
नवलपरासी,६ मंसिर
कुनै बेला वर्दघाटमा ट्रमा सेन्टर बनाउन पहलकर्ता पुर्व मन्त्री ह्देश त्रिपाठी र पुर्व साँसद समेत रहेका अर्बपति ब्यपारीका कार्यकर्ता विच प्रचारबाजी गर्ने होड चलेको थियो । तर अहिले सोही ट्रमा सेन्टर बारे समान्य चर्चा पनि हुन छाडेको छ । ट्रमा सेन्टर बारे राजनीतिक लाभ उठाउनका लागि दुबै साँसद र मन्त्री निकटका कार्यकर्ताहरु अ आफ्नै दाबी हुने गरेको थियो, आज तिनै चर्चा गर्ने किन चुप भए ? यो रहस्यमय बन्दै गएको स्थानियले आश्चर्य ब्यतm गर्न थालेका छन् ।
सरकारी प्राथमिकतामा नपर्दा अहिले पूर्व–पश्चिम राजमार्गमा हुने सडक दुर्घटनाका घाइतेलाई तत्काल उपचार उपलब्ध गराउने उद्देश्यले नवलपरासीको बर्दघाट नगरपालिका–२ चिसापानीमा निर्माण सुरु गरिएको अलपत्र परेको छ । वर्दघाट नगरपालिकामा भने दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य सहित सुरु भएको आयोजना अझै अधुरो, जग्गा भाडाबापत नगरपालिकाले करिब २५ लाख रुपैयाँ बुझाई सक्यो । आयोजना पनि अलपत्र हुने र वर्दघाट नगरपालिकाले भाडा वापत नगरपालिका श्रोतकै रकम खर्चने कार्य अनुतपादनक हुने हो,कि भन्ने नगरपालिकाका उपमेयर रुद्रप्रकाश उपाध्यायले नै स्वीकारेका छन् ।
यसमा मेयर सम्भु श्रेष्ठले चौधरी सहित नेपाली काँग्रेसको राजनीतिक क्रेडिट बनाउने लाभमा गैर कानुनी भए पनि कम्पनीको जग्गा भाडा लिएर ट्रमा सेन्टर बनाउन कस्सिएका थिए । अहिले तिनै ट्रमा सेन्टर अलपत्र पर्दा सो क्रेडट डेबिटमा बदल्ने हो कि भन्ने त्रास पनि राजनीतिक वृद्धमा रहेको छ । राष्ट्रिय आवास कम्पनीको १ बिघा १० कठ्ठा जग्गामा निर्माण भइरहेको ट्रमा सेन्टर दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर निर्माण सुरु भएको लामो समय बितिसक्दा पनि अस्पताल सञ्चालनका लागि आवश्यक पूर्वाधार पूर्ण रूपमा तयार हुन सकेको छैन । भवन निर्माणको काम अधुरो रहँदा दुर्घटनाका घाइतेलाई उपचार सेवा दिने योजना अन्योलमा परेको छ ।
बर्दघाट नगरपालिकाका उपमेयर उपाध्यायका अनुसार ट्रमा सेन्टर निर्माणका लागि आर्थिक वर्ष २०७९÷८० मा संघीय सरकारले ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । बजेट विनियोजन भएपछि निर्माण प्रक्रिया अघि बढे पनि अपेक्षित समयमा आयोजना सम्पन्न हुन नसकेको उनले बताए । “ट्रमा सेन्टर निर्माण सम्पन्न भएर सञ्चालनमा आउने कहिले हो ? भन्ने अझै अत्तोपत्तो छैन । निर्माण भएर प्रयोगमा नआउँदै नगरपालिकाले जग्गाधनीलाई करिब २५ लाख रुपैयाँ भाडा दिइसकेको छ,” उपप्रमुख उपाध्यायले भने, भाडा तिर्ने भनेर नगरसभामा निर्णय पनि भएको छैन्,कार्यपालिकाको बहुमतको निर्णयले मात्र भुतmानी हुदै आएको छ । ट्रमा सेन्टर नै अलपत्र भयो भने नगरपालिकाले गर्ने खर्च माथि नै प्रश्न उठ्न सक्ने उनको भनाई थियो ।
उनका अनुसार ट्रमा सेन्टर निर्माण सम्पन्न भएर सञ्चालनमा आए पछि बर्दघाटसहित आसपासका नागरिकलाई दुर्घटना तथा आकस्मिक स्वास्थ्य समस्याको उपचारमा सहजता हुने अपेक्षा गरिएको थियो । तर निर्माण कार्यमा भएको ढिलाइले स्थानीय नागरिकले पाउने स्वास्थ्य सेवाको सुविधा प्रभावित भएको छ । यता ट्रमा सेन्टर भवनको फिनिसिङको काम बाँकी रहेको ठेकेदारको दाबी गरेको छ । ट्रमा सेन्टर निर्माणको जिम्मा लिएको एक्सिस एसियन कन्स्ट्रक्सन कम्पनीका ठेकेदार सन्दीप महतोले भवन निर्माणको अधिकांश काम सम्पन्न भएको दाबी गर्दै भने, अहिले फिनिसिङको काम मात्र बाँकी रहेको छ । तर भवनको अवस्था हेर्दा अझै पनि भवनमा थुप्रै कार्य बाकी रहेको स्थानियको भनाई छ । निर्माण कार्यको म्याद अझै बाँकी रहेकाले निर्धारित समयभित्र काम सम्पन्न गरेर सम्बन्धित निकायलाई भवन हस्तान्तरण गरिने दाबी ठेकेदारको रहेको छ ।
“ट्रमा सेन्टरको फिनिसिङको काम मात्र बाँकी छ । निर्माण गर्ने म्याद पनि बाँकी रहेकाले म्यादभित्र काम सम्पन्न गरेर सम्बन्धित निकायलाई हस्तान्तरण गर्छौं,” ठेकेदार महतोले नागरिक कुरालाई बताउछन् । ठेकेदारको दाबीअनुसार निर्माण कार्य अन्तिम चरणमा पुगे पनि अस्पताल सञ्चालनका लागि आवश्यक सम्पूर्ण पूर्वाधार तयार हुनुपर्ने हुन्छ । भवन हस्तान्तरण, आवश्यक उपकरणको व्यवस्थापन, स्वास्थ्यकर्मीको व्यवस्था तथा सञ्चालनको जिम्मेवारी सुनिश्चित भएपछि मात्रै ट्रमा सेन्टरले नागरिकलाई सेवा दिन सक्नेछ । भवनमा सरकारी लगानी तर गर्दघाट नगरपालिकाले ४० वर्षका लागि जग्गा भाडा तिर्ने सम्झौता गरेको छ । बर्दघाट नगरपालिकाका मेयर श्रेष्ठले ट्रमा सेन्टर निर्माणका लागि राष्ट्रिय आवास कम्पनीसँग ४० वर्षका लागि जग्गा भाडामा लिइएको बताएका थिए ।
बजेट अभावले निर्माणमा ढिलाइ भएको नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ का सांसद विक्रम खनालले निर्माण व्यवसायीलाई भुक्तानी दिन सरकारसँग बजेट अभाव हुँदा निर्माण कार्यमा ढिलाइ भएको बताए । ट्रमा सेन्टर निर्माण गराउने क्रेडिटको दौडमा रहेका दुई साँसद त्रिपाठी र चौधरी पछि अहिले साँसद खनालको काँधमा आएको छ । उनका अनुसार सरकारले पर्याप्त बजेट उपलब्ध गराउन नसक्दा ठेकेदारले समयमा काम सम्पन्न गर्न नसकेको अवस्था रहेको थियो । “ठेकेदारलाई भुक्तानी दिन सरकारसँग बजेट नभएर काम समयमा हुन सकेन । अहिले सरकारसँग पर्याप्त बजेट छ, साँसद खनालले भने, अब ठेकेदारले समयमै काम सम्पन्न गर्नेछन्,।
राष्ट्रिय आवास कम्पनीका महाप्रबन्धक रामकृष्ण निरौलाका अनुसार कम्पनीले नगरपालिकालाई वार्षिक ६ लाख रुपैयाँका दरले जग्गा भाडामा दिएको उनले बताए । उक्त जग्गामा ट्रमा सेन्टर निर्माण गरी नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य रहेको उनको भनाइ थियो । निरौलाका अनुसार राष्ट्रिय आवास कम्पनीको मूल उद्देश्य आवास विहीन तथा भूमिहीन नागरिकका लागि जग्गा र आवासको व्यवस्थापन गर्नु हो । साविक पुनर्वास अर्थात् ग्रामीण आवास कम्पनीको नाम परिवर्तन गरी राष्ट्रिय आवास कम्पनी बनाइएको हो । कम्पनीले सरकारको जग्गा व्यवस्थापन गर्ने क्रममा सरकारसँग भाडा सम्बन्धी प्रक्रिया अघि बढाउने गरेको बताए पनि कम्पनीले सरकारी जमिन लिइने र सरकारी निकायलाई नै पुनःभाडा लगाउने कार्य विधि र कानुन सम्मत छ,कि छैन ? त्यसबारे पनि उपमेयर उपाध्यायले प्रश्न उठाउदै आएका छन् ।

