
नवलपरासी,२१ जेठ
स्थानिय स्तरबाट जिल्ला स्थित झरही पिडुरा दोभान कुण्डको गोही संरक्षणमा साईन रेसुगाँ डेभेलपमेन्ट बैंकले गोहीको आहारा माछा छान्ने,होर्डिगँबोर्ड राख्नुका साथै जनचेतना मुलक कार्यक्रम गरेको छ । बैंकले आफ्नो समाजिक उत्तरदायित्वक(सिएसआर) अन्तरगत सो कार्यक्रम गरेको हो ।
रामग्राम नगरपालिका १७ बरारी स्थित देवगाव आयआर्जन तथा साना किसान कृषि सहकारी सस्थाको परिसरमा स्थानिय विद्यार्थी,बालबालिका,जनप्रतिनिधिहरुको उपस्थितीमा गोही संरषणबारे जनचेतना कार्यक्रम,पिडुरा घोल खोलामा ५० केजी जिउदो माछा छाडेने कार्य र झरहीखोलाको गण्डक पुल नजिकै होर्डिगबोर्ड राखेको सो वार्डका वार्ड अध्यक्ष कन्यैया मौर्यले बताए । निजी क्षेत्रको वित्तिय सस्थाबाट यो पहिलो पटक यस्तो कार्यक्रम हुन थालेको छ, उनले भने, यो अति नै सराहनिय कार्य भएको छ । यसले निरन्तरा पाउनु पर्छ ।
उता सहकारी सस्थाका अध्यक्ष हैदर अलि मोमिनले गोही संरक्षण गरि त्यसलाई पर्यापयृटनसँग जोडेर आय आर्जनको माध्यम बनाउन सक्ने अवस्था रहेको औल्याउदै अगामी दिनमा सरकार,निजी क्षेत्र र स्थानिय समुदाय मिलेर यस क्षेत्रको विकास गर्नु पर्ने बताएका थिए । यो स्थानियबासीका लागि ठूलो अवसर हो, उनले भने, अहिलेसम्म यस्को पहिचान हुन सकेको थिएन,अब देखी यसलाई चुनौती भन्दा यसलाई अवसरमा बदलिनु पर्छ । त्यसै गरि बैंकका क्षेत्रिय प्रमुख भगिरत न्यौपानेले समाजिक क्षेत्रको विकासका लागि बैंकले निरन्तर गर्दै आएको समाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रम यो बर्ष जलभित्रको प्राणी संरक्षणमा काम गरिनु पर्ने बैंक्को नीति अनुसार यो गोही संरक्षण कार्यमा लगानी गरेको सुनाएका थिए ।


यो क्षेत्रको संरक्षण गरि प्राणीको रक्षा मात्र नभई उतm प्राणीलाई संरक्षण गर्दै पर्यापर्यटनसँग जोडेर आर्यआर्जनको माध्यम बनाउनु पर्छ, उनले भने,यसका लागि समुदाय पहिला जागरुक हुन आवश्यक छ,स्थानिय सरकारले पनि यस्ता कार्यलाई प्राथमिकता दिईनु पर्छ ।
स्थानियसँगै विभिन्न सरोकारवालाले चाँसो देखाउन थालेसँगै गोही आरक्ष क्षेत्रमा अवलोकनकर्ता पुग्न थालेका छन् । बर्षाै देखी सो क्षेत्रमा गोहीहरु बस्दै आएको र बेला बेला निस्कने गर्दा देखेका स्थानियले गोहीको संरक्षणका लागि आरक्ष क्षेत्र बनाउन पहल शुरु भए पछि गोहीको अवलोकनकर्ताहरु बढन थालेको स्थानियले बताएका हुन् ।
प्रस्तावित गोही आरक्ष क्षेत्रमा आन्तरिक तथा भारतिय पर्यटकहरु समेत अवलोकन गर्न आउन थालेकोले सो क्षेत्रमा जोखिम समेत देखिन थालेको छन् । अहिले स्थानियले गोहीको संरक्षण गर्नु पर्ने माग गर्न थाले पछि डिभिजन बन कार्यालय नवलपरासी र सरोकारवाला बातावरण बचाउ अभियानले पनि चाँसो लिई काम समेत गर्दै आएको छ । यसको प्रचार प्रसारका लागि पाल्ही नन्दन गाउपालिको डकुमेन्ट्रि बनाउन समेत लगाएको गाउपालिकाले जनाएको छ । गोही आरक्ष क्षेत्र बनाउनका लागि लुम्बिनी प्रदेश सरकारलाई लेखी पठाउनका लागि जिल्ला बन समन्वय समितिले समेत निर्णय गरेको समितिका सदस्य सचिव समेत रहेका डिभिजन बन कार्यालयका प्रमुख राजु क्षेत्रीले बताएका थिए ।
गोही पनि एक प्रकृति जलचर हो,उनले भने,पृथ्वीमा यस्को अस्तित्व पनि बचाई राख्नु पर्ने हो,तर बाहिरी प्रदुषणले उनीहरुको अस्तित्व नै खत्तरा बन्ने देखिएको छ । अभियानले गोहीको संरक्षणसँगै सो क्षेत्रमा बग्ने झरही र पिडुरा खोलामा स्वच्छ जल बग्ने वातावरण बनाउन आवश्यक छ, त्ससका लागि खोलामा जथाभावि हुने गरेको प्रदुषित पानी लगायतका बस्तु रोक्नु पर्छ । जिल्लाको रामग्राम १७,पाल्हीन्दन गाउपालिका ३ र सरावल गाउपालिका ४ गरि तिन पालिकालाईको मिलनविन्दु(संगम स्थल) समेत रहेको पिडुरा झरही दोभान कुण्डमा रहेका गोहीलाई संरक्षण गर्न त्यसलाई गोही आरक्ष क्षेत्र घोषणा गरि सरकारी स्तरबाट पनि काम हुनु पर्ने स्थानियले बताएका थिए ।
रामग्राम १७ पिपरहिया,पाल्हीनन्दन ३ कुश्मा र सरावल ४ पुर्नहा र ललितपुर गाँउको विचमा रहेको करिब ५६ हेक्टर क्षेत्रफलमा फैलिएको दोभान जलासय र कुण्ड क्षेत्रलाई गोही आरक्ष क्षेत्रको रुपमा विकास र संरक्षण गर्न स्थानिय जुटेका हुन् । करिब १० किलोमिटर परिधि रहेको छ । गोही आरक्ष भए पनि वरिपरि रहेका बन क्षेत्रमा निलगाई,सर्प,२८ प्रकारका विभिन्न प्रजातीका माछाहरु भेटिएका छन् । गोहीहरुकै डरले कम्तीमा ति क्षेत्रमा बन तथा खोलानाला अतिक्रमणले पनि जोगिएको छ । जुन जलश्रोतको रुपमा स्थानियले प्रयोग गर्दै आएका छन् । झरही खहरे खोला भए पनि पिडुरा खोलामा जमिनमुनिबाट नै पानी निस्कने मुल जस्तै छ,उनले थपे,त्यही भएर जतिसुकै सुख्खा भए पनि पिडुरा खोलाका पानी सुक्दैन् । त्यसैले ति जलासय र कुण्ड गोहीहरुको लागि सुरक्षति बास स्थान बनेको छ ।
त्यही जलासयसँग जोडिएको अनरीमाई मन्दिर,उत्तरबहनी(उत्तरायण) झरही नदी पनि भएकोले साँस्कृतिक पर्यटन पनि रहेका छन् । कुटीपार्कमा पनि विभिन्न मठमन्दिर रहेका छन् । स्थानियले शव अन्त्येष्टि गर्ने स्थान(मासन घाट) पनि सोही क्षेत्रमा रहेको छ । उतm क्षेत्र पुर्वपश्चिम महेन्द्र राजमार्गको बासा देखि महेशपुर जोड्ने बासा पिपरहिया महेशपुर सडक सोही क्षेत्र भएर गएको छ । त्यसै गरि पुर्वपश्चिम राजमार्गकै भुतहा देखी महेशपुर नाका जोड्ने भुतहा महेशपुर सडकले पनि उतm क्षेत्रलाई जोडेको छ । ३२ किलो मिटर लामो नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीका सेवा सडकले जोडिएको हुदा पर्यटकलाई आँउ जाँउमा पनि समस्या नहुने उनको भनाई थियो ।

