रामग्राम–१५ को सुक्रौली दक्षिण टोलमा १ करोड २९ लाखको डिप बोरिङ गरिने कार्यकोे शुभारम्भ

नवलपरासी,२५ असोज
नवलपरासीको रामग्राम नगरपालिका–१५ स्थित सुक्रौली दक्षिण टोलमा १ करोड २९ लाख रुपैयाँ लागतको डिप बोरिङ आयोजनाको कार्य शुभारम्भ गरिएको छ । लुम्बिनी प्रदेश सभा सदस्य वैजनाथ जैसवालको आर्थिक वर्ष २०८३÷०८४ को क्षेत्र विकास योजनाअन्तर्गत सञ्चालन हुने बहुवर्षीय आयोजनाको शुभारम्भ
गरिएको हो ।
सुक्रौली दक्षिण टोल उपभोक्ता समितिका अध्यक्ष तथा जल उपभोक्ता समितिका अध्यक्ष श्यामलाल यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य जैसवालको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा रामग्राम नगरपालिका–१५ का वडाध्यक्ष धनपत यादव, पूर्व जिल्ला समन्वय समितिका सदस्य राजेश यादव र समाजसेवी प्रवेश सिंह कुँवर विशिष्ट अतिथिका रूपमा सहभागी थिए । आयोजनाको शिलान्यास प्रमुख अतिथि जैसवालले विधिवत् रूपमा गरेका हुन्। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकायक
ा प्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्थानीय क्षेत्रमा सिँचाइ तथा पानीको आवश्यकता सम्बोधन गर्ने उद्देश्यले अघि बढाइएको यस आयोजनालाई कृषि उत्पादन वृद्धि र स्थानीयवासीको पानीसम्बन्धी समस्या समाधानका लागि महत्वपूर्ण मानिएको छ । डिप बोरिङ सञ्चालनमा आएपछि सिँचाइका लागि आवश्यक पानीको उपलब्धता सहज हुने र कृषि कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । विशेषगरी खेतीपातीका लागि पर्याप्त पानीको उपलब्धता कृषि उत्पादनसँग प्रत्यक्ष जोडिने भएकाले यस आयोजनाले स्थानीय कृषकलाई लाभ पु¥याउने विश्वास गरिएको छ। बहुवर्षीय योजनाका रूपमा अघि बढाइएको आयोजनाले निर्धारित लागत र समयसीमाभित्र निर्माण सम्पन्न भई प्रभावकारी रूपमा सञ्चालनमा आएमा स्थानीय क्षेत्रको कृषि तथा आर्थिक गतिविधिमा सकारात्मक योगदान पु¥याउन सक्नेछ ।
यसैबीच, आयोजना निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउने समाजसेवी प्रवेश सिंह कुँवरप्रति आयोजक तथा स्थानीयवासीले आभार व्यक्त गरेका छन ्। सार्वजनिक हितसँग जोडिएको विकास आयोजनाका लागि जग्गा उपलब्ध गराउनु महत्वपूर्ण सहयोग भएको उल्लेख गर्दै उनीप्रति धन्यवाद व्यक्त गरिएको हो । स्थानीयस्तरमा विकास निर्माणका आयोजना सञ्चालन गर्न जनप्रतिनिधि, उपभोक्ता समिति, स्थानीयवासी तथा समाजसेवीबीचको सहकार्य आवश्यक हुने गर्दछ। सुक्रौली दक्षिण टोलमा सुरु हुन लागेको डिप बोरिङ आयोजनाले पनि यस्तै सहकार्यबाट स्थानीय आवश्यकतामा आधारित पूर्वाधार निर्माणलाई अघि बढाउने अपेक्षा गरिएको छ । आयोजनाको निर्माण सम्पन्न भएपछि त्यसबाट प्राप्त हुने लाभ स्थानीय कृषक तथा उपभोक्तासम्म प्रभावकारी रूपमा पु¥याउन निर्माण कार्यको गुणस्तर, नियमित अनुगमन र व्यवस्थित सञ्चालनमा ध्यान दिनुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *