भन्सार छली ल्याइएको २७ क्विन्टलभन्दा बढी तोरी बरामद

सुकरात गाैड

नवलपरासी४ असोज भारतबाट भन्सार छली ल्याएर पाल्हीनन्दन गाउँपालिका–१ महेशपुरमा भण्डारण गरिएको २७ क्विन्टल ८६ किलोग्राम तोरी प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार महेशपुरस्थित सामान राख्न बनाइएको टहरामा भन्सार छली गरी ल्याइएको तोरी भण्डारण गरिएको सूचना पाएपछि २०८३ असोज ३ गते दिउँसो करिब ४ः४५ बजे संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय नवलपरासी र इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको टोलीले टहरामा जाँच गर्दा २७ क्विन्टल ८६ किलोग्राम तोरी फेला पारी बरामद गरेको हो। बरामद तोरीको अनुमानित मूल्य ४ लाख ७३ हजार ६२० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

बरामद गरिएको तोरी आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

प्रेस विज्ञप्तिमा तोरी कसले भण्डारण गरेको थियो र घटनामा संलग्न व्यक्तिमाथि भएको थप कारबाहीबारे भने विवरण खुलाइएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *