नवलपरासी क्षेत्र २ बाट १२ स्वतन्त्र सहित ३० जनाको उमेदवारी (काँग्रेसबाट दुई जना उमेदवार)
नवलपरासी,६ माघफागुन २१ गते हुन गई रहेको संघिय सरकार प्रतिनिधिसभा निर्वाचन २०८२ मा नवलपरासी क्षेत्र २ मा कुल ३० जनाको उमेदवारी दर्ता भएको छ । विभिन्न १८ वटा राजनीतिक दल १६ जना र बाकी १२ जना स्वतन्त्र उमेदवारको उमेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।नेपाली काँग्रेसबाट दुई जनाको उमेदवारी परेको कार्यालयले सार्वजनिक गरेको उमेदवारीको नामावलीमा उल्लेख छ । नेपाली कांग्रेसबाट दुई जनाले टिकट ल्याए पछि आधिकारिता विवाद उत्पन्न हुने देखिएको छ । भीमबहादुर थापा(भरत) र देबेन्द्रराज कँडेलले पार्टीबाट टिकट ल्याएको र दुबै जनाले आफ्नो टिकट नै अधिकारीक भएको दाबी समेत गर्दै आएका छन् । थापाले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पहिला नै उम्मेदवारी दर्ता गराएका थिए । जस्मा केन्द्रीय सदस्य राधेश्याप पाठक प्रस्तावक र यमलाल भुसाल थापाको उम्मेदवारीमा समर्थक रहेका छन् । कण्डेल ढिलो मात्र निर्वाचन कार्या...










