
नवलपरासी,११ भदौ,
जिल्लाको रामग्राम नगरपालिका २ स्थित परासी साप्ताहिक हाटबाजरमा विगत चार बर्ष देखी विस्थापित भएको पात र पातबाट बनेको टपरी आउन थालेका छ । नगरपालिकाले टपरीमा समेत कर लगाए पछि पात र टपरी विक्रि गर्ने महिलाहरु बजार आउन नै छाडेको तर अहिले नगरपालिकाले त्यस्तो ब्यवसायिलाई राहत दिने भने पछि उनीहरु आउन थालेका हुन् ।
शनिवार पातको मुठो लिएर आएकी दशकट्ठाकी ५० बर्षिय सुमित्रा सुनारले चार बर्ष पछि फेरी यो बजारमा पात बेच्न आएको बताईन् । बुद्ध शान्ति साझेदारी बनबाट सालको पात संकलन गर्ने र बजारमा बेचेर आफ्नो जिविका चलाउदै आएकी सुनार विगत बर्षमा नगरपालिकाले बैठकी कर उठाउन थालेको कारण नआएको सुनाईन् । शनिवार पुनःआफु ७ मुठा सालको पात बोकेर आएको बताउदै उनले भनिन्,पात बेचेर गुजारा गर्ने हामी गरिब परिवारलाई नगरपालिकाले राहत दिनु भन्दा कर लगाएका कारण विस्थापित भएका थियौ । प्रति मुठा ५० रुपियामा विक्रि हुने उतm पातमा समेत नगरपालिकाको आँखा गयो,हाटबजार ब्यवसायि समेत रहेका उद्योग बाणिज्य संघका बाणिज्य उपाध्यक्ष राधेश्याम अग्रहरीले भने,अहिले नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर खड्काले पात बेच्ने महिलालाई सहयोग गर्ने कुरा सुनाएका छन्,त्यो भएर एक जना महिला अहिले आएकी छिन् । आउदो दिनमा अझै समुहगत रुपमा आउने जानकारी गराएकी छिन् ।
वातावरणमैत्री ब्यवसाय समेत रहेको सालको पात र टपरीलाई अनुदान दिनुको सट्टा कर थुपारेका कारण विस्थापित भएका थिए । अब यस्तो नहोस,बरु कपडा,फेन्सी र प्लाष्टिक जन्य समाग्रिमा कर थपेर भए पनि यस्तो पात,पात बाट बनेको टपरी,माटोका भाडाकुडामा कर छुट दिनु पर्छ । त्यसमा अन्य हाटबजार ब्यवसायि सहमत छन् । बजार भित्रको एउटा गहना हो,कुनै पनि कारणले यसलाई विस्थापित गर्नु हुदैन भन्ने हाम्रो मान्यता हो । नगरपालिकाबाट त आश्वास पाइएको छ,उनले थपे , यसले बजार विस्तरमा सघाउ पुर्याउनुका साथै धेरैलाइ रोजगारी सृजना गर्नेछ । सालको पात र पातबाट टपरी बनाउने महिलाहरुलाई समुहगत रुपमा नगरपालिकामा आए सहयोग गर्ने प्रमुख प्रशासकिय अधिकृत खड्काले बताए छन् । ति महिलाहरुलाई आवश्यक उपकरण र सहयोग समेत गर्ने उनको भनाई थियो ।