० हजार ४ सय ८७ हे,गहुँ८ हजार ५ सय ९५ हे.मकै ४ हजार ६ सय ६० हे.रहेको छ । कुल खाद्या...
नवलपरासीका किसानले गर्न थाले केरा भित्र बदाम खेती
कृषि, समाचार, सुस्ता गाउँपालिका

नवलपरासीका किसानले गर्न थाले केरा भित्र बदाम खेती

नवलपरासी,७ कात्तिकजिल्लाका केरा किसानले अहिले केरा खेतमा घुसुवाबालीको रुपमा बदाम खेती गर्ने अभ्यास थालेका छन् । केही बर्ष पहिला केरा भित्र आलु र ओल खेतीको अभ्यास गर्दै आएका किसान अहिले केरा भित्र बदाम खेतीको सफल अभ्यास गरेका हुन् ।बलौटे माटो हुने जिल्लाका सुस्ता र प्रतापपुर गाउपालिकाका किसानले केरा भित्र हिँउदमा आलु र बर्षायाममा बदाम खेती गर्न सक्ने अवस्था देखिएको बताए । यसले गर्दा केरा खेतीलाई पनि फाईदा पुग्ने र घुसुवाबालीले थप लाभ लिन सक्ने अवस्था रहेको बदाम उत्पादक कृषक समितिका अध्यक्ष युवराज मौर्यले बताए । यसरी केरा भित्र बाली रोपेर थप बाली लिन सक्ने अवस्था देखिएको छ, उनले भने, एक बाली मात्र खेतमा लगाउदा यदि प्राकृतिक प्रकोपले नष्ट भयो भन्ने लगानी डुब्ने अवस्था थियो । तर तिनै बालीमा थप आर्को बाली रोपियो भन्ने ति क्षतिबाट पनि जोगाउन सक्ने अवस्था देखिएको उनको भनाई थियो । केही किसानले अहि...
सरकारको कृषि कार्यक्रमः नीतिमा प्राथमिकता र बजेटमा उपेक्षा
अर्थ, कृषि, नवलपरासी (ब.सु.प.), समाचार

सरकारको कृषि कार्यक्रमः नीतिमा प्राथमिकता र बजेटमा उपेक्षा

नवलपरासी,१४ असोजराष्ट्रिय बजेटमा वृद्धि हुदै बजेट भाषण भए पनि जिल्ला स्थित कृषि ज्ञान केन्द्रको बजेट ओरालो लाग्दै आएको तथ्याँकले देखाएको छ । कृषि ज्ञान केन्द्रले आयोजना गरेको सार्वजनिक सुनुवाई तथा अगामी बर्षको योजना सार्वजनिकीकरण गर्दा सो तथ्याँक देखाएका हुन् ।बर्षेनी कृषिको बजेट घट्दै जादा कृषकलाई सेवा प्रवाहमा समस्या आउने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख डा.रविन्द्र नाथ चौवेले बताए । कृषि ज्ञान केन्द्र प्रति कृषकको चाँसो बढदै गएको तर सरकारले बजेट कटौती गर्दै गएको उनले तथ्याँक प्रस्तुत गर्दै बजेटमा वृद्धि गर्नका लागि जिल्ला स्थित जनप्रतिनिधिहरुले पहल गर्नका लागि आग्रह समेत गरेका थिए । उनका अनुसार विगत पाँच बर्षको कृषि ज्ञान केन्द्रका लागि बजेट प्रवाह हेर्दा पहिलो बर्ष १ करोड ६० लाख,दोश्रो बर्ष १ करोड ३० लाख,तेश्रो बर्ष ८७ लाख,चौथो बर्ष ५८ लाख र अहिलेको पाँचौ बर्षमा ४६ लाखमा बजेट झरेको छ ...
माछा किसानलाई राहत हुने गरि केन्द्रिय स्तरमा माछाको समर्थन मुल्य कायम गर्न कार्यदल गठन
अर्थ, कृषि, नवलपरासी (ब.सु.प.), समाचार

माछा किसानलाई राहत हुने गरि केन्द्रिय स्तरमा माछाको समर्थन मुल्य कायम गर्न कार्यदल गठन

नवलपरासी,१० असोजमाछा उत्पादक कृषक समुहलाई रातह हुने गरि केन्द्रिय स्तरमा माछाको मुल्य अध्ययन गर्न कार्यदल गठन भएको छ । नेपाली माछाको उत्पादन लागत अध्ययन गरी प्रतिवेदन गर्नका लागि केन्द्रिय मत्स्य प्रवद्र्धन तथा संरक्षण केन्द्रकी सरिता गौतमको संयोजकत्वमा कार्यदल गठन गरिएको हो ।जस्मा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका मनोज धितालmकृषि तथा पशुपंक्षि विकास मन्त्रालयका प्रतिनिधि, पशु सेवा विभागका प्रतिनिधि,नेपाल मत्स्य ब्यवसायि संघका निरन्जन थापा,माछा ब्यवसायि कालीमाटी फलफूल तथा बजार विकास समितिका रामबाबु यादव सदस्य र केन्द्रिय मत्स्य प्रवद्र्धन तथा संरक्षण केन्द्रका प्रशान्त सापकोटा सदस्य सचिव रहने गरि उतm कार्यदल गठन भएको नवलपरासी माछा उत्पादक कृषक संघका अध्यक्ष भवानीशंकर यादवले जानकारी गराए । सो कार्यदलले माछा किसानको माछा उत्पादन लागतको अध्ययन गर्नेछ, उनले भने, अध्ययन पश्चात माछाको...
माछा तस्करी रोकिएन ःतीन महिना बासी अस्वथ्यकर भारतिय माछा नेपाल भित्रिदै
अर्थ, कृषि, नवलपरासी (ब.सु.प.), समाचार

माछा तस्करी रोकिएन ःतीन महिना बासी अस्वथ्यकर भारतिय माछा नेपाल भित्रिदै

नवलपरासी,९ असोजसिमाक्षेत्रबाट हुने भारतिय माछा तस्करीबाट भित्रिने माछा तिन महिना बासी माछा भएको पुष्टि प्रयोगशाला परिक्षण तथा पोष्टमार्टम रिपोर्टले देखाएको माछा उत्पादक किसानले बताएका छन् । रसायनयुतm माछा सस्तोमा नेपाल भित्रयाउदा नेपाली किसानलाई मर्कामा मात्रै पारेको छैन्,अहिलेको पोष्टमार्फत रिपोर्टले नेपाली उपभोतmालाई समेत रसायनयुतm गुणस्तरहिन माछा खुवाएर जनस्वास्थ्यमा असर पाने गरेको माछा किसानले बताएका हुन ।काठमाडौको कालीमाटी बजारलाई नै कब्जामा भारतिय माछा विक्रि वितरण हुदै आएको प्रतापपुरका माछापालक किसान भवानी शंकर यादवले बताए । नेपाली किसानको माछा त्यहा छिर्न नपाउने,बाजरमा तिन महिनासम्मको पुरानो रसायनयुतm माछाले बजारले नेपाली किसानलाई प्रभावित बनाएको छ । भारतिय माछा तस्करी र आयातमा रोक लगाउनु पर्ने माग गर्दै बढेको गुनासो स्थानिय किसानले गर्न थालेको भए पनि सरोकारवालाले त्यस प्रति चाँसो ...
सुनवल २ मुखियाटोलमा तीन हजार मे.ट.क्षमताको शितभण्डार सञ्चालन
कृषि, समाचार, सुनवल नगरपालिका

सुनवल २ मुखियाटोलमा तीन हजार मे.ट.क्षमताको शितभण्डार सञ्चालन

नवलपरासी,४ असोजजिल्लाको सुुनवल नगरपालिका‐२ मुखियाटोलमा सहकारी शीतभण्डार निर्माण भएर सञ्चालन गरिए पनि पुर्ण क्षमतामा सञ्चालन नहुदा दैनिक खर्च उठाउन आईस(बरफ) विक्रि गरि चलाउन परको छ । शितभण्डार सञ्चालनमा ल्याउदा किसानहरूले राहत महसुुस गरेको तर शितभण्डारमा राख्ने मालबस्तु नहुदा पुरै क्षमता सञ्चालन र दैनिक खर्च चलाउन चुनौती नै रहेको सहकारी संघले जनाएको हो ।सङ्घीय, स्थानीय सरकार र सहकारीको संयुक्त लगानीमा तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गरी सञ्चालनमा आए पछि स्थानीय किसानहरूले महसुुस गरे छन, सोही वार्डका वार्ड अध्यक्ष राजेन्द्र यादवले भने, तर पुरा क्षमतामा शितभण्डार सञ्चालनमा आएको छैन् । शितभण्डारसम्म पुग्न पहुँच मार्ग निर्माण नहुनु र किसानमा अहिले पनि शितभण्डारणबारे ब्यापक प्रचार प्रसार नहुनु,किसानलाई शितभण्डारको फाईदाबारे जानकारी नहुनाले पनि शितभण्डारमा समाग्रि पुरा राखिएको छैन्...
डेढ करोड बढि लागतमा निर्माण भएको पशु सेवा केन्द्र दुई बर्ष वित्दा पनि सञ्चालनमा आउन सकेन
अर्थ, कृषि, समाचार, सुनवल नगरपालिका

डेढ करोड बढि लागतमा निर्माण भएको पशु सेवा केन्द्र दुई बर्ष वित्दा पनि सञ्चालनमा आउन सकेन

नवलपरासी,२ असोजजिल्लाको सुनवल नगरपालिकामा पशु सेवाका लागि पशु सेवा केन्द्रको भवन निर्माण कार्य सम्पन्न भएको दुई बर्ष बितिसक्दा पनि उतm केन्द्र सञ्चालनमा ल्याउन सकेको छैन् । नगरपालिका नेतृत्व सो केन्द्र प्रति उदासिन हुदा भवन बनेको दुई बर्ष वितिसक्दा पनि सञ्चालनमा आउन नसकेको स्थानियले गुनासो गरेका हुन् ।साविक स्वाठी गाविसमा भएको उतm केन्द्रलाई हालको नगरपालिका नेतृत्वले उपेक्षामै राखेका कारण सञ्चालनमा ल्याउन नखोजिएको आरोप स्थानियबासीको रहेको छ । तत्कालिन नगरप्रमुख भिम बहादुर थापाको पहल र सो वार्डका वार्ड अध्यक्ष राजेन्द्र यादवको सक्रियतामा पशु सेवा केन्द्र सञ्चालन गर्ने गरि पशु चिकित्सकको आवास सहितको केन्द्रिय योजना अनुसार केन्द्रको पुर्वाधार निर्माण गरिएको थियो । तर अहिले नगरप्रमुखको त्यस प्रति चाँसो नरहेको आरोप समिति स्थानियबासीको रहेको छ । नगरपालिका भए पनि साविक स्वाठी गाविसमा अधिकाँस कृषक...
नियमन निकायको वेवास्ताले सिमाक्षेत्रमा मौलाउदै माछा तस्करी
अर्थ, कृषि, नवलपरासी (ब.सु.प.), समाचार

नियमन निकायको वेवास्ताले सिमाक्षेत्रमा मौलाउदै माछा तस्करी

नवलपरासी,३० भदौसिमाक्षेत्रमा लसुन तस्करीको मु्द्दा नसेलाउदै अहिले भारतिय माछा तस्करी बढेको गुनासो स्थानिय किसानले गर्न थालेका छन् । भारतिय माछा खुलेयाम नेपाल भित्रिने क्रम बढदा नेपाली माछापालक किसानमा मर्कामा परेका हुन् ।प्रहरी र पशु क्वारेन्टाईनका कर्मचारीको मिलोमतोमा माछा तस्करी बढेको माछा उत्पादक कृषक समितिका जिल्ला अध्यक्ष भवानी शंकर यादवले बताए । माछा तस्करी रोकिएन्,उनले गुनासो गरे,यसमा सिमावर्ति प्रहरी र पशु क्वारेन्टाईनका कर्मचारीको समेत सह र सहयोग रहेको आरोप उनले लगाए । माछा स्वथ्य छन्,भन्ने आधार प्रमाण केही हुदैन्,उनले भने, क्वारेन्टाईनका कर्मचारीलाई मिलाएर माछा तस्करहरु पैठारी रसिद तथा जाँचपासको रसिद नै लिएर घुम्ने गरेका छन् । माछा किसानको समस्या दिन प्रति दिन थपिदै गएको उनले दुखेसो पोखे । यो अवस्था जिल्ला भरको मात्रै नभई देश ब्यापी रहेको छ । खुल्ला सिमाका कारण भारतिय माछा खुलेया...
सरावल र रामग्रामले भुउपयोग बर्गिकरण प्रतिवेदन बुझाए पछि खुल्ला भयो कित्ताकाट
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

सरावल र रामग्रामले भुउपयोग बर्गिकरण प्रतिवेदन बुझाए पछि खुल्ला भयो कित्ताकाट

नवलपरासी, ११ भदौजिल्लाका जिल्लाका तिन वटा पालिका मध्ये रामग्राम नगरपालिका र सरावल गाउपालिकाले जग्गा (भु) उपयोग क्षेत्र बर्गिकरण प्रतिवेदन बुझाए पछि रोकिएको कित्ताकाट खुल्ला भएको छ । बनाएर राखिए पनि भुउपयोग बर्गिाकरण नापी कार्यालयमा नबुझाउदा नापाी कार्यालयले कित्ताकाट रोक्का गरेको र त्यसमा नागरिक समाजको ध्यानाकर्षण गराए पछि तिन मध्ये दुई पालिकाले बर्गिकरण प्रतिवदेन तत्काल बुझाए पछि कित्ताकाट खुल्ला भएको हो ।सरावल र रामग्रामले प्रतिवेदन बुझाए पनि सुनवल नगरपालिकाले बर्गिकरण नै नगरेको हुदा बुझाउन सकेको छैन् । तर त्यो नगरपालिकाको पनि अंशबण्डाका लिखतमा नगरपालिकाकै सिफारिस अनुसार कित्ताकाट गर्न सकिने नापाी कार्यालयले जनाएको छ । खरिद विक्रि गर्दा कित्ताकाट भने बर्गिाकरण भएर आए पछि मात्र हुने नापी कार्यालयका प्रमुख कैलाश नाथ पाण्डेले जानकारी गराए । कित्ताकाट भएर लिखत पारित हुदा राजश्व सम्बन्धित पाल...