
नवलपरासी, २९ चैत्र
अहिलेको बालेन्द्र सरकारले राजस्व अनुसंधान कार्यालय खारेज गरे पछि ब्यवसायिहरुले राहत महशुस गर्न थालेका छन् । महेशपुरबाट भन्सार कटाएर ल्याउदा पनि राजमार्ग क्षेत्रमा मालबस्तु छोपेर राजस्व अनुसंधान कार्यालय पुर्याउने र अनुसंधानको नाँउमा दुःख दिनुका साथै अनुचित लाभ लिइने गरेको आरोप लगाउने ब्यवसायीले अहिले राहत महशुस गर्न थालेका हुन् ।
केही ब्यवसायिले महेशपुर भन्सारबाट भन्सार गराई मालबस्तु ल्याउन खोने पनि बुटवल स्थित राजस्व अनुसंधान कार्यालयले समाउने त्रासले ब्यवसायी भैरहवा भन्सारबाटै भन्सार गराउने बाध्यता थियो । अहिले ति ब्यवसायी महेशपुरबाटै भन्सार गरेर ल्याउदा सहज महशुस गरेको उद्योग बाणिज्य संघका पुर्व बाणिज्य उपाध्यक्ष राधेश्याम अग्रहरीले सुनाए । भन्सार तिरेर मालबस्तु ल्याउदा शंका लागेर यता प्रहरीले समाएर सोही भन्सार कार्यालयमा पुर्याए त्यसलाई भन्सारबाटै सहजीकरण हुन सक्छ,उनले भने,तर राजस्व छलेर ल्याएको भनेर बुटवल पुर्याउदा ब्यसायीहरु असहज महशुस गर्दै आएका थिए । त्यसमा पनि केही विचौलियाको चलखेल र ठूला ब्यपारीको सिण्डिकेट पनि समस्या ल्याउने गरेको थियो । अहिले ति सबै झमेला टरेको उनको भनाई थियो ।
भन्सारमा समेत लक्ष्य भन्दा बढि भन्सार उठन थालेको महेशपुर भन्सार कार्यालयले जनाएको छ । सो भन्सार भएर अहिले कन्टेनर सहितका मालबस्तु आउने र भन्सार गराएर जाने गरेको देखिन थालेको छ । महेशपुर भन्सारको साँगुरो बाटो र बनस्पति(प्लान्ट)क्वारेन्टाईन मात्र अब भन्सारलाई चुनौती देखिएको छ,भन्सारका कर्मचारीहरु भन्छन्, साँगुरो बाटोको बैकल्पिक बाईपास र प्लान्ट क्वारेन्टाईनमा मात्रै ब्यवस्थापन गर्न सकियो भने जति पनि भन्सार उठाउन सकिन्छ । ब्यवसायी सहज ढंगले आउने र भन्सार गराएर जान पाउने छन् ।
विगतका पहिलो चौमासिकको चार महिनासम्म तोकिएको लक्ष्य भेटाउन नसक्ने भन्सारले पछिल्लो समय लक्ष्य भन्दा बढि भन्सार उठाउन थालेको तथ्याँकले देखाएको छ । तथ्याँक अनुसार चैत्र महिनाको २६ गतेसम्म मात्रै १ करोड ८० लाख ८९ हजार ३ सय ५४ रुपिया भन्सार संक्लन भएको छ,जबकी चैत्र भरिकै लक्ष्य १ करोड ६० लाख ९० हजार भन्सार राजस्व उठाउने थियो, जुन प्रतिसतमा १ सय १२.४३ प्रतिसत वृद्धि हो । फागुन महिनामा १ करोड५२ लाख ३५ हजार राजस्व उठाउने लक्ष्य तोकिएको थियो,तर फागुनमा महिनामा आम निर्वाचनका कारण केही घटेर लक्ष्यको ९१.५५ प्रतिसत रु.१ करोड ३९ लाख ४५ हजार ५ सय ८४ रुपिया संकलन भएको थियो । जबकी माघ महिनामा भन्सार लक्ष्यको १ सय १४ प्रतिसतले संकलन गरेको थियो । जस्मा लक्ष्य १ करोड ४७ लाख ६४ हजार तोकिएकोमा १ करोड ६९ लाख ३० हजार १ सय ४१ संकलन भएको थियो । पुस महिनामा ८४.१ प्रतिसत लक्ष्य पुरा गरेको थियो । सो महिनामा १ करोड ४७ लाख ४२ हजार रहेकोमा १ करोड २३ लाख ९८ हजार६ सय ३६ रुपिया राजस्व संकलन भएको थियो । माघ महिनामा मंसिर महिनामा लक्ष्यको १ सय २३.८९ प्रतिसत राजस्व उठाउन सफल भएको थियो । जुन १ करोड ४७ लाख९७ हजार लक्ष्य भएकोमा १ करोड ८३ लाख ३२ हजार ६ सय ८२ रुपिया संकलन भएको थियो ।
गत बर्ष लक्ष्यसम्म भेटाउदै राजस्व उठाउदै आएको महेशपुर भन्सारलाई साउन महिना देखी नै लक्ष्य अनुसारको राजस्व उठाउन मुस्किल हुदै आएको थियो । चार महिनासम्म निरासा जनक रहेको भन्सार राजस्व मंसिर पछि वृद्धि हुन थालेको भन्सारका कर्मचारीले बताए । भन्सार कार्यालयको तथ्याँक अनुसार साउन,भदौ र असोजमा क्रमशः लक्ष्यको ६६.४२ प्रतिसत,९८.०४ र ६३.९३ प्रतिसत रहेको थियो । साउनको लक्ष्य १ करोड ५१ लाख ५३ हजार रहेकोको र साउन महिनामा राजस्व रकम १ करोड ६४ हजार ५ सय ९७ रुपिया राजस्व उठेको थियो ।
त्यसैगरि भदौको लक्ष्य १ करोड ६२ लाख २९ हजार रहेकोमा सो महिनामा १ करोड ५९ लाख ११ हजार ५ सय ४२ रुपिया राजस्व संकलन भएको थियो । असोज महिनामा १ करोड ५७ लाख ७५ हजार लक्ष्य रहेकामा १ करोड ९१ हजार ९ सय ५३ रुपिया राजस्व संकलन भएको थियो । कार्तिक महिनाको लक्ष्य १ करोड ६३ लाख ८२ हजार थियो,जुन लक्ष्यको ५३.२६ प्रतिसत रु.८७ लाख २५ हजार २ सय ९७ संकलन भएको थियो । भन्सार कार्यालयले आर्थिक बर्ष भरिका लागि लिएको लक्ष्यमा सरदर अहिलेसम्म ८६.४५ प्रतिसत राजस्व संकलन गरेको छ जस्मा लक्ष्य १२ करोड ३० लाख ७४ हजार हुन्छ भने संकलन १० करोड ६४ लाख ४ सय ३३ रुपिया संकलन भएका छन् । बाकी तिन महिना अझ पनि रहेकोले बार्षिक रुपमा पनि लक्ष्य भन्दा बढि राजस्व उठाउनेमा भन्सार आशावादी बनेको छ ।
मुल भन्सार नाका तत्कालिन अर्थमन्त्री डा.युवराज खतिवडाले २०७५ असोज ७ गते शुभारम्भ गरेका थिए । तर हालसम्म भन्सार विभागले सो भन्सार नाकामा प्लान्ट क्वारेन्टाईन सञ्चालनमा ल्याउन सकेको छैन्,जस्ले गर्दा किसानलाई विउँ विजन, तरकारी लगायतका बनस्तीजन्य पदार्थको क्वारेन्टाईन चेक नभएको कारण देखाउँदै भन्सार हुन सकिरहेको छैन । यसले गर्दा चोरी पैठारी भई नेपाल भित्रिने तरकारीमा विषादीको मात्रा परिक्षण हुन सकिरहेको छैन् ।नेपाली उपभोक्ता विषादी युक्त तरकारी खान बाध्य छन् । भन्सार नहुँदा राजस्व ह्रास भइरहेको छ ।
महेशपुर भन्सार नाका स्थापना भएको ६ बर्ष पुग्न लाँदा पनि भन्सारका लागि अति आवश्यक प्लान्ट क्वारेन्टाईन अझैसम्म सञ्चालनमा नआउँदा भन्सारले पुरै क्षमतामा काम गर्न नसकेको आवाज हालका नवनिर्वाचित साँसद नरेन्द्र कुमार गुप्ताले पनि संसदमा जोडदार तरिकाले उठाएका छन्,अग्रहरी भन्छन्,अहिलेको बालेन सरकारले पक्कै यसप्रति ध्यान दिइने छ । ब्यवसायीहरु महेशपुर भन्सारबाट सहज रुपमा भन्सार गराउने गरि लाभ पाउने उनको भनाई थियो ।
