सामुदायिक बन उपभोक्ताहरुको क्षमता अभिवृद्धि गराई पर्यापर्यटन तर्फ प्रोत्साहित गर्दै सुस्ता गाउपालिका
नवलपरासी,३० चैत्रजिल्लाको सुस्ता गाउपालिको पहिलो पटक गाउपालिका भित्रका सामुदायिक बनहरुलाई बन संरक्षण मार्फत आयआर्जन वृद्धि गर्ने उदेश्यले क्षमता अभिवृद्धि गराएको छ । दुई दिने क्षमता अभिवृद्धि कार्यक्रमको आयोजना गरि गाउपालिका भित्रका सामुदायिक बनहरुले बन पैदावार आपुर्ति बाहेक बन देखाएर,घुमाएर आय आर्जन गर्ने कार्य प्रति प्रोत्साहित गरेको हो ।परम्परागत रुपमा सामुदायिक बनका उपभोतmाहरुले घाँस,दाउरा र काठ आपुर्तिमा मात्र चित्त बुझाउदै आएको भए पनि अब ति बनमा पर्यापर्यटन,समाजिक र सांस्कृतिक गतिविधि वृद्धि गरि थप आर्यआर्जन गर्नका लागि क्षमता अभिवृद्धि गरिएको गाउपालिकाकी उपाध्यक्ष गिता चौधरीले बताईन् । सामुदायिक बन समुहका उपभोतmाहरु बन बचाउने र बन पैदावार आपुर्तिमा चित्र बुझाउदै आएका छन्,उनले भनिन्,तर अब सामुदायिक बन भित्र कसरी पर्यापर्यटनका लागि काम गर्न सकिन्छ । त्यसका लागि गाउपालिकाले के कस्तो सह...










