Author: Bechu Gaud

धराप बन्दै बेलासपुर चोकको गण्डक नहर पुल
पाल्हिनन्दन गाउँपालिका, समाचार, समाज

धराप बन्दै बेलासपुर चोकको गण्डक नहर पुल

नवलपरासी,१४ पुस– पाल्हीनन्दन गाउपालिकाको सदरमुकाम समेत रहेको बेलासपुर स्थित गण्डक नहरको जिर्ण पुलमा दर्जनले ज्यान गुमाएका छन् । महेशपुर मुल भन्सार जोड्ने सुनवल परासी महेशपुर सडकको विस्तार हुदै गर्दा पुलको चौडाई बनाउनेतर्फ कार्य नहुदा आधा दर्जन ज्यान गुमाएको देखेको तयुस खाँले बताए ।आफुले पालिकामा र यस क्षेत्रमा आउने प्रदेश सांसद,संयिघ साँसदलाई समेत यसबारे अवगत गराएको हो, बेलासपुर बजार ब्यवस्थान समितिका संयोजक समेत बताउने उनले भने । गत मंसिरमा समेत पुल नजिकै एक बालकले दुर्घटनामा परि ज्यान गुमाए । दर्जर्नौ घाईते समेत भई रहेका छन्,उनले भने, तर दुर्घटनाका कारणको खोजी भने भई रहेको छैन् । कारण खोज्ने र निवारणका उपाय अपनाउने कार्य सरकारी निकायबाट नभएको उनको आरोप छ ।दुई दुई पटक पालिका अध्यक्ष बैजु प्रसाद गुप्ता(दिपक) निर्वाचित भएका छन् । प्रदेश साँसद बैजनाथ जैसवाल समेत दोश्रो पटक निर्वाचित भई बहाल ...
थारुको परिकारको रुपमा चिनिने घोँघी अहिले खुल्ला बजारमा
नवलपरासी (ब.सु.प.), समाचार, समाज

थारुको परिकारको रुपमा चिनिने घोँघी अहिले खुल्ला बजारमा

नवलपरासी,१२ पुसथारु समुदायको लोकप्रिय परिकार माध्ये घोँघी अहिले खुल्ला रुपमै विक्रि वितरण हुन थालेको छ । थारु मात्रै नभई अन्य समुदायले चाँसो लिई उतm घोँघी खान थालेका कारण बजार र चोक चोकमा विक्रि वितरण हुन थालेका हुन् ।माछा जस्तै घोँघीले पनि अब बजार पाउन थालेको छ । जस्ले गर्दा माछापालक किसानहरु घोँघी पनि संकलन गरि विक्रि वितरण तर्फ आकर्षित हुन थालेको पाल्हीनन्दन गाउपालिका १ महेशपुर चोकमा घोँघी बेच्दै गरेका एक किसानले सुनाए । पोखरीमा पहिला घोँघी त्यसै छाडिदिन्थ्यौ,तर अहिले यसको माग बढदो छ । त्यही भएर पोखरी तथा अन्य जलासयबाट पनि संकलन गरि तरकारीसँगै बेच्दै गरेको देखाए । प्रति केजी १ सय ५० रुपिया देखी १ सय २० रुपियासम्म आफुले विक्रि गर्दै आएको सुनाए । पहिला थारु समुदायका महिलाहरु जलासयहरुमा घोँघी सित्तैमा संकलन गरेर लैजाने गरेका थिए । तर पछिल्लो समय बजारमा पाइए किनेर नै मान्छे लैजान खोजे पछि स...
लिटिल गण्डक ड्रेन सफाईका लागि ७ दिने सुचना
कृषि, प्रतापपुर गाँउपालिका, समाचार

लिटिल गण्डक ड्रेन सफाईका लागि ७ दिने सुचना

नवलपरासी,१२ पुुसजिल्ला स्थित सरावल र प्रतापपुर गाउपालिकाका दर्जनौ गाँउ डुबानको कारक बन्ने लिटिल गण्डक सफाई गर्न नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली ब्यवस्थापन कार्यालयले अग्रसरता देखाएको छ । जल निकास ब्यवस्थापनमा योगदान पुर्याउने लिटिल गण्डक नामक घोल(ड्रेन) अतिक्रमण हुदै र पुरिदै जादा सो क्षेत्रमा डुबान हुने कारक बनेको स्थानियले विगत बर्षबाट गुनासो गर्दै आएको र त्यसलाई सम्बोधन हुने गरि सफाई कार्यक्रम हुन लागेको हो ।ब्यवस्थापन कार्यालयद्धारा लिटिल गण्डक ड्रेन अतिक्रमण गरि बनाइएको विभिन्न घर टहरा, तथा अन्य संरचनाहरु ७ दिन भित्र खाली गर्न गराउनका लागि सरावल र प्रतापपुर गाउपालिकालाई आग्रह गर्दै सार्वजनिक सुचना समेत जारी गरिएको छ । २०८२ पुस ९ गते नै सार्वजनिक रुपमा सुचना जारी गरिएको छ, प्रतापपुर ३ का स्थानिय समाजसेवी निवास यादवले भने, यो सुचना स्वागत योग्य छ । पालिका र स्थानियले अतिक्रमित संर...
जिसस पुर्व उप प्रमुख चुरिहार आफ्नै तेल मिलमा तेल पेल्न ब्यस्त
समाचार, समाज, सरावल गाउँपालिका

जिसस पुर्व उप प्रमुख चुरिहार आफ्नै तेल मिलमा तेल पेल्न ब्यस्त

नवलपरासी,१२ पुुसअघिल्लो कार्यकालमा जिल्ला समन्वय समिति(जिसस)का उपप्रमुख भई राजनैतिक कार्यमा सक्रिय पुर्व उपप्रमुख अब्दुल रहमान चुरिहार अहिले आफ्नै उद्यम ब्यवसायमा ब्यस्त देखिएका छन् । सरावल ७ बुडन्वापुर धनेवाखोला नजिकै तेल मिलको स्थापना गरि तेल पेल्नमा उनी ब्यस्त देखिन्छ । राजनीति कार्यबाट निस्कृय बन्दै चुरिहार अहिले घरायसी ब्यवहारका लागि आफु ब्यसायलाई नै प्राथमिकतामा राखेको बताउदै आफ्नै कार्यमा ब्यस्त रहेको सुनाए ।मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट सरावल गाउपालिकामा २०७४ सालको स्थानिय चुनावमा वार्ड सदस्यमा निर्वाचित भई चुरिहार नेपाली काँग्रेससँग तालमेल गरि जिससको उपप्रमुख बनेका थिए । पछि सो पार्टीका अध्यक्ष विजय कुमार गच्छेदार नै नेपाली काँग्रेसमा पार्टीलाई एकिकरण गरिदिए पनि चुरिहार पनि काँग्रेसमै प्रवेश गरेका थिए । तर काँग्रेसमा प्रवेश गरे पनि काँग्रेसमै रहेका पुराना नेता कार्यकर्ताहरु ...
हाटबजारका समस्याको दिगो समधानका लागि जिल्ला भेलाको तयारीमा जुट्दै  ब्यवसायी
अर्थ, कृषि, रामग्राम नगरपालिका, समाचार, समाज

हाटबजारका समस्याको दिगो समधानका लागि जिल्ला भेलाको तयारीमा जुट्दै ब्यवसायी

नवलपरासी,११ पुसजिल्लाका हाटबाजर ब्यसायीहरु जिल्ला स्तरिय भेला गर्ने योजनाको तयारी जुटेका छन् । जिल्ला भित्र रहेका विभिन्न हाटबजारहरुमा सरकारी वेवास्ताले संस्थागत तथा ब्यतिmगत दुबै तिरबाट अतिक्रमण हुन थाले पछि हाजबजारसँग सम्बन्धित ब्यवसायि तथा कृषकहरु बजार सरक्षणमा अग्रसरता देखाएका हुन् ।सरकारद्धारा उपेक्षामा परेका हाटबजारलाई आर्थिक क्षेत्रको पहिचान गराउनका लागि जिल्ला स्तरिय भेलाको आवश्यकता महशुस गरि भेला गर्ने गृहकार्य भइ रहेको हाटबजार जिल्ला समन्वय समितिका संयोजक राधेश्याम अग्रहरीले बताए । समाजवादमा आधारित,कृषक ब्यवसायी तथा उपभोतmाको प्रत्यक्ष सहभागिता रहेको स्थान हाटबाजर हो,उनले भने,अहिले पुजिँवादी ब्यवस्थाको भाटघटेनी जस्ता सपिगँमलहरु बन्ने गरेको छ,त्यसमा बैंक तथा वित्तिय क्षेत्रले लगानी गर्दै आएका छन् । जस्मा मुल्यमा कुनै प्रतिस्पर्धा पनि हुदैन्,एक मुल्य हुन्छ,तर हाटबाजर हाम्रो परम्परा...
जिल्लाका काठ दाउरा सहज आपुर्ति ब्यवस्था मिलाउदै डिभिजन बन कार्यालय
अर्थ, कृषि, नवलपरासी (ब.सु.प.), समाचार

जिल्लाका काठ दाउरा सहज आपुर्ति ब्यवस्था मिलाउदै डिभिजन बन कार्यालय

नवलपरासी ११ पुसजिल्लामा भित्रका बनबाट उत्पादन हुने काठ दाउराको सहज आपुर्ति गराउन डिभिजन बन कार्यालयले काठ दाउराको उपलब्धता सहज बनाइएको दाबी गरेको छ । बनका काठ सहज आपुर्तिमा जटिलता रहेको हुदा एका तिर उपभोतmाले काठ दाउरा नपाउने आर्को तिर बनमा काठदाउरा थन्किने समस्या देखिन थाले पछि डिभिजन बन कार्यालयले सहज आपुर्तिको ब्यवस्थानमा लागेको जनाएको हो ।हरियो बन नेपालको धन भन्ने विगतका नारालाई अहिले समय सापेक्ष हुन नसक्दा बन क्षेत्रबाट गरिने हुने आयमा चुनौती थपिदै गएकोले सहज आपुर्तिका लागि डिभिजन बन कार्यालयले केही प्रकृया सहज बनाउनमा लागि परेको बरिष्ठ डिभिजनल बन अधिकृत राजु क्षेत्रीले बताए । उपभोतmालाई काठ उपलब्ध गराउदा गाउपालिका र नगरपालिकाले नक्सा पास गराउनेलाई मात्र उपलब्ध गराउने गरि डिभिजन बन कार्यालयमा परिपत्र गरेको हुदा समान्य उपभोतmाहरुले काठ नपाउने अवस्था देखिएको थियो,तर अहिले नक्सा पास नभए ...
समाजमा विद्यमान दाइजो विरुद्ध मुस्लिम धर्मगुरु तथा शिक्षक
समाचार, समाज, सुस्ता गाउँपालिका

समाजमा विद्यमान दाइजो विरुद्ध मुस्लिम धर्मगुरु तथा शिक्षक

नवलपरासी, ९ पुुसजिल्ला स्थित मुस्लिम धर्मगुरु तथा मदरसामा शिक्षण गर्ने मुस्लिम शिक्षकहरुद्धारा दाईजो विरुद्धको अभिायन थालेका छन् । सोही अभियान अन्तरगत सुस्ता गाउपालिकामा गाउपालिका स्तरिय भेलाको आयोजना गरि धर्मगुरु तथा शिक्षकहरुले मिलेर समाजमा विद्यमान दाईजो प्रथाको अन्त्य गर्नमा पठन पाठन गर्दा,धार्मिक कार्यक्रम गर्दा पनि सचेतना गराउने कार्य गर्ने प्रतिवद्धता समेत जनाएका हुन् ।दाईजोले महिला माथि हिँसालाई प्रोत्साहित गर्ने गरेको र कानुनी रुपमा पनि यो अपराध भएको कुरा शिक्षक र धर्मगुरुले जानकारी गराई दिएमा समाजबाट दाईजो उन्मुलन गर्न सकिने विश्वास ओल्मा काउन्सिलका केन्द्रिय अध्यक्ष सैयद गुलाम हुसेन मन्जरीले जानकारी गराए । यो अभियान मदरसामा मात्रै सिमित नगरि गाँउ टोलमा हुने गरेका धार्मिक कार्यक्रममा समेत उठाइदै आएको बताएका थिए ।उनले धर्मगुरुहरुले मुस्लिम समाजलाई दाइजो मुक्त समाज बनाउनु पर्ने बता...
पृथ्वीचन्द्र अस्पतालले पाउने रकम सरोकारवाला निकायले समयमै नपठाउदा सञ्चालनमा चुनौती
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

पृथ्वीचन्द्र अस्पतालले पाउने रकम सरोकारवाला निकायले समयमै नपठाउदा सञ्चालनमा चुनौती

नवलपरासी,९ पुसगत जेठ अन्तिम साता देखी परिक्षण गर्दै पृथ्वीचन्द्रमा शुरु गरिएको डायलसिस सेवा वापत अस्पतालले पाउनु पर्ने रकम प्रदेश सरकारले नपठाईदिदा अस्पताललाई चुनौती थपिएको छ । अस्पतालाई पटक पटक विमा रकम प्राप्तीमा विमा बोर्डले ढिलाई गर्दा अस्पताल सञ्चालनमा झेल्दै आएको वित्तिय चुनौतीमा अहिले डायलासिस वापत पाउने भुतmानी ढिलाईले दोश्रो चुनौती थपिएको अस्पताल प्रशासनले जनाएको हो ।सरकारले निर्णय गर्ने र सेवाका लागि मातहतका अस्पताललाई अख्तियारी पठाउने गरेको छ । तर अस्पतालले विभिन्न जोहो गरि औषधी उपचार,क्लिनिकल,सर्जिकल आदी कार्यको वित्तिय ब्यवस्थापन गर्दै काम गर्ने र सो वापतको सरोकारावाला निकायले रकम नपठाईदिदा अस्पताल सञ्चालनमा चुनौती थपिने अस्पतालका अध्यक्ष जगदिश चौधरीले बताए । सरकारले सेवा घोषणा गर्ने र अख्तियारी समेत पठाईदिदा यहाँका जनताले सो सेवा माग गर्न पनि थाल्छन्,अस्पतालले माग अनुसार सेवा...
गण्डक नदीमा गुणस्तरहिन परक्युपाईन भाच्चिएर भासिदा खेतीयोग्य जग्गा कटान
कृषि, समाचार, सुस्ता गाउँपालिका

गण्डक नदीमा गुणस्तरहिन परक्युपाईन भाच्चिएर भासिदा खेतीयोग्य जग्गा कटान

नवलपरासी,६ पुसजिल्लाको गण्डक क्षेत्रका भत्किएको संरचना मर्मत र निर्माण गरि गण्डक नदीबाट हुने सम्भावित डुबानबाट खत्तरामुतm बनाउन बनाइएको परक्युपाईन बगेर नष्ट भएको छ । ठेकेदारले गुणस्तरहित काम गर्दा नदी किनारको जग्गा कटान नहोस भनि बनाइएको परक्युपाईन(कटान रोक्ने एक प्रकारको प्रविधि) नदीको धार परिवर्तनले नष्ट भएको स्थानियले आरोप लगाएका हुन् ।परक्युपाईन बलियो नहुदा अधिकाँस परक्युपाईन भत्किएर बालुवामा भासिएको स्थानियले देखाए । भारतिय पक्षले नदी नियन्त्रणका लागि बर्षेनी करोडौ खर्चेर परक्युपाईन लगायत विभिन्न संरचना निर्माण गर्दा त्यसमा प्रयोग हुने गुणस्तर हित समाग्रि(गिट्टि,बालुवा,छड)हरु प्रयोग गर्दा यस्ता समस्या देखिन थालेको स्थानिय ओमप्रकाश दुसादले बताए । यसमा ठेकेदार मात्रै नभई सो संरचना हेर्नका लागि भारतले खटाएका प्राविधिक(इन्जिनियर)हरु समेत ठेकेदारसँग मिलोमतो गर्दा काम गुणस्तरको नहुने र एक दु...
मधेशका केन्द्रिय नेता त्रिपाठीद्धारा‘मधेशको मानवशास्त्र’ नामक पुस्तक विमोचन
-

मधेशका केन्द्रिय नेता त्रिपाठीद्धारा‘मधेशको मानवशास्त्र’ नामक पुस्तक विमोचन

नवलपरासी ४ पुसजिल्ला सदरमुकाम परासीमा जनता प्रगतिशिल पार्टीका केन्द्रिय तथा तथा पुर्वमन्त्री ह्ृदेशह त्रिपाठीले एक कार्यक्रमका विच ‘मधेशको मानवशास्त्र’ पुस्तकको विमोचन गरेका छन् । पुर्वमन्त्री त्रिपाठीले शुक्रवार परासी क्याम्पसको हलमा रुपन्देही तिलोत्तमा नगरपालिका ६ आदर्शनगरका भोला बानियाद्धारा लिखित उतm पुस्तकको बिमोचन गरेका हुन् ।त्रिभुवन विश्वविद्यालयमा मानवशास्त्रमा एमफिल(मास्टर अफ फिलोस्फी) गरेका बानियाले लेखेको उतm पुस्तक मधेश मधेशी मात्रै नभई मधेशकै जगमा रहेको नेपाल र नेपालीका लागि पनि उत्तिकै सान्दर्भिक रहेको पुर्वमन्त्री त्रिपाठीले बताएका थिए । पुस्तकमा उल्लेखित विषय बस्तु आजका नागरिक अगुवा,समाजशास्त्री तथा राजनीतिकर्मीका लागि पनि पठनिय रहेको उनले औल्याएका थिए । मधेशको गौरवपुर्ण मानव सभ्यताको विकास,मानव इतिहास देखी राज्य बन्ने प्रकृयासम्मका कुरा सो पुस्तकमा संक्षित रुपमा उल्लेख गर...