कृषि

नेपाल गण्डक नहरमा हिउँदेबालीलाई पानी प्रवाह नहुने
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

नेपाल गण्डक नहरमा हिउँदेबालीलाई पानी प्रवाह नहुने

नवलपरासी,२४ मंसिरनेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीले हिउँदे बालीका लागि पानी प्रवाह नहुने जनाएको छ । नहरको मुहानमा सिल्टबेसिनका संरचनाहरु निर्माणाधिन अवस्थामा रहेको हुदा हिउँदे बालीका लागि पानी बन्द गरेर ति संरचना बेलामै सम्पन्न गर्ने भएकाले पानी प्रवाह नहुने सिचाई ब्यवस्थान कार्यालय सेमरीले जनाएको हो ।नहरको मुहानमा सिल्ट रिजेक्ट गर्ने गरि सिल्टबेसिन (पोखरी) निर्माणका कार्य भई रहेको र पानी प्रवाह गर्दा उतm निर्माण कार्य रोकिनु पर्ने अवस्थाका कारण हिउँदेबालीलाई किसानले पानी नपाउने अवस्था देखिएको ब्यवस्थापन कार्यालयका प्रमुख तिलक बुढाथोकीले बताए । नहरमा पानी प्रवाह गरियो भन्ने पुनः नहर पुक्न दुई तिन महिना लाक्ष्न सक्छ, उनले भने, सिल्टबेसिनको काम गर्ने निर्माण कम्पनीको म्याद असार मासन्तसम्म सकिनु पर्ने अवस्था छ । ३० महिनामा सकिने गरि भएको सम्झौता अनुसार झण्डै २४ महिना सकिदै छ । बाकी ६ महि...
पशु किसानको समस्या बुझ्न पशु चिकित्सकद्धारा डोर टु डोर कार्यक्रम
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

पशु किसानको समस्या बुझ्न पशु चिकित्सकद्धारा डोर टु डोर कार्यक्रम

नवलपरासी,२१ मंसिरगत बर्ष पशुपालक किसानको समस्या बुझ्न र निदान गर्न गरिएको डोर टु डोर कार्यक्रम प्रभावकारी भए पछि यो बर्ष पनि सो कार्यक्रमले निरन्तरता पाएको छ । कार्याक्रमको निरन्तता दिदै जिल्ला स्थित भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालयले पशुपालक कृषकको घरदैलोमै पुगेर पशुपालनका समस्या बुझ्नका लागि सुनवल नगरपालिकाको भुमहीबाट शुभारम्भ गरेको हो ।घरदैलो अर्थात डोर टु डोर सेवा सञ्चालन गरि पशु पालनमा देखिएको समस्याहरुको अध्ययन गर्ने र पशुपालक किसानलाई आवश्यक सेवा परामर्श समेत दिने कार्यको शुभारम्भ नगरप्रमुख विमला अर्यालले गरेकी थिईन् । उनले कार्यक्रमको शुभारम्भ गर्दै मानिस स्वास्थ्य समस्या प्रति मानिस आफै सचेत हुने भएको तर पशुमा त्यो अवस्था नहुने हुदा यो डोर टु डोर कार्यक्रमले पशुको स्वास्थ्य समस्या बुझ्नमा सहयोगी बन्ने उनले बताएकी थिईन् । उतm कार्यक्रमा पशुपालक किसानका फर्म र घरमा रहेका ...
स्थानिय तहका पशु प्राविधिकसँग पशुसेवा विज्ञ केन्द्रले गर्यो अन्तरक्रिया गोष्ठि
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

स्थानिय तहका पशु प्राविधिकसँग पशुसेवा विज्ञ केन्द्रले गर्यो अन्तरक्रिया गोष्ठि

नवलपरासी,१८ मंसिरभेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालयले जिल्लाका सात वटै स्थानिय तहमा रहेका पशु प्राविधिकहरुसँग अन्तरक्रिया गरेको छ । पशुपालक किसानका समस्या तथा सरकारी स्तरबाट दिदै आएको सेवाबारे स्थानिय तहका पशु पंक्षि विकास शाखाका प्राविधिकहरुलाई अस्पताल परिसरमै डाकेर गोष्ठिको आयोजना गरेको हो ।जिल्लाका पशुपालक किसानलाई प्रोत्साहित गर्नमा पशु सेवा प्राविधिकहरुको ठूलो योगदान रहेको बताउदै उनीहरुलाई निरन्तर सेवामा लागि रहन कार्यालय प्रमुख श्रवण कुमार चौधरीले बताएका थिए । कुनै पनि मुलुकको मेरुदण्ड अर्थतन्त्र भएको र नेपालमा कृषि र पशुपालन नै नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको बताउदै सरकारी सेवामा लागेका पशु सेवा प्राविधिकहरु आफ्नो कार्यक्षेत्रमा लगतसिल भएर लाग्न आग्रह गरेका थिए । मानिसको स्वास्थ्य प्रति मानिस सचेत हुन्छन्,आफ्ना औषधी उपचार गराई हाल्छन्,उनले भने,तर पशु पंक्षीहरु मासिन जस्त...
प्रतापपुरको गिदहामा पशु स्वास्थ्य शिविर सञ्चालन
कृषि, प्रतापपुर गाँउपालिका, समाचार

प्रतापपुरको गिदहामा पशु स्वास्थ्य शिविर सञ्चालन

नवलपरासी, १२ मंसिरपशपालक किसानलाई राहत पुग्ने गरि जिल्लाको प्रतापपुर गाउँपालिकामा एक दिवसिय निशुल्क पशु स्वास्थ्य शिविर संचालन भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र परासीको आयोजना तथा प्रतापपुर गाउँपालिकाको सहकार्यमा प्रतापपुर को वडा ३ गिदहामा उक्त पशु स्वास्थ्य शिविर संचालन गरिएको हो ।पशु विज्ञ, पशु चिकिस्तक र पशु स्वास्थ्यकर्मीहरुको टोलीले संचालित पशु स्वास्थ्य शिविरमा आएका रोगी गाईभंैसी, बाख्रा लगायत पशुपंक्षीहरुको उपचार सेवा प्रदान गरि निशुल्क औषधी समेत वितरण गरेको हो । उतm शिविरबाट ढाई सय भन्दा बढि किसानले पशुपालन सम्बन्धि शिक्षा सहित विरामी देखिएका पशुको उपचारसँगै कुपोषण देखिएका पुशलाई पोषणयुतm भिटामिन लगायत पोषणपुरक औषधी(फुड सप्लीमेन्ट्रि) समेत उपलब्ध गराइएको थियो ।गाँउका पशुपालक किसानले पनि यो शिविर मार्फत विज्ञ सेवा पाउनु गाउपालिकाका लागि अवसर भएको बताईन् । यस शिविर...
आउदो माघ १० गते देखी सरावलको बासामा पहिलो औद्योगिक ब्यपार मेला २०८१ हुने
अर्थ, कृषि, पर्यटन, समाचार, सरावल गाउँपालिका

आउदो माघ १० गते देखी सरावलको बासामा पहिलो औद्योगिक ब्यपार मेला २०८१ हुने

नवलपरासी ,१० मंसिरजिल्लामै गाउपालिका स्तरको गठित उद्योग बाणिज्य संघले औद्योगगिक ब्यपार मेलाको आयोजना गर्ने भएको छ । सरावल उद्योग बाणिज्य संघले कृषि ,पर्यटन संँस्कृति तथा ओैद्योगीक व्यापार मेला २०८१ संचालन हुने जानकारी पत्रकार सम्मेलन गरि गराएको हो ।संघले सोमवार पत्रकार सम्मेलन गरि आउदो माघ १० गते देखी सरावल गाउँपालिकाको वडा न १ बासा चोकमा औद्योगिक ब्यपपार मेला हुने जानकारी गराएको थियो ।संघ र गाउपालिकाकै पहलमा सरावल सरकारले पहिलो सरावल कृषि ,पर्यटन संँस्कृति तथा ओैद्योगीक व्यापार मेला संचालन हुने भए पछि स्थानियलाई समेत उत्साही बनाएको छ । उद्योग बाणिज्य संघ सरावल नवलपरासीले कृषि पर्यटन खेलकुद तथा उद्योगको पूर्वाधार सरावलको दिगो बिकास र अर्थतन्त्रको आधार भन्ने नाराको साथ प्रथम सरावल कृषि ,पर्यटन संँस्कृति तथा ओैद्योगीक व्यापार संचालन गर्न लागिएको जानकारी गराएको थियो ।उतm मेला माघ १० गतेदेखि २...
उखु किसानलाई समस्यै समस्या, मिलिबगले सुक्न थाल्यो उखुबाली
कृषि, प्रतापपुर गाँउपालिका, समाचार, सुस्ता गाउँपालिका

उखु किसानलाई समस्यै समस्या, मिलिबगले सुक्न थाल्यो उखुबाली

नवलपरासी,१० मंसिरब्यपारी र सरकारी दुबै क्षेत्रबाट पिडित रहेका किसानलाई प्राकृतिक पिडा पनि थपिएको छ । अहिले उखुको पातमा लाग्ने मिलिबग किराले उखु खेतीमा सुक्न लाग्दा तन,मन धन लगाएर श्रम,सिपको उपयोग गरि अरुको लािग गुलियो खेती गर्ने किसानलाई त्रिपक्षिय पिडा देखिएको हो ।मिलिबग किरा उखुको पातमा देखिएको बाली संरक्षण अधिकृत तथा लुम्बिनी प्रदेश सरकारको बाली विज्ञान प्रयोगशालाका पुर्व प्रमुख समेत रहेका बाली चिकित्क देवेश कुमार मिश्रले बताए । उनले किसानको उखु बालीमा मिलिबग देखिएको जनाए । उखुको पातमा मिलिबग देखिएका छन्,उनले भने, जुन किसानलाई त्यसबारे जानकारी नै हुदैन् । किसानहरु किन पात सुक्दैछ,त्यसबारे अनभिज्ञ छन् । उनका अनुसार उखुको पात मुनि मसिना किराहरु हुन् । जुन पातका मसिना नसाहरु खाई दिन्छन्,जस्ले गर्दा उखुका विभिन्न कोषमा पोषण पुग्दैन र सुकेर जान्छ । यसलाई किसानले रोग लागेको भन्दै विभिन्न उपचा...
सुनवल २ स्थित पशु सेवा केन्द्रबाट पशु उपचार सेवा शुभारम्भ
कृषि, समाचार, सुनवल नगरपालिका

सुनवल २ स्थित पशु सेवा केन्द्रबाट पशु उपचार सेवा शुभारम्भ

नवलपरासी,८ मंसिरजिल्लाको सुनवल नगरपालिकामा पशु सेवाका लागि पशु सेवा केन्द्रको भवन निर्माण कार्य सम्पन्न भएको दुई बर्ष पछि केन्द्र सञ्चालनमा आएको छ । नगरपालिकाले कर्मचारी तथा पशु चिकित्सालाई आर्वश्यक सर्जिकल र औषधीको ब्यवस्थापन गरि केन्द्रको औपचारिक उदघाटन गरी सञ्चालनमा ल्याएको हो ।नगरप्रमुख बिमला अर्यालले उतm केन्द्रको उदघाटन गर्दै केन्द्रले यहाँका पशुपालक किसानलाई राहत पुग्ने बताएकी थिईन् । नगरपालिका भए पनि कृषिलाई प्राथमिकतामै राखेर काम हुदै आएको बताउदै उनले भनिन,केन्द्र अहिले जिल्लाकै नमुना पुर्वाधार बनेको छ,अगामी दिनमा यहाँ पशु विशेषज्ञ चिकित्सक राखेर स्तरोन्नती गर्दै लैजाने लक्ष्य रहेको छ । यो केन्द्र सञ्चालनमा हातेमालो गर्दै जनता र जनप्रतिनिधि अगाडी बढनु पर्ने उनको भनाई थियो । विस्तारै केन्द्र सञ्चालनका लागि बजेट बढाउदै लैजाने उनले प्रतिवद्धता जनाएकी थिईन् । उतm केन्द्र २०७८ बैशाख ३ ...
मलखाद्यको माग गर्दै लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्रीलाई प्रदेश साँसद कलवारले बुझाएका ज्ञापनपत्र
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

मलखाद्यको माग गर्दै लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्रीलाई प्रदेश साँसद कलवारले बुझाएका ज्ञापनपत्र

नवलपरासी,३ मंसिरलुम्बिनी प्रदेश सभा सदस्य(प्रदेश साँसद) बैजनाथ कलवारले जिल्ला स्थित कृषि कम्पनीको गोदाममा मल हुदा हुदै विक्रि वितरण नगरिएको भन्दै मुख्यमन्त्री र कृषि मन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । मल हुदा पनि कम्पनीले सो मल किन वितरण नगरेको र जिल्लाको मलको काटा घटाइएको प्रति मुख्यमन्त्री चेतनारायण अचार्य र कृषि मन्त्री दिनेश् पन्थीलाई सो ज्ञापनपत्र बुझाएका हुन् ।मुख्यमन्त्रीको निवासमै पुगेर प्रदेश साँसद कलवारले किसानको समस्या प्रति गम्भिर हुन आग्रह गरेका थिए । कम्पनीको गोदामा तिन हजार बेरा मल स्टक छ, उनले मुख्यमन्त्री अचार्यको ध्यानाकर्षण गराउदै भने, गोदाममा मल राखिएको छ,किसानहरु हिउँदेबालीमा मल राख्न भौतारिदै छन् । मुलुकमा सरकार भएको के काम ? यसबारे गम्भिर भएर सोच्नु पर्ने आवश्यकता उनले औल्याएका थिए । किसानले खेतमा बिउँ छरिसके पछि मलको के काम हुन्छ ? प्रयाप्त मात्रामा त मल सरकारले पु...
तथ्याँक बिनाका पाँच करोड बढि उखु अनुदान कस्ले पाउदै छ ?
अर्थ, कृषि, नवलपरासी (ब.सु.प.), समाचार

तथ्याँक बिनाका पाँच करोड बढि उखु अनुदान कस्ले पाउदै छ ?

नवलपरासी,३० कार्तिकजिल्ला स्थित उखु उत्पादन गर्ने क्षेत्रफल तथा उत्पादनको तथ्याँक फरक फरक हुदा उखु किसानलाई आउने अनुदान कस्ले पाउने बारे आशंका उत्पन्न भएको छ । चिनी उद्योगले क्रसिगँ गरेको कुल उखु परिमाणको आधारमा अनुदान रकम आउने भए पनि कृषि ज्ञान केन्द्रको जिल्लामा उखु उत्पादन गर्ने तथ्याँक कम देखिदा ५ करोड ६९ लाख ३२ हजार ३ सय ३० रुपिया अनुदान कस्ले पाउदैछन,भन्ने आशंका देखिन थालेको हो ।उत्पादनको आधारमा सरकारले उखु किसानका लागि अनुदान रकम कोष तथा लेखा नियन्त्रण कार्यालय नवलपरासीमा पठाई सकेको छ तर पुरै रकम हालसम्म वितरण हुन सकेको छैन् । अन्य क्षेत्रको अनुदान लिनमा कृषकहरु हानथाप गर्ने गरेको भए पनि उखुको अनुदान उपलब्ध गराउन जटिलता देखिन थालेको छ । यसले गर्दा उखु किसानका लागि आएको अनुदान बेलामा वितरण हुन नसक्दा अनुदान पाउने नेपाली कृषक हुन कि भारतबाट उखु ल्याई विब्रि गर्ने ब्यपारी ? भन्ने प्रश्...
वर्दघाटको बंगुर फर्मबाट बर्ष दिनमा ढाई करोडको बंगुर विक्रि
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

वर्दघाटको बंगुर फर्मबाट बर्ष दिनमा ढाई करोडको बंगुर विक्रि

नवलपरासी,२३ कार्तिकसात करोड लगानीमा स्थापना भएको वर्दघाट ५ पालडाडा स्थित सप्तरँगी कृषि तथा पशु फर्मले एक बर्षमा ढाई करोडको सुगँुर÷बँगुर विक्रि गरेको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय नवलपरासीले समेत प्रवद्र्धन गर्दै आएको उतm फर्मले एक बर्षमा बंगुरका बच्चा(बुचाभानु)बेचेरै ढाई करोड आमदनी गरिएको फर्मले जनाएको हो ।ब्यवसायिक र सुरक्षित तरिकाले उतm फर्म सञ्चालन हुदै आएकोले धेरै भन्दा धेरै पाठापाठी तथा बुचाभानु उत्पादन गर्न सकिएको फर्मका सञ्चालक प्रकाश कुमार विकले जानकारी गराएका थिए । फर्म भित्र ९० वटा माउ बंगुरहरु रहेको जनाउदै उनले उचित चरिकाले बंगुरहरुलाई खानपान,स्याहार सुसार र पोषणयुतm दाना खुवाउन सकियो भन्ने लक्ष्य अनुसारको धेरै भन्दा धेरै पाठापाठी उत्पादन गर्न सकिने जनाए । आफु बैदेशिक रोजगारीमा रहदा त्यहाँको अनुभव लिई २०७८ सालमा फर्मको सुरुवात गरेको हुँ,उनले भने, विदेशमा कुनै प...