हुलाकी राजमार्गको काम सम्पन्न नहुदै भत्किन थालेपछि टालटुल गर्दै ठेकेदार
नवलपरासी, ९ असोजपटक पटक म्याद थप्दै काम गर्दै आएको जिल्लाको हुलाकी राजमार्ग अन्तरगत परासी — नारायणचोक— गोपिगंज खण्ड सम्पन्न नहुदै भत्किए पछि पुन?टालटुल गर्न थालिएको छ । ठेक्काको म्याद सकिएको ८ बर्ष वित्दा पनि कामले पुर्णता नपाउदै सडक भत्किन थाले पछि निर्माण ब्यवसायीले सोही सडक टालटुल गर्नु परेको हो ।सरकारले निर्माण कम्पनीलाई पटक पटक म्याद थप गर्दा पनि सडक निर्माण गर्दा कमसल समाग्रिको प्रयोग गरेर सम्बन्धित निर्माण कम्पनीले सडकको काम सकाएको देखाउदै आए पनि अहिले सडक ठाँउ ठाँउमा भत्किए पछि ठेकेदारले टालटुल गर्दै आएको स्थानियले देखाए । कुल १४ किलोमिटर सडक बनाउन सात बर्ष वित्न लाग्यो तर सडकको निर्माण कार्य अझै पुरा हुन नसकेको प्रति स्थानियले आक्रोस र निरासा ब्यतm गर्न थालेका थिए । हुलाकी राजमार्गको सो खण्डको मर्मतका लागि २०७३ फागुन १५ गते कन्चनजंघा,विरुवा शिवशतिm जेभिले सम्झौता गरेको थियो । २०७५...









