Author: Bechu Gaud

विद्युत प्राधिकरणले अनियमित विद्युत काट्दा उद्योगलाई समस्या
अर्थ, रामग्राम नगरपालिका, समाचार

विद्युत प्राधिकरणले अनियमित विद्युत काट्दा उद्योगलाई समस्या

नवलपरासी,२३ फागुननेपाल विद्युत प्राधिकरण परासी वितरण केन्द्रले अनियमित विद्युत काट्दा रामग्रामका औद्योगिक क्षेत्र प्रभावित बन्ने गरेको सो क्षेत्रका उद्योगले जनाएका छन् । विद्युतका लागि बहुविकल्प भन्दै आएको नवलपरासीको औद्योगिक क्षेत्रमा विद्युत आपुर्ति बेला बेलामा बन्द हुदा उद्योगहरुले क्षति ब्यहोर्न परेको जनाकारी गराएका हुन् ।उद्योग बाणिज्य संघले औद्योगिक क्षेत्रको समस्या र चुनौतीबारे शुरु गरेको सुझाव संकलन अभियान अन्तरगत सुझाव संकलन गर्दा सो समस्या उद्योगहरुले राखेका थिए । संघका उद्योग उपाध्यक्ष गिरीराज पाण्डे र बाणिज्य उपाध्यक्ष राजेश कुमार गुप्ता सुझाव संकलनमा जुटेका छन् । समस्या बुझ्ने क्रममा उद्योगहरुले विभिन्न समस्यासँगै अनियमित विद्युत कटौती पनि चुनौती रहेको समस्या दर्र्शाएको उद्योग उपाध्यक्ष पाण्डेले जानकारी गराए । संघले सम्बन्धित निकायमा सो समस्या समाधानका लागि पहल गर्छ, उनले भने,...
हुलाकी राजमार्ग आयोजना कार्यालयमा धर्ना बस्न जाने भन्दै प्रतापपुर गाउपालिकाद्धारा आम जनतालाई अपिल
प्रतापपुर गाँउपालिका, विकास पुर्वाधार, समाचार

हुलाकी राजमार्ग आयोजना कार्यालयमा धर्ना बस्न जाने भन्दै प्रतापपुर गाउपालिकाद्धारा आम जनतालाई अपिल

नवलपरासी,२१ फागुनजिल्लाको हुलाकी राजमार्ग सेमरी — त्रिवेणी खण्ड पाँच बर्ष वित्दा पनि सम्पन्न नभए पछि त्यसबाट प्रभावित प्रतापपुर गाउपालिकाले हुलाकी आयोजना कार्यालय कपिलबस्तु गोरुसिँगेमा धर्ना बस्न जाने पिडितहरुसँग अपिल गरेको छ । गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवले बुधवार एक प्रेस विज्ञप्ती प्रकासित गर्दै उतm अपिल गरेका हुन् ।स्थानिय स्तरबाट पटक पटक ध्यानाकर्षण,धर्ना लगायतका कार्य गरि सचेत गराउदै आएको भए पनि आयोजना कार्यालय र सम्बन्धित निर्माणा ब्यवसायीहरुले झुठ्ठा आश्वासन दिइने र पिडितलाई झुक्याउने कार्य गर्दै आएको बताउदै आयोजना कार्यालयमै पुगेर धर्ना बस्ने योजना बनाइएको अध्यक्ष यादवले बताएका छन् । यहिँ फागुन २६ गते धर्ना बस्न जाने भनेर विज्ञप्तीमा उल्लेख गरिएको छ । यो भन्दा पहिला पनि अध्यक्ष यादवले आसोज ३ गते नै दशै सकिने वित्तिकै काम शुरु गर्ने भन्दै अनसन कार्यक्रम स्थगित गराएको थियो । त...
रामग्रामका औद्योगिक क्षेत्रको समस्या बुझ्‌दै उबा संघ
अर्थ, रामग्राम नगरपालिका, समाचार

रामग्रामका औद्योगिक क्षेत्रको समस्या बुझ्‌दै उबा संघ

नवलपरासी,२० फागुनविश्व बैंकको सहयोगमा निर्माणाधिन रामग्रामका पर्यटन मार्गका कारण औद्योगिक क्षेत्रका दर्जनौ उद्योग डुबानमा पर्ने चुनौती बढदै गएको औद्योगिक क्षेत्रका उद्योगले जनाएका छन् । उद्योग बाणिज्य संघ नवलपरासीको नेतृत्वमा औद्योगिक क्षेत्रको समस्या,चुनौती र समाधानका उपायबारे सुझाव संकलन गर्ने अभियानमा औद्योगिक क्षेत्रका सञ्चालकहरुले गुनासो राखेका हुन् ।संघका उद्योग उपाध्यक्ष गिरीराज पाण्डे र बाणिज्य उपाध्यक्ष राजेश कुमार गुप्त तथा पत्रकार महासंघका सहसचिव सद्दा हुसेन अंसारी सहितको टोली औद्योगिक क्षेत्रमा सुझाव परामर्श गर्न पुगे पछि उद्योगीहरुले उतm समस्या पहिलो भएको बताएका थिए । पर्यटन मार्गको निर्माण गर्दा सडकको दुबै किनारमा बन्ने नाली जमिन सतह भन्दा माथि बनाईदा सडकले औद्योगिक क्षेत्रलाई मात्रै नभई स्थानिय बस्ति र बालीनाली हुने खेतलाई समेत डुबान हुने बताएका थिए । नालीलाई देखाउदै रोस्लान...
जलवायु परिवर्तन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शिक्षा, समाचार, सरावल गाउँपालिका

जलवायु परिवर्तन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुकरात गाैड परासी, फागुन २०,सरावल गाउँपालिका वडा नं ५, धनगडवामा जलवायु परिवर्तनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। ब्रिटिश काउन्सिल र दलित लाइभ्स म्याटरको सहयोग तथा लिगल एड एन्ड रिसर्च सेन्टरको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा २५ जना स्थानीय महिला तथा युवाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा जलवायु परिवर्तनका मुख्य कारणहरू, प्रभावहरू तथा समाधानका उपायहरूबारे गहन छलफल गरिएको थियो। वातावरणीय प्रदूषण, वन विनाश, औद्योगिक उत्सर्जन, प्लास्टिकजन्य फोहोरको बढ्दो प्रयोग, र अत्यधिक कार्बन उत्सर्जन जलवायु परिवर्तनका मुख्य कारण रहेको सहभागीहरूले औंल्याएका थिए। जलवायु परिवर्तनका कारण कृषि प्रणालीमा असर पर्ने, जमिनको उर्वराशक्ति कमजोर हुने, पानीका स्रोतहरू सुकेर खानेपानीको अभाव बढ्ने, अनियमित मौसमी चक्रले बाढी, खडेरी, चट्याङ, अत्यधिक गर्मी वा चिसो जस्ता चरम मौसमी घटनाहरू ...
बर्षौ देखी मर्मत सम्भार नभएको भुतहा—महेशपुर सडकको अवस्था अवलोकन गर्दै भौतिक पुर्वाधार मन्त्री ढकाल
विकास पुर्वाधार, समाचार, सरावल गाउँपालिका

बर्षौ देखी मर्मत सम्भार नभएको भुतहा—महेशपुर सडकको अवस्था अवलोकन गर्दै भौतिक पुर्वाधार मन्त्री ढकाल

नवलपरासी,१९ फागुनबषौै देखी मर्मत सम्भारको उपेक्षामा परेको जिल्लाका महत्वपुर्ण सडकको अवस्थाबारे सरावल गाउपालिकाले लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्रीलाई स्थलगत अवलोकन गराएर अवगत गराएको छ । जिल्लाको भन्सारनाका देखी पुर्वपश्चिम राजमार्ग जोड्ने महेशपुर—भुतहा सडकको विगत विगत ९ बर्ष देखी मर्मत सम्भार नहुदा जिर्ण भएको समस्याबारे लुम्बिनी प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री भुमिश्वर ढकाललाई अवगत गराइएको गाउपालिका अध्यष सुखाडी चौधरीले जानकारी गराएका हुन ।मुलुकमा संघिय ब्यवस्था पुर्व नै तत्कालिन जिविस मार्फत सो सडक ओटासिल बनाइएको थियो तर पछिल्लो समय सो सडकको मर्मत सम्भार गर्ने दायित्व कुन तहको सरकारसँग हुने अन्यौलताले सडक जिर्ण हुदै गएको थियो । अहिले पनि उतm सडक दुई जना संघिय सरकारका साँसद र तिन जना प्रदेश सरकारका साँसदको क्षेत्रलाई जोड्ने भए पनि सडकको मर्मत सम्भारमा कुनै पनि सरकारले ...
परासीमा धितोपत्र बजार तथा बित्तिय बजार सम्बन्धि साक्षरता कार्यक्रम
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

परासीमा धितोपत्र बजार तथा बित्तिय बजार सम्बन्धि साक्षरता कार्यक्रम

नवलपरासी,१० फागुन,जिल्लाका उद्योगी ब्यवसायी तथा अन्य धितोपत्रसँग सरोकार राख्नेलाई धितोपत्र बजार तथा बस्तु विनिमय बजार सम्बन्धी लगानीकर्ता साक्षरता तथा सचेतना अभिवृद्धि गरिएको छ । धितोपत्र बोर्डको आयोजना तथा उद्योग बाणिज्य संघ नवलपरासीको सहकार्यमा उतm कार्यक्रम गरिएको हो ।धितोपत्र बोर्डले पहिलो चरणमा राजधानी बाहिरका सुदुर पश्चिम प्रदेश र लुम्बिनी प्रदेशको ९ स्थानमा धितोपत्रसम्बन्धि लगानी प्रवद्र्धन गर्ने उदेश्यले सचेतना अभिवृद्धि कार्य गरिएको बोर्डका कार्यकारी निर्देशक डा.नवराज अधिकारीले जानकारी गराएका थिए । धितोपत्रको कारोबारमा सहभागी हुन चाहने तर प्रयाप्त सुचना र जानकारी नहुदा समस्यामा पर्ने गरेका कारणले पनि यस्तो सचेतना कार्यक्रम गर्न थालिएको उनको भनाई थियो । आवश्यकता अनुसार नेपाल धितोपत्र बोर्डले प्रादेशिक कार्यालय समेत खोलेर सहजीकरण र नियमन गर्ने योजना रहेको सुनाएका थिए । उनले एसएमईज प...
केरा किसानलाई टिस्यु कल्चरको बेर्ना प्राप्तीमा समस्या, सरकार उधासिन
कृषि, नवलपरासी (ब.सु.प.), रामग्राम नगरपालिका

केरा किसानलाई टिस्यु कल्चरको बेर्ना प्राप्तीमा समस्या, सरकार उधासिन

नवलपरासी,९ फागुन, जिल्लामा केराको बेर्ना तयार गर्नका लागि टिस्यु कल्चर गर्ने सस्थाहरु नहुदा केरा किसान अहिले समस्यामा परेका छन् । केरा किसान प्रति सरकारी उदासिनताले बेर्ना पाउने जटिलता उत्पन्न हुदा समस्यामा परेका हुन् ।भारतबाट बेर्ना ल्याउन नपाउने र ल्याएमा बनस्पति जन्य क्वारेन्टाईन ल्याब ब्यवस्था नहुदा अनुदान प्राप्तीमा समस्या एका तिर देखिएका छन् । आर्को तिर नेपालमा रहेका टिस्यु कल्चर गर्ने सस्थाहरुले बेर्ना उपलब्ध गराउन नसक्ने जनाए पछि केरा किसान समस्यामा परेका प्रतापपुरका स्थानिय केरा किसान युवराज मौर्यले बताए । उनका अनुसार जिल्लाका किसानलाई बार्षिक ६ लाख गोटा बेर्ना आवश्यक पर्छ । ति बेना आपुर्तिमा अहिले समस्या देखिएको छ, उनले भने,यसका लागि तिन तहकै सरकारसँग पहल गर्न माग गर्दै आएका छौ । तर चाँसो लिएको जस्तो देखिदैन, उनले गुनासो गरेका थिए ।अहिले प्रति गोटा ३५ रुपिया टिस्यु कल्चरका बेर्ना...
एक स्वास्थ्य अवधारणाबारे छलफल चलाउदै पशु सेवा विज्ञ केन्द्र
कृषि, नवलपरासी (ब.सु.प.), स्वास्थ्य

एक स्वास्थ्य अवधारणाबारे छलफल चलाउदै पशु सेवा विज्ञ केन्द्र

नवलपरासी,८ फागुनएक स्वास्थ्य अवधारणा(वन हेल्थ कन्सेप्ट) बनाउन जिल्ला स्थित भेटेनरी तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासीले सरोकारवालासँग छलफल गरेको छ । मानव स्वास्थ्य,पशु स्वास्थ्य,बनस्ती स्वास्थ्य तथा वातावरणिय समस्यालाई छुट्टा छुट्टै रुपमा हेर्ने गरिएको भए पनि अब देखी सबैलाई एकै स्थानबाट हेर्ने र एक निकायले आर्को निकायको कामलाई पनि हेर्ने गरि एक स्वास्थ्य अवधारणाबारे छलफल चलाएको हो ।जिल्ला स्थित स्वास्थ्य कार्यालय,कृषि ज्ञान केन्द्रसँगै ७ वटै पालिकाका स्वास्थ्य शाखा,कृषि शाखा तथा पशु सेवा शाखाका प्राविधिकहरुसँग पहिलो चरणको छलफल कार्यक्रम चलाइएको पशु सेवा विज्ञ केन्द्रका प्रमुख श्रवण कुमार चौधरीले जानकारी गराए । स्वस्थ्य वातावरणले स्वास्थ्य बनस्पति र पशुपालन क्षेत्रमा सहयोगी हुने र मानवले उपयोग गर्ने वातावरणिय क्षेत्र तथा खाद्यमा प्रयोग हुने कृषि जन्य तथा पशुजन्य बस्तुको स्वस्थ्य प्रयोग बढा...
अनोमाघाटको प्रवद्र्धनका लागि पदयात्रा निकालिने
पर्यटन, प्रतापपुर गाँउपालिका, समाचार

अनोमाघाटको प्रवद्र्धनका लागि पदयात्रा निकालिने

नवलपरासी, ८ फागुनजिल्लाको सुस्ता ५ स्थित अनोमाघाटलाई प्रचार प्रचार तथा प्रवद्र्धन गर्न प्रतापपुर गाउपालिका अध्यक्षले पदयात्रामा निस्कने बताएका छन् । सिद्धार्थ गौतमले महाभिनिष्क्रमण(गृहत्याग गरि सन्यास लिएको ) उतm स्थानको प्रचार प्रसार प्रवद्र्धन गर्न सकिए बौद्धतिर्थ स्थल तथा पर्यटकिय गन्तब्य बन्न सक्ने भएको हुदा पदयात्रा मार्फत प्रवद्र्धन गर्ने उनले बताएका हुन्सुूस्ता गाउपालिकामा उतm स्थान परे पनि प्रतपापुरसँगै जोडिएको हुदा भेगिय हिसाबले पनि स्वामित्व ग्रहण गरि लुम्बिनी प्रदेश स्तरको पदयात्रा निकाल्ने सोच रहेको उनले सुनाए । प्रतापपुर गाउपबालिकाबाट पनि रु एक लाख बजेट विनियोजन गरि पर्यटन पुर्वाधार बनाउने प्रयास थालिएको छ, उनले भने, पुर्वाधारसँगै त्यस स्थानको प्रचार प्रसार पनि उत्तिकै आवश्यक छ । समय ब्यवस्थापन गरि छिट्टै नै कार्यपालिकासँग छलफल गरि पालिका स्तरबाटै पदयात्रा योजना बनाई निस्कने उ...
रामग्राममा दुई दिवसीय खाना महोत्सव, स्थानीय मौलिक परिकारलाई प्राथमिकता
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राममा दुई दिवसीय खाना महोत्सव, स्थानीय मौलिक परिकारलाई प्राथमिकता

नवलपरासी, ७ फागुन पश्चिम नवलपरासीको रामग्राममा पहिलो पटक खाना महोत्सव आयोजना हुने भएको छ। फागुन १२ र १३ गते परासीस्थित घण्टाघर चोकदेखि बाईपास रोडसम्म फैलिने महोत्सवमा करिब १०० वटा खाना स्टल रहने छन्। स्थानीय आदिवासी जनजाति महासंघ रामग्राम नगर समितिको आयोजनामा हुन लागेको यो महोत्सवको मुख्य उद्देश्य स्थानीय मौलिक परिकारको प्रवर्द्धन गर्नु रहेको छ। कार्यक्रम मूल समारोह व्यवस्थापन समितिका संयोजक अविनाश रेश्मीका अनुसार, "आधुनिक खानाको भन्दा परम्परागत स्वाद र संस्कृतिलाई विशेष प्राथमिकता दिइनेछ।" महोत्सवमा सहभागी सबै स्टलहरू निःशुल्क उपलब्ध गराइनेछ भने रामग्राम नगरपालिकाले प्रमुख आर्थिक सहयोग गर्नेछ। मूल आयोजक समितिका संयोजक अशोक श्रेष्ठले महोत्सवले विविध जातीय समुदायको सांस्कृतिक पहिचान उजागर गर्ने विश्वास व्यक्त गरे। सांस्कृतिक माहोललाई अझै आकर्षक बनाउन इन्दिरा जोशी, प्रमोद अग्रहर...