Author: Bechu Gaud

जिल्ला समन्वय समिति(जिसस)को नवनिर्मित भवनबाट कार्य शुरु
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

जिल्ला समन्वय समिति(जिसस)को नवनिर्मित भवनबाट कार्य शुरु

नवलपरासी,४ माघजिल्ला समन्वय समिति.(जिसस) आफ्नै नवनिर्मित भवनबाट काम शुचारु गरेको छ । झण्डै आठ करोड लागतमा बनेको जिससको प्रशासनिकय कार्यालय भवनको निर्माण पश्चात आफ्नै भवनबाट काम गर्न थालेको हो ।शिलान्यास भएको दुई बर्ष नपुग्दै भवनको निर्माण कार्य सम्पन्न भए पछि आफ्नै आफ्नै भवनबाट काम गर्न शुरु गरिएको जिसस प्रमुख भगौती प्रसाद यादवले बताए । उनका अनुसार कुल ७ करोड ९० लाख ६५ हजार ३ सय ८ रुपिया भ्याट बाहेकको रकममा आकृति पशुपति एभरेष्ट जे.भि. बुटवलले भवन निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । रामग्राम नगरपालिका वार्ड नं.४ स्थित आफ्नै करिब ढाई विघा जग्गामा सो भवन निर्माण भएको छ । विगत जिल्ला प्रशासन कार्यालय परिसरमा रहदै आएको साविक जिविसको कार्यालयमा जिसस कार्यालय सञ्चालन हुदै आएको थियो । पछि जिल्ला प्रशासन कार्यालय समेत नयाँ भवन बन्ने भएको हुदा सो भवन भत्काउने कार्य शुरु हुन थाले पछि जिसस भाडा...
चिनी उद्योगले किसानको उखु घटतौल गरि ठगि गरे पछि किसानद्धारा तौलकेन्द्रमा तालाबन्दी
अर्थ, कृषि, प्रतापपुर गाँउपालिका, समाचार

चिनी उद्योगले किसानको उखु घटतौल गरि ठगि गरे पछि किसानद्धारा तौलकेन्द्रमा तालाबन्दी

नवलपरासी, २ माघजिल्ला स्थित चिनी उद्योगहरुले उखु किसानको उखु खरिद गर्दा घटतौल(कम तौल गर्ने) गरि ठगि गर्दै आएको खुलासा भएको छ । तौल केन्द्रमा उखु तौल गरेर उद्योग परिसरमा तौल गर्दा अस्वभाविक रुपमा तौल घट्न थाले पछि उद्योगका कर्मचारीले घटतौल गर्दै उखु किसानलाई ठगि गरेको रहस्य खुल्न थालेको हो । उधारोमा उखु खरिद गर्ने त्यसमा पनि तौल गर्दा घटतौल गर्दै ठगि गर्दै आएको जनाउदै उखु किसानले बागमती खाडसारी उद्योगका खरेटवा तौल केन्द्रको काँटामा तालाबन्दी गरिएको प्रतापपुर ४ठूलोखैरेटवा का मुराली यादवले बताए । जिल्ला प्रशासन कार्यालयलाई जानकारी तालबन्दी गरेका छौ, कृषक यादवले भने,नापतौल तथा गुणनियन्त्रण कार्यालय र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि आए पछि मात्र तालाबन्दी खोल्छौ । तौल केन्द्र र मिलगेटका दुबै काँटामा तौल गर्दा दुई क्वीन्टल उखु घोटाला देखिएको छ, उनले दुबै रसिद देखाउदै भने,यसमा अनुसंधान गर...
मनरीको थारु साँस्कृतिक पार्क नजिकै थारु रिसोर्टले गाउमा रौनक
पर्यटन, समाचार, सरावल गाउँपालिका, संस्कृति

मनरीको थारु साँस्कृतिक पार्क नजिकै थारु रिसोर्टले गाउमा रौनक

नवलपरासी,२९ पुसजिल्लाको सरावल २ मनरी स्थित थारु साँस्कृतक पार्क नजिकै सञ्चालनमा आएको थारु रिसोर्ट स्थानिय स्तरमा रौनक बढाएको छ । गत बर्ष देखी साँस्कृतिक पार्कको अवाधारणा ल्याई पार्क सञ्चालनमा ल्याए पछि आउने पर्यटकलाई थारुको साँस्कृतिक खानपान अनुसार खाना,खजा,नास्ता समेत खान पाउने गरि साता दिन देखी सोही स्थानमा थारु रिसोर्ट सञ्चालनमा आउदा थप रौनक बढेको हो ।सरावल गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीले पार्कमा आउने पर्यटकले घुम्न पाउने,बस्न पाउने तर थारु संस्कृतिको खानानास्ता खान नपाउने भएकोले थारु रिसोर्ट खोल्न पनि प्रोत्साहित गरिएको बताए । मनरी स्वास्थ्य चौकीको जग्गालाई उपयोग हुन्े गरि थारु रिर्सोट संचालनमा आएको उनले जानकारी गराए । उनका अनुसार थारु परिकार र थारु कला संस्कृतिकलाई संरक्षण गर्ने उदेश्यले थारु सांस्कृतिक पार्क नजिकै एक थारु युवाको लागानीमा थारु रिर्सोट संचालनमा ल्याएको उनको भना...
आफ्नै सहकारी सस्थाको गलत सुचना प्रवाह गरेको भन्दै चौकीदारलाई अस्पष्टिकरण
कृषि, नवलपरासी (ब.सु.प.)

आफ्नै सहकारी सस्थाको गलत सुचना प्रवाह गरेको भन्दै चौकीदारलाई अस्पष्टिकरण

नवलपरासी,२८ पुसजिल्ला स्थित आदर्श बहुमुखी सहकारी संस्था लिमिटेडको गोदाममा लुम्बिनी प्रदेश साँसदले मलखाद्य राख्न लगाएको भन्दै चौकीदारले दिइएको गलत सुचनाबारे अस्पटिकरण सोधिएको छ । सस्थाको गोदाममा गत साता सस्थाका ब्यवस्थापक सञ्जय कुमार सिँहले आफु नभएको अवस्थामा चौकीदार चानमती चमारले गलत सुचना गरेको भन्दै उसलाई स्पटिकरण सोधेका हुन् ।गत पुस १४ गते सहकारी संस्थामा रहेको रासायनिक युरिया मलखाद्य बिज वृद्धि कम्पनीका लागि छुट्टयाएको र उतm मल स्थानिय लुम्बिनी प्रदेश सभा सदस्य (प्रदेश साँसद) बैजनाथ कलवारले आफ्नो लागि मल राख्न लगाएर जनतालाई मल वितरण नगरिएको भनेर आरोप लागेको थियो । सो सुचना चौकीदारले गलत तरिकाले दिइएको भन्दै प्रदेश साँसदमा माथि लगाइएको उतm आरोपको खण्डन समेत ब्यवस्थापक सिँहले गरेका छन् । चौकीदारको कमजोरीले सँस्था तथा प्रदेश साँसदको समेत बदनाम गर्ने गरि दुष्प्रचार गरिएकोमा उनले दुःख समेत ...
सरावल गाउपालिकाका दलित महिलालाई क्षमता विकास तालिम
शिक्षा, समाचार, सरावल गाउँपालिका

सरावल गाउपालिकाका दलित महिलालाई क्षमता विकास तालिम

नवलपरासी,२१ पुसजिल्लाको सरावल गाउपालिकाले दलित महिलाहरुको क्षमता विकासका लागि विभिन्न तालिमहरुको कार्यक्रम अगाडी सारेको छ । गाउपालिकाकी उपाध्यक्ष बासमती हरिजनले बर्षाै देखी दलिए र दबिएका दलित महिलाहरुलाई समाजको नेतृत्वदायी भुमिकामा ल्याउन कार्यक्रमहरु बनाइएको बताएकी हुन् ।दलित महिलाको क्षमता अभिवृद्धिका लागि सात वटै वार्डमा अगुवा दलित महिलाहरुलाई ब्यतिmत्व विकास,नेतृत्व विकास,उदघोषण तथा आवेदन र प्रतिवेदन लेखन तालिम गराउने कार्यक्रमको शुभारम्भ गरिएको उपाध्यक्ष हरिजनले बताईन् । आफु दलित महिला नै हो, उनले भनिन्,आफुलाई महिला तथा दलित महिलाहरुले मतदान गरि उपाध्यक्ष जस्तो स्थानको नेतृत्व गर्न सघाए । अब ति सबै महिलाहरुको ब्यतिmत्व र नेतृत्व उठाउनका लागि काम अगाडी सारेको हुँ, उनले भनिन्,विकास पुर्वाधार त निरन्तर भई नै रहेको छ । तर सदियौ देखीको दमनमा परेकी दलित महिलाहरुलाई समाज तथा राज्यको मुलधारमा...
डुबान रोक्न स्थानिय सरकार र संघ सरकारको बजेट कार्यक्रम भन्दा डिपिआर बनाउने होडबाजी
अर्थ, कृषि, समाचार, सरावल गाउँपालिका

डुबान रोक्न स्थानिय सरकार र संघ सरकारको बजेट कार्यक्रम भन्दा डिपिआर बनाउने होडबाजी

नवलपरासी,२१ पुसजिल्लाको सिमावर्ति क्षेत्रको डुबान रोक्न बजेट भन्दा विस्तृत परियोजना प्रतिवेदन(अिपिआर) बनाउने होडबाजी चलेको देखिन्छ । संघ र प्रदेश सरकारसँग पटक पटक डुबान रोक्न आगह गर्दै आएको सरावल गाउपालिका पछिल्लो समय आफै डिपिआर गराउदै काम गर्ने अग्रसरता देखाए पछि अहिले संघ सरकारको पनि सरावल सहित जिल्ला भरिको डुबान नियन्त्रणका लागि डिपिआर बनाउन लगाएको हो ।गाउपालिकाले संघ र प्रदेशको आस मारेर आफ्नै पालिका स्तरिय डिपिआर गराई काम गरि रहेको र अहिले संघ सरकारबाट पनि डिपिआर बनेको गाउपालिका अध्यक्ष शुखाडी चौधरीले बताए । उनका अनुसार संघिय सरकारबाट सरावल सहित जिल्ला भरिका डुबान नियन्त्रण गर्नका लागि २ अर्ब ७० करोड बराबरको डिपिआर बनेको छ । यता सरावल गाउपालिकाको धनेवा खोलाको डुबान नियन्त्रणका लागि कुल ११ दशमलव ७७ किलोमिटर लामो उतm धनेवा खोला ब्यवस्थापन तथा करिडोरको डिपिआर गर्दा पहिलो खोलाको गाईड बण्ड ...
नवलपरासीमा बाह्रौ पोल्ट्र दिवस मनाईयो
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

नवलपरासीमा बाह्रौ पोल्ट्र दिवस मनाईयो

नवलपरासी,१७ पुसजिल्ला स्थित भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासीले बाह्रौ राष्टिय पोल्ट्री दिवस मनाएको छ । कुखुरा पालनकर्ताहरुको सहभागितामा कार्यालयले कुखुरापालनको महत्वबारे विविध कार्यक्रम गरि दिवस मनाएको हो ।अस्पतालमा कुखुराका (फुल) अण्डाहरुको समेत वितरण गरेको थियो । पोषणमा अण्डाको प्रयोग वृद्धि आवश्यक छ,सो आवश्यकता पुरा गर्नका लागि कुखुरापालन आवश्यक छ र कुखुरापालनका लागि आवश्यक ज्ञानसिपको पनि आवश्यकता रहेको कुरा दिवसमा दर्शाइएको थियो । कार्यक्रममा अस्पतालका सुचना अधिकारी शुरेश मिश्राले दिवसको महत्वबारे प्रकाश पारेका थिए ।...
सरावलमा ग्रामिण रोजगार सृजना गर्न रोजगार संवाद
अर्थ, समाचार, सरावल गाउँपालिका

सरावलमा ग्रामिण रोजगार सृजना गर्न रोजगार संवाद

नवलपरासी,१७ पुसजिल्लाको सरावल गाउपालिकाले रोजगारीको अवसर खोज्न रोजगार मञ्चको आयोजना गरेको छ । सरावल गाउपालिकामा रोजगार संवाद मञ्च नै गठन गरेर रोजगारीको अवसरबारे सुचना संकलन गरेको हो ।ग्रामिण क्षेत्रमा बढदो बेरोजगारीलाई कसरी समाधान गर्ने ? स्थानिय स्तरबाट रोजगारलाई सम्बोधन गर्नका लागि कुन कुन क्षेत्रमा के कस्ता प्रकारका योजना बनाई रोजगारी सृजना गर्न सक्ने र स्थानिय सरकारको भुमिका के कस्तो हुनु पर्ने जस्ता विषयमा सरोकारवालासँग सम्वाद गरिएको रोजगार संयोजक नेत्र भण्डारीले जानकारी गराएका थिए । गाउपालिकाको योजना परियोजना सञ्चालन गर्दा पनि रोजगारलाई जोडेर आयोजना,योजना र परियोजना बन्नु पर्नेमा धेरै सरोकारवालाले जोड दिएका थिए । योजनामा अहिले धेरै जसो मेसिनरीको प्रयोग बढदा रोजगारी दर घट्ने गरेको बताएका थिए । अतिआवश्यक र जोखिमपुर्ण काम बाहेकका कामहरुमा जनशतिmको प्रयोगलाई बढावा दिइनु पर्ने र योजना सञ्...
पृथ्वी चन्द्र अस्पतालबाट भ्रष्टाचार विरुद्धको सस्था(सिटिजन जुरी)ले माग्यो सुचना
रामग्राम नगरपालिका, समाचार, स्वास्थ्य

पृथ्वी चन्द्र अस्पतालबाट भ्रष्टाचार विरुद्धको सस्था(सिटिजन जुरी)ले माग्यो सुचना

नवलपरासी, १७ पुसजिल्ला स्थित पृथ्वीचन्द्र अस्पतालबाट भ्रष्टाचार विरुद्धको सस्था(सिटिजन जुरी)ले सुचना माग गरेको छ । जिल्ला अस्पतालको सेवाको गुणस्तर तथा भ्रष्टाचार हुने गरेको आरोप लाग्न्े गरेको प्रति आफ्नो ध्यानाकर्षण भएको जनाउदै सो सुचना माग गरेको हो ।सस्थाका अध्यक्ष रामजी ज्ञवालीले अस्पतालको नाँउमा पत्राचार नै गरेर उतm सुचना माग गरिएको जानकारी गराएका थिए । उनले माग गरिएको सुचना अनुसार अस्पतालका चिकित्सकहरुले नयाँ नियुतिm गरि आउने र बस्ने वातावरण नहुदा बिचमै राजीनामा गरेर जाने गरेको अवस्था,विमा सेवा,ल्याब सेवा लगायतका विभिन्न विषयसँग सम्बन्धित रहेर सुचना माग गरेको पत्रमा उल्लेख गरिएको छ । अस्पतालमा नेपाल सरकार र विकास समितिबाट के कति जनशतिm स्वीकृत छ ? सो मध्ये कति पदपुर्ति र कति रितm छ ?,निशुल्क औषधीमा के कति प्रकारका औषधीहरु निशुल्क उपलब्ध गराउदै आएको छ? ल्याब सेवामा दैनिक २० जनालाई मात्र...
लक्ष्य अनुसारको राजस्व संकलन गर्न महेशपुर भन्सारका नयाँ प्रमुख तस्करी रोक्न सक्रिय
अर्थ, पाल्हिनन्दन गाउँपालिका, समाचार

लक्ष्य अनुसारको राजस्व संकलन गर्न महेशपुर भन्सारका नयाँ प्रमुख तस्करी रोक्न सक्रिय

नवलपरासी,१४ पुसजिल्ला स्थित महेशपुर भन्सारमा नयाँ भन्सार प्रमुख हाजिर भए पछि सिमा क्षेत्रमा कडाई भएको छ । सिमा क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण गर्न दुई साता पहिला नयाँ भन्सार प्रमुख विकास उपाध्याय सक्रिय भएर लागि परे पछि अहिले सिमा क्षेत्रबाट चोरी तस्करीमा नियन्त्रण भएको स्थानियले जनाएका हुन् ।लक्ष्य घटाउदै जादा पनि लक्ष्य अनुसारको राजस्व संकलन हुन नसक्दा अहिले सिमा क्षेत्रमा हुने तस्करी रोक्न नयाँ राजस्व प्रमुख लागि परेको छन् । नयाँ नयाँ आएको भन्सार प्रमुख उपाध्याय अहिले आफै राती राती सिमा क्षेत्रमा निगरानी बढाए पछि सिमा क्षेत्रमा हुने गरेको चोरी तस्करी रोकिएको एक स्थानियले बताए । चोरी तस्करी नियन्त्रणमा भन्सार प्रमुख उपाध्याय सक्रिय भए पश्चात सिमावर्ती प्रहरीहरु पनि चोरी तस्करी नियन्त्रणमा लागेका छन्, उनले भने, जिल्ला प्रशासन कार्यालयले पनि चोरी तस्करी नियन्त्रणका लागि सिमावर्ती सब...