सडक पुर्वाधार विकास कार्यालयद्धारा ठेकेदारलाई ७ दिने अल्टिमेटम
नवलपरासी,१३ माघसडक पुर्वाधार विकास कार्यालय रुपन्देहीले विभिन्न ठेकेदार तथा निर्माण कम्पनीलाई चेतावनी सहित काम शुरु गर्न सार्वजनिक सुचना जारी गरेको छ । जिल्ला स्थित विभिन्न स्थानका पुर्वाधान निर्माण कार्यको ठेक्का लिएका निर्माण कम्पनीले काम नगरिदिदा अलपत्र परेको आयोजनाहरुको काम तत्काल काम सम्पन्न गर्नका लागि सार्वजनिक सुचना प्रकाशित गरि चेतावनी दिइएको हो ।लुम्बिनी प्रदेश सरकार भौतिक पुर्वाधार विकास मन्त्रालय यातायात पुर्वाधार निर्देशनालय अन्तरगतको सडक पुर्वाधार विकास कार्यालयबाट नवलपरासी र रुपन्देहीमा ठेक्का लिएको तर बर्षाैसम्म काम नगर्दा आयोजना निर्माण हुन सकेको छैन । बेलामा अयोजना निर्माण सम्पन्न नहुदा स्थानिय जनताले सास्ती ब्यहोर्न परेको हुदा कार्यालयले ठेकेदारलाई काम गर्नका लागि कडाई गर्न थालेको छ । आयोजना सम्पन्न नभए पछि स्थानिय जनताले दैनिक जसो कार्यालयका प्राविधिक तथा कार्यालयमा फोन...










