‘गण्डक पिडितहरुको संघर्षको उपलब्धी अहिले देखिन थालेको छ’
नवलपरासी,१ भदौगण्डक पिडितद्धारा विगत बर्षमा गरिएको संघर्ष र भारतिय पक्षसँग भएको सहमति अनुसारको काम भारतिय पक्षले गर्न थाले पछि अहिले गण्डक क्षेत्रमा उपलब्धीहरु देखिन थालेको छ । गण्डक पिडितसँग भएका सहमति भारतिय पक्षले एक प्रति आर्को कार्य गर्न थाले पछि अहिले गण्डक क्षेत्रका बासिन्दा त्यसलाई उपलब्धीको रुपमा हेर्न थालेका हुन् ।२०६५ सालमा गण्डक संघर्ष समिति गठन गरि गण्डक नदी(नारायणी)बाट हुने गरेको क्षति ब्यवस्थापन गर्न भारतिय पक्षले काम नगरेको भन्दै ३१ दिनसम्म भारतिय नहरमा पानी रोकेर आन्दोलन गरेका थिए । भारतिय मुख्य पश्चिमी नहर भित्र नै टेण्ट टागेर आन्दोलनमा उत्रिए पछि भारतिय पक्षले स्थानिय प्रशासनको समन्वयमा संघर्ष समितिसँग छलफल गर्न बाध्य भएको थियो । छलफल पछि संघर्ष समिति र गण्डक परियोजना कार्यालय बाल्मिकी नगरका अधिकारी तथा भारतिय प्रशासनका अधिकारीहरुले २१ बुदे काम गर्न लिखित सम्झौता गरेका थ...










