जिल्ला पृथ्वीचन्द्र अस्पतालमा आँखा उपचारका लागि विभाग थपिदैै
नवलपरासी, ४ मंसिरजिल्ला स्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा डेढ महिना देखी रेडियो लोजिस्ट डाक्टर हाजिर भएर सेवा दिदा विरामीको आकर्षण बढेसँगै अहिले अस्पतालमा आँखा परिक्षणका लागि विभाग खडा गर्ने जनाएको छ । ५० सैया अस्पतालमा बहिरँग विभाग अन्तरगत नै आँखा परिक्षणका सेवा समेत सञ्चालन गर्नु पर्ने मान्यता अनुसार अस्पतालले सो आँखा परिक्षणका लािग विभाग बनाउने जनाएको हो ।अस्पतालमा नियमित उपचार गराउने मधुमेह तथा रतmचाप लगायतका िविरामीलाई औषधी चलाउदा आँखामा समेत असर पर्ने हुदा त्यसको समेत नियमित परिक्षण गर्नु पर्ने भएकोले अस्पतालले आँखा परिक्षणको सेवा थप गर्न लागेको अस्पताल ब्यवस्थापनले जानकारी गराएको हो । आँखा उपचार सेवाले अस्पतालमामा सेवा विस्तारसँगै गुणस्तरिय सेवालाई प्रभावकारी बनाउने अस्पतालका सुचना अधिकारी गोविन्द बहादुर ज्ञवालीले जानकारी गराए । उनका अनुसार आँखा उपचारका लागि छुट्टै विभाग गठन हुदैछ...










