कृषि

केरा किसानलाई टिस्यु कल्चरको बेर्ना प्राप्तीमा समस्या, सरकार उधासिन
कृषि, नवलपरासी (ब.सु.प.), रामग्राम नगरपालिका

केरा किसानलाई टिस्यु कल्चरको बेर्ना प्राप्तीमा समस्या, सरकार उधासिन

नवलपरासी,९ फागुन, जिल्लामा केराको बेर्ना तयार गर्नका लागि टिस्यु कल्चर गर्ने सस्थाहरु नहुदा केरा किसान अहिले समस्यामा परेका छन् । केरा किसान प्रति सरकारी उदासिनताले बेर्ना पाउने जटिलता उत्पन्न हुदा समस्यामा परेका हुन् ।भारतबाट बेर्ना ल्याउन नपाउने र ल्याएमा बनस्पति जन्य क्वारेन्टाईन ल्याब ब्यवस्था नहुदा अनुदान प्राप्तीमा समस्या एका तिर देखिएका छन् । आर्को तिर नेपालमा रहेका टिस्यु कल्चर गर्ने सस्थाहरुले बेर्ना उपलब्ध गराउन नसक्ने जनाए पछि केरा किसान समस्यामा परेका प्रतापपुरका स्थानिय केरा किसान युवराज मौर्यले बताए । उनका अनुसार जिल्लाका किसानलाई बार्षिक ६ लाख गोटा बेर्ना आवश्यक पर्छ । ति बेना आपुर्तिमा अहिले समस्या देखिएको छ, उनले भने,यसका लागि तिन तहकै सरकारसँग पहल गर्न माग गर्दै आएका छौ । तर चाँसो लिएको जस्तो देखिदैन, उनले गुनासो गरेका थिए ।अहिले प्रति गोटा ३५ रुपिया टिस्यु कल्चरका बेर्ना...
एक स्वास्थ्य अवधारणाबारे छलफल चलाउदै पशु सेवा विज्ञ केन्द्र
कृषि, नवलपरासी (ब.सु.प.), स्वास्थ्य

एक स्वास्थ्य अवधारणाबारे छलफल चलाउदै पशु सेवा विज्ञ केन्द्र

नवलपरासी,८ फागुनएक स्वास्थ्य अवधारणा(वन हेल्थ कन्सेप्ट) बनाउन जिल्ला स्थित भेटेनरी तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासीले सरोकारवालासँग छलफल गरेको छ । मानव स्वास्थ्य,पशु स्वास्थ्य,बनस्ती स्वास्थ्य तथा वातावरणिय समस्यालाई छुट्टा छुट्टै रुपमा हेर्ने गरिएको भए पनि अब देखी सबैलाई एकै स्थानबाट हेर्ने र एक निकायले आर्को निकायको कामलाई पनि हेर्ने गरि एक स्वास्थ्य अवधारणाबारे छलफल चलाएको हो ।जिल्ला स्थित स्वास्थ्य कार्यालय,कृषि ज्ञान केन्द्रसँगै ७ वटै पालिकाका स्वास्थ्य शाखा,कृषि शाखा तथा पशु सेवा शाखाका प्राविधिकहरुसँग पहिलो चरणको छलफल कार्यक्रम चलाइएको पशु सेवा विज्ञ केन्द्रका प्रमुख श्रवण कुमार चौधरीले जानकारी गराए । स्वस्थ्य वातावरणले स्वास्थ्य बनस्पति र पशुपालन क्षेत्रमा सहयोगी हुने र मानवले उपयोग गर्ने वातावरणिय क्षेत्र तथा खाद्यमा प्रयोग हुने कृषि जन्य तथा पशुजन्य बस्तुको स्वस्थ्य प्रयोग बढा...
पशुसेवा विज्ञ केन्द्रसँग स्थानिय पशुप्राविधिकहरुको अन्तरक्रिया
कृषि, रामग्राम नगरपालिका, समाचार

पशुसेवा विज्ञ केन्द्रसँग स्थानिय पशुप्राविधिकहरुको अन्तरक्रिया

नवलपरासी,१३ माघजिल्ला स्थित भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासीले स्थानिय तहका पशुसेवा प्राविधिकहरुसँग अन्तरक्रिया गरेको छ । स्थानिय स्तरमा पशुपालक किसान र पशुमा देखिने समस्याको पहिचान तथा समस्याको समाधान गर्ने गरि अन्तरक्रिया गरेको हो ।उतm अन्तरक्रिया कार्यक्रममा पशु सेवा विज्ञ केन्द्रबाट पशुका लागि पठाईने खोपको शुरक्षा,प्रभावकारिताबारे छलफल भएको थियो । त्यसै गरि पशुमा देखिने रोग,पोषण तथा उपचारका लागि भेटेनरी अस्पतालले दिदै आएको सेवाबारे पनि जानकारी गराइएको थियो । त्यसै गरि ग्रामिण क्षेत्रका पशुपालक किसानलाई स्थानिय सरकारले पशु सेवा केन्द्रका विज्ञसँग निरन्तर सम्पर्क समन्वय गरि प्रोत्साहित गर्नु पर्ने आवश्यकता औल्याइएको थियो । यो अन्तरक्रियाले सरकार सरकार विचका सम्बन्धलाई प्रगाढ बनाउने र यसले किसानलाई सहजीकरणमा मद्द पुर्याउने विज्ञ केन्द्रका प्रमुख तथा मत्यस्य विकास निर्दे...
लुम्बिनी चिनी उद्योगको तौलकेन्द्रमा गुणस्तर तथा नापतौल कार्यालयद्धारा सिल
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

लुम्बिनी चिनी उद्योगको तौलकेन्द्रमा गुणस्तर तथा नापतौल कार्यालयद्धारा सिल

नवलपरासी,६ माघजिल्ला स्थित चिनी उद्योगहरुले उखु किसानको उखु खरिद गर्दा घटतौल(कम तौल गर्ने) गरि ठगि गर्दै आएको समाचार सार्वजनिक भए पछि गुणस्तर तथा नापतौल कार्यालयले सिलबन्दी गरेको छ । गुणस्तर तथा नापतौल कार्यालय बुटवलका गुरु प्रसाद पोख्रेल सहितको टोलीले त्यस्ता तौलकेन्द्रमा सिलबन्दी गरेको हो ।तौल केन्द्रका तौल मेसिन(काँटा)को परिक्षण गर्दा तौलमा फरक परिरहेको जनाउदै सिलबन्दी गरिएको जिल्ला समन्ववय समिति(जिसस)का प्रमुख भगौती प्रसाद यादवले बताए । तौलमा उखु किसान ठगिने गरेको समाचार आए पछि आफुले गुणस्तर तथा नापतौल कार्यालय लगायत सरोकारवाला कार्यालयलाई अनुगमन गर्न लगाएको जनाए । सबै तौल केन्द्रमा थोरै धेरै घटतौल देखिए पछि आवश्यक कार्यावाही अगाडी बढाउने गरि टोलीले सिल गरि फर्केको छ, उनले भने, यसका लागि सम्बन्धित उद्योगहरुलाई कार्यालयले कारवाहीका आवश्यक प्रकृया शुरु गर्नेछ ।जिसस प्रमुख यादवका अनुसार ट...
चिनी उद्योगले किसानको उखु घटतौल गरि ठगि गरे पछि किसानद्धारा तौलकेन्द्रमा तालाबन्दी
अर्थ, कृषि, प्रतापपुर गाँउपालिका, समाचार

चिनी उद्योगले किसानको उखु घटतौल गरि ठगि गरे पछि किसानद्धारा तौलकेन्द्रमा तालाबन्दी

नवलपरासी, २ माघजिल्ला स्थित चिनी उद्योगहरुले उखु किसानको उखु खरिद गर्दा घटतौल(कम तौल गर्ने) गरि ठगि गर्दै आएको खुलासा भएको छ । तौल केन्द्रमा उखु तौल गरेर उद्योग परिसरमा तौल गर्दा अस्वभाविक रुपमा तौल घट्न थाले पछि उद्योगका कर्मचारीले घटतौल गर्दै उखु किसानलाई ठगि गरेको रहस्य खुल्न थालेको हो । उधारोमा उखु खरिद गर्ने त्यसमा पनि तौल गर्दा घटतौल गर्दै ठगि गर्दै आएको जनाउदै उखु किसानले बागमती खाडसारी उद्योगका खरेटवा तौल केन्द्रको काँटामा तालाबन्दी गरिएको प्रतापपुर ४ठूलोखैरेटवा का मुराली यादवले बताए । जिल्ला प्रशासन कार्यालयलाई जानकारी तालबन्दी गरेका छौ, कृषक यादवले भने,नापतौल तथा गुणनियन्त्रण कार्यालय र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि आए पछि मात्र तालाबन्दी खोल्छौ । तौल केन्द्र र मिलगेटका दुबै काँटामा तौल गर्दा दुई क्वीन्टल उखु घोटाला देखिएको छ, उनले दुबै रसिद देखाउदै भने,यसमा अनुसंधान गर...
आफ्नै सहकारी सस्थाको गलत सुचना प्रवाह गरेको भन्दै चौकीदारलाई अस्पष्टिकरण
कृषि, नवलपरासी (ब.सु.प.)

आफ्नै सहकारी सस्थाको गलत सुचना प्रवाह गरेको भन्दै चौकीदारलाई अस्पष्टिकरण

नवलपरासी,२८ पुसजिल्ला स्थित आदर्श बहुमुखी सहकारी संस्था लिमिटेडको गोदाममा लुम्बिनी प्रदेश साँसदले मलखाद्य राख्न लगाएको भन्दै चौकीदारले दिइएको गलत सुचनाबारे अस्पटिकरण सोधिएको छ । सस्थाको गोदाममा गत साता सस्थाका ब्यवस्थापक सञ्जय कुमार सिँहले आफु नभएको अवस्थामा चौकीदार चानमती चमारले गलत सुचना गरेको भन्दै उसलाई स्पटिकरण सोधेका हुन् ।गत पुस १४ गते सहकारी संस्थामा रहेको रासायनिक युरिया मलखाद्य बिज वृद्धि कम्पनीका लागि छुट्टयाएको र उतm मल स्थानिय लुम्बिनी प्रदेश सभा सदस्य (प्रदेश साँसद) बैजनाथ कलवारले आफ्नो लागि मल राख्न लगाएर जनतालाई मल वितरण नगरिएको भनेर आरोप लागेको थियो । सो सुचना चौकीदारले गलत तरिकाले दिइएको भन्दै प्रदेश साँसदमा माथि लगाइएको उतm आरोपको खण्डन समेत ब्यवस्थापक सिँहले गरेका छन् । चौकीदारको कमजोरीले सँस्था तथा प्रदेश साँसदको समेत बदनाम गर्ने गरि दुष्प्रचार गरिएकोमा उनले दुःख समेत ...
डुबान रोक्न स्थानिय सरकार र संघ सरकारको बजेट कार्यक्रम भन्दा डिपिआर बनाउने होडबाजी
अर्थ, कृषि, समाचार, सरावल गाउँपालिका

डुबान रोक्न स्थानिय सरकार र संघ सरकारको बजेट कार्यक्रम भन्दा डिपिआर बनाउने होडबाजी

नवलपरासी,२१ पुसजिल्लाको सिमावर्ति क्षेत्रको डुबान रोक्न बजेट भन्दा विस्तृत परियोजना प्रतिवेदन(अिपिआर) बनाउने होडबाजी चलेको देखिन्छ । संघ र प्रदेश सरकारसँग पटक पटक डुबान रोक्न आगह गर्दै आएको सरावल गाउपालिका पछिल्लो समय आफै डिपिआर गराउदै काम गर्ने अग्रसरता देखाए पछि अहिले संघ सरकारको पनि सरावल सहित जिल्ला भरिको डुबान नियन्त्रणका लागि डिपिआर बनाउन लगाएको हो ।गाउपालिकाले संघ र प्रदेशको आस मारेर आफ्नै पालिका स्तरिय डिपिआर गराई काम गरि रहेको र अहिले संघ सरकारबाट पनि डिपिआर बनेको गाउपालिका अध्यक्ष शुखाडी चौधरीले बताए । उनका अनुसार संघिय सरकारबाट सरावल सहित जिल्ला भरिका डुबान नियन्त्रण गर्नका लागि २ अर्ब ७० करोड बराबरको डिपिआर बनेको छ । यता सरावल गाउपालिकाको धनेवा खोलाको डुबान नियन्त्रणका लागि कुल ११ दशमलव ७७ किलोमिटर लामो उतm धनेवा खोला ब्यवस्थापन तथा करिडोरको डिपिआर गर्दा पहिलो खोलाको गाईड बण्ड ...
नवलपरासीमा बाह्रौ पोल्ट्र दिवस मनाईयो
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

नवलपरासीमा बाह्रौ पोल्ट्र दिवस मनाईयो

नवलपरासी,१७ पुसजिल्ला स्थित भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासीले बाह्रौ राष्टिय पोल्ट्री दिवस मनाएको छ । कुखुरा पालनकर्ताहरुको सहभागितामा कार्यालयले कुखुरापालनको महत्वबारे विविध कार्यक्रम गरि दिवस मनाएको हो ।अस्पतालमा कुखुराका (फुल) अण्डाहरुको समेत वितरण गरेको थियो । पोषणमा अण्डाको प्रयोग वृद्धि आवश्यक छ,सो आवश्यकता पुरा गर्नका लागि कुखुरापालन आवश्यक छ र कुखुरापालनका लागि आवश्यक ज्ञानसिपको पनि आवश्यकता रहेको कुरा दिवसमा दर्शाइएको थियो । कार्यक्रममा अस्पतालका सुचना अधिकारी शुरेश मिश्राले दिवसको महत्वबारे प्रकाश पारेका थिए ।...
रामग्राम १५ स्थित तुरियाखोला सिचाई आयोजनाको बालुवा हटाउने प्रणाली नबन्दा किसानलाई मर्का
कृषि, रामग्राम नगरपालिका, समाचार

रामग्राम १५ स्थित तुरियाखोला सिचाई आयोजनाको बालुवा हटाउने प्रणाली नबन्दा किसानलाई मर्का

नवलपरासी,१ पुुुसजिल्लाको रामग्राम नगरपालिका १५ र १६ वार्ड लक्षित हर्कुई सिचाई आयोजनाको नहरमाा बालुवा हटाउने प्रणाली नबन्दा सिचाई आयोजनामा बालुवा जम्मा भएर सिचाई अवरुद्ध हुदा किसान मर्कामा परेका छन् । करोडौ लगानी गरी निर्माण भएको उतm आयोजनाको नहरबाट बालुवा बगाउने प्रणाली नबन्दा नहरमा बालुवा जम्मा भएर सिचाई गर्न नपाएर किसान मर्कामा परेका हुन् ।सिचाई प्रणाली बनाउदा नै नहरबाट बालुवा पुनः त्यही खोलामा बग्ने गरि प्रणाली बनाउनु पर्ने हो,तर सिचाईका प्राविधिकहरुले उतm प्रणाली नबनाईदिदा अहिले नहरमा पुरै बालुवा जम्मा भएर सिचाई समस्या भई रहेको स्थानियबासीले बताए । सिचाई डिभिजन कार्यालयले सिचाई आयोजनाको डिजाईन गर्दा नै बालुवा हटाउने खालको प्राविधिक प्रणाली बनाई दिएन, एक स्थानियले भने,अहिले बाढीको बेला पानी नहरमा बग्दै बालुवा जम्मा भएको छ । सिचाई गर्ने अवस्था छैन् । बालुवा जम्मा भएर जलभण्डारमा पनि समस्य...
करोडको सिचाई आयोजनाका पर्खाल सञ्चालनमा नआउदै चर्कियो
कृषि, नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

करोडको सिचाई आयोजनाका पर्खाल सञ्चालनमा नआउदै चर्कियो

नवलपरासी,२५ मंसिरजिल्लाको रामग्राम ८ स्थित झरहीखोला लिफ्ट सिचाई आयोजना सञ्चालनमा नआउदै भास्सिएर जग चर्किएको छ । सञ्चालनमा नआउदै जग चक्रिनु सिचाई डिभिजन कार्यालयले तयार गरेको उतm आयोजनाका कामको गुणस्तर माथि प्रश्न उठेको र यसको अनुसंधान गरि समाधान खोज्न समेत लुम्बिनी प्रदेश सभा सदस्य(प्रदेश साँसद) बैजनाथ जैसवालले माग गरेका हुन् ।उतm आयोजनामा प्राविधिक कमजोरी हो,कि निर्माण कम्पनीको लापर्वाही हो ? त्यसको अनुसंधान हुनु पर्छ,उतm आयोजनाको अवलोकन गर्दै प्रदेश साँसद जैसवालले भने, दोषीलाई कारवाही र आयोजनाको मर्मत सम्भार गराउन आफु सरकारसँग माग गर्छु । सो आयोजनाका लागि यो बर्ष पनि बजेट बिनियोजन गरिएको समेत उनले जानकारी गराएका थिए । स्थानिय किसानलाई सिचाई गर्न सहज होस,सिचाई समस्या समाधान होस भनेर आफुले लिफ्ट सिचाईको पहल गरेको थिए,प्रदेश साँसद जैसवालले भने,तर यसमा इन्जिनियर,प्राविधिक र सिचाई डिभिजन कार्...